Author: ट्रान्सपेरेन्टखबर
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने छ । प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । ‘भिजिट भिसा’ प्रकरणमा बदमासी भएको…
काठमाडौं । यही जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने भएको छ । आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनले पत्रकार सम्मेलन गरी पछिल्लो समयमा दलित समुदायमाथि उत्पीडन बढ्दै गएको उल्लेख गर्दै त्यसलाई रोक्न तथा मुक्तिका लागि सम्मेलनको आयोजना गरिएको जनाएको छ । सम्मेलन असार १ गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने छ । सम्मेलनका संयोजक डा। निर्मल विश्वकर्माले विश्व परिवेशमा गोलमेच सम्मेलनको अभ्यास भइसकेको सफल विधि भए पनि नेपालको लागि पहिलो हुने बताए । शदियौँदेखिको दलित समुदायमाथिको उत्पीडन र त्यसबाट मुक्तिको प्रयास वा सङ्घर्ष अभियानको समीक्षा गर्दै संयोजक विश्वकर्माले राज्यसत्तामा पूर्ण रुपमा समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतहरुमा हिस्सेदारी र धर्म सुधारलगायतका मुख्य ३…
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । त्रिनगर नाकामा तीन र एकजनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरु कञ्चनपुर, अछाम र बझाङका रहेको जोशीले जानकारी दिए । शंकास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँच जनामा कोभिड पुष्टि भएको छ, सङ्क्रमितलाई ‘होम आइसोलेसन’ बस्न भनिएको छ, उनले भने । यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा सङ्क्रमण देखिएको थियो । भारतबाट स्वदेश फर्किएकाहरुमा चार दिनको अवधिमा…
काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसले बजेटमा मनपरी गरेको पाईएको छ । उनिहरुले आफ्ना स्वर्गीय शिर्ष नेताको नाममा भवन निर्माणका लागि तिन–तिन लाख रुपैंया छुट्याएको भेटीएसँगै अन्य दलहरुले आपत्ती जनएका छन् । सरकारले सत्तारुढ नेपाली कांग्रेसनिकट नेपाल तरुण दलको भवन बनाउन तीन करोड विनियोजन गरेको पाइएको छ । त्यसरी नै नेकपा एमालेले पनि एमाले सांसद ज्वालाकुमारी साहको चुनावी क्षेत्रमा ‘मदन आश्रित’का नाममा भवन निर्माणका लागि ३ करोड बजेट छुट्ट्याएको खुलेको छ । यसरी तिन–तिन करोड बजेट छुट्याएको पाईएपछि अहिले सरकारको आलोचना भईरहेको छ । नेपाली कांग्रेसनिकट नेपाल तरुण दलको भवन बनाउन तीन करोड विनियोजन गरेको पाइएको छ…
काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्ममा सङ्घीय संसद, प्रतिनिधिसभाबाट पास हुने दाबी गरेका छन्। प्रारम्भिक बालविकासका लागि सङ्घीय सांसदहरुको सहकार्य र समन्वय समूहले यहाँ आज आयोजना गरेको ‘प्रारम्भिक बालविकाससम्बन्धी परामर्श कार्यक्रम’ मा उनले विधेयक पारित गर्न तीव्रताका साथ काम गरिरहेको उल्लेख गरे। शिक्षामन्त्री पन्तले भने, “शिक्षा विधेयकमा सबैका जायज माग सम्बोधन हुन्छन्, सोहीअनुसार काम भइरहेको छ, आगामी असार १५ गतेसम्म प्रतिनिधिसभाबाट विधेयक पारित हुन्छ।” उनले विधेयकमा शिक्षकका माग सम्बोधन गर्न दरबन्दी मिलान र विद्यालय गाभ्ने विषयमा मन्त्रालयले काम गरिरहेको पनि जानकारी दिए। सरकार र शिक्षकबीचमा…
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह सुपुत्र हृदयेन्द्रलाई लिएर जुम्ला पुगेकी छन्। जुम्लामा हिमानी ट्रस्टले निर्माण गर्न लागेको अस्पताल ( बर्थिङ सेन्टर) शिलान्यास कार्यक्रममा सहभागी हुन पुगेका उनीहरु स्थानीयले स्वागत गरेका छन्। जुम्लाको गुठिचौर गाउँपालिका वडा नम्बर १, मनिसाँघुमा हिमानी ट्रस्टले बर्थिङ सेन्टर निर्माण गर्दैछ। पूर्वयुवराज्ञी हिमानीको अध्यक्षतामा रहेको ट्रष्टले ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको छ । उनीहरूको साथमा राप्रपाका नेता ज्ञानेन्द्र शाही पनि पुगेका छन्। शाही जुम्लाबाट निर्वाचित सांसद हुन्। हिजो काठमाडौंबाट नेपालगन्ज हुँदै आज खलंगा पुगेका उनीहरूले साँझ ४ बजे होटल कान्जिरोवामा भेटघाट कार्यक्रम समेत राखेका छन्।
बुटवल । नेकपा ( एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा नमुछिएको दाबी गरेका छन् । गृहजिल्ला रुपन्देहीको तिलोत्तमामा पार्टी कार्यक्रमलाई आज सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् । आफूहरूले कानुन र अदालतको सम्मान गर्ने तर अख्तियारले दाबी गरेजस्तो अध्यक्ष नेपाल अनियमिततामा संलग्न नरहेको भुसालले प्रस्ट पारे । अख्तियारले नै तामेलीमा राखिसकेको मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बदलाको भावनाले अगाडि बढाएको उनको आरोप थियो । आफ्ना विरोधीलाई ८४ सालभित्र सकाउने सिलसिलामा अध्यक्ष नेपालमाथि बदला स्वरूप मुद्दा चलाइएको उनले जिकिर गरे । भुसालले रास्वपाका सभापति रवि लामिछानेमाथि पनि सरकारले प्रतिशोध साँधेको बताउँदै पार्टी अध्यक्ष…
कैलाली । परराष्ट्रमन्त्री डा.आरजुु राणा देउवाले प्रविधिको प्रयोगले राहदानी वितरण प्रभावकारी भएको बताउनुभएको छ । राहदानी विभागद्वारा धनगढीमा आयोजित प्रदेशस्तरीय अभिमुखीकरण अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै परराष्ट्रमन्त्री राणाले राहदानी प्राप्त गर्नु नागरिकको अधिकार भएको बताउनुहुँदै यसमा कुनै प्रकारको अवरोध हुन नहुने धारणा औंल्याउनुभयो । परराष्ट्रमन्त्री राणाले विगतमा राहदानी बनाउन झन्झटिलो प्रक्रियाले सर्वसाधारणलाई समस्या भएको बताउनुहुँदै अब डिजिटल प्रविधिको माध्यमबाट सजिलो र सुलभ सेवा प्रवाह गर्ने दिशामा सरकार अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला राहदानी बनाउन धेरै गाह्रो थियो । अहिले भने अनलाइनबाटै ई–पासपोर्ट सजिलै बनाउन सकिने अवस्था बनिसकेको छ, प्रविधिको प्रयोग गरेर यो प्रणालीलाई अझ प्रभावकारी बनाउने विषयमा पनि सोचिरहेका छौँ…
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले पारस्परिक सम्मान, सहिष्णुता र एकताको सन्देश दिएको बताउनुभएको छ । बकर इदको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “हाम्रो राष्ट्र बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहु–भेशभूषायुक्त सामाजिक संरचनाले बनेको सुन्दर फूलबारी हो, हाम्रो सामाजिक विविधताभित्र रहेको एकतार सहअस्तित्वको भावना नै हाम्रो राष्ट्रियताको मेरुदण्ड हो, एक–अर्काप्रतिको सम्मानर सद्भावले हाम्रो राष्ट्रिय भावना, अखण्डता र सार्वभौमिकता अझ सशक्त भएको छ ।” नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समावेशिता, समानता, धर्मनिरपेक्षता र कानुनी राज्यको आधारमा सबै नेपालीनागरिकको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधान सम्पूर्ण नेपालीको साझा दस्तावेज भएको जसले…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदको शुभकामना व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले पवित्र पर्व इद–उल–अज्हाको अवसरमा स्वदेश तथा विदेशमा सबैलाई शुभकामना व्यक्त गर्नुभएको हो । “बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो देशमा यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई अझ बलियो बनाओस्, न्यायपूर्ण, सहिष्णु र समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्”। प्रधानमन्त्री ओलीले भन्नुभयो, “इद मुबारक १ मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद ९इदुल जोहा० आज देशभरका मस्जिदमा मनाइँदै छ ।” इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क