Author: Editor

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुन गैरहेको निर्वाचनको सन्दर्भमा निर्वाचनमा मानव अधिकार र राजनीतिक दलको भूमिका विषयमा राजनीतिक दलहरुसँग आज आयोगमा छलफल गरेको छ । आयोगले विगतमा समेत निर्वाचनमा मानव अधिकारको अवस्था अनुगमन गरी नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलाई सुझाव तथा सिफारिसहरु गरिरहेको छ । आयोगले लोकतन्त्रमा आवधिक निर्वाचन मानव अधिकारको विषय भएको उल्लेख गर्दै नेपालको संविधानको प्रस्तावनामा नै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन लगायतका विषय उल्लेख गरिएको कुरा स्मरण गराएको छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘स्वच्छ र भयरहित वातावरणमा मतदान गर्न पाउने, उम्मेदवार हुन पाउने,…

Read More

पूर्वी नवलपरासी । प्रधानमन्त्री सुशीला कार्कीले यसपटकको मतदान शान्तिका निम्ति गर्न आग्रह गरेकी छन्। राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन नवलपुर ( पूर्वी नवलपरासी )  को हात्तिखोर पुगेकी प्रधानमन्त्री कार्कीले स्थानीय समुदाय, शिक्षक तथा अभिभावकसँगको अन्तर्क्रिया यस्तो आग्रह गरेकी हुन्। उनले भनिन्, ‘यो चुनाव नियमित चुनाव होइन। यो विशेष चुनाव हो। तपाईँहरू शान्तिका लागि मतदान गरिदिनुहोस्। यो खुट्किला जसरी पनि पार गर्नुपर्नेछ। व्यक्तिको जितहार भन्ने दोस्रो कुरा हो। पहिला देशलाई जिताऊँ। देशको शान्ति र रूपान्तरणका निम्ति हामी सबै एक ठाउँमा उभिएर सङ्कल्प गर्नुपर्ने बेला हो। शान्ति र सुव्यवस्था मुलुकमा भयो भने पालो…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का वरिष्ठ नेता बालेन्द्र साह आफ्नो चुनावी प्रचारका लागि झापा ५ मा पुगेका छन् । उनले त्यहाँ पुग्नासाथ आज केही स्थानीयसँग संवाद गरे । यसअघि सुदूरपश्चिम भ्रमणका क्रममा मुखै नखोलिकन घन्टीमात्रै हल्लाएर फर्केको भन्दै बालेन आलोचनामा परेका थिए । झापामा भने उनी आफ्ना मतदाताहरूसँग केहीबेर बोले । उनले झापा कमलगाउँपालिकाका सुकुमबासीको गुनासो सुनेर जवाफसमेत दिएका थिए । सुकुमबासी युवाहरूको मुख्य चासो बालेनले जितेको खण्डमा आफूहरूको बस्तीमा डोजर छिराएर उठीबास लगाउने हुन् कि भन्ने थियो । बालेनले भने काठमाडौंको भन्दा यहाँको सन्दर्भ फरक रहेको बताउँदै डोजर नलाग्ने आश्वासन दिए । उनले भने, ‘काठमाडौंको…

Read More

काठमाण्डौं । निर्वाचन आयोगले समानुपातिकतर्फ ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारको बन्दसूचीमाथि निर्वाचन आयोगले छानबिन गर्दा ७६ जनाको नाम हटाउने निर्णय गरेको प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निर्वाचन अधिकृतको कार्यालयमा पर्न आएका उजुरी, प्रचलित कानूनले तोकेको उम्मेदवारको योग्यता तथा अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय र राजनीतिक दलहरूबाट प्राप्त जानकारीका आधारमा उम्मेदवारहरूको विवरण रूजु गरिएको आयोगले जनाएको छ। आयोगले कांग्रेसबाट १ जना, एमालेबाट १ जना, नेपाली कम्युनिस्ट पार्टीबाट ३ जना समानुपातिक उम्मेदवारको नाम हटाएको हो। आयोगका अनुसार कर्जा…

Read More

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि भोली माघ २१ गतेदेखि नेपाली सेना परिचालन गर्ने भएको छ । सरकारले एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ स्वीकृत गर्दै कार्यविधिअनुसार मुलुकभर बुधवारबाट सेना परिचालन गर्न लागेकोहो । सरकारले निर्वाचन सुरक्षार्थ सेनाको ७९ हजार ७२७ फौजलाई परिचालन गर्ने छ । सशस्त्र प्रहरीले सुरक्षा गरिरहेको सार्वजनिक भवन, कारागार तथा अन्य स्थानमा पनि सेनाले सुरक्षा दिनेछ। निर्वाचन आयोगको उच्चस्तरीय सुरक्षा समितिको बैठकले सिफारिस गरेपछि ११ मङ्सिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिइसकेका थिए । निर्वाचनलाई लक्षित गर्दै देशभर ७९ हजार ७२७ जना नेपाली सेना परिचालन हुने छन् । आवश्यकताअनुसार गस्ती…

Read More

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतङ्कित नहुन र सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरेको हो । विश्व स्वास्थ्य सङ्गठनद्वारा विश्वव्यापी तथा दक्षिणपूर्वी एसिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्याङ्कन गरिए तापनि छिमेकी मुलुकमा देखिएका निपाह भाइरसका केही घटनालाई मध्यनजर गरी आवश्यक सचेतना अपनाइएको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा पूर्वतयारीका कदम स्वरूप देशभरका स्वास्थ्य संस्था तथा निकायलाई सचेत गराइएको…

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिना ९पुस मसान्तसम्म० को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् । प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २।४२ प्रतिशतमा सीमित रहेको छ । यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति रु ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ । जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो । यस्तो सञ्चिति १८।१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा चालु खाता रु चार खर्ब २९ अर्ब ९१ करोड…

Read More

काठमाडौँ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न केन्द्रदेखि वडा तहसम्म नै संयुक्त संयन्त्र परिचालन गरिने भएको छ । गृह मन्त्रालयले सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय सहकार्य गर्नेसम्बन्धी अवधारणा–२०८२ तयार गरी कार्यान्वयनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत गरेको छ । सो अवधारणा अनुसार निर्वाचनको प्रभावकारी सुरक्षाका लागि सङ्घ, प्रदेश र जिल्ला तहले समन्वय गर्ने गरी देशभरका छ हजार ७४३ वडा तहसम्म राजनीतिक दल, नागरिक समाज, सञ्चारजगत्, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्तिहरू रहेको संयुक्त संयन्त्र बनाइने छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले निर्वाचन…

Read More

काठमाण्डौं । दक्षिण कोरियाले ईपीएस प्रणालीअन्तर्गत नेपाली कामदार लैजाने क्रममा नेपालले मात्र हक वा नियम परिवर्तन गर्न नपाउने स्पष्ट पारेको छ। कोरियाली सरकारले जनाएको छ कि नेपालकालागि मात्र रोस्टरको म्याद थप्ने वा प्रणाली परिवर्तन गर्ने व्यवस्था लागू नहुनेछ। कोरियाली पक्षका अनुसार ईपीएसमार्फत कामदार लैजाने १७ देशमा एउटै प्रणाली लागू हुँदै आएको छ। यस सन्दर्भमा प्राप्त पत्रको आधारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी सार्वजनिक गरेको छ। दुई वर्षअघि ईपीएस अन्तर्गत भाषा र सिप परीक्षा उत्तीर्ण गरी रोस्टरमा सूचीकृत भएका १८ हजारभन्दा बढी युवाहरू कोरिया रोजगारीमा जान पाउनुपर्ने मागसहित आन्दोलनमा छन्। यी युवाहरूले लामो प्रतीक्षापछि आर्थिक, मानसिक र पारिवारिक…

Read More

म्याग्दी । प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि म्याग्दीबाट उम्मेदवार बनेका निर्वतमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुन अहिले निर्वाचन लक्षित चुनावी प्रचार गरिरहेका छन् । उनको चुनावी प्रचार अन्य दलका नेता तथा उम्मेद्वार भन्दा विल्कुल फरक छ । उनी भन्छन्, ‘उम्मेदवार मै हो । भोट दिन मन लागे दिनुहोस् मन नलागे नदिनुहोस् ।’ मतदातासँग छलफल गर्न र मत माग्न म्याग्दीको डाँडाखानी पुगेका उनले भने, ‘ल है डाँडाखानी गाउँका दाजुभाइ दिदीबहिनीहरू म उम्मेदवार महाविर पुन आएँ । छलफल गर्न आउनुहोस् । भोट दिन मन लागे दिनुहोस् ।’ यत्तिकैमा एक स्थानीयले भोट दिन मन नलागे के गर्ने भनेर पार्श्वमा सोध्दा उनले…

Read More