Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक९पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन । आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति…
काठमाडौँ । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ र २०७८ मा अध्यादेशमार्फत १३ संवैधानिक निकायका कुल ६१ पदमध्ये रिक्त ५२ संवैधानिक पदाधिकारी नियुक्त गरेको थियो । संवैधानिक परिषद्ले नियुक्तिका निम्ति गरेको सिफारिस तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन् । परिषद् बैठकमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रियसभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सामेल थिए । संविधान विपरीत जारी अध्यादेशका आधारमा बोलाइएको संवैधानिक परिषद्को बैठक तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाले बहिष्कार गरेका थिए । अध्यादेशमार्फत गरेका ती नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, कीर्तिनाथ…
म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक पुरानो व्यवस्थामा नफर्कने बताएका छन्। अन्नपूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्कने बताए “यो व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघिबढ्नुपर्छ । राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्छ”, उनले भने । साथै उनले जनताका समस्या बुझ्न आफू उनीहरूका घरदौलोमा पुग्ने गरेको बताए। कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न आफ्नातर्फबाट हरसम्भव प्रयास हुने अध्यक्ष दाहालले बताए ।
काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा रड प्रहार गरेपछि प्रहरीले सात राउण्ड गोली प्रहार गरेको खुलेको छ। लागुऔषध नियन्त्रण ब्युरोले केही समयदेखि कारोबारीबारे अनुसन्धान गरिरहेको थियो। त्यसअनुसार मंगलबार दिउँसो २ बजेतिर प्रहरीको टोली खटिएको थियो। उक्त टोलीले काठमाडौंको सुन्धारास्थित सडकबाट सुरूमा दुई जनालाई नियन्त्रणमा लिएको ब्युरो प्रमुख एसएसपी कृष्ण कोइरालाले जानकारी दिए। उनीहरूमाथि सोधपुछ गर्दा टोखास्थित ग्राण्डी अस्पताल पछाडि दुई जना खैरो हेरोइन बिक्री गर्न लागेको सूचना पाएको थियो। उक्त सूचनापछि खोजी गर्दै जाँदा मंगलबार अपराह्न सवा ३ बजेतिर प्रहरी ग्राण्डी अस्पताल पछाडि पुगेको थियो। त्यहाँ स्पीकरभित्र लुकाएर राखेको दुई सय ग्राम खैरो हेरोइन बरामद भएको…
काठमाण्डौं । नेकपा ९एमाले०का मधेस प्रदेशका सांसदसमेत रहेका डी एण्ड एन बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक दीपन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अस्पताल निर्माणमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो । धनुषाको औरही नगरपालिकामा अस्पताल निर्माणका क्रममा अनियमितता गरेको अभियोग उनीमाथि छ । नगरपालिकाका कर्मचारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । ठाकुर धनुषाको क्षेत्र नम्बर ३९ख०बाट निर्वाचित सांसद हुन्। मुद्दा दायर भएसँगै उनको सांसद पद स्वत निलम्बनमा परेको छ। उनी एमालेको मधेस प्रदेशका संसदीय दलका उपनेता समेत हुन्। अख्तियारले औरही गाँउपालिकाका तत्कालीन अध्यक्ष ब्रम्हदेव यादव, उपाध्यक्ष मीरादेवी सहनी, प्रमु प्रशासकिय…
काठमाडौँ । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलसँग लिखित जवाफ माग गरेको छ। सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले उनीहरूलाई लिखित जवाफ पेश गर्ने आदेश गरेको जानकारी दिए। यस्तै सर्वोच्च अदालतले दुवै पक्षलाई असार ८ गते छलफलमा पनि बोलाएको छ। न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले ०७८ सालमा अहिलेकै प्रधानमन्त्री र अहिलेकै अर्थमन्त्री रहेका बेला बजेटमा खानीजन्य वस्तुको निकासीसहितको प्रावधान सर्वोच्चले खारेज गरिदिएको थियो। विगतमा खारेज भएको त्यही प्रावधान आगामी आर्थिक वर्षका लागि जेठ १५ मा ल्याइएको बजेटको बुँदा नम्बर ८७ मा राखिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जेठ २५ गते अवहेलनाको मुद्दा दायर…
काठमाण्डौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा तीनजनाको नाम सिफारिस गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले न्यायाधीशको नाम सिफारिस गरेको हो। न्यायाधीश सिफारिस हुनेमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्ति सिंह थापा रहेकी छन्। सर्वोच्चमा चार न्यायाधीश रिक्त थिए। जसमा परिषद्ले तीनजनाको नाम मात्रै सिफारिस गरेको छ।
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सर्वसम्मत रूपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोस्रो पटक संशोधन गर्न विधेयक ल्याएको थियो । समिति सभापति रामहरि खतिवडाले नेपाली नागरिकलाई नागरिकता विहीन हुने अवस्था अन्त्यका लागि सरकारले ल्याएको उक्त विधेयक पारित भएको जानकारी दिए । सबै समिति सदस्यहरूको सहमतिमा सर्वसम्मत रूपले विधेयक पारित भएको उनले बताए । त्यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार गठन भएको ११ महिनामा…
काठमाण्डौं । राजधानीको तापक्रम दिनहु बढ्दो क्रममा छ। आइतबार सरदर तापक्रम ३०।५ डिग्री सेन्टिग्रेड रहेकोमा सोमबार बढेर ३१।६ डिग्री पुगेको थियो। मंगलबार पनि यो ३० देखि ३२ डिग्री सेन्टिग्रेडको बिचमा रहने मौसम पूर्वानुमान महाशाखाको आकलन छ। जून महिनाको लागि राजधानी काठमाडौंको सरदर तापक्रम २९.५ डिग्री सेन्टिग्रेड हो। ‘वर्षा हुन नसकेको र बादल पनि नलागेको कारण तापक्रम बढेको हो,’ महाशाखाका मौसमविद डेविड ढकालले भने। बिहानको न्यूनतम तापक्रम पनि सोमबार २०.४ डिग्री रहेकोमा मंगलबार यो बढेर २१.८ डिग्री सेन्टिग्रेडमा उक्लेको थियो। नेपालको पूर्वी क्षेत्रमा जेठ १५ बाटै मनसुन प्रवेश गरे पनि यसको विस्तार हुन सकेको छैन। ‘मनसुन पूर्वबाट अगाडि बढ्न सकेको छैन,…
काठमाण्डौं । नेकपा ९एमाले०निकट अनेरास्ववियुको २४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्यार्थीहरूले निर्वाचन प्रकृया अघि बढाइरहेको अवस्थामा एक्कासी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सुजन कडरियाको नाम प्रस्ताव भएपछि विद्यार्थीहरू आक्रोसित बनेका छन्। विद्यार्थीहरू आक्रोसित बनेपछि बन्द सत्र सुरु भए पनि निर्वाचन प्रकृया अघि बढेको छैन। निर्वाचन प्रकृयामा अघि बढ्न पाँच जनाले अध्यक्ष पदमा दाबी गरेका छन्। निर्वाचन तालिका सार्वजनिक भएसँगै पार्टीले कडरिया अध्यक्ष, उपाध्यक्षमा प्रकाश पौडेल र अन्जना शिवाकोटी, महासचिवमा दिपक धामी लगायतको नाम पार्टीको लाइनमा अध्यक्ष मण्डलले घोषणा गरेपछि निर्वाचनको महोल खलबलिएर नाराबाजी सुरु भएको एक विद्यार्थी नेताले बताए। ‘अध्यक्ष मण्डलले प्रस्ताव गरेको नाममा अरू…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क