Author: Editor

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव पेश गर्दै छिन् । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले सो विधेयक संघीय संसदबाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । राष्ट्रियसभाको १७ औँ अधिवेशनमा दर्ता भएको उक्त विधेयक सभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन थियो । बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कार्कीले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् । त्यसअघि प्रधानमन्त्री कार्कीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक,…

Read More

काठमाडौं, । बिहीबार राति बैतडीको पुर्चौडी नगरपालिका–७ को भवनेबाट दुलही लगेर बझाङको सुनकुडातर्फ फर्किरहेको जन्ती बस दुर्घटनामा सहोदर दाजुभाइ, भतिज र छोरी ज्वाइ र दुलहीका भाईसहित १३ जनाले ज्यान गुमाएका छन् । कच्ची सडक, उकालो बाटो र क्षमता भन्दा बढी यात्रु सवार पवनदूत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउने नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजुभाइ हुन्। उनीहरू बेहुलाका सहोदर काका हुन्। नरेन्द्रराज बित्थडचिर गाउँपालिकाका प्राविधिक सहायक हुन् भने विष्णुदत्त बित्थ्यडचिरकै महादेव माध्यमिक विद्यालयका शिक्षक हुन्। यस्तै घटनामा ज्यान गुमाउने वसन्तराज जोशी, मृतक नरेन्द्रराज र विष्णुदत्तका माइलो दाजुको जेठो छोरा हुन्। वसन्तराज कृषि प्राविधिक पदमा…

Read More

काठमाण्डौं । निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ।आयोगले उपलब्ध गराएको विवरणअनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ९पश्चिम भाग०, सल्यान, सुर्खेत, बाजुरा र अछामको मतपत्र छपाइ र प्याकिङको काम सम्पन्न भएको छ। यस्तै, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ सम्पन्न भइसकेको छ। साठी जिल्लाको मतपत्र पनि छपाइ सम्पन्न भइसकेको छ तर, प्याकिङको काम भने बाँकी छ। आयोगका अनुसार मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। प्याकिङको काम पनि क्रमशः भइरहेको छ। मतपत्र छपाइको काम जनक…

Read More

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ ( आइतबार )  देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपिभी० खोप देशभरि नै लगाउने भएको छ। स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आगामी फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने बताए। सरकारले गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरीलाई सोही अभियानअन्तर्गत खोप लगाइने उनले बताए। छात्रा र किशोरीलाई खोप आ–आफ्नो विद्यालय र स्वास्थ्य संस्थामा लगाइने र…

Read More

काठमाण्डौं । यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रूपमा मनाइने भएको छ। विसं २००७ फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको हो। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति गठन गरेको छ। प्रधानमन्त्री अध्यक्ष रहने समितिमा नेपाल सरकारका मन्त्रीहरू, काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरू, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिवहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सदस्य छन्। गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्यसचिव…

Read More

जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन तयारीका लागि युद्धस्तरमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। जनकपुरधाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सत्ताको कार्यकारी पदसम्म मधेसको वकालत र अधिकारका लागि लड्ने मधेसीहरुलाई नपुर् याएसम्म मधेसी र मधेसी जनता समृद्ध र शक्तिशाली हुन नसक्ने बताए। उनले निर्वाचन क्षेत्र बाँडफाँटको क्रममा मधेसी जनतासँग बेइमानी गरिएको आरोप लगाउँदै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाइनुपर्ने माग गरे। अध्यक्ष यादवले यो निर्वाचनले देश र मधेसको दिशा निर्धारण गर्ने भएकाले सबै नेता–कार्यकर्तालाई युद्धस्तरमा खटिएर निर्वाचन सफल बनाउन निर्देशन दिए। उनले २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मै हुन लाग्नुमा सत्ता सञ्चालन गरिरहेका नेताहरू…

Read More

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ अनुसार खाता खोलेर कारोबार गर्न आह्वान गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा आयोगको मङ्गलबारको बैठकबाट कार्यविधि स्वीकृत भई जारी गरेकाले त्यसअनुसार बैंक खाता खोली निर्वाचन प्रचारप्रसारका आम्दानी र खर्च त्यसैमार्फत गर्न आह्वान गर्नुभएको हो । कार्यविधि आयोगको वेबसाइटमा अपलोड गरिसकिएको छ । यसका लागि इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी सकिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । राजनीतिक दल तथा उम्मेदवारलाई…

Read More

काठमाडौँ। नेपाल आयल निगमले ग्यासको आयात मागभन्दा बढी भएकाले उपभोक्तालाई आवश्यकताभन्दा बढी सञ्चय नगर्न अनुरोध गरेको छ । दैनिक ९० बुलेट अर्थात् एक लाख १४ हजार सिलिन्डर ग्यास आवश्यक पर्नेमा तीन दिनको अवधिमा इन्डियन आयल कर्पोरेसनको बरौनी रिफाइनरी केन्द्रबाट ३६५ बुलेट ग्यास लोड भइसकेकाले बढी ग्यास सञ्चय नगर्न निगमले आग्रह गरेको हो । लोड भएका केही ग्यास बुलेट बाटामा रहेको र केही भोलिसम्म नेपाल भित्रिइसक्ने भएकाले ग्यासको अभाव नहुने निगमले जनाएको छ । बरौनी रिफाइरी केन्द्र साता मर्मत गर्दा ग्यासको आपूर्तिमा सामान्य अवरोध भएको थियो । हाल सो केन्द्रबाट मर्मतसम्भारको काम सकेर ग्यासको आयात नियमित हुन थालेको निगमले जनाएको छ…

Read More

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको दिल्ली बस सेवा सुरुआत भएको छ। मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले आजदेखि बेनी कालिपुल बासपार्कबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या, आग्रा हुँदै नयाँ दिल्लीसम्मको यात्रा गर्न सकिने बस सेवा सञ्चालनमा ल्याएको हो। बस सेवाको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शुभारम्भ गरे। म्याग्दी, मुस्ताङको धार्मिकस्थललाई भारतसँग जोड्न त्यहाँका पर्यटकलाई समेत भित्र्याउन सेवाले महत्वपूर्ण भूमिका खेल्ने मोडर्न इरा टुर्स एन्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए। ‘बेनीदेखि दिल्लीसम्म २७ घण्टामा यात्रा गर्न सकिन्छ’, उनले भने, ‘बेनीदेखि हरेक दिन बिहान ६ः४५ बजे र दिल्लीको सरोजनी नगरबाट साँझ ४ः०० बजे बस छुट्नेछ।’ बेनीबाट नयाँ दिल्लीसम्मको…

Read More

जापान । जापान भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमण सकेर आज नारिता विमानस्थलबाट स्वदेश  फर्केका छन् । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार जापान आएका थिए । जापान भ्रमणक्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले अयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भए । उनले समारोहमा सम्बोधन पनि गरे । त्यस्तै, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गरे । उनीसँग जापानका प्रधानमन्त्री सुश्री…

Read More