Author: ट्रान्सपेरेन्टखबर
इटहरी। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताएका छन्। आज सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उनले संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको बताए । “केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ”, महामन्त्री थापाले भने । उनी तामाङ घेदुङको कोसी प्रदेश अधिवेशनमा सहभागी हुन इटहरी आएका हुन् । त्यस अवसरमा नेपाली कांग्रेस क्षेत्र नं २ ‘क’ ले आयोजना गरेको सङ्गठन संवाद कार्यक्रममा महामन्त्री थापाले संसद्ले आजैदेखि गति लिने उल्लेख गरे । उनले देशको राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्मक सङ्केत देखिएको बताउँदै नेपाली…
काठमाडौँ । संसद्को जारी गतिरोध अन्त्यका लागि आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ । संसद्को बैठक बस्नुअघि विपक्षी दलहरूको बैठक बोलाएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । सत्तापक्ष समक्ष प्रस्ताव गरिएको ड्राफ्टमा विपक्षी दलहरूबिच साझा धारणा बनाउनका लागि बैठक बोलाएको उनले बताए । त्यसपछि सत्तापक्षसँग छलफल हुने पाण्डेले स्पष्ट पारे । ‘पहिले हामी विपक्षी दलहरूबिच छलफल गरेर साझा धारणा बनाउँछौँ । त्यस लगत्तै हामी सत्तापक्षसँग छलफल गर्छौँ । आज एउटा मिलन बिन्दुमा पुगिन्छ होला’, पाण्डेले भने । बिहीबार माओवादीले नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल गरेर सत्तापक्षसँग छलफल गरेको थियो…
काठमाण्डौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियू० को अध्यक्षमा डा। सुजन कडरिया निर्वाचित भएका छन्। बिहीबार काठमाडौँमा भएको निर्वाचनमा कडरियाले निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मत पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन्। कडरियाले ७३२ मत ल्याए भने पौडेलले ७२५ मत पाएका छन्। कडरिया यसअघि केन्द्रीय कमिटीको सचिव थिए।नेकपा एमालेको भ्रातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० का अध्यक्षमा डा। सुजन कडरिया विजयी भएका छन्। आफ्ना प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको झिनो अन्तरले पराजित गर्दै कडरिया अखिल अध्यक्षमा निर्वाचित भएका हुन्। अखिलको मतगणना स्थलमा रहेका नेताहरूले दिएको जानकारी अनुसार कडरियाले ७३२ मत प्राप्त…
तेहरान । इजरायलले शुक्रबार बिहान इरानका आणविक प्रशोधन केन्द्रहरूमा हवाई आक्रमण गरेको छ । इरानी राज्य मिडियाका अनुसार, आक्रमणमा इरानका क्रान्तिकारी गार्ड प्रमुख होसेन सालामी र पूर्व आणविक उर्जा प्रमुख फेरेयदुन अब्बासीको मृत्यु भएको छ । आक्रमणपछि राजधानी तेहरानलगायत देशभर नै विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् इजरायलको आक्रमणमा इरान रेभोल्युसनरी गार्डका प्रमुख हुसैन सलामीको मृत्यु भएको छ। सलामीको मृत्यु भएको इरानी अधिकारीले पुष्टि गरेका छन्। केही दिनयताको तनावपछि इजरायलले इरानमाथि आक्रमण शुरु गरेको हो। इजरायली रक्षामन्त्री इजराइल काट्जले आक्रमणको पुष्टि गरेका छन्। इरानमा आक्रमण गरेपछि इजरायलले आफ्नो देशमा प्रतिकारात्मक आक्रमण हुन सक्ने आशंकामा संकटकाल घोषणा गरेको छ। रक्षामन्त्री…
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ। प्रतिनिधिसभा बैठकलाई पनि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायतले अबरोध गरे पछि आज सम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन । बैठकमा मुख्यतयाः उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२्८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची थियो। प्रतिपक्षी दल लगायतको निरन्तर अवरोधका कारण संसदको बैठक जेठ १३ गते देखी नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको…
काठमाडौं । भारतमा भएको भयानक जहाज दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ । अहमदावादमा बिहीबार भएको एयर इसण्डयाको एआई–१७१ जहाज दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै पुनः एकपटक सोच्न बाध्य पारेको छ । अन्तरराष्ट्रिय उड्डयन क्षेत्र र हवाई सुरक्षाबारे झस्काएको छ । जहाजले धावनमार्ग छाडेको केही क्षणमै जमिनमा बजारिएर दुर्घटनाग्रस्त भएको थियो । जहाजमा सवार चालक दलका सदस्यसहित २०० बढी यात्रीको निधन भएको स्थानीय प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन् । दुर्घटनामा २० देखि २५ स्थानीय मानिसको समेत ज्यान गएको आशङ्का गरिएको छ । बोइङ ७८७ ड्रिमलाइनर दुर्घटनाका कारण नागरिक उड्डयन क्षेत्रले एक भयानक…
भारत । टाटा समूहले अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रतिव्यक्ति १ करोड रुपैयाँ दिने घोषणा गरेको छ। एयर इन्डिया टाटा समूहको कम्पनी हो। टाटा समूहले घाइतेहरूको उपचारको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग सुनिश्चित गर्ने पनि बताएको छ। कम्पनीले टाटा सन्स र एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनले ट्विटरमा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, एयर इन्डियाको उडान १७१ सँग सम्बन्धित भयानक घटनाबाट हामी गहिरो दुःखी छौं। यस क्षणमा हामीले महसुस गरिरहेको शोकलाई शब्दमा व्यक्त गर्न सकिँदैन। हाम्रा विचार र प्रार्थनाहरू आफ्ना प्रियजनहरू गुमाएका परिवारहरू र घाइते भएकाहरूसँग छन्। पोस्टमा थप लेखिएको छ, टाटा…
काठमाडौँ । तीनकुनेमा आवन्छित गतिविधिमा गरेको आरोपमा पक्राउ परेका ३२ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । बिहीबार मध्यराति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले ७ जनालाई पुर्पक्ष र अन्यलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । दुर्गा प्रसाईँ समर्थक युवा समूह एटिएफमा आबद्ध हरिहर चौलागाईं लाई १ लाख धरौटीमा रिहा गर्न आदेश गरिएको छ । सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाललाई १ लाख र हेमराज थारु ‘भिम’लाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । गोपाल मल्ल ठकुरीलाई २० हजार, पशुपति खड्कालाई १० हजार, विष्णु पराजुली १० हजार, पुष्कर खतिवडा २० हजार, मुनेन्द्र राजभण्डारी…
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईंसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले सोही घटनामा संलग्न ३२ जनालाई १० हजारदेखि एक लाख रुपियाँसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ । रासस
काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एक ठाउँमा उभिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का कार्यबाहक प्रवक्ता मनीष झाले छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एक ठाउँमा उभिएको जानकारी दिए । ‘हाल संघीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू ‘भिजिट भिषा मार्फत मानव तस्करीको संगठित अपराध’ सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा एक ठाउँमा रहेको निष्कर्ष रहेको छ,’ कार्यबाहक प्रवक्ता झाले बताएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आइरहेका थिए । सत्ता र विपक्षी दलहरूबीच सहमति जुट्न नसक्दा प्रतनिधिसभा चल्न सकेको छैन ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क