Author: ट्रान्सपेरेन्टखबर
काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद ९इदुल जोहा० आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ । हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । मुस्लिम धर्म गुरु (…
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग९वाईसीएल०को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले नदोहोरिने घोषणा गरेपछि भावी नेतृत्वका लागि ओलीसहित केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायत आकाङ्क्षी थिए । यस्तै महासचिव गणेश शाही चयन भएका छन् । अन्य पदमा घोषणा हुन बाँकी रहेको वाईसीएलका एक नेताले बताए । २०४३ साल पुस ७ गते दाङको पवननगरमा जन्मिएका ओली २०५७ सालदेखि अनेरास्ववियु ९क्रान्तिकारी०मा लागेका थिए । २०५९ बाट पार्टीको पूर्णकालीन सदस्य भए । ‘ढाडमा टेकेर…
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूको गठबन्धनका नाममा महिलाहरूको प्रतिनिधित्व घटेको बताएकी छन् । विराटनगरमा आजबाट शुरु भएको उप प्रमुखहरूको राष्ट्रिय भेलामा बोल्दै भण्डारीले गठबन्धनका नाममा महिलाको प्रतिनिधित्व घट्ने विषयमा दलहरूले ध्यान दिनु पर्ने सुझाव दिइन् । उनले राजनीतिक दलका कार्यकर्ता र जनप्रतिनिधिहरूको ध्यान सुशासन र विकासतर्फ जानु पर्ने बताइन्। कार्यक्रममा बोल्दै भण्डारीले महिला जनप्रतिनिधिहरूले भोग्ने गरेको समस्याको बारेमा थाहा पाएको बताइन् । उनले भनिन महिलाहरूको प्रतिनिधित्वले शक्ति विकेन्द्रीकरणको पूर्ण अभ्यास भएको छ । यसले स्थानीय तहको विकास हुन्छ । उनले महिलाहरूले स्थानीय तहमा पाएको भूमिकाले सशक्तीकरण बढाएको बताइन् । उनले भनिन्, ‘महिला जनप्रतिनिधि सफल हुँदा स्थानीय तहहरू नै…
काठमाडौं । विपक्षी दलको बैठकले पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिशोध राखेर भ्रष्टाचारका मुद्दा दर्ता गरेको निष्कर्ष निकालेको छ । संसद भवन नयाँ बानेश्वरस्थित नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले नीतिगत निर्णयमा अख्तियारले मुद्दा लगाएपछि प्रश्नचिन्ह खडा भएको टिप्पणी गरे । माधव नेपालविरूद्ध मुद्दा दर्ता हुनुमा प्रधानमन्त्रीको प्रतिशोधको गन्ध आएको दाहालको आरोप छ । उनले माधव नेपालले नै अदालतको विश्वास गर्ने भनेको पनि बताए । उनले पहिला अख्तियारले नै कुनै पनि नीतिगत निर्णय अख्तियारको क्षेत्राधिकारबाहिर भएको भन्दै ललिता निवास प्रकरणमा लेखेको चिठी आफैले हेरेको बताए ।…
काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रबार बस्दै नबसी आइतबारसम्मका लागि सरेको छ । भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि बैठक आइतबार एक बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो । आज दिउँसो बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजे सूचना टाँसेर आइतबारसम्मका लागि सारिएको छ । यसअघि भिजिट भिसा प्रकरणमा प्रतिनिधिसभा बैठक जेठ १३ गते र २२ गते सुरु भएर कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । जेठ १४, २०, २१ र २३ सूचना टाँसेर सारिएको हो ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणका कारण प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्य गर्न सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भएको भिजिट भिसाको बदमासीबारे प्रचण्डले देउवासँग कुराकानी गर्न लागेका हुन् । प्रतिपक्षी दलहरूको शुक्रबार संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठकले संसद्को गतिरोध अन्त्यका कांग्रेस सभापति देउवासँग प्रचण्डले छलफल गर्ने निर्णय गरेको थियो । आज मात्रै प्रचण्डले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर काकी र प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेका थिए । त्यसपछि…
काठमाडौं । काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद ( ईद–उल–अज्हा) भोलि परेको छ । गृहमन्त्रालयले ईदमा सार्वजनिक बिदा दिने व्यवस्था रहेको स्मरण गर्दै मुस्लिम आयोगको पत्रअनुसार भोलि शनिबार ईद परेको विज्ञप्ति निकालेर जानकारी गराएको छ ।
काठमाण्डौं । सबै कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारी थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र सङ्गठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउने विषय उल्लेख गरेको थियो । स्वास्थ्य बिमा ऐन २०७४ मा भएको व्यवस्थाअनुसार आएको नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था लागु गराउन मन्त्री पौडेलले नेपाल सरकारका सबै मन्त्रालय, आयोग, निकाय तथा मातहतका विभागमा पहल थाल्ने निर्णय गरेका छन् । यसैगरी, प्रदेश सरकार मातहतका निकाय, विभाग तथा कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत पहल गर्ने निर्णय मन्त्री पौडेलले गरेका छन् ।…
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद् चल्न नसक्दा विधेयकहरू अड्किएको बताएका छन् । डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल ( डीन ) को ४५ औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रवार ललितपुरमा आयोजित “जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण” विषयक कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विभिन्न विधेयकहरूलाई कानुनको रूप दिन आफूहरू तल्लीन रहेको बताउँदै संसद् नै चल्न नसक्ने परिस्थिति निर्माण हुँदा समस्या भएको बताए । संसद् चल्न नसक्दा सङ्घीय निजामती सेवा ऐन, विद्यालय शिक्षा सम्बन्धी ऐन लगायतका ऐनहरू अड्किएर बसेको उनले जिकिर गरे । संसद्मा विधेयकहरू अड्किने परिवेश र परिस्थिति अन्त्यको लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले…
काठमाण्डौं । गृहमन्त्री रमेश लेखक हिजो सप्तरिमा दुई जना गोताखोर बेपत्ता भएको घटना बारे बुझ्न शुक्रबार सशस्त्र प्रहरी बल मुख्यालय हलचोक आउनुभएको छ । उहाँलाई निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले घटना बारे जानकारी गराउनु भयो । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग बिजय सुबेदिले हिजोको घटना र हाल सशस्त्र प्रहरी बलमा गोताखोरको संख्या, अन्य बिपद् उद्दारका तालिम प्राप्त जनशक्ति तथा काम कारबाही बारे बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो । सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल र दन्तकाली तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क