Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले इरान र इसराइललाई ‘तनाव नबढाउन र शान्तिको बाटो रोज्न’ अपिल गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा एक सन्देश सार्वजनिक गर्दै दुई देशले शान्ति र कुटनीतिक मार्ग अवलम्बन गर्न आग्रह गरेका हुन् । ‘इसराइलद्वारा इरानका आणविक केन्द्रहरूमा आक्रमण, जवाफमा इरानद्वारा तेल अवीवमा प्रक्षेपास्त्र प्रहार, अब धेरै भइसक्यो। अब यसलाई रोक्ने बेला आएको छ। शान्ति र कूटनीतिक मार्ग अवलम्बन गरिनुपर्छ,’ उनले भनेका छन् । यसैबीच युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि इजरायलका राष्ट्रपति इसाक हर्जोगसँग उक्त विषयमा कुरा गरेकी छन्। उनले एक्समा लेखेकी छन्, ‘म दोहोर्‍याउँछु( इजरायललाई आफ्नो र आफ्ना जनताको रक्षा गर्ने…

Read More

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षा सम्बन्धी ऐनलाई प्रतिनिधि सभाबाट पारित गर्नेगरी सरकार अघि बढिरहेको बताएका छन् । सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री पन्तले यस्तो बताएका हुन् । उनले आफूसँग भएको ९ बुँदे सम्झौता आगामी आर्थिक वर्षबाट कार्यान्वयन हुने बताउँदै त्यसअघि भएका सम्झौताहरूका बारेमा पनि छलफलका लागि आफू तयार रहेको बताए । शिक्षकहरूसँग भएको ९ बुँदे सम्झौताको दायित्व ८ अर्ब रुपैयाँ हुने र त्यसको दायित्व सरकारले व्यहोर्ने उनले बताए । थप आर्थिक भार पर्ने माग धान्न नसकिने पनि उनले स्पष्ट पारे । शिक्षकहरू फेरि सडकमा…

Read More

विराटनगर । नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (  प्रचण्ड ) ले आफूले पार्टी नेता जनार्दन शर्मालाई पार्टी छाड्नु भनेर कहिल्यै नभनेको दाबी गरेका छन्। आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन्।अध्यक्ष दाहालले आफूले भन्दै नभनेको कुरा सञ्चार माध्यममा आएको बताए। ‘जनार्दन शर्मालाई कहिल्यै पार्टी छाड्नु भनेको छैन,’ उनले भने, ‘भन्दै नभनेको कुरा लेखिदिए।’ दाहालले अहिलेका केही ऐनहरू बनाउन संसद् अवरोध गर्दा अफ्ठ्यारो पर्ने भएकाले संसदको अवरोध हटाएको स्पष्ट पारे। उनले भने, ‘शिक्षा विधेयक, निवजामती विधेयकलगायतका केही अत्यावश्यक ऐन निर्माणमा संसद् अवरोध गरिरहँदा समस्या आउने भएकाले अवरोध खोलेको हौं।’ उनले सत्तासँग साटेको वा…

Read More

काठमाडौं। हुम्लाको नाम्खा हिमपहिरासम्बन्धी अध्ययन गर्न गठित समितिले आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई प्रतिवेदन बुझाएको छ । प्राधिकरणका सिनियर डिभिजनल इञ्जिनियर सुशीलकुमार श्रेष्ठ संयोजकत्वको गठित अध्ययन टोलीले सिंहदरबारमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टलाई आफ्नो प्रतिवेदन बुझाएको हो । उक्त अध्ययन टोलीमा खानी तथा भूगर्व विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बाँस्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट सौहाद्र जोशी सहभागी थिए। श्रेष्ठले भने, ‘आज हामीले अध्ययन प्रतिवेदन प्राधिकरणमा बुझाएका छौँ, त्यहाँ माथिको तालको हिउँ पग्लिएर तलबाट चुहिएर पानी निस्किएको पाइएको छ, ताल छेउमा एउटा ढिस्को पनि छ, उक्त ढिस्कोको दबाब पर्न गएपछि पानी निस्किएको हो ।’ उनले…

Read More

काठमाण्डौं । भिजिट भिसा दुरूपयोग प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र संसदीय छानबिन समिति बन्नुपर्ने माग राखेर विपक्षी दलले दुई सातादेखि अवरुद्ध गर्दै आएको प्रतिनिधिसभा बैठक शुक्रबार सञ्चालन भएको छ। विपक्षी दलमध्ये नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्तापक्षसँग दुई बुँदे सहमति गरेपछि बैठक सञ्चालन भएको हो। अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सहमतिमा असहमति जनाउँदै नाराबाजी गरिरहेकै बेला बैठक चलाइएको हो बैठक सञ्चालनसँगै सभामुख देवराज घिमिरेले गृहमन्त्री लेखकलाई बोल्न रोष्ट्रममा बोलाएपछि रास्वपाका सांसदले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए। रास्वपाको नाराबाजीबिच रोष्ट्रममा पुगेका गृहमन्त्री लेखकले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै प्रमाणित गरेर देखाउन चुनौती दिए।…

Read More

जनकपुर । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा न्यायाधीशमाथि इजलास कक्षमा दुर्व्यवहार भएपछि पर्सा प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्था कडा गरेको छ। १४ जना न्यायाधीशको व्यक्तिगत सुरक्षामा खटिएका ‘पिएसओ’ र अन्य सुरक्षाकर्मीलाई परिवर्तन गरी सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ। न्यायाधीश डा। खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि नेकपा ९बहुमत० का तीन कार्यकर्ताले बिहीबार दिउँसो करिब ४ बजे इजलास कक्षमा दुर्व्यवहार गरेका थिए। सिरहाको गोलबजारका गर्भु महतो, सर्लाहीको बरहथवाका शक्ति गाइडर र प्यूठानका किशोर रेग्मीलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गंगा मट्टुले दुर्व्यवहार गर्नेहरूलाई म्याद थपका लागि शुक्रबार जिल्ला अदालत पर्सामा पठाइएको बताए। ‘खाजा खाने…

Read More

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यको उपस्थितीका लागि अनुरोध गरिएको मुख्यसचिव पौडेलको भनाइ छ ।

Read More

अहमदावाद । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको शुक्रबार ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ ।अहमदावादबाट बेलायतको लण्डनतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर ९३३० फिट० को उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलकासदस्यसहित २४२ जना यात्रु सवार थिए । एक व्यक्ति चमत्कारिक रुपमा दुर्घटनाग्रस्त विमानमा बाँच्न सफल भएका थिए । “सुरुमा मलाई पनि म मर्न लागेको जस्तो लागेको थियो, तर पछि मैले आँखा खोलेँ र थाहा पाएँ कि म अझै जीवित छु,” बेलायती नागरिक विश्वासकुमार रमेशले अस्पतालको शैयाबाट राष्ट्रिय प्रसारक डीडी न्यूजसँग बताउनुभयो । प्रहरी उपप्रमुख कानन देसाईले अहिलेसम्म…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा उहाँहरुबीच नेपालमा लगानी वृद्धि र रोजगारी सृजनाका माध्यमबाट विकासका लक्ष्य हासिल गर्न आपसी सहकार्य बढाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले विश्व बैँक नेपालले तयार गरेको छ वर्षे रणनीतिक सहकार्यको कार्यढाँचा ९२०२५–२०३१० लाई बैँकले स्वीकृत गरेकोमा धन्यवाद दिँदै दिगो विकास लक्ष्य हासिल र नेपाललाई विकासोन्मुख मुलुकमा स्तरोन्नतिका लागि निरन्तर आर्थिक र प्राविधिक सहयोगका लागि खुसी व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले कृषिको आधुुनिकीकरण, उत्पादकत्ववृद्धि, उद्यमशीलता, व्यवसाय र सेवा क्षेत्रमा युवाहरुको सहभागितामा सरकारले…

Read More

काठमाडौं । सरकारले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय खोज्न समिति गठन गरेको छ । समितिमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी रहेका छन् । तीन वटै मन्त्रालयका सचिव समेत समितिमा रहेर काम गरिरहेका छन् । मन्त्री राणाका अनुसार समितिको बैठक दुई तीन पटक बसिसकेको छ ।शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्ने क्रममा परराष्ट्रमन्त्री राणाले यस्तो जानकारी दिएकी हुन् । ‘वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय प्रस्तुत गर्न समिति गठन भएको छ । गृहमन्त्री, श्रममन्त्री र परराष्ट्रमन्त्रीका साथै तीन वटै मन्त्रालयका सचिव बसेर गहनतम रुपमा छलफल गरेर…

Read More