Author: ट्रान्सपेरेन्टखबर

काठमाण्डौं । लिपुलेकको विषयमा भारत र चीनबिच भएको सहमतिमा नेपालको चासोसँगै भारतले प्रतिक्रिया जनाएको छ। भारतको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी लिपुलेक नाका दशकौँदेखि प्रयोगमा आएको उल्लेख गर्दै नेपालले विस्तार गरेको नक्सा तथ्यहीन भएको टिप्पणी गरेको छ। ‘हामीले लिपुलेक नाका हुँदै भारत र चीन बिचको सीमा व्यापार पुनः सुरु गर्ने सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालयको टिप्पणीलाई ध्यानमा राखेका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा हाम्रो अडान स्थिर र स्पष्ट रहेको छ। लिपुलेक नाका हुँदै भारत र चीनबिचको सीमा व्यापार सन् १९५४ मा सुरु भएको थियो र दशकौँदेखि चलिरहेको छ।’ कोभिड र अन्य घटनाक्रमका कारण हालैका वर्षहरूमा यो व्यापार अवरुद्ध भएको…

Read More

काठमाडौँ । सङ्घीय संसद्का उपसभामुख इन्दिरा रानाले आफू अमेरिका भ्रमणमा जानुभएको बारे संसद्लाई जानकारी नदिएको सभामुख देवराज घिमिरेले बताउनुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सत्तारूढ दल नेपाली कांग्रेसकी रमा कोइरालाले उपसभामुख रानाको अमेरिका भ्रमणको औचित्य र विषयबारे प्रश्न उठाउनुभयो । कोइरालाले उपसभामुख संसद्को प्रतिनिधित्व गरेर अमेरिका गएको वा गैरसरकारी संस्थाको प्रतिनिधित्व गरेर गएको भन्ने प्रश्न उठाउनुभयो । कांग्रेस प्रतिनिधिहरूले बुधबारको कार्यव्यवस्था तथा परामर्श समितिमा पनि भ्रमणका विषयमा सभामुखसँग जिज्ञासा राखेका थिए । कांग्रेस सांसद रामहरि खतिवडाले कार्यव्यवस्थामा राख्नुभएको उक्त जिज्ञासामा सभामुख देवराज घिमिरेले संसद्को प्रतिनिधित्वका रूपमा उपसभामुख नगएको र अन्य विषयमा जानकारी नभएको बताउनुभएको थियो । राना साउन ३०…

Read More

काठमाडौं । लिपुलेक पासका विषयमा भारत र चीनले सम्झौता गरेको भन्दै अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ । क्रान्तिकारीले नेपाली भूमि लिपुलेकमाथि भारत र चीनले हस्तक्षेप गरेको भन्दै बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् । लिपुलेक पास हुँदै भारत र चीनले द्विपक्षीय व्यापार गर्ने सहमति गरेपछि यसको विरोध भएको हो ।

Read More

काठमाण्डौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता, आफ्नो पार्टीका सांसद र अन्य दलको सहयोगमा आफू पाँच पटक प्रधानमन्त्री बनेको बताएका छन्। दिवंगत नेता प्रदीप गिरिको स्मृतिमा बुधबार स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। ‘यहाँ धेरै साथीले कुरा उठाएका छन्, अब आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने?,’ सभापति देउवाले भने, ‘कति प्रधानमन्त्री भइरहने भन्छन् । अब जनताले भोट हाल्दिन्छन् त ! पार्टीका साथीभाइले सहयोग गरे, अरू पार्टीका साथीभाइले सहयोग गरे प्रधानमन्त्री भएको हुँ।’  त्यस कारण आफू सौभाग्यशाली व्यक्ति पनि रहेको उनले बताए। उनले भने, ‘किनभने अहिलेसम्म प्रत्यक्ष निर्वाचन प्रणाली लडेको हुँ जहिले…

Read More

काठमाण्डौं । नेकपा ( माओवादी केन्द्र )  का अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन्। बुधबार साँझ दाहाल रवि लामिछानेलाई भेट्ने नख्खु कारागार गएका हुन्।

Read More

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले सोमबारको निर्णयहरू सार्वजनिक गरेका हुन् । सरकारले जापान सरकारबाट प्राप्त हुने करिब ३० अर्ब आठ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको छ । भदौ २ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको हो । बैठकले समृद्धिका लागि वन परियोजनाको अनुदान तथा ऋण सम्झौताको संशोधन स्वीकृत गरेको छ भने नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझाले खराब आचरण प्रदर्शन गरेकाले पदबाट पदमुक्त गर्ने…

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सत्तारुढ दुई ठूला दल कांग्रेस र एमाले प्रतिपक्षमा रहेका साना दलहरुप्रति प्रतिशोध साँध्न उद्धत रहेको बताएका छन् । कांग्रेस नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको तेश्रो स्मृति दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक विमर्श कार्यक्रममा बोल्दै पुनले राज्य शक्तिको दुरुपयोग रोक्न माग गरे । गल्ती गर्ने जो कोही कानून र अनुसन्धानभन्दा माथि नहुने भए पनि प्रतिशोध स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो । ‘दुई ठूला पार्टीहरु सरकारमा हुनुहुन्छ । तपाईंहरुसँग बढी जिम्मेवारी छ । दुई पार्टी मिलेर साना दलहरुलाई पेल्न र प्रतिशोध साँध्न खोजेको जस्तो देखिएको…

Read More

काठमाडौं । चीन र भारतले नेपालको बेवास्ता गर्दै लिपुलेक नाका प्रयोग गर्ने सहमति गरेका छन्। भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा दुवै देशले नेपालको लिपुलेक नाका प्रयोग गर्ने सहमति गरेका हुन्। लिपुलेक नेपालको कालापानी क्षेत्रभित्र पर्छ। यस विषयमा नेपालले पहिल्यै आपत्ति जनाइसकेको छ। दुवै छिमेकी मुलुकबीच हालैको उच्चस्तरीय बैठकमा लिपुलेक हुँदै व्यापार र आवागमन पुनः सुरु गर्ने सहमति भएको हो। विज्ञप्तिमा भनिएको छ, दुवै पक्ष लिपुलेक, सिप्की ला र नाथुला गरी तीनै व्यापारिक नाकामार्फत सीमा व्यापार पुनः खोल्न सहमत भएका छन्। भारतले एकतर्फी रूपमा लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा मार्ग सञ्चालन गरेपछि नेपालले २०७७ सालमा नयाँ राजनीतिक नक्सा जारी…

Read More

काठमाडौँ — उपसभामुख इन्दिरा रानालाई हटाउन नेपाली कांग्रेस र नेकपा ( nएमाले )  हस्ताक्षर संकलन गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद् र संवैधानिक निकायमाथि अपमान गरिरहेको भन्दै आपत्ति जनाए । उनले सरकारको तर्फबाट नै सम्मानित संसद् र लोकतन्त्रका लागि ठूलो खतरा भएको टिप्पणी गरे । उनले बालुवाटार र सिंहदरबारमा भएको प्रदर्शनले सम्मानित सदनलाई आहत पारेको टिप्पणी समेत गरे । लोकतन्त्रको विरासत धानेका भन्नेहरूले उपसभामुख जस्तो जिम्मेवार पदमाथि गरेको अवमूल्यन लोकतन्त्रकै लागि सबैभन्दा ठूलो खतरा भएको उनको भनाइ थियो । परियारले नेपाली कांग्रेसलाई बीपी कोइरालाको आदर्श स्मरण गर्न…

Read More

काठमाडौं । निजी विद्यालयका सञ्चालकहरुले भोलिदेखि आन्दोलन गर्ने घोषणा गरेको छ । नेशनल प्याब्सन र प्याब्सनले संयुक्त पत्रकार सम्मेलन गर्दै निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । सङ्घीय संसदबाट पारित गर्न लागिएको विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८०मा आफनो मागहरु सम्बोधन नभएको भन्दै आन्दोलको घोषणा गरेको हो । भोलि विहान ११ वजे देखि १ वजेसम्म माइतीघर मण्डलामा सम्पूर्ण प्रिन्सिपलहरू व्यानर सहित नयाँबानेश्वरचोकसम्म न्याली निकाली पुन माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने कार्यक्रम तय भएको छ । ६ गते, विहान ११ वजे देशैभरिका स्कुलबसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने, काठमाडौं उपत्यकामा २७ किमी चक्रपथवरिपरि स्कुल बसहरूको कालो झण्डा…

Read More