Author: Editor

ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा सङ्कलन भएको सुन तथा चाँदी रिफाइन ( प्रशोधन )  गर्न सुरु गरिएको छ । दर्शनार्थीले पाथीभरामा चढाएको सुन तथा चाँदी प्रशोधनको कार्य बुधबारबाट सुरु गरेको हो । तीर्थयात्रीले मन्दिरमा चढाएको सुनचाँदी पाथीभरा क्षेत्र विकास समितिले रिफाइन गर्न सुरु गरेको छ । सुनचाँदी व्यवस्थापन उपसमितिका संयोजक चेतराज घिमिरेका अनुसार करिब ६७ तोला सुन र ४३ केजी चाँदी रिफाइन गर्न सुरु गरिएको हो । कार्यालयका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलका अनुसार २०८० पुस २५ गतेदेखि हालसम्म दर्शनार्थीले चढाएको सुन तथा चाँदी रिफाइन गर्न सुरु गरिएको छ । जिल्लाका सुनचाँदी व्यवसायीहरूको प्राविधिक सहयोगमा रिफाइन सुरु गरिएको…

Read More

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग छलफल गर्नुभएको छ। सैनिक मुख्यालय जङ्गीअड्डामा पूर्व प्रधानसेनापतिहरू प्यारजङग थापा, गौरवशम्शेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मासँग उहाँले मङ्गलबार छलफल र अन्तरक्रिया गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस

Read More

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणाम आज बुझाउने भएको छ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फको ११० जनाको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउन लागिएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन परिणाम बिहीबार अपराह्न ४ बजे राष्ट्रपतिलाई बुझाउने जानकारी दिनुभयो । “हामीले बिहीबार बिहान साढे ११ बजे समानुपातिकतर्फका सांसदको प्रमाणपत्र ग्रहण कार्यक्रम राखेका छौँ । त्यसपछि अपराह्न ४ बजे राष्ट्रपतिज्यूलाई निर्वाचन परिणाम बुझाउने छौँ,” उहाँले भन्नुभयो, “त्यसपछि अपराह्न साढे ५ बजे पत्रकार सम्मेलन गरेर विस्तृत रूपमा बताउने छौँ । आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएपछि संसद् आह्वानसँगै सरकार गठन प्रक्रिया सुरु हुने छ । फागुन २१ गतेको निर्वाचनमा राष्ट्रिय…

Read More

काठमाडौं । निर्वाचनको नतिजा आएसँगै संघीय संसद् सचिवालय प्रतिनिधिसभा बैठकको तयारीमा लागेको छ । राजनीतिक दलहरूका लागि कार्यालय व्यवस्थापन, नवनिर्वाचित सदस्यहरूको शपथसँगै आगामी सभाको सञ्चालनको सन्दर्भमा संसद् सचिवालयले आन्तरिक तयारी अगाडि बढाएको हो । निर्वाचन आयोगले बिहीबार समानुपातिक तर्फबाट निर्वाचिन सांसदहरूलाई प्रमाणपत्र दिँदैछ । प्रत्यक्षतर्फबाट निर्वाचिन सांसदहरूले प्रमाणपत्र पाइसके । २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित भएर आएका छन् । दलले पाएको मतका आधारमा निर्वाचित ११० जनाले बिहीबार विजयी भएको प्रमाणपत्र पाउन लागेका हुन् । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलको रुपमा आएका छन् । १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल भएको छ ।…

Read More

खोटाङ । खोटाङको बेलाबेसीमा बुधबार बिहान भएको हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले दुईवटा छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आधिकारिक जानकारी गराएको छ। काठमाडौंबाट खोटाङतर्फ उडेको ९एन(एएफक्यू कलसाइनको हेलिकप्टर आज बिहान ११. ५१ बजे दुर्घटनामा परेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कम्पनीका अनुसार हेलिकप्टरमा चालक दलका एक सदस्यसहित कुल ६ जना सवार थिए। दुर्घटनामा परी ७४ वर्षीय कतिबहादुर राई घाइते भएका छन्। उनको खुट्टा र आँखामा चोट लागेको कम्पनीले बताएको छ। राईलाई तत्कालै एयरलिफ्ट गरी काठमाडौं ल्याइएको र अहिले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। बाँकी ५ जना भने सकुशल रहेका छन्। हेलिकप्टर ३४ वर्षीय क्याप्टेन सबिन थापाले उडाइरहेका थिए। थापासँग ७…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सभापति रवि लामिछानेलेमन्त्री बन्नेहरूको टुंगो आजसम्म नलागेको बताएका छन्। पार्टीको अभिमुखीकरण कार्यक्रममा उनले मन्त्रिमण्डलमा कसलाई पठाउने र नपठाउने भन्ने अहिलेसम्म कुनै निर्णय नगरेको बताएका हुन्।‘अहिले म यहाँ बोल्ने वेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन’, उनले भने, ‘हामीले तपाईँहरू सबैलाई चिनेका छौँ। बलियो मन्त्रिपरिषद् बनाउँछौँ। लामिछानेले मन्त्री बनाइदिनुस् भनेर या मिडियामा ‘म फलानो मन्त्री’ भनेर नभनिदिन पनि आग्रह गरे। उनले पार्टीले सही निर्णय गर्ने मन्त्रीका लागि कसैले पनि कसैलाई भनिरहनु नपर्ने बताए । ‘हामीलाई तपाईँहरुको विज्ञता, क्षमता थाहा छ । पार्टीले देखिएका र छेकिएका साथीहरूलाई पनि हेर्छ’,सभापति लामिछानेको भनाइ छ। यो पाँच…

Read More

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट निर्वाचित प्रतिनिधि सभा सदस्यको प्रशिक्षण आज पनि जारी रहनेछ । बिहान योग तथा ध्यानसहितको सुरु हुने सत्रमा आज पार्टी सभापति रवि लामिछानेको सम्बोधनसँगै प्रशिक्षणको औपचारिक सत्र सम्पन्न हुनेछ । आजको सत्रमा योजना, बजेट निर्माण, सुशासन र राजनीतिक सं‌स्कार विकासको प्रशिक्षण दिनइने छ । औपचारिक र अनौपचारक बेग्लाबेग्लै सत्रको सुरुवात बिहानको योग र ध्यानबाट सुरु भएको छ । एलपी भानु शर्माले माइण्डफुलनेस अभ्यास अर्था योग तथा ध्यानसहितको प्रवचन दिएका छन् । औपचारिक सत्रलाई बिहान ९ बजेदेखिको समय निर्धाण गरिएको छ । बिहान पहिलो सत्रमा पूर्वसचिव डा तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रिया योजना तथा बजेट निर्माणका…

Read More

काठमाडौं । प्रभु बैंकले ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत विभिन्न स्थानमा वित्तिय साक्षरता कार्यक्रम आरम्भ गरेको छ। ‘स्मार्ट मनी टक’ विषयमा केन्द्रित भई सुक्ष्म, साना र मझौला उद्यम व्यवसाय गर्ने ४७ जना व्यवसायीहरुलाई वित्तिय सेवा लिँदा आवश्यक प्रक्रिया तथा कागजातसम्बन्धी विषयको जानकारी दिने उद्देश्यसहित एक दिने कार्यक्रम सञ्चालन गरेको हो। बंैकद्वारा आयोजित कार्यक्रममा वित्तिय संस्थाबाट वित्तपोषणका लागि आवश्यक योग्यताहरुको बारेमासमेत जानकारी गराईएकोले व्यवसायीहरुलाई वित्तिय सहजता हुने विश्वास लिएको छ। नेपालभर रहेका ३१२ शाखा कार्यालय, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ गुणस्तरीय बैंकिङ एवं वित्तिय सेवा प्रदान गरिरहेको प्रभु…

Read More

काठमाडौँ । इरानका सेना प्रमुख अमीर हातामीले इजरायली हवाई आक्रमणमा मारिएका अली लारिजानीको हत्याको ‘निर्णायक’ बदला लिने चेतावनी दिएका छन्।खइरानले मंगलबार देशको ‘सुप्रिम नेशनल सिक्योरिटी काउन्सिल’का सचिव अली लारिजानीको मृत्यु पुष्टि गरेको थियो। त्यसअघि इजरायलले लारिजानीलाई मारेको दाबी गरेको थियो। ‘सही समय र सही स्थानमा अपराधी अमेरिका र रगतको प्यासी जियोनिस्ट शासन ९इजरायल०लाई यस्तो निर्णायक जवाफ दिइनेछ, जो अरूका लागि पाठ बन्नेछ,’ हातामीले एक वक्तव्यमा भने, ‘उनीहरूलाई आफ्नो कर्ममा पछुतो हुनेछ।’ उनले लारिजानी र अन्य सहिदहरूको मृत्युको बदला लिइने बताए। त्यस्तै, इरानको रिभोल्युसनरी गार्ड्स ( आईआरजीसी ) ले लारिजानीको मृत्युको बदलामा मध्य इजरायलमा मिसाइल प्रहार गरेको जनाएको छ। आईआरजीसी इरानको…

Read More

काठमाडौं । इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ। सोमबार इजरायलको हमलमा उनी मारिएको इरान र इजरायल दुवै पक्षले पुष्टि गरेको हो। लारिजानी मुलुकको सुरक्षा र रणानीति बनाउने निकाय सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख थिए। मंगलबार परिषद्ले विज्ञप्ती जारी गरी लारिजानीको मृत्यु भएको पुष्टि गरेको हो। यसअघि इजरायली रक्षामन्त्री इजराइल कात्जले इजरायली आक्रमणबाट लारिजानी मारिएको दाबी गरेका थिए। युद्ध सुरू भएयता इरानमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीपछि उच्चतहका व्यक्तिको हत्या भएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिअनुसार सोमबार राति भएको आक्रमणमा लारिजानीसँगै उनका छोरा र उनका सहायक अलीरेजा…

Read More