Author: ट्रान्सपेरेन्टखबर
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायल र इरानमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता दिएर काम गर्न राजदूतहरुलाई निर्देशन दिएकी छन् । इजरायल– इरान युद्धका सन्दर्भमा आइतबार परराष्ट्रमन्त्री राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरुलाई टेलिफोन गरी नागरिकको सुरक्षा र उनीहरुसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएकी हुन् । ुइजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घट्नाक्रमका सन्दर्भमा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी आफू प्रमाणीकृत तथा सह(प्रमाणीकृत मुलुकमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना…
पर्सा । बुटवलको सुप्रिम सहकारी ऋण तथा बचत सहकारी संस्थाको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित लामिछानेविरुद्ध जेठ ३० गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरिएको हो । सहकारी ऐन २०७४ को दफा १ सय २४ अनुसार १० करोडभन्दा बढी १ अर्बसम्म बिगो भएकाले लामिछानेलाई ६ देखि ८ वर्ष कैद सजाय पनि हुन सक्छ । यसबाहेक उनीमाथि संगठित अपराध निवारण ऐन २०७० को दफा ९…
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले चालूतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको बताए । कुल विनियोजन बजेटमध्ये चालूतर्फ ५२ प्रतिशत, पुँजीगततर्फ ४७।७ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १० करोड अर्थात् ०।३ प्रतिशत रहेको छ । मन्त्री रानाले प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १।७ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको छ । कुल विनियोजन बजेटमा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४…
काठमाण्डौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आउँदो आर्थिक वर्षको बजेटको विरोध जनाएका छन्। आज आइतबार प्रतिनिधिसभा बैठक चलिरहँदा उनी दर्शकदीर्घामा पुगेर आर्थिक वर्ष ०८१/०८२ को बजेटमाथि विरोध जनाएका हुन्। उनले गोरखाको बजेट काटिएको विषयमा ध्यानाकर्षण गराएका छन्। सम्माननीय केपी शर्मा ओली, नेपालका प्रधानमन्त्रीज्यूलाई गोरखा लुकेको कर्णाली हो भन्ने विषय राम्रो ज्ञान छ। बूढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ, उनले वक्तव्यमार्फत भनेका छन्, नेपालको अर्थतन्त्र चलायमान गर्न कहाँकहाँ अवरोध छन् त्यो पनि थाहै छ । उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशको भूगोल र प्रजातन्त्रको आधारभूत तत्त्व भनेको नागरिकका मौलिक अधिकार र स्रोतसाधनको समान वितरण हो भन्ने नबुझेको…
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि बजेट आज आउँदै छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह थापाले साँझ ५ बजे बजेट प्रस्तुत गर्ने छन् । संविधान अनुसार असार १ गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्थाअनुरूप प्रदेश सरकारले तयारी पूरा गरेको छ। चालु आर्थिक वर्ष २०८१र०८२ मा प्रदेश सरकारले ३१ अर्ब ६२ करोड रुपैयाँको बजेट ल्याएको थियो। आगामी वर्षको बजेट पनि त्यसकै हाराहारीमा रहने अनुमान गरिएको छ। यस वर्षको बजेटमा प्रदेश सरकारद्वारा प्रत्यक्ष निर्वाचित सांसदहरूलाई पाँच करोड र समानुपातिक सांसदहरूलाई तीन करोड रुपैयाँ बराबरका योजना दिने भन्दै योजना माग गरेको थियो ।…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरल र प्रभावकारी सेवाप्रवाहबाट कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र मजबुद हुने बताएका छन् । लोक सेवा आयोगको ७५औं वार्षिकोत्सव एवम् हीरक जयन्ती समारोहलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मनसमेत जित्न सकेमात्र लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् । उनले स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्म र भावना अनुरुप काम गर्नुपर्नेमा जोड दिए । संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताको चाहना र आकांक्षलाई सम्बोधन गर्दै तिव्र आर्थिक विकासलाई अगाडि बढाउन सकिने…
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एक जना सहसचिवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले सोही विषयलाई आधार बनाएर गृहमन्त्रीको राजीनामा माग गर्नु सान्दर्भिक नहुने धारणा राखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सभापतिमा अहिले पनि निर्वाचन आयोगको अभिलेखमा रवि लामिछाने भएको उल्लेख गर्दै पाँचपाँच वटा मुद्दा अदालतमा चलिरहेका व्यक्ति सभापति हुन नमिल्ने बताए। “रास्वपाको संसदीय दलको नेता परिवर्तन गर्नेसम्बन्धी कुनै खबर पनि नआएकाले संसद् सदस्य पदबाट निलम्बित हुनुभएका लामिछाने कसरी संसदीय दलको नेता हुन सक्नुहुन्छ रु”, उनले प्रश्न गरे ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का प्रवक्ता एवं संसदीय दलका मुख्य सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरेले दादागिरी शैलीमा सदन चलाएको बताएका छन् । आज ( आइतबार ) नेता शाहीले प्रतिपक्षी दलको विरोधको वाबजुद पेलेर नै संसद् अगाडि बढाउने प्रयास गरेको भन्दै आपत्ति जनाएका हुन् । उनीहरुले भिजिट भिसा प्रकरण छानविनका लागि समिति बन्नुपर्ने, गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । प्रतिपक्षी दलहरुले नाराबाजी गरिरहँदा सभामुख घिमिरेले भने पेलेर नै संसद् अगाडि बढाएका छन् । ‘संसद्मा आन्दोलन भइरहँदा संसद् चलाउनु उचित हुन्छ रु उचित हुँदैन भन्ने मलाई लाग्छ सम्माननीय सभामुखज्यू ? त्यही भएर कुरा केही नराखी…
भारत । भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल केदारनाथबाट तीर्थयात्री लिएर फर्किँदै गरेको हेलिकप्टर आइतबार बिहान दुर्घटना हुँदा एक बच्चा र पाइलटसहित पाँच जनाको मृत्यु भएको छ। हेलिकप्टरमा चालकदलसहित कुल ७ जना सवार थिए। स्थानीय समयअनुसार बिहान करिब बिहान ५स्२० बजे गौरीकुण्ड नजिकै भएको उक्त दुर्घटनामा खराब मौसमलाई मुख्य कारण मानिएको छ। आर्यन एभिएसन कम्पनीको उक्त हेलिकप्टरले केदारनाथ मन्दिरबाट तीर्थयात्रीहरूलाई गौरीकुण्डतर्फ ल्याउँदै थियो। उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार हेलिकप्टरमा सवार यात्रीहरू उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका थिए। दुर्घटनाको खबर पाउनासाथ राष्ट्रिय विपद् प्रतिकार्य बल र राज्य विपद् प्रतिकार्य बलको टोली उद्धारका लागि घटनास्थलमा खटाइएको छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले…
पोखरा । गण्डकी प्रदेश सरकारले चालू वर्षको भन्दा झन्डै १ अर्ब घटाएर आगामी बजेट प्रस्तुत गर्दै छ । आज ४ बजे अर्थमन्त्री डा टकराज गुरुङले संसदमा बजेट प्रस्तुत गर्ने कार्यसूची छ । चालू आर्थिक वर्षको लागि ३२ अर्ब ९७ करोडको बजेट ल्याएको सरकारले आगामी वर्षका लागि ३२ अर्ब हाराहारीमा प्रस्तुत गर्न लागेको हो । सांसदलाई मन्त्रालयगत सिलिङ चौतर्फी आलोचनापछि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गरेको सरकारले यो वर्ष मन्त्रालयगत सिलिङबाटै सांसदलाई बजेट बाँड्न लागेको छ । एक सांसदका अनुसार प्रत्यक्ष र समानुपातिक सांसदलाई छुट्टाछुट्टै सिलिङमा योजना दिइएको हो । स्रोतका अनुसार सबैभन्दा धेरै भौतिक मन्त्रालयबाट सांसदले बजेट पाउँदै छन्…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क