Author: Editor
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले हिमपात भइरहेकाले यात्रामा कठिनाइ हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरीले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै भनेको छ, ‘आज बिहानै मुक्तिनाथ लगाएत उपल्लो मुस्ताङका क्षेत्रमा हिमपात परिरहेको र बाटो अवरुद्ध भएकाले यो क्षेत्रमा यात्रा नगर्नुहुन सम्पूर्ण यात्रु साथै सरोकारवालामा जानकारीको लागि अनुरोध गरिएको छ ।’ हिमपात भएपछि मुक्तिनाथलगायतका क्षेत्रममा गएकाहरु बाटोमै रोकिएका छन् ।
काठमाण्डौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको हो। सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ। प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरूलाई आर्थिक विषयसँग सम्बन्धित विषयमा फरक(फरक कार्य गर्ने जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ। प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवं विश्वासनीय रूपमा सम्पन्न गर्न आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ। आचारसंहिता यही माघ ४ गतेदेखि लागू भएको हो।
मुस्ताङ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । सशस्त्र भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ । हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने आशा पलाएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताउनुभयो । त्यसैगरी, सिमकोटस्थिको हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा मङ्गलबार रातिदेखि नै बाक्लो हिमपात भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख शङ्कर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ । हिमपातले…
काठमाडौँ । टेरामक्स प्रविधि खरिदमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदैछ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र न्यायाधीश हेमन्त रावल र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनामाथि ३ अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी गरेको थियो । पूर्वमन्त्री मोहनबहादुर बस्नेतमाथि कुनै अध्ययनविना सोझै आफ्नो प्रस्तावमा टेरामक्स प्रविधि खरिदबारे निर्णय गरेको आरोप छ । स्वायत्त प्रकृतिको नेपाल दूरसञ्चार प्राधिकरणमाथि उनले बजेट तथा कार्यक्रम स्वीकृतिको क्रममा इन्टरनेशनल कल मोनिटरिङ र भीओआईपी नियन्त्रणका लागि उपयुक्त प्रणाली खरिद गर्ने भनी निर्णय गरेका थिए । प्राधिकरणका…
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेशको द्रुतमार्ग निरीक्षण गरेकी छन् । सडक निर्माण कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उनले स्थानीयका सरोकारलाई गम्भीर रूपमा लिई समाधान खोज्न निर्देशन दिइन् । विकास निर्माणमा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्याउन नहुने उनको भनाइ छ । कार्कीले भनिन्, ‘स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिइ समाधान खोज्नुपर्छ । आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ । उहाँहरूको विश्वासमा आधात नपुग्ने गरी हाम्रा विकास निर्माण अघि बढाउनुपर्छ ।’ प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको प्रगति, चुनौतीलगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराए । निरीक्षण…
काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन नेपाली कांग्रेसले देशका ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ । विशेष महाधिवेशनमा सहभागी भएका सबैलाई जित(हारको कुरा नगरी चुनावमा केन्द्रित हुन भन्दै कांग्रेसले परिपत्र गरेको हो। महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले जारी गरेको परिपत्रमा अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ रहने विश्वाससमेत व्यक्त गरिएको छ। ‘विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमितिकोसमेत चयन भई पार्टी नयाँ जोश, जाँगर र हौसलाका साथ प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ होमिसकेको व्यहोरा यहाँहरुलाई अवगत नै छ,’ परिपत्रमा भनिएको छ, ‘निर्वाचनमा सहभागी हुनु भएका, नहुनु भएका,…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा ) का वरिष्ठ नेता बालेन शाह सोमबारदेखि पश्चिम तराईमा छन् । झापा–५ मा मनोनयन दर्ता गरेपछि पूर्वी पहाडको भ्रमण सकेर फर्केका उनी सोमबार सुदूरपश्चिम जान काठमाडौंबाट हिँडेका थिए। बालेन मंगलबार (आज ) दिउँसो मात्रै सुदूरपश्चिम पुग्ने कार्यक्रम छ । त्यसअघि उनी बाँके र बर्दियाका केही कार्यक्रममा सहभागी हुने र समर्थकसम्म पुग्ने गरिरहेका छन्। यसैबिचमा आज बिहान उनले बर्दिया–२ मा राजापुरस्थित खोलिएको रास्वपाको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। यस्तै उनले बर्दियाको प्रसिद्ध ठाकुरबाबा मन्दिरको पनि दर्शन गरेका गरेका छन् । उनले आज कैलाली र कञ्चनपुरमा आयोजना हुने सभामा सहभागी हुनेछन । उनी चुनावी अभियानमा भोली…
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, सरकारका पदाधिकारी र गैह्रसरकारी संस्थालाई स्पष्टीकरण मागेको छ । यही माघ ४ गते राति १२ बजे निर्वाचन आचारसंहिता लागू भएदेखि माघ ११ गतेसम्म आठवटा स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिए । आयोगले काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का उम्मेदवार रहेका वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई माघ ७ गते स्पष्टीकरण सोधेको थियो । दुवै जनालाई तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्न पत्राचार गरे पनि हालसम्म जवाफ प्राप्त नभएको उनले बताए । काठमाडौँ जिल्ला…
काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । दिउँसो सवा १ बजे सिंहदरवारमा बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तताको सूचना पढेर सुनाउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तता सम्बन्धी सूचनाको जानकारी गराउने कार्यसूची रहेको छ । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ सभा समक्ष पेस गर्ने, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ । यस्तैगरी, गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न…
काठमाडौँ। फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनसँगै थप सुरक्षा सतर्कता अपनाइएको छ । निर्वाचनको सरगर्मी बढ्दै जाँदा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबिच हुने चुनावी कार्यक्रम, उम्मेदवारहरूको आवतजावत र बसाइमा कुनै पनि असुरक्षा चुनौती नहोस् भनी सुरक्षा निकायको परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन सुरक्षा तयारीसँगै उम्मेदवारको सुरक्षालाई विशेष प्राथमिकतामा राखेर सुरक्षा निकायको परिचालन गरिएको बताउनुभयो । निर्वाचन सुरक्षालाई त्रुटिरहित बनाउन गृह मन्त्रालयले एकीकृत सुरक्षा योजना तयार पारी कार्यान्वयन नै गरिसकेको बताउँदै प्रवक्ता काफ्लेले भन्नुभयो, “कुनै पनि उम्मेदवारले सुरक्षाको कुनै चिन्ता…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क