Author: Editor

पश्चिम नवलपरासी । अतिक्रमणमा परेको नवलपरासीको सुस्तामा कुनै सीमास्तम्भ छैन्, सीमास्तम्भ नभएकै कारण भारतले सुस्ताको कुल भुभागको एक तिहाइ भूमि अतिक्रमण गरिसकेको छ । बाँकी भूमिलाई विवादित जमिन भन्दै वर्षौदेखि जोतभोग गर्न दिएको छैन । जसले गर्दा सुस्ताबासीको अधीनमा चार भाग भूमिको एक भाग मात्र रहेको छ । सिमास्तम्भ नहुँदा सिमलको रुखलाई सिमास्तम्भ मानेर भारत र नेपालतर्फको भूभाग छुट्याइएको छ । २०६० सालमा सिमासम्बन्धी विवाद भारतले उठाएपछि झन्डै पाँच वर्षपछि २०६५ सालमा नवलपरासीको तत्कालीन प्रमुख जिल्ला अधिकारी गोविन्द खनाल नेतृत्वको टोली र भारतीय अधिकारीबिच सहमतिमै सिमलको रुखलाई आधार मानेर नेपाल–भारत सिमा छुट्याइएको हो । सुस्ताको थारुटोल उत्तरपूर्व पर्ने ठुलो सिमलको…

Read More

काठमाडौं, । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनाको जग्गामा अवैध उत्खनन गरी ५८ करोड ६२ लाख रुपियाँभन्दा बढी राजस्व चुहावट गरेको अभियोगमा बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापासहित १२ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । परियोजनाको व्यवस्थापनमा रहेको जग्गामा माछा पोखरी निर्माण गर्ने बहानामा ४७,००,२८५।१७ घनमिटर वन पैदावार ९ढुङ्गा, गिट्टी, बालुवा० उत्खनन गर्दा प्रचलित वन नियमावली बमोजिमको रोयल्टी असुल नगरी भ्रष्टाचार गरेको आयोगको ठहर छ । तत्कालीन श्री ५ को सरकारद्वारा जारी गठन आदेश र राजपत्रमा प्रकाशित सूचना बमोजिम उक्त वन क्षेत्र संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने भए पनि बागमती नगरपालिकाले क्षेत्राधिकार मिचेर निर्णय गरेको अनुसन्धानबाट खुलेको…

Read More

दोलखा । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि अरूको भन्दा कर्णप्रिय, जमिन र आकाशभेदी विकासे सङ्कल्पसहित घोषणापत्र बनाउन व्यस्त राजनीतिक दललाई माटो खेलाएर जीविका चलाउनुपर्ने मतदाताले यस पटक फरक सर्त अघि सारेका छन् । विभिन्न जिल्लामा बाँदर आतङ्ककै कारण बस्ती उठीवास र खेतीपाती बन्द गर्नु परिरहेको अवस्थामा दोलखाको तामाकोशी नदीतटीय क्षेत्रका मतदाताले बाँदर धपाइदिने दल र उम्मेदवारलाई मात्र भोट दिने बताएका छन् । बिगु, गौरीशङ्कर, कालिञ्चोक, वैतेश्वर, तामाकोशी, मेलुङ, शैलुङ गाउँपालिका र भीमेश्वर नगरपालिकाको तल्लो भेगमा खेतबारीमा बाँदरले खेती सखाप पार्दा किसान आतङ्कित छन् । न बाँदर मार्न पाइन्छ न त नियन्त्रण गर्ने उपाय नै काम लागेको छ । यो अवस्थामा किसानले बाँदर धपाइदिने प्रतिबद्धता…

Read More

काठमाण्डौं । नेपाल कानुन आयोगले संविधान पुनरावलोकनका लागि भइरहेको अध्ययनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ। आयोगका उपाध्यक्ष लक्ष्मीप्रसाद मैनाली र सचिव इन्दिरा दाहाल ( भट्टराई )  सहितको टोलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीलाई भेटेर आयोगले संविधान पुनरावलोकनका विषयमा गरिरहेको अध्ययनबारे जानकारी गराएको हो। नेपालको संविधानमा हरेक १० वर्षमा पुनरावलोकन गरिने व्यवस्थाबमोजिम आयोगले त्यससम्बन्धी अध्ययन थालेको सचिव दाहालले जानकारी दिइन्। यसका लागि उपाध्यक्ष मैनालीको नेतृत्वमा अध्ययन समिति पनि गठन गरिएको थियो। आयोगको टोलीले प्रधानमन्त्री कार्कीसमक्ष कानुनी शब्दकोश पुस्तक पनि अर्पण गरेको छ। विसं २००९ को बुच कमिसनको सिफारिसअनुसार २०१० सालमा स्थापना भएको यो संस्था नेपालका पुराना सार्वजनिक निकायमा…

Read More

म्याग्दी । पशुलाई महामारीजन्य रोगबाट जोगाउनका लागि जिल्लामा पशुमा पूर्णखोप अभियान सञ्चालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका छवटै स्थानीय तहका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको हो । चालु आर्थिक वर्ष २०८२र८३ मा पशुमा पूर्ण खोप कार्यक्रममार्फत करिब ९० हजार गाई, भैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोगविरुद्ध पाँच प्रकारका खोप लगाउने लक्ष्य रहेको केन्द्रका प्रमुख गोपाल गिरीले जानकारी दिए । करिब ११ हजार घरपरिवार किसानले पालेका १४ हजार १५९ गाई, २३ हजार ३२६ भैँसी, ४७ हजार १८६ बाख्रा, १४ हजार ७९१ भेडा, एक…

Read More

नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम )  ले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सभापति रवि लामिछानेको कार्यक्रममा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको छ। रास्वपाले आज जिल्लामा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रमु आयोजना गर्ने सूचना प्राप्त भएको भन्दै प्रशासनले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषन राज भण्डारीद्वारा हस्ताक्षरित पत्रमा प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगद्वारा २०८२ माघ १४ गतेदेखि नै निर्वाचन आचारसंहिता लागु भइसकेको स्मरण गराइएको छ। प्रशासनले जारी गरेको सूचनामा भनिएको…

Read More

काठमाण्डौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारले गर्न पाउने अधिकतम खर्च निर्धारण गरेको छ। आयोगले प्रत्यक्षतर्फका १६५ वटा निर्वाचन क्षेत्रलाई भौगोलिक अवस्था, पहुँच, सुविधा र सेवा नेटवर्क मूल्यांकनका आधारमा पाँच वर्गमा विभाजन गरेको छ। सोही आधारमा तोकिएको सीमाभित्र रहेर उम्मेदवारहरूले खर्च गर्न पाउने छन्। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार उम्मेदवारले गर्न पाउने अधिकतम खर्चसीमा क्षेत्र अनुसार २५, २७, २९, ३१ र ३३ लाख रुपैयाँसम्म तोकिएको छ। निर्वाचन क्षेत्रका आधारमा उम्मेदवारले तोकिएको सीमाभित्र रहेर खर्च गर्न पाउने छन्। उम्मेदवारले अधिकतम खर्च २५ लाख रुपैयाँ गर्न पाउने क्षेत्रहरुमा काडमाडौंका सहरी क्षेत्र छन्। काठमाडौंका–१, ३,…

Read More

काठमाण्डौं । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुमगन तथा निरीक्षणलाई तीव्रता दिएको छ। विभागले उपभोक्तालाई अतिआवश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म एवं प्रतिष्ठानमा निरन्तर रुपमा अन्य सक्षम निकायको सहयोग लिइ संयुक्तः बजार अनुमगन अगाडि बढाइएको उल्लेख गरेको छ। सहज रूपमा उपभोक्तालाई राहत दिन, उपभोग्य वस्तुको कृत्रिम अभाव गराउनेलाई कारबाहीको दायरामा ल्याउन विभागले प्रभावकारी रुपमा अनुमगन गरिरहेको उल्लेख गरेको छ। पछिल्ला दिनमा विशेष गरी खाना पकाउने ग्यासको अभाव देखाएर उपभोक्तालाई दुःख दिने काम भइरहको छ । कानुनविपरीतका काम गर्नेलाई विभागले कारबाहीको…

Read More

काठमाण्डौं । निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले मतदातालाई कुनै दबाब वा डर नमानेर ढुक्क भएर आफूलाई मन परेको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्न आग्रह गरेको छ। आयोगले मतदान प्रक्रिया पूर्ण रूपमा गोप्य हुने भएकाले कसले कसलाई मतदान गर्छ भन्ने कुरा कसैलाई थाहा नहुने बताएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेले फागुन २१ गते हुने निर्वाचन नेपालको संविधान र निर्वाचनसम्बन्धी कानुनअनुसार संचालन हुने भन्दै मतदाताको मतदान गोप्य रहने सुनिश्चितता गरिएको बताए। उनले पछिल्लो समय कसलाई भोट दिनुहुन्छ भन्ने प्रश्नहरू सार्वजनिक रूपमा सोध्ने र सामाजिक सञ्जालमा पनि खुलस्त अभिव्यक्ति दिने प्रवृत्तिले सामाजिक रूपमा असहज अवस्था सिर्जना गर्न सक्ने भन्दै सचेत रहन…

Read More

चितवन । चितवनमा आजदेखि पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘डेरी एक्स्पो’ सुरु भएको छ । चितवन डेरी उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको संयुक्त आयोजनामा सुरु भएको यस एक्स्पोले दुग्ध उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा नयाँ सम्भावना उजागर गर्ने लक्ष्य राखेको छ । एक्स्पोमा स्वदेशी तथा विदेशी डेरी उद्योगसँग सम्बन्धित कम्पनीहरूले अत्याधुनिक दुग्ध संकलन प्रणाली, प्रशोधन प्रविधि, प्याकेजिङ उपकरण र नवीनतम दुग्धजन्य उत्पादन प्रदर्शनमा राखेका छन् । यस्ता प्रविधि प्रयोगबाट उत्पादन लागत घट्ने र दूधको गुणस्तरमा सुधार आउने विश्वास गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले भने, ‘दुग्ध क्षेत्रको दिगो…

Read More