Author: Editor
बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह चुनावी प्रचार अभियानका क्रममा नेपालगञ्ज पुगेका छन्। झापाबाट फर्किएका शाह काठमाण्डौहुदैं नेपालगञ्ज विमानस्थल बाहिरिदाँ उनलाई स्वागत गर्न पार्टी कार्यकर्ता र समर्थकको ठूलो भिड देखिएको थियो। विमानस्थलबाट रुफटप कारमा बाहिरिएका साहसँग सेल्फी खिच्न समर्थकहरू उत्साहित देखिन्थे भने उनलाई हेर्न स्थानीय बासिन्दा छतछतमा उभिएका थिए। विमानस्थलमै उनलाई स्वागत गर्न पार्टीका केन्द्रीय सदस्य खगेन्द्र सुनार पनि उपस्थित थिए। नेपालगञ्जबाट साह सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेर चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम रहेको छ। सुदूरपश्चिमबाट साहनिकट दुई व्यक्तिले उम्मेदवारी दिएका छन्। उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट र कोर टिमका सदस्य केपी…
काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्नु होला, अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।’ निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड ( न ) मा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय…
काठमाडौं । छिमेकी मुलुक भारतले आज ( सोमबार ) ७७ औं गणतन्त्र दिवस मनाउँदै छ । भारतमा आजकै दिन सन् १९५० मा संविधान लागू भएको थियो । गणतन्त्र दिवस समारोहका अवसरमा भारत आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गर्दैछ । समाचर एजेन्सी पीटीआईका अनुसार समारोहमा प्रदर्शन गरिने परेडमा हालै गठन भएका सैन्य इकाईहरूका साथै ‘अपरेशन सिन्दुर’ का दौरान तैनाथ प्रमुख हथियार प्रणालीहरूको मोडल पनि समावेश हुने छ । युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो लुईस सान्तोस दा कोस्टा र युरोपियन कमीशनका अध्यक्ष उर्सुला वान डेर लेयेन गणतन्त्र दिवस समारोहमा मख्य अतिथि रहने छन् । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले समारोहको…
काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक भाउ हो । हिजो आइतबार सुनको भाउ तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेको थियो । गत शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसको अघिल्लो दिन बिहीबार तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँ थियो ।…
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगेका छन्। पार्टीका स्थानीय कार्यकर्ता र मतदातासँगको भेटघाटका लागि उनी त्यसतर्फ जान लागेका हुन्। बिहान १०–३० बजेको नियमित उडानबाट सिमरा विमानस्थल प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। सिमरा ओर्लिएपश्चात उनी सडकमार्ग हुँदै सर्लाही पुग्नेछन्। आफ्नो निर्वाचन क्षेत्रमा रहँदा थापाले विभिन्न स्थानीय तहमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनले स्थानीय जनप्रतिनिधि र जनताका गुनासा सुन्ने कार्यक्रम तय गरिएको छ। निर्वाचन क्षेत्रका मतदातासँग संवाद गर्ने र पार्टी सांगठनिक काम पनि गर्ने गरी सर्लाही जान लाग्नु भएको हो, थापाको सचिवालयका…
काठमाण्डौं । नेपाल आइसिसी वुमन्स टी–२० विश्वकप विश्व छनोट अन्तर्गत समूह चरणबाटैस्कटल्यान्डसँग ७२ रनले पराजित भएसँगै बाहिरिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको समूह ‘बी’ को आफ्नो अन्तिम तथा महत्वपूर्ण खेलमा नेपालको ब्याटिङ राम्रो हुन सकेन। १४० रनको लक्ष्य पछ्याएको नेपाल १३।५ ओभरमा अलआउट भयो। नेपालका लागि विन्दू रावलले १४ रन जोडिन्। रोमा थापा १४ रनमा नटआउट रहिन्। नेपालका अरु ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्। बलिङमा स्कटल्यान्डका अब्ताहा मक्सुदले ३ विकेट लिइन्। सुपर(६ मा पुग्न जित्नै पर्ने नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा १४० रनमा अलआउट भयो। स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले नटआउट ४५ रन बनाइन्।…
मेलम्ची । मेलम्चीवासीले १० दिनभित्र आफ्ना माग पूरा नभए मेलम्ची खानेपानीको काठमाडौं पथान्तरण पूर्णरुपमा बन्द गर्ने चेतावनी दिएका छन्। उपभोक्ता तथा बाढी पीडितले खानेपानी मन्त्री मदन परियारलाई भेटेर यस्तो चेतावनी दिएका हुन्। मेलम्ची खानेपानीका वितरक उत्तरकुमार श्रेष्ठकाअनुसार मन्त्री यादवले विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्न दश दिनको समय मागेका छन्। २०७८ को बाढीपहिरो पीडितलगायतका अन्य पीडितहरुका माग पूरा गर्न तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवसँग सम्झौता भएको थियो। उक्त सम्झौता कार्यान्वयनको माग गर्दै पीडितहरुले पटक पटक पानी पथान्तरण नै बन्द गर्ने गरेका छन्। ‘२०७५ सालदेखि नै हामी यो मेलम्चीको कारण दुःख पाइराखेका छौँ। प्रदीप यादवसँग पनि सम्झौता भएर काम भएन। उहाँले तीन…
काठमाडौं । सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सरकारले सार्वजनिक गरेको छ। यो विवरणमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, दि फूलबारी लिमिटेड पोखराका पियुष बहादुर अमात्यदेखि कर्मचारी, कृषि व्यवसायी, सशस्त्र प्रहरी लगायत छन्। महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले ती व्यक्तिको नाम, ठेगाना र तिर्नुपर्ने रकमसहितको विवरण आज सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा ब्याज तिर्न भनेको छ। अन्यथा उनीहरुको चल अचल सम्पत्ति दाबी गरी प्रचलित कानुन बमोमिज असुल उपर गर्ने चेतावनी दिइएको छ। ५२ जनाले सरकारलाई एक अर्ब, एकान्ब्बे करोड, सतहत्तर लाख, छब्बीस हजार, छ सय एकहत्तर रुपैयाँ तिरेका छैनन्। सबैभन्दा…
काठमाण्डौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन ‘सर्कुलर’ गरेको छ। निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिले पनि आ–आफ्नो क्षेत्रमा लागू गराउन पत्राचार गरेको मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलले सबै स्थानीय तह र सबै जिल्ला समन्वय समितिलाई जारी गरेको पत्रमा उल्लेख छ। सरकारले २०८२ साल पुस १२ गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आचारसंहिता सार्वजनिक गरेको थियो। निर्वाचन आयोगले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन आचारसंहिता लागू गरेको हो। यही…
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र ९जेइओसी० स्थापना गरी आजदेखि सञ्चालनमा ल्याइएको छ । कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालय परिसरमा स्थापना गरिएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा निर्वाचन आयुक्त सगुन शमशेर जबरा, आयोगका सचिव कृष्णबहादुर राउतलगायतको उपस्थिति रहेको थियो । निर्वाचन अनुगमन निर्देशिका, २०८२ को दफा ११ बमोजिम आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यसहित आयोगका सचिवको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क