Author: ट्रान्सपेरेन्टखबर

काठमाण्डौं। चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस तुरुन्तै बन्द गर्न शुक्रबार आग्रह गरेका छन् । शुक्रबार इजरायलले इरानमा आक्रमण गरी इरानको आणविक सुविधाहरूलाई क्षति पुर्‍याएको थियो । इरानको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डता उल्लङ्घन गर्ने इजरायलको कार्यको चीनले निन्दा गर्दछ’ संयुक्त राष्ट्रका लागि चीनका स्थायी प्रतिनिधि फु कङ्गले भनेका छन् । सुरक्षा परिषद्को आपत्कालीन बैठकमा उनले चीन तनाव र द्वन्द्वको विस्तारको विरोधमा भएको जनाउँदै इजरायली अपरेसनको परिणामको बारेमा चिन्तित रहेको समेत बताए । द्वन्द्वको वृद्धिले कसैको हितमा काम नगर्ने बताउँदै इजरायललाई तत्काल सबै सैन्य दुस्साहस बन्द गर्न र थप तनावबाट बच्न आग्रह गरेका छन् । उनले चीनको पक्षबाट सम्बन्धित…

Read More

काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीश र एकजना न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ । समितिको आजको बैठकले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपालयका मुख्य न्यायाधीश शान्तिसिँह थापा तथा न्यायपरिषद्का प्रस्तावित सदस्य महेशकुमार नेपालको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको हो । समितिले उनीहरूका विषयमा कुनै उजुरी वा गुनासो भए १० दिनभित्र समितिमा पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिईन् ।‘संसदीय सुनवाइका लागि प्रस्तावित तीन न्यायाधीश र न्यायपरिषद् सदस्यका लागि पत्र आएको थियो, संसदीय सुनुवाइका…

Read More

बारा । बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ डम्पिङ साइटबाट जेठ ३१ गते सशस्त्र प्रहरीले करिब ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ। भारतबाट अवैध रूपमा साइकलमा राखेर नेपालतर्फ ल्याइँदै गरेको ‘एयरपड प्रो’ र मोबाइलको टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराले बरामद गरेको हो। १२ नम्बर गणपति सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीका अनुसार सामान ल्याउने व्यक्ति फरार छन्। बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा छ।

Read More

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८३ साल मङ्सिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन् । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौँको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ०८४ सालको आम निर्वाचनपछि अधिवेशन हुन्छ की भन्ने आशङ्का भए त्यो भ्रमबाट बाहिर निस्किन आग्रह गरे । महाधिवेशन सार्न नेपाली कांग्रेस पार्टीले आफूले चाहेर मात्रै नहुने भन्दै अदालती समस्या हुने बताए । कांग्रेसको महाधिवेशनको अन्तिम मिति ०८३ को मङ्सिर रहेको र त्यहाँसम्म पुर्‍याउन नहुने स्पष्ट पारे । त्यसले स्थानीय निर्वाचनलाई प्रभावित पार्ने…

Read More

काठमाडौं। मोरङमा विभिन्न राजनीतिक दलहरू परित्याग गरी सन्देश घिमिरे, सुवास लामा, कर्म लिम्बुसहित ३७० जना नेता तथा कार्यकर्ता नेकपा ९माओवादी केन्द्र० मा प्रवेश गरेका छन्। उनीहरूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उर्लाबारीमा आयोजित एक कार्यक्रममा स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रप्रति जनविश्वास दिनप्रतिदिन बढिरहेको उल्लेख गरे । पार्टीप्रति जनविश्वास बढेसँगै घेराबन्दी गर्न र बदनाम गर्ने उद्देश्यले पार्टीभित्र र बाहिरबाट निरन्तर षड्यन्त्र भइरहेको पनि उनले बताए । ‘हामीले सरकारमा रहेर सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा महत्वपूर्ण काम गरेका छौँ। राम्रो काम गर्दा गर्दै शडयन्त्र पूर्वक सरकारबाट बाहिरिनु परे पनि हामी हाम्रो अभियान…

Read More

काठमाडौं। नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधान र संसारको कुनै पनि परम्पराले नरोकेको बताएका छन् । आज ( शनिबार ) विराटनगरमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलक्षित गर्दै भने,‘पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति राजनीतिमा आउन चाहन्छन् भने पाउँछन् । संविधान र विश्वको कुनै परम्पराले रोक्दैन ।’ पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ राजनीतिमा फर्किइसकेका छन् । पासाङलाई माओवादी केन्द्रले उपाध्यक्ष बनाएर राजनीतिमा कमब्याक गराएको छ । एमालेमा ठूलो पङ्तिले विद्या भण्डारी पनि राजनीतिमा फर्किनुपर्ने चाहना व्यक्त गरिराखेका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबाट…

Read More

काठमाडौं । भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा ( माओवादी केन्द्र) ले सत्तापक्षसँग अस्थायी युद्धविराम गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन अवरोध खुल्न नसक्ने दाबी गरेका थिए । सदन अवरोधको सुरुवाती दिनमै प्रचण्डले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन अवरोधको निकास ननिस्किने ठोकुवा गरेका थिए । योबीचमा विपक्षी दलहरु माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र आम जनता पार्टी एक ठाउँमा थिए । यी चार दलका शीर्ष नेताहरूबीच लगातार छलफल भएको थियो । उनीहरु भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा, उच्चस्तरीय छानबिन समिति र प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफको अडानमा थिए…

Read More

काठमाडौं  । बागलुङमा शुक्रबार भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ। दुईजनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल मृत्यु भएको हो।एक जनाको पोखरामा उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु.प्र.०१-००१-१७७५ नम्बरको जीप साँझ पौने ६ बजेतिर ढोरपाटन नगरपालिका- ५ बतासे डाँडामा दुर्घटना भएको हो। दुर्घटनामा ढोरपाटन-२ का नरबहादुर कार्की, भीमकुमारी बुढा, टिकाकुमारी कुँवर र मनकुमारी थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिए। कार्की र बुढाको बुर्तिवाङ अस्पतालमा मृत्यु भएको हो। थापाको मणिपाल अस्पताल पोखरामा ज्यान गएको हो। उपचारका…

Read More

धनुषा।मधेस प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बनमा परेका छन् । आज प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले कुशवाहाको सांसद पद निलम्बनमा परेको जानकारी दिए । कुशवाहाको निलम्बनसम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धानको पत्र सभामुख मण्डलले सभासमक्ष पढेर सुनाउनुभएको थियो । उहाँ बिहीबार काठमाडौँको अनामनगरबाट पक्राउ परेका थिए । समाजवादी पार्टी ९जसपा० नेपालको तर्फबाट उहाँ महोत्तरी निर्वाचन क्षेत्र नं ४ ९२० बाट निर्वाचित भएका थिए। कुशवाहाले विभिन्न उपभोक्ता समिति गठन गरी समितिको रकम निजीसचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको रकम आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । सचिव कायस्थ महोत्तरीबाट केही दिनअघि पक्राउ परेका थिए । यसअघि सांसद दीपेन्द्र ठाकुर र अभिराम…

Read More

काठमाडौं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले इरान र इसराइललाई ‘तनाव नबढाउन र शान्तिको बाटो रोज्न’ अपिल गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा एक सन्देश सार्वजनिक गर्दै दुई देशले शान्ति र कुटनीतिक मार्ग अवलम्बन गर्न आग्रह गरेका हुन् । ‘इसराइलद्वारा इरानका आणविक केन्द्रहरूमा आक्रमण, जवाफमा इरानद्वारा तेल अवीवमा प्रक्षेपास्त्र प्रहार, अब धेरै भइसक्यो। अब यसलाई रोक्ने बेला आएको छ। शान्ति र कूटनीतिक मार्ग अवलम्बन गरिनुपर्छ,’ उनले भनेका छन् । यसैबीच युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि इजरायलका राष्ट्रपति इसाक हर्जोगसँग उक्त विषयमा कुरा गरेकी छन्। उनले एक्समा लेखेकी छन्, ‘म दोहोर्‍याउँछु( इजरायललाई आफ्नो र आफ्ना जनताको रक्षा गर्ने…

Read More