Author: Editor
काठमाडौं । नेकपा ( एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटको लागि तयार रहेको जनाएका छन् । ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । यस्तो छ उनको भनाइ नयाँ र पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा ( एमाले) देश बनाउने तर्फबाट मैदानमा छ। यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ। फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका…
काठमाडौं । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टरार्ईले बताए । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ । कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र…
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी ) का महासचिव नेत्रविक्रम चन्दले सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा जाने वातावरण नबनाएको आरोप लगाएका छन्। शनिवार आयोजित पार्टीको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन्। उनले आफूहरू चुनावमा जाने तयारी गरिरहँदा सरकारले कम्युनमा छापा मारेर गम्भीर षड्यन्त्र गरेको आरोप लगाए। काठमाडौंमा हराएका हतियार फेला पार्न नसक्ने सरकारले आफ्नो पार्टीका कम्युनमा प्रहरी परिचालन गरेर बहादुरी देखाएको उनको भनाइ छ। राज्यले आफूहरूको कम्युनमा बम रहेको भन्ने गलत प्रचार गरेर पार्टीको बदनामी गरेको उनले बताए। यो सबै साम्राज्यवादको इसारामा दलाल शक्तिहरूले चालेको षड्यन्त्र भएको उनको दाबी छ। विप्लवले भने, ‘अहिले पनि राज्यले हामीलाई चुनावमा जाने…
काठमाडौं । आम जनता पार्टी ९आजपा०का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी आन्दोलनको बलमा जेलबाट भाग्ने रवि लामिछाने र आन्दोलन कब्जा गराउने बालेन शाह हाईज्याकरको रुपमा देखिएको साहको टिप्पणी छ । उनले देशलाई छद्यमभेषी र नक्कली नेताहरुबाट बचाउनको लागि पनि यो निर्वाचनमा जनताले सही तवरले मत जाहेर गर्नुपर्ने तर्क गरे । जेनजी आन्दोलनको मर्म र भावनालाई वर्तमान सरकारको…
काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लाका ५२ जना युवा नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) मा प्रवेश गरेका छन्। प्रतिनिधिसभा निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोक क्षेत्र नं.१ का प्रतिनिधिसभा उम्मेदवार सूर्यमान तामाङ ‘दोङ’ को पहलमा उनीहरू आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीमा प्रवेश गरेका हुन्। कपार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाएर नवप्रवेशी युवाहरूलाई स्वागत गरेका थिए । पार्टी प्रवेश गर्ने क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका बागमती प्रदेश कमिटी सदस्यले आफूहरू वैचारिक स्पष्टतासहित राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लगायत अन्य दलबाट प्रस्ताव आए पनि नेपाली कम्युनिष्ट…
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले आफूले रास्वपासँगको एकता प्रक्रियामा सामेल हुँदा पदको कुनै बार्गेनिङ नगरेको दाबी गरेका छन् । रास्वपासँगको एकता भंगको घोषणा गरेर कुलमान आफूले नै पहल गरेर खोलेको उनेपालाई सक्रिय बनाएर अघि बढेका छन् । धेरैले उनलाई रास्वपामा भाग खोजेको र ठूलो पद खोजेको भनेर आरोप लगाएका थिए । आज ( शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूले रास्वपासँगको एकता प्रक्रियामा सामेल हुँदा निशर्त सहभागी भएको दाबी गरे । रास्वपासँग एकता भंग भएपछि कुलमानले आफूलाई धोका भएको प्रतिक्रिया दिएका थिए ।
पाल्पा । पूर्वउद्योगमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीबाट पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सोमप्रसाद पाण्डेयले ‘सिद्धबाबा सुरुङमार्ग’ निर्माणस्थलबाट चुनावी अभियान सुरु गरेका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका–३ मा निर्माणाधीन सुरुङमार्ग क्षेत्रमा पुगेर पाण्डेयले आफ्नो राजनीतिक संकल्प र एजेन्डा सार्वजनिक गर्दै चुनावी अभियान सुरु गरेका हुन् । उनले आफुले नागरिकको माग र चाहना अनुसार उम्मेदवारी दिएको दाबी गरेका छन् । ‘मैले मेरो आफ्नै कारण मात्र होइन, २०७९ मा पराजित भएपछि पनि म निरन्तर पाल्पाली जनताको सेवामा लागिपरे त्यसपछि सबैतिरबाट तपाईं उम्मेदवार बन्नुपर्छ भन्ने प्रेरणा र नागरिकको दबाब भो । त्यसपछि उम्मेदवार बनेको हुँ’, पाण्डेले भने…
काठमाडौँ । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन्। बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए राति देखि नै अवरुद्ध रहेका हुन्। रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। हिमपातले राजमार्ग अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि बन्द रहेको छ। उनले भने, ‘रातिको भारी हिमपातले राजमार्ग र विद्युत् सेवा ठप्प छ। पुनः सञ्चालनका लागि पहल थालिएको छ।’ यस्तै डडेल्धुराको साहुखर्क, हगुल्टेलगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि ठप्प रहेको प्रहरीले जनाएको छ। शुक्रबार बेलुकादेखि नै…
काठमाडौँ । आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि हरेक वर्ष जनवरी २४ मा यो दिवस मनाउन थालिएको हो । शिक्षा मानवअधिकार, सार्वजनिक हित तथा सार्वजनिक जिम्मेवारी भएकाले शान्ति, समावेशी विकास र दिगो भविष्यको आधार भएकाले यसको प्रवद्र्धनलाई केन्द्रमा राखेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । शिक्षा प्राप्त गर्ने अधिकार मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा २६ मा सुनिश्चित गरिएको छ । घोषणापत्रले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । सन् १९८९ मा अपनाइएको बाल अधिकारसम्बन्धी महासन्धिले पनि यसलाई अझ विस्तार गर्दै सबैको पहुँचमा उच्च शिक्षा हुनुपर्नेमा जोड…
काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीको निर्णय र निर्देशन विपरीत उम्मेदवार बनेका तथा तिनका प्रस्तावक, समर्थक र प्रचारक बनेका सात जनालाई कारबाही गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालको हस्ताक्षर रहेको पत्रमा पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निस्कासन गरेको उल्लेख छ। निस्कासनमा परेका नेताहरू १. हरिबोल गजुरेल, सिन्धुली २. महेश्वर दाहाल, सिन्धुली ३. कुलप्रसाद के.सी., दाङ ४. मेजर राई, उदयपुर ५. धर्मनाथ साह, सिरहा ६. राजकुमारी साह, सिरहा ७. जिवछ साह, सिरहा
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क