काठमाण्डौं । प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। आजका लागि तय भएको बैठक सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो। मंगलबार दिउँसो १ बजेका लागि बैठक तय थियो। आजको बैठकमा प्रधानमन्त्रीले संसदहरुका प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार १ बजेसम्मका लागि बैठक स्थगित गरिएको सूचना प्रकाशित गरेका छन्। निर्धारित समय र मितिमा बैठक बस्न नसक्ने भएको सूचनामा लेखिए पनि ठोस कारण खुलाइएको छैन। संघीय संसद सचिवालय स्रोतका अनुसार सभामुख डोलप्रसाद अर्यालको स्वास्थ्यमा देखिएको समस्याले पनि बैठक सारिएको हो।
‘सभामुखज्यूको स्वास्थ्यमा पनि केही समस्या देखिएको छ, हिजो अस्पताल पनि जानुभएको थियो,’ स्रोतले भन्यो, ‘उहाँको सासुको निधन पनि भएको रहेछ, सभामुखज्यू त्यहाँ जानुपर्ने पनि छ।’
