Author: Editor

काठमाडौँ । एक्सट्रिम इनर्जी ड्रिंक्स र नेपाल क्रिकेट संघ ९क्यान० बीचको साझेदारीअन्तर्गत एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगोअंकित नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। क्यान र एक्सट्रिम इनर्जी ड्रिंक्सबीच जर्सी प्रायोजनसम्बन्धी दुई वर्षे सम्झौता माघ २ गते शुक्रवार सम्पन्न भएको थियो। सोही सम्झौताअनुसार तयार गरिएको नयाँ जर्सी राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्यसचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले बुधवार संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। उक्त कार्यक्रममा नेपाल क्रिकेट संघका पदाधिकारी, राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडी, एक्सट्रिम इनर्जी ड्रिंक्सका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले नेपाली क्रिकेट, विशेषगरी महिला क्रिकेटको दीर्घकालीन विकासमा सहकार्य गर्ने…

Read More

काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा निर्वाचन हुने बताएकी छन् । उनले चुनाव तोकिएकै समयमा हुने मात्र बताइनन् । चुनाव सार्नुपर्ने कुनै कारण नै नभएको पनि दावी गरिन् । अनि आफूहरू अर्थात सरकारलाई चुनाव सार्ने विषयमा कसैले केही नभनेको बताएकी छन् । प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीसँगको कुराकानीमा भनिन्, ‘सरकारले जसरी पनि गराउँछ निर्वाचन । कुनै कारणले रोकियो भने फेरि गराउँछ ।’ समस्या भएका ठाउँमा सहजीकरण गरेरै भए पनि चुनाव गराउने बताउँदै उनले कुनै ठाउँमा कारणबस स्थगित गर्नुपरे लगत्तै निर्वाचन गराउउने बताइन । उनले भनिन्, ‘थोरै ठाउँ विवादास्पद अवस्था भएको खण्डमा साधनको प्रयोग गरेर पनि सहजीकरण हुन्छ । तर जे भए…

Read More

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई चरणमा नभई एकै चरणमा निर्वाचन हुनुपर्ने बताएका छन् । हिजोमात्रै प्रधानमन्त्री सुशीला कार्कीले सकेसम्म एकै चरणमा निर्वाचन गर्ने र कहीँ कतै नभएको ठाउँमा अर्को चरणमा ९दुबारा० गर्ने बताएकी थिईन् ।प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर प्रचण्डले यस्तो सुझाव दिएका हुन् । आज ( बुधबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । तोकिएको मितिमै निर्वाचन गरिनुपर्ने प्रचण्डको माग छ । यो पटकको निर्वाचन सामान्य निर्वाचन प्रक्रिया नभएर असाधारण परिस्थितिमा हुन लागेको भन्दै एकै चरणमा निर्वाचन गर्न सरकारलाई उनको सुझाव थियो । दाहालले थपे,‘चुनाव दुई चरणमा…

Read More

काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका माध्यमबाट आचारसंहिता उल्लङ्घन, मिथ्या सूचना रोक्न सहयोग पुग्ने विश्वास गरिएको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए । टिकटकले निःशुल्क रूपमा निर्वाचनमा हुने दुरुपयोग रोक्न सहयोग गर्न लागेकामा उनले धन्यवाद दिए । कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई र टिकटकका तर्फबाट सामाजिक नीति र सरकारी सम्बन्ध प्रमुख…

Read More

काठमाण्डौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना बुधबारदेखि परिचालन हुनेछ। निर्वाचन हुन ठिक एक महिना बाँकी हुँदा सेना मैदानमा खटिन लागेको हो। निर्वाचन सुरक्षाका लागि बुधबारबाट सेना खटिन लागेको सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख एवं नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए। एकीकृत निर्वाचन सुरक्षा योजना– २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार सेना परिचालन हुन लागेको हो। सरकारले निर्वाचन सुरक्षार्थ ७९ हजार ७२७ जना सैनिक परिचालन गर्ने निर्णय गरेको छ। यस अवधिमा सशस्त्र प्रहरी बलले सुरक्षा गरिरहेका सार्वजनिक भवन, कारागार, विमानस्थल तथा अन्य स्थानमा पनि सेनाले सुरक्षा दिनेछ। गत कात्तिकमा दलहरूले निर्वाचनमा सहभागिताका लागि सुरक्षाको प्रत्याभूति…

Read More

बुटवल। नेकपा ९एमाले० का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले जनताको विश्वासको घर भएकाले कसैले किनारा लगाउन नसक्ने बताउनुभएको छ ।  बुटवल उपमहानगरपालिका–६ को वडा परिचालन कमिटीको प्रचार कार्यालय उदघाटन गर्दै उपाध्यक्ष पौडेलले सो कुरा बताउनुभएको हो । ‘कुहिनाले पहाड पन्छाउन सम्भव नभएजस्तै कसैले एमालेलाई पन्छाउने सपना नदेखे हुन्छ’ उहाँले भन्नुभयो, “जनताको बिचमा विश्वासको घर बनाएको पार्टीलाई कसैले किनारा लगाउन नसोचे हुन्छ ।’ देशको बागडोर सम्हाल्ने बनाउन एमालेलाई विजयी गराउने जिम्मा जनताको काँधमा रहेको उहाँको भनाइ छ। आफू जनताको साथ र समर्थनले चुनावी मैदानमा होमिएकाले सम्पूर्ण कार्यकतासहित एमालेका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने अवस्था आएको पौडेलले बताउनुभयो । रूपन्देही देशको…

Read More

काठमाडौं । सिंहदरबारभित्र निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने निर्णय गरेको हो । बैठकपछि गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले भने, ‘निर्माणाधिन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्नेगरी सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्न स्वीकृति दिने निर्णय गरियो ।’ भ्रष्टाचार र सुशासनको मागसहित गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताका युवाहरूको प्रदर्शनको क्रममा ७६ जनाको मृत्यु भएको थियो । तीमध्ये ४५ जनालाई सरकारले शहीद घोषणा गरेको थियो । नयाँबानेश्वरस्थित संसद भवनमा समेत आगजनी भएकाले सिंहदरबारभित्र निर्माणाधीन…

Read More

जापान ( टोकियो )  । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा रहेका नेपालीहरूले नेपालको अर्थतन्त्र र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभएको छ । जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त धारणा व्यक्त गर्नुभएको हो । “आगामी दिनमा विदेशमा आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधिलाई स्वदेशमा प्रयोग गरी समुन्नत नेपालको सपना साकार पार्न थप योगदान दिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु,” राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले विभिन्न पेसा र व्यवसायमा आबद्ध नेपाली समुदायको हित र समस्या समाधानका लागि नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अङ्गीकार गरेसँगै दिगो शान्ति,…

Read More

काठमाण्डौं । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम ९एसएमई० हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा सिर्जना गर्न ९ करोड ५० लाख अमेरिकी डलर बराबर उपलब्ध गराउने भएको छ। वासिङटन डिसीस्थित बैंकको प्रधान कार्यालयले दिएको जानकारीअनुसार परियोजनाबाट एक लाखभन्दा बढी एसएमई लाभान्वित हुने अपेक्षा सहित उक्त सहायतालाई अनुमोदन गरिएको छ। ् जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण तथा महिलाद्वारा सञ्चालित व्यवसायलाई उत्पादन सुरु गर्न निक्षेप तथा कर्जा ग्यारेन्टी कोष ( डीसीजीएफ )  लाई सुदृढ बनाइनेछ। माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले उक्त परियोजनामार्फत वित्तीय पहुँच सहज बनाएर तथा कारोबारी अवरोध घटाएर वित्तीय समावेशिता विस्तार गर्न…

Read More

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअघि सशस्त्र प्रहरीमा राजीनामा दिन समेत नपाइने भएको छ। निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बलले आफ्ना सम्पूर्ण कार्यालयमा खटिएका कर्मचारीलाई राजीनामा, रबाना र बिदा बन्द गरिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ बमोजिम सशस्त्र प्रहरी बल नेपालको अधिकतम जनशक्ति निर्वाचनमा परिचालन गर्नुपर्ने भएकाले माघ १९ गतेदेखि राजीनामा, रबाना र बिदा बन्द गरिएको डीएसपी थापाले बताए। निर्वाचन अवधिभर सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीको राजीनामा स्वीकृत नगर्ने, अन्यत्र कार्यालयमा जानको लागि रबाना नगर्ने तथा अति आवश्यक बाहेक बिदा स्वीकृत नगर्न तथा नगराउन सम्पूर्ण कार्यालयलाई…

Read More