Author: Editor
काठमाडौं । राप्रपाले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईँलाई बिनाशर्त रिहा गर्न माग गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक विज्ञप्ति जारी गर्दै प्रसाईँलाई दुःख दिने, फरक मान्यतालाई निरुत्साहित तुल्याउने, दबाउने नियतबाट पटक पटक पक्राउ गरिएको भन्दै रिहा गर्न माग गरेका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित मात्र होइन नागरिकले स्वतन्त्रतापूर्वक हिँड्न, डुल्न, बोल्न, लेख्न र शान्तिपूर्ण विरोध समेत गर्न पाउने संविधान प्रदत्त अधिकारको कुण्ठित समेत गरेको छ। प्रसाईँलाई बिना सर्त अविलम्ब रिहा गर्न राप्रपा सरकारसँग माग गर्दछ।’
काठमाण्डौं । सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनीयता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ। निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य नगर्न नगराउन अनुरोध गरेको हो। निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम आचारसंहिता उल्लङ्घनको कार्य गरेको पाइएकाले त्यस्ता कार्यहरू नगर्नरनगराउन अनुरोध गर्दै त्यस्ता कार्य नरोकिए प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने उल्लेख गरेको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइने व्यवस्था छ । त्यसमा जुलुस, आमसभा वा कोणसभा गर्न,…
काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै आज दशौँ संस्करणको आइसीसी टी–२० विश्वकपको सुरुवात गर्दैछ। मुम्बइको वानखेडे क्रिकेट स्टेडियममा आइतबार दिउँसो सवा ३ बजे नेपाली टोली इङल्यान्डविरुद्ध मैदान उत्रँन लागेको हो। नेपालले समूह चरणका आफ्ना चार खेल वानखेडे स्टेडियममा नै खेल्नेछ। समग्रमा तेस्रो र लगातार दोस्रो पटक नेपालले विश्वकप खेल्न लागेको हो। अघिल्लो पटक विश्वकप खेलेका १० र नयाँ खेलाडीले यसपटकको विश्व कपमा नेपालको प्रतिनिधित्व गर्दैछन्। आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव विश्वकपमा डेब्युको तयारीमा छन्। सोमपाल कामी भने नेपालले खेलेका तिन वटै विश्वकप खेल्ने एक्ला खेलाडी बन्ने संघारमा छन्। कप्तान…
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बिहान ८ः३० बजे जुममार्फत बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको छ। बैठकका लागि तीन वटा एजेन्डा तय गरिएको छ। जसअनुसार नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयमा छलफल हुने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। यस वर्षको महाशिवरात्रि पर्वको तयारीका लागि गठन गरिएको समिति काठमाडौं महानगरपालिका, वडा नं ८ कार्यालयलगायत सरोकार भएका निकायका प्रतिनिधिलाई पनि सदस्य राखिएको छ। समिति पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वको तयारीका लागि काम गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति बनाएर पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीका लागि काम भइरहेको कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले जानकारी दिए। मूल समारोह समितिअन्तर्गत सुरक्षा उपसमितिको बैठक शुक्रबार बसेको…
काठमाडौँ। बजारमा पेट्रोलियम पदार्थको खपत बढ्न थालेको छ । आगामी फागुन २१ का लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा डिजेल पेट्रोलको खपत बढ्न थालेको हो । चुनाव प्रसारप्रसारमा चारपाङ्ग्रे गाडी र मोटरसाइकलको प्रयोग बढ्दा पेट्रोलको खपत बढ्न थालेको नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले प्रतिनिधि सभा निर्वाचनमा इन्धन खपत सामान्य बढ्ने बताउनुभयो । चुनाव प्रचारप्रसारको मौन अवधि सुरु हुनुभन्दा अघि एक हप्ताको समयमा डिजेलरपेट्रोल १० देखि १५ प्रतिशत खपत बढ्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । चुनावको बेला प्रचारप्रसारका गतिविधिमा गाडीको प्रयोग बढी हुने भएकाले पनि डिजेलको तुलनामा पेट्रोलको खपत बढी हुने उहाँको भनाइ छ…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा स्थायित्वका लागि आफ्नो पार्टीलाई बहुमत दिन आह्वान गरेका छन्। आफ्नो निर्वाचन क्षेत्र चितवन २ का मतदातासँग कुरा गर्दै नेताहरूले गरेको बाचा पूरा नगरेपछि यत्तिकै हाँसेर हिँड्न नपाइने बताए। उनले आफ्ना मतदातासँग भने, ‘देशका विभिन्न भागमा मैले पुग्नुपर्ने छ, पार्टीको सभापतिको रूपमा मेरा केही दायित्वहरू छन्। यसपटक चितवनलाई मात्र जिताएर भएन, देशै भरिलाई जिताउनु पर्ने अवस्था भएको हुनाले, यसपटक यो २ नम्बर क्षेत्रको चुनावको प्रचारकका रूपमा मैले आफ्नो प्रतिनिधिको रूपमा तपाईँहरूलाई अनुरोध गर्ने विचार गरेको छु।’ उनले आफूहरू एक जना दुईजना मात्र जितेर नहुने भन्दै कम्तीमा एकल बहुमत ल्याउनुपर्ने बताए। उनले थपे,…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली आज आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाटमा केन्द्रित भएका छन्। हिजो झापा पुगेका ओली अहिले झापाली जनतासँग भेटघाटमा छन्। ओली फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि झापा ५ बाट उम्मेदवार बनेका छन्। ओली एक साता झापा बस्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। ओलीसँग झापा ५ मा रास्वपाका वरिष्ठ बालेन शाह चुनावी प्रतिस्पर्धामा छन्। त्यसैले पनि ओलीले आफ्नो चुनावी गतिविधिलाई बढाएका हुन्। हिजो झापा पुगेका ओलीले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०…
महोत्तरी । निर्वाचनको चहलपहल बडढेसँगै महोत्तरीमा आर्थिक गतिविधिमा पनि बढोत्तरी हुन थालेको छ । खासगरी होटल व्यवसायी यसबाट लाभान्वित भएका छन् । राजनीतिक दल र तिनका उम्मेदवारका साथै कार्यकर्ताको सघन उपस्थितिले आगामी एक महिनासम्म ग्राहकको अभाव नहुने होटल व्यवसायी बताउँछन् । “निर्वाचन चहलपहले हाम्रो व्यस्तता बढेको छ”, बर्दिबासका होटल सञ्चालक तथा होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका महासचिव नारायण घिमिरे भन्छन्, “अबको एक महिना हाम्रो व्यवसाय जम्ने ठानेका छौँ ।” जिल्लाका सबै भेगका बजारमा होटल व्यवसाय राम्रो चलेका उनको भनाइ छ । प्रतिनिधिसभा क्षेत्र–१ को बर्दिबासमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारका निर्वाचन परिचालन कार्यालय सञ्चालनमा आएसँगै होटलमा ग्राहकको सङ्ख्या ह्वात्तै…
नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरिएको बताएका छन् । निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयनबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भयरहित वातावरणमा चुनाव गराउन सुरक्षाको सुदृढ प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताए । “वर्तमान सरकारको प्रमुख दायित्व चुनाव गराउनु भएकाले हाम्रो ध्यान शान्तिपूर्ण वातावरणमा त्यो सम्पन्न गर्नेमा नै केन्द्रित छ । मतदातालाई निर्भीक भएर मतदानमा सहभागी हुन अनुरोध छ”, देशभर निर्वाचनको वातावरण बनेको बताउँदै गृहमन्त्रीले भने । मौसम पूर्वानुमान गर्ने निकाय र विज्ञहरुबाट फागुन २१ मा मौसम अनुकूल हुने जानकारी प्राप्त भएको पनि उनले बताए । रासस
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क