Author: Editor
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिना ९पुस मसान्तसम्म० को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् । प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २।४२ प्रतिशतमा सीमित रहेको छ । यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति रु ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ । जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो । यस्तो सञ्चिति १८।१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा चालु खाता रु चार खर्ब २९ अर्ब ९१ करोड…
काठमाडौँ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न केन्द्रदेखि वडा तहसम्म नै संयुक्त संयन्त्र परिचालन गरिने भएको छ । गृह मन्त्रालयले सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय सहकार्य गर्नेसम्बन्धी अवधारणा–२०८२ तयार गरी कार्यान्वयनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत गरेको छ । सो अवधारणा अनुसार निर्वाचनको प्रभावकारी सुरक्षाका लागि सङ्घ, प्रदेश र जिल्ला तहले समन्वय गर्ने गरी देशभरका छ हजार ७४३ वडा तहसम्म राजनीतिक दल, नागरिक समाज, सञ्चारजगत्, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्तिहरू रहेको संयुक्त संयन्त्र बनाइने छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले निर्वाचन…
काठमाण्डौं । दक्षिण कोरियाले ईपीएस प्रणालीअन्तर्गत नेपाली कामदार लैजाने क्रममा नेपालले मात्र हक वा नियम परिवर्तन गर्न नपाउने स्पष्ट पारेको छ। कोरियाली सरकारले जनाएको छ कि नेपालकालागि मात्र रोस्टरको म्याद थप्ने वा प्रणाली परिवर्तन गर्ने व्यवस्था लागू नहुनेछ। कोरियाली पक्षका अनुसार ईपीएसमार्फत कामदार लैजाने १७ देशमा एउटै प्रणाली लागू हुँदै आएको छ। यस सन्दर्भमा प्राप्त पत्रको आधारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी सार्वजनिक गरेको छ। दुई वर्षअघि ईपीएस अन्तर्गत भाषा र सिप परीक्षा उत्तीर्ण गरी रोस्टरमा सूचीकृत भएका १८ हजारभन्दा बढी युवाहरू कोरिया रोजगारीमा जान पाउनुपर्ने मागसहित आन्दोलनमा छन्। यी युवाहरूले लामो प्रतीक्षापछि आर्थिक, मानसिक र पारिवारिक…
म्याग्दी । प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि म्याग्दीबाट उम्मेदवार बनेका निर्वतमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुन अहिले निर्वाचन लक्षित चुनावी प्रचार गरिरहेका छन् । उनको चुनावी प्रचार अन्य दलका नेता तथा उम्मेद्वार भन्दा विल्कुल फरक छ । उनी भन्छन्, ‘उम्मेदवार मै हो । भोट दिन मन लागे दिनुहोस् मन नलागे नदिनुहोस् ।’ मतदातासँग छलफल गर्न र मत माग्न म्याग्दीको डाँडाखानी पुगेका उनले भने, ‘ल है डाँडाखानी गाउँका दाजुभाइ दिदीबहिनीहरू म उम्मेदवार महाविर पुन आएँ । छलफल गर्न आउनुहोस् । भोट दिन मन लागे दिनुहोस् ।’ यत्तिकैमा एक स्थानीयले भोट दिन मन नलागे के गर्ने भनेर पार्श्वमा सोध्दा उनले…
चितवन । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले मुलुकमा राजसंस्था स्थापना नभएसम्म निर्वाचन हुन नदिने चेतावनी दिएका छन्। चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रसाईंले यस्तो बताएका हुन्। तोकिएको स्थानभन्दा फरक ठाउँमा कार्यक्रम गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा स्थिति केहीबेर तनावपूर्ण बनेको थियो। जिल्ला प्रशासन कार्यालयले प्रसाईं पक्षलाई केन्द्रीय बस टर्मिनल ( बसपार्क ) चोकको एक कुनामा कार्यक्रम गर्न अनुमति दिएको थियो। आयोजकले चौबिसकोठी चोक परिक्रमा गरेर पुनः बसपार्क नै फर्कने अनुमति मागेका थिए। तर, र्यालीसहित चौबिसकोठी पुगेको समूहले चोक परिक्रमा नगरी सोही स्थानमै कार्यक्रम गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरीले हटाउन खोज्दा प्रसाईं पक्ष र सुरक्षाकर्मीबीच केहीबेर…
धादिङ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता र मिडिया जागरण अभियान सुरुवात गरेको छ । निर्वाचनको बेला राजनीतिक दल र सञ्चारमाध्यम दुवै पक्षबाट हुन सक्ने आचारसंहिता उल्लङ्घनका घटना कम गराउने उद्देश्यसहित आइतबार धादिङदेखि अभियान थालनी गरेको हो । सो अभियानसँगै नेपाल पत्रकार महासङ्घले जिम्मेवार पत्रकारिता, निर्वाचन रिपोर्टिङ र सामाजिक सञ्जालको प्रयोगसम्बन्धी राष्ट्रिय अभियान पनि धादिङबाटै सुरुवात गरेको छ । निर्वाचनमा आचारसंहिता पालना, अनलाइन, रेडियो टिभी पत्रपत्रिकाले निभाउनुपर्ने जिम्मेवार मिडियाको भूमिका तथा सञ्चारकर्मीले निष्पक्षता, सन्तुलन र सत्यतामा आधारित भएर आचारसंहिता पालना गर्नुपर्ने प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्यले बताए । । नेपाल पत्रकार महासङ्घका…
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गरेकी छिन् । यही माघ ४ गतेदेखि सुरु भएको सभाको १९औँ अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै सरकारका प्राथमिकताका रूपमा रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र सुशासनका क्षेत्रमा भइरहेका कामबारे सदस्यहरूलाई जानकारी गराइन् । उनले आफू कुनै शासकीय आकाङ्क्षा बोकेर नभई विषम परिस्थितिमा प्रधानमन्त्री भएकाले तोकिएको सयमा प्रतिनिधि सभाको निर्वाचनबाट बन्ने नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आफू आतुर रहेको पनि स्पष्ट गरिन् । प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको…
काठमाण्डौं । नेपाली बजारमा पछिल्ला तीन कारोबार दिनमा सुनको मूल्यमा ५२ हजार रुपैयाँभन्दा धेरैको गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ( आज ) स्थानीय बजारमा सुन दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत बिहीबार सुन सर्वाधिक तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो। यसरी हेर्दा सुन तीन कारोबार दिनमा ५२ हजार ४०० रुपैयाँ घटेको छ। आइतबार एक तोला छापावाल सुनको मूल्य तीन लाख रुपैयाँ कायम भएको थियो। त्यसअघि गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० पुगेको थियो। त्यस्तै, बिहीबार एक तोला चाँदी सात हजार ५०५ मा किनबेच…
जापान । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गरेका छन्। उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गरे। नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आव्हान गरेका हुन्। उनले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहन्छ भने। हामीले लगानीमा आकर्षक प्रतिफलका साथै नाफा र पुँजी फिर्तीका लागि सहज प्रक्रियाहरूसहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका छौं, नेपाल सरकार वैदेशिक लगानीमा…
काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । आज अपराह्न १ः१५ बजे बस्ने तय भएको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरु सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ लाई सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ । साथै, आजको बैठकमा गृह मन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क