Author: Editor

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आजसम्म एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ( पश्चिम) , सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत र बर्दघाट सुस्ता पश्चिम नवलपरासी गरी ३७ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो। यी जिल्लाको मतपत्र प्याकिङ पनि भइसकेको…

Read More

काठमाडौं। नेपालले आईसीसी टी–२० पुरुष विश्वकपमा अन्तिम बलसम्म संघर्ष गरे पनि दुईपल्टको विश्वविजेता इङ्ल्यान्डविरुद्ध ४ रनले पराजय बेहोरेको छ।समूह ‘सी’ अन्तर्गत आइतबार सम्पन्न खेलमा इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो। नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३७ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए। तर, तेस्रो ओभरमा आसिफ शेख ५ बलमा लियाम एन्ड्र्यु डसनको बलमा क्याच आउट भए। त्यसपछि ५।२ ओभरमा ४२ रन बनाउँदा कुशल भुर्तेल पनि विल जाक्सको बलमा क्याच आउट हुँदै पभेलियन फर्किए। मध्यक्रममा कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले ८२ रनको महत्त्वपूर्ण साझेदारी गर्दै…

Read More

महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ नजिकिँदै गर्दा अहिले विभिन्न राजनीतिक दलका नेताहरू जनताका घरदैलोमा पुग्न थालेका छन्। विगत तीन वर्षमा एकपटक पनि नेता नपुगेको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पनि यतिखेर नेताहरू पुग्न थालेको सो बस्तीका अगुवा अमृत सदाले बताए। उनका अनुसार सधैँ बेलुका ७र८ बजे सुतिसक्ने यहाँका बासिन्दा अहिले राति १र२ बजेसम्म पनि जाग्राम बस्ने गरेका छन्। बस्तीमा दिनहुँजसो नेताहरूको चहलपहल बढ्न थालेपछि यहाँका मुसहरहरू रातिसम्म नै जाग्राम बस्न थालेका हुन्। पहिले पहिलेका चुनावमा जस्तै अहिले पनि यस मुसहर बस्तीमा नेताहरू पुगेर आश्वासन बाँड्न थालेको भए पनि यस बस्तीका बासिन्दामा नेताहरूले कुनै काम…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङदेनले आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी नभए देश जेनजी आन्दोलनको भन्दा ठूलो दुर्घटनामा फस्ने चेतावनी दिएका छन्। आइतवार काठमाडौंका पार्टीका उम्मेदवारहरूको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो चेतावनी दिएका हुन्। अध्यक्ष लिङदेनले देशलाई दुर्र्घटनामा फस्न नदिन पनि आम मतदाताले राप्रपालाई विजयी गराउनै पर्ने जिकिर गरे। उनले राप्रपाले कुनै धम्की दिने पक्षमा नरहेको उल्लेख गर्दै देशलाई बचाउनका लागि निर्वाचनमा विजयी गराउनुपर्ने बताए। राप्रपाले देशलाई दुर्घटनाबाट बचाउनका लागि निर्वाचनलाई उपयोग गर्ने नीति लिएको अध्यक्ष लिङदेनको भनाई थियो । अध्यक्ष लिङदेनले फेसबुकलगायतका सामाजिक सञ्जाललाई हेरेर मतदान गर्न नहुने समेत बताए।

Read More

काठमाडौँ । स्वास्थ्यव्यवसायी दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा गरिएका छन्। प्रसाईंलाई गत शुक्रबार नेपाल प्रहरीले काठमाडौँको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो। उनीमाथि निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाइएको थियो। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईं यसअघि पनि सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका थिए। गत माघ ५ गते पोखराबाट पक्राउ परेका उनलाई भोलिपल्ट माघ ६ गते हाजिर जमानीमा रिहा गरिएको थियो। प्रसाईं विभिन्न अभिव्यक्ति तथा गतिविधिका कारण पछिल्लो समय विवादमा रहँदै आएका छन्। यसपालि पनि अनुसन्धानको प्रक्रिया जारी रहँदै हाजिर जमानीमा रिहा गरिएको ब्युरो स्रोतले जनाएको छ।

Read More

काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार सभापति गगनकुमार थापाको सभापतित्वमा सम्पन्न भएको छ। बैठकमा महामन्त्री गुरुराज घिमिरेले पूर्वनिर्धारित प्रस्तावहरू प्रस्तुत गरेका थिए । बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत “नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२” तथा “नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२” लाई आवश्यक परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ। त्यसैगरी, नेपाली कांग्रेसको विधान, २०१७ ( संशोधनसहित )  को धारा ३४ को उपधारा ( ७)  बमोजिम ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरिएको छ। गठित समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ रहेका छन् भने सदस्यहरूमा केन्द्रीय सदस्य धना खतिवडा र केन्द्रीय सदस्य सुवासकुमार पोखरेल…

Read More

मुम्बई । आईसीसी टी(२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको नेपालले इंग्ल्यान्डविरुद्धको खेल जित्न बलियो लक्ष्य पाएको छ । वाङ्खडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको हो । इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए । कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए । विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाए । उनले १ चौका र ४ छक्कासहित फिनिसिङ गरे । ओपनर फिल साल्टलाई नेपालका शेर मल्लले आफ्नो पहिलो बलमै…

Read More

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन नपाउने भएका छन् । उनले दायर गरेको रिट निवेदनमाथि आइतबार सुनवाइ पछि सर्वोच्च अदालतले उनको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । कैलाली–१ का निर्वाचन अधिकृतको निर्णयविरुद्ध उनी सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले निर्वाचन अधिकृतको निर्णय यथावत् राखेको हो । कैलाली–१ का निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेका थिए ।

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि सार्ने बताएका छन् । आइतबार एक भिडिओ वक्तव्य जारी गर्दै सभापति थापाले नेपालको स्वास्थ्य समस्या समाधान गर्ने एकमात्र उपाय बीमा भएकाले कांग्रेसले सरकार बनाउँदा त्यसलाई प्रभावकारी बनाएर अघि बढ्ने आफ्नो मूल प्रतिबद्धता रहेको बताएका हुन् । ‘नेपाली कांग्रेस पार्टीका तर्फबाट यो प्रतिबद्धता हो,’ सभापति थापाले भने,‘हामीले जिम्मेवारी पाउँदा स्वास्थ्य बीमाको कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउँछौँ ।’ स्वास्थ्य बीमा सुरु गर्दा आफू स्वास्थ्य मन्त्री रहेको स्मरण गर्दै थापाले धेरै बिरामीलाई भेटेर समस्या बुझेपछि यो योजना अघि सारेको बताए । उनले भने, ‘त्यो बेला यतिधेरै मान्छेहरू मैले भेटेँ,…

Read More

काठमाडौँ । मुम्बईको प्रतिष्ठित वानखेडे स्टेडियम आज नेपाली क्रिकेटको गौरवशाली इतिहासको साक्षी बन्दैछ। आईसीसी टी–२० विश्वकपको समूह चरणअन्तर्गत आज नेपालले शक्तिशाली टोली इंग्ल्याण्डको सामना गर्दैछ। तेस्रोपटक विश्वकप खेलिरहेको नेपालका लागि यो खेल केवल एउटा प्रतिस्पर्धा मात्र नभई विश्व क्रिकेटमा आफ्नो दरिलो उपस्थिति प्रमाणित गर्ने ऐतिहासिक अवसर पनि हो। यो महत्त्वपूर्ण घडीमा प्रधानमन्त्री सुशीला कार्कीले नेपाली टोलीलाई विशेष शुभकामना सन्देश दिँदै हौसला बढाएकी छन्। प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले आज वानखेडेको मैदानमा नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति दिने विश्वास व्यक्त गरेकी छन्। विश्वभर छरिएका नेपाली प्रशंसकको साथ र विगतका सफलताको ऊर्जा बोकेर मैदानमा उत्रिन…

Read More