Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/ ८३ को वार्षिक आय र व्ययको अनुमान ( बजेट ) सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको चाप व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छ । सबैजसो प्रदेशले अघिल्ला आर्थिक वर्षमा खर्च गर्न नसकेर बचत रहेको रकमलाई पनि बजेट स्रोत देखाएका छन् । गण्डकी र मधेश प्रदेशले घाटा बजेट ल्याएर आन्तरिक ऋण उठाउने गरी बजेटको जोहो गरेका छन् । आगामी आर्थिक वर्षमा गण्डकी प्रदेशले एक अर्ब ७५ करोड र मधेश प्रदेशले दुई अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेका…
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ६७ अर्बको बजेट ल्याएको छ । आज आइतबार साँझ साढे ८ बजेदेखि सुरु प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बिनियोजन गरेका हुन् । बजेट वक्क्तव्यका क्रममा उनले ७६ अर्ब भनेर सम्बोधन गरेपछि प्रदेशसभा बैठकमा हल्लाखल्ला भएको थियो । लगत्तै आफ्नो वक्क्तव्य सच्याएर ६७ अर्ब सम्बोधन गरेका थिए । चालूतर्फ ३८ दशमलव ६ प्रतिशत अर्थात २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ६१ द्यशमलव ४ प्रतिशत अर्थात ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार बिनियोजन भएको…
ललितपुर। नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउनुपर्ने बताउनुभएको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन समारोहमा सभापति देउवाले व्यावसायिक हक–हितको संरक्षणसँगै आम नागरिकलाई भरपर्दो यातायात सेवा उपलब्ध गराउनु साझा दायित्व भएको उल्लेख गर्नुभयो। दुर्घटना न्यूनीकरणको दिशा र सुरक्षित यात्राको सुनिश्चितताका लागि यातायात व्यवसायीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो। “कठिन भौगोलिक अवस्थाका कारण देशका विभिन्न स्थानमा यातायातका साधन सञ्चालन गर्न जटिलता रहँदै आएको छ, पछिल्लो समय दिनहुँजसो भइरहेका सवारी दुर्घटनाले आम नागरिकको जीवन र सुरक्षामा गम्भीर…
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ३३ अर्ब ४७ करोड बराबरको बजेट ल्याएको छ । प्रदेशका आर्थिक ममिला मन्त्री बहादुर सिंह थापाले आइतबार प्रदेश सभामा ३३ अर्ब ४७ करोड ७० लाख ४८७ हजार बराबरका बजेट प्रस्तुत गरेका हुन् । कुल बजेट मध्ये चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अथात् ३० दशमलव ४८ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार छुट्याइएको छ । अन्तर सरकारी वित्तिय हस्तान्तरण तर्फ तीन अर्ब ४२ करोड७७ लाख अथात् १० दशमलव २४ प्रतिशत र वित्तिय व्यवस्थातफृ एक करोड विनियोजन गरिएको छ । स्रोत…
काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष २०८२/ ०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित छ । आइतबार लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको तेह्रौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन् ।वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात्८ दशमलव ८० प्रतिशत अनुमान गरिएको छ । लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी खुसी नागरिकको दीर्घकालीन…
जनकपुरधाम । मधेश सरकारले भौतिक पूर्वाधार, रोजगार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, यातायात लगायत क्षेत्रलाई समेटेर आगामी आर्थिक वर्षको लागि ४६ अर्ब ५८ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको हो । अर्थ मन्त्री सुनिल कुमार यादवले मधेश प्रदेशसभाको बैठकमा बजेट प्रस्तुत गरेका हुन् । चालु तर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ । यो कुल बजेटको ३५।८९ प्रतिशत हो । यस्तै पुँजीगततर्फ ३० अर्ब २६ करोडको २८ लाख ३४ हजार बजेट विनियोजन गरिएको छ । यो कुल बजेटको ६४।११ प्रतिशत…
काठमाडौं । नेकपा ९एमाले० का सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) संसद्भित्र कुहिरोमा हराएको कागजस्तो उद्देश्य र गन्तव्यविहीन अवस्थामा रहेको बताएका छन् । आज ९आइतबार० संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले रास्वपा अहिले नेतृत्वविहीन अवस्थामा रहेको र दलभित्रै पनि एउटाले भनेको कुरा अर्कोले नमान्दा अहिलेको अवस्था आइपुगेको बताएका हुन् । उनले रास्वपा अहिले छरपष्ट अवस्थामा रहेको पनि दाबी गरे । ‘रास्वपा उदयमान पार्टीको रुपमा यहाँ आएको छ । हामीले उहाँहरुलाई सम्मान पनि गरेका छौं । युवा साथीहरु हुनुहुन्छ । पढेलेखेका साथीहरु हुनुहुन्छ । तर, मलाई के लाग्यो भने अस्तीको घटना र आजको पनि…
काठमाडौँ । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री डा।टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् । चालु आर्थिक वर्ष १२ अर्ब ६३ करोड ९३९।५५०,पुँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात ५६।७ प्रतिशत वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ । पूरा बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा ९ अर्ब ७९ करोड, रोयल्टी ४९ करोड, सशर्त अनुदान ३ अर्ब ३५ करोड अनुमान छ । यस्तै, समपूरक अनुदानमा ६३ करोड, विशेष अनुदान…
काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवासम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विधेयक पेस गर्दै उनले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति गठन गरेर लामो छलफलपछि विधेयकलाई अन्तिम रुप दिइएको बताए । ुदुई वर्षको ‘कुलिङ अफ पिरियड’ राखेर समितिबाट सर्वसम्मतिका साथ विधेयक पारित गरी ल्याइएको छु, सभापति खतिवडाले भने । प्रतिनिधिसभाको अर्को बैठक यही असार २ गते सोमबार बिहान ११स्०० बजे बस्नेछ । रासस
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क