Author: Editor

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट आइतबार राति ११ः३० बजे जापान प्रस्थान गर्नुहुने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो । भ्रमण सम्पन्न गरी उहाँ यही माघ २१ गते सोही एयरलाइन्सको उडान नं ४३४ बाट दिउँसो ४ः३० बजे स्वदेश फर्कनुहुने कार्यक्रम छ । भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान…

Read More

काठमाण्डौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तथा मतदान अवधिभर स्थानीय जनप्रतिनिधिहरूसँग सहकार्य र समन्वय गरेर अघि बढ्न प्रमुख जिल्ला अधिकारी ( सिडिओ ) तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन्। निर्वाचनको तयारी र जिल्लाको समग्र वस्तुस्थिति बुझ्न गृह सचिव तथा मन्त्रालयका उच्च अधिकारीसहित शनिबार काभ्रेपलाञ्चोकको धुलिखेल पुगेका मन्त्री अर्यालले यस्तो निर्देशन दिएका हुन्। मन्त्री अर्यालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले हालै सार्वजनिक गरेको ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ तत्काल कार्यान्वयन गर्न जिल्ला सुरक्षा समितिलाई आग्रह गरे। धुलिखेल भ्रमणका क्रममा मन्त्री अर्यालले स्थापना गरिएको मुख्य…

Read More

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी निर्वाचनका क्रममा राजनीतिक दलहरूले प्रस्तुत गर्ने घोषणापत्रमा निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र मनोबल अभिवृद्धिलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ। महासङ्घले आज आयोजना गरेको घोषणापत्रमा निजी क्षेत्र विषयक पत्रकार सम्मेलनमा रोजगारी सिर्जना, राजस्व वृद्धि, पूर्वाधार र सम्पत्ति निर्माणमा निर्णायक भूमिका खेलिरहेको निजी क्षेत्र उपेक्षित हुँदा समग्र अर्थतन्त्र थप सङ्कटतर्फ उन्मुख हुन थालेको उल्लेख गर्दै राजनीतिक दलहरूले अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएको हो। महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूले देशका मुख्य रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजस्व योगदानकर्ता तथा सम्पत्ति निर्माणकर्ता उद्यमी–व्यवसायीको मनोबल उच्च राख्ने गरी घोषणापत्र तयार गर्नुपर्ने आवश्यकता औँल्याए। निर्बाध पेसा–व्यवसाय गर्न…

Read More

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँको दरले मूल्य बढाएको हो । बढेपछि कायम हुने नयाँ मूल्य आज मध्यरात १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल र खाना पकाउने ग्याँसको मूल्यमा भने हेरफेर गरिएको छैन । यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले घटाइएको छ । अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि भने ब्रेकइभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

Read More

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापाले दायाँ बायाँ फर्केका हिजोका कांग्रेस, एमाले र माओवादी छाडेका व्यक्तिहरू एकै ठाउँमा हुँदैमा नयाँ नहुने बताएका छन्। शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले दृष्टिकोण र प्रतिबद्धता नयाँ हुनुपर्ने बताएका हुन्। यदी तपाईलाई कसैले यो पटक म पुरानो पार्टीलाई भोट दिन्न, म नयाँलाई दिन्छु भन्छ भने तपाई एकछिन अडिएर उसलाई एउटा प्रश्न सोध्नुहोस् । पुरानो र नयाँको परिभाषा के हो रु प्रत्येक कुरा पहिला नयाँ हुन्छ, समयक्रममा त्यो पुरानो हुन्छ । पुराने र नयाँ बीचको भेद के हो ?  तपाईहरु अडिएर त्यहाँ प्रश्न गर्नुपर्छ,उनले भने।नयाँ नै…

Read More

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो। एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ। नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको छ। उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो मतपत्र छापिएको छ। एउटा मात्र निर्वाचन क्षेत्र भएका…

Read More

काठमाडौँ । तराई–मधेश द्रुतमार्ग ( फाष्ट ट्र्याक )  निर्माणको प्रगति ४५ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त आयोजनाको हाल समष्टिगत भौतिक प्रगति ४५.१६ र वित्तीय प्रगति ४५.३३ प्रतिशत  रहेको छ। आयोजना अन्तर्गतका महादेव डाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन्। हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका ( दुईतर्फी )  चारवटा सुरुङ ब्रेक–थ्रु  भइसकेको नेपाली सेना सडक निर्माण आयोजना कार्यदलले जनाएको छ। नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी मिलन कार्कीका अनुसार चालु आर्थिक वर्षको अन्त्य सम्ममा थप दुई जोडी सुरुङ ब्रेक–थ्रु हुनेगरी काम अघि बढाइएको छ। ती सबै सुरुङको कुल लम्बाइ १०.९७९ किमी…

Read More

काठमाडौं । कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)  का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० ले सुदूरपश्चिमको चुनावी अभियान सकेका छन् । सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका साथै सात पहाडी जिल्लाको पार्टीको चुनावी अभियान भ्याएका वरिष्ठ नेता बालेनले समर्थक एवं पार्टीका नेता तथा कार्यकर्ताहरूलाई विना कुनै सम्बोधन मौन अभियान सञ्चालन गरेका हुन् । जिल्लाका रहेका पार्टी कार्यालय र उम्मेदवारहरूका चुनावी सम्पर्क कार्यालयमा घण्टी बजाउँदै सर्मथकहरू माझ उपस्थित भए पनि उनले कुनै पनि कार्यक्रममा सम्बोधन गरेनन् । रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका नेता बालेनले चार दिनअघि कैलाली निर्वाचन क्षेत्र नं…

Read More

काठमाडौं । जनतमत पार्टीका अध्यक्ष तथा पूर्व सांसद डा। सिके राउतले मधेशले रास्वपालाई परास्त गर्ने दाबी गरेका छन् । उनले रास्वपाले केन्द्रीय समितिबाट संघीयता खारजे गर्ने निर्णय गरेको स्मरण गराउँदै अब मधेशले संघीयता विरोधी शक्तिलाई परास्त गर्ने विश्वास व्यक्त गरेका छन् । उनले सयकडौं शहीदको बलिदानी, लाखौं आन्दोलनकारीको संघर्ष र दशकौंको आन्दोलनपश्चात् संघीयता आएको दाबी गरेका छन् । पार्टी वा कुनै एक व्यक्तिले मधेशको मत तान्न निर्वाचनको मुखमा दिएको अभिव्यक्तिले चल्ने नभएर पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पारित गरेको नीतिले चल्ने भएकोले रास्वाले यसअघि केन्द्रीय समितिबाट नै संघीयता खारेजीको प्रस्ताव पारित गरेको पनि स्मरण गराएका छन् । अब…

Read More

वीरगञ्ज ( पर्सा )  । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा २१ करोड मूल्यको गिरावट आएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही समयमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको बताए । जबकि गत आवको छ महिनामा भने ११ अर्ब ७८ करोड मूल्य पर्ने १६ थरिका खाद्य पदार्थको आयात भएको थियो । चालु आवको छ महिनामा पाँच अर्ब…

Read More