Author: Editor
काठमाडौँ । सरकार र चिकित्सा शिक्षा आयोगले विगतमा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै एमबिबिएस तथा बिडिएस इन्टर्न चिकित्सकहरूले पुनः आमरण अनशनमा बस्ने चेतावनी दिएका छन् । एमबिबिएस र बिडिएस इन्टर्न स्टाइपेन्ड मुभमेन्ट नेपालका संयोजक डिल्ली हरिजनले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । गत साउन २२ गते अनशनरत हरिजन र सरकारी वार्ता टोलीबीच भएको सहमति अनुसार चिकित्सा शिक्षा आयोगको बैठकबाट तत्काल निर्णय र कार्यान्वयन हुनुपर्नेमा १६ दिन बितिसक्दा पनि कुनै प्रगति नभएको विज्ञप्तिमा उल्लेख छ । इन्टर्न चिकित्सकहरूले मुख्य गरी जीवन निर्वाह भत्ता वृद्धिको माग गरेका छन् । कार्यदलको प्रतिवेदनले पनि अस्पतालमा अनिवार्य समय, रात्रिकालीन सेवा र…
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग भदौ १० गतेका लागि तय भएको प्रश्नोत्तरमा ११ सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन् । १५ वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सांसदले प्रश्न दर्ता नगराएका हुन् । रास्वपाका सांसदले सात वटा प्रश्न दर्ता गर्न पाउने भए पनि तीन वटा मात्र दर्ता गरेका छन् । अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन् । सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देश गर्नुभएको थियो । तोकिएको अवधिमा ११ वटा प्रश्न दर्ता भएका छन् । प्रश्नमाथि औपचारिक रूपमा भदौ १० गतेको बैठकमा…
काठमाडौँ। प्रतिनिधि सभाको भदौ १५–३० को पाक्षिक क्यालेण्डर स्वीकृत भएको छ । सभामुख डोल प्रसाद अर्यालको सभापतित्वमा बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले पाक्षिक क्यालेण्डर स्वीकृत गरेको हो। बैठकले संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने तथा सदनमा विचाराधीन विषयहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने विषयमा छलफल गर्दै क्यालेण्डर स्वीकृत गरेको सभामुख अर्यालको सचिवालयले जनाएको छ। स्वीकृत क्यालेण्डरका अनुसार प्रतिनिधि सभाको बैठकका भदौ १५, १६, १७, २२, २३ र २४ गते बस्नेछ । त्यसैगरी, बैठकमा संसद् बैठकलाई नियमित, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्ने, महत्त्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूलाई प्राथमिकताका साथ अघि बढाउने तथा संसदीय कामकारबाहीलाई थप व्यवस्थित बनाउने…
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवाले सर्वोच्चमा रिट पुर्याएका हुन्। यसअघि शुक्रवार सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदनलाई सच्याउने भन्दै फिर्ता लगिएको थियो। आज देउवा र तत्कालीन कार्यवाहक सभापति पुर्णबहादुर खड्काको तर्फबाट कानून व्यवसायीले छुट्टाछुट्टै रिट गर्दा गरेको नेता मीनबहादुर विश्वकर्माले बताए। उनीहरूले असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि बढाएको कार्यतालिका रोक्न माग गरेका छन्। आधिकारिता विवादमा पुनः सुनुवाइ गर्न सर्वोच्चले निस्सासमेत दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म महाधिवेशनसम्बन्धी काम अघि नबढाउन नमिल्ने देउवा पक्षको तर्क छ। असोज १६–१९ मा महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक…
काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले बलात्कारपछि हत्या गरिएकी गरिमा चौधरीको परिवारसँग सरकारले गरेको सम्झौतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै एउटा सालिक ठड्याएर ३ वर्षीया बालिकाको जीवन फिर्ता आउँछ रु भन्दै प्रश्न गरिन् । उनले भनिन्, सहमति पत्रले तत्काल आन्दोलन रोक्न त सक्ला । राहतले क्षणिक पीडा त कम गर्ला, तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यको विश्वास पुनर्स्थापित गर्न सक्दैन । सडक तात्ने बित्तिकै मन्त्रीहरू आफैँ जुर्मुराउने र स्थानीय प्रशासनलाई निकम्मा बनाउने शैलीले स्थानीय सरकार र स्थानीय प्रशासनमाथिको जनविश्वास निरन्तर घटिरहेको उनको भनाइ छ । उनले भनिन्, ‘यस्ता घटनामा कडा कानुनको कार्यान्वयनले राज्यको विश्वसनीयता तय गर्छ…
विराटनर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेश सभा सदस्यले मत दिएका छन् । मुख्यमन्त्री कार्कीले ५७ मत प्राए । कोशी प्रदेश सभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टी का १७ सदस्य छन्। त्यस्तै विपक्षमा नेपाली कांग्रेस प्रदेश सभा सदस्यले मतदान गरेका छन् ।नेपाली काँग्रेसका २९ प्रदेश सभा सदस्य छन् । विपक्षमा प२२ मत परेको छ । त्यस्तै राप्रपाका सभामुख सहित ५ सदस्य छन् ।उनीहरूले कतै पनि मतदन गरेनन।जनता समावादीकि एक मात्र प्रदेश सभा सदस्य निर्मला लिम्बु उपस्थित भईनन्। ९३ प्रदेश सभासद् रहेकोमा एक…
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई ९हर्क साम्पाङ० ले नेपालको कानुनी व्यवस्था र त्यसको कार्यान्वयन गर्ने संयन्त्रको लाचारीप्रति प्रहार गरेका छन् । सोमबारको प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले अपराधीहरूले कानुनलाई गोजीमा बोकेर हिँड्ने गरेको टिप्पणी गरे । उनले देशको अवस्थालाई बिग्रिएको गाडी र अदक्ष चालकसँग तुलना गर्दै प्रश्न गरे, ‘हाम्रो देशको कानुन कमजोर कि कानुन चलाउने मान्छे रु गाडी बिग्रेको हो कि गाडी चलाउने मान्छेले चलाउन नजानेको रु’ सांसद राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तले नै स्विस बैंकमा नेपाली भ्रष्ट नेताहरूको ठुलो रकम रहेको अभिव्यक्ति दिएको स्मरण गराउँदै सरकारको आलोचना गरे ।…
काठमाडौँ । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) ले देशका विभिन्न स्थानमा बालिकाहरूमाथि भइरहेका हिंसा र असुरक्षालाई मध्यनजर गर्दै ‘छोरी बचाउ राष्ट्रिय जागरण अभियान’ सुरु गर्न सरकारसँग माग गरेको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारको ध्यानाकर्षण गराएका हुन्। बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार र हत्याको हृदयविदारक घटनाप्रति दलको तर्फबाट दुःख व्यक्त गर्दै दुलालले अब राज्यस्तरबाटै जागरणको आवश्यकता रहेको बताए। ‘कोपिलामै खोसिएका यस्ता हृदयविदारक घटनाप्रति हामी स्तब्ध छौँ,’ उनले भने, ‘अब ढिला नगरी सरकारले ‘छोरी बचाउ राष्ट्रिय जागरण अभियान’ सुरु गरोस् भन्ने म आह्वान गर्दछु।’ दुलालले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति…
काठमाडौँ। बाराकी अबोध बालिका गरिमा चौधरीको बलात्कार र हत्याको घटनाबारे प्रतिनिधि सभाको बैठकमा चर्को आवाज उठाइएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरूले सरकारले पीडितलाई न्याय दिनुको सट्टा स्टन्ट गरिरहेको भन्दै आक्रोश व्यक्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का महामन्त्री विपिनकुमार आचार्यले गृह मन्त्रालयले गरिमाका बुबा–आमालाई काठमाडौँ बोलाएर धन्यवाद भन्न लगाएको भिडियो सार्वजनिक गरेकोप्रति कडा आपत्ति जनाए । ‘हामी कस्तो समाज बनाउँदैछौँ रु जहाँ मृतकका बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र अर्कोतिर आरोपितले बोलेका कुराहरू सार्वजनिक गरिन्छ,’ आचार्यले भने, ’सरकारले विज्ञापन गर्ने होइन, न्याय दिने वातावरण बनाउनुपर्छ । यस्तो कार्य तत्काल बन्द गरियोस्…
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। कार्कीले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। नेपाली कांग्रेसले समर्थन फिर्ता लिए पनि कोशी प्रदेश सरकारमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मतका लागि तुलनात्मक सहज देखिएका छ। कांग्रेसको समर्थन गुमाए पनि एमाले र नेपाली कम्युनिष्ट पार्टीबीचको सत्ता सहकार्यले कार्कीलाई प्रदेशसभामा आवश्यक बहुमतभन्दा १० मत बढीको सुविधा दिएको छ। ९२ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। हाल एमालेका ४० र नेपाली कम्युनिष्ट पार्टीका १७ सांसद छन्। दलको संख्या जोड्दा ५७ पुग्छ। मुख्यमन्त्री कार्कीलाई विश्वासको मत जोगाउन एमाले–नेकपाका सबै सांसद एक ठाउँमा उभिए आवश्यक भन्दा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क