Author: ट्रान्सपेरेन्टखबर

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको विरोधमा सहमति जुटाउन अहिले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । सभामुख घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँग छलफल गरिरहेका हुन् ।  छलफलमा उपसभामुख इन्दिरा रानामगर पनि सहभागी छिन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिनका लागि संसदीय छानबिन…

Read More

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०सँग छलफल गरेका छन् । रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग भेट गरेका हुन् । भेटमा संसद्‍मा जारी अवरोधबारे छलफल भएको छ । सभामुख घिमिरेले बजेटमा व्यापक छलफल हुनुपर्ने बेला अवरुद्ध हुँदा जनतामा गलत सन्देश गएको बताए । विपक्षीले उठाएका मुद्दाहरू गम्भीर भएकाले नै आफूले २ हप्ता सहमतिका लागि संसद् रोकेको उल्लेख गर्दै उनले अब रोक्ने अवस्था नभएको बताए । तपाईँहरूले आफ्नो आन्दोलनको स्वरूप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ । बरु सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु । गम्भीर भएर छलफल गरौँ ।’ भिजिट…

Read More

सुनसरी । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट असार २ गते सशस्त्र प्रहरीले करीव २ हजार १ सय ३० किलोग्रम गाजाँसहित ट्रक नियन्त्रणमा लिएको छ । भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा राखी ल्याउँदै गरेको ७० बोरा गाँजा तथा ३१ बोरा अदुवा र तरकारीसहितको ट्रक विशेष सूचनाको आधरमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानले नियन्त्रणमा लिएको हो । गाँजा ल्याउने व्यक्ति तथा ट्रकका चालक भने फरार रहेका छन् । बरामद गाँजा तथा तरकारी र ट्रक आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीका सह प्रबक्ता डिएसपि शैलेन्द्र थापाले जानकारी दिए ।…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले संसद्‍मा विरोध जारी राख्ने बताएको छ । रास्वपाका नेता शिशिर खनाल आफूहरूको माग सम्बोधन नभएको बताउँछन् । रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आएको छ । यो प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने रास्वपाको अडान छ । यी माग पूरा नभएसम्म संसद्‍मा विरोध जारी राख्ने रास्वपाका नेताहरू बताउँछन् । विरोधलाई अगाडि बढाउने सम्बन्धमा रास्वपा आन्तरिक छलफलमा छ । यस निम्ति रास्वपाका सांसदहरू नयाँ वानेश्वरस्थित संसदीय दलको कार्यालयमा छलफलमा जुट्दैछन् । भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन हुने गरेको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा छ । अख्तियारले यो…

Read More

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बङ्गलादेशसँगको विद्युत् व्यापारबाट पाँच महिनामा रु एक अर्ब २५ करोड बराबर आम्दानी हुने बताएका छन् । यस वर्ष नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु भएको अवसरमा आज ऊर्जा मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले नेपालबाट बङ्गलादेश दैनिक ४० मेगावाट विद्युत् निर्यात गरेर मासिक २५ करोड बराबर र पाँच महिनामा रु एक अर्ब २५ करोड बराबर आम्दानी हुने बताएका हुन् । नेपाल विद्युत् प्राधिकरणले गएराति १२ बजेदेखि भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश विद्युत् निर्यात गरेको थियो । गत वर्ष कात्तिक ३० ९नोभेम्बर १५० मा पहिलोपटक ११ घण्टा ३० मिनेटका लागि भारतीय प्रसारण…

Read More

काठमाडौं। त्रिकोणात्मक टी– २० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । टिटवूडमा खेल साँझ ७स्४५ बजेबाट सुरु हुँदैछ। यस सिरिजअघि भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ का दुवै खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो। नेपाल सोही लय दोहोर्‍याउने लक्ष्यमा हुनेछ। नेपाल र नेदरल्यान्ड्स टी–२० आईमा अहिलेसम्म १३ पल्ट आमुन्नेसामुन्ने भएका छन्। तीमध्ये ५ खेल मात्रै नेपालले जित हासिल गर्न सकेको छ। ७ खेल नेदरल्यान्ड्सले जित्दा एक खेल भने नतिजाविहीन भएको छ। नेपाल र नेदरल्यान्ड्स अन्तिपल्ट आइसिसी टी–२० विश्वकपमा भिडेका थिए। अमेरिकाको डल्लासमा भएको उक्त खेलमा नेदरल्यान्ड्सले नेपाललाई…

Read More

बर्दिबास । विगत केही दिनदेखि गर्मी बढेपछि महोत्तरीको बर्दिबास नगरपालिकाले आफ्नो नगर क्षेत्रका विद्यालय तीन दिनका लागि बन्द गरेको छ। बर्दिबास नगरपालिकाले एक सूचना जारी गर्दै आइतबारदेखि लागू हुने गरी नगरक्षेत्र भित्रका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि पठनपाठन बन्द गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं उपसचिव रेवतीप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनामा विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक गर्मी तथा तातो हावाका कारण मौसम प्रतिकूल भएको हुँदा बिदा दिइएको उल्लेख छ। विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शैक्षिक सत्र २०८२ को वर्खे बिदाबाट कट्टा हुने गरी असार १ गतेदेखि ३ गतेसम्मको लागि विद्यालयको पठनपाठन बन्द गर्न गराउन सूचना…

Read More

काठमाण्डौं । इरान र इजरायल बिचको पछिल्लो द्वन्द्वमा ठूलो संख्यामा मानवीय क्षति भएको छ। शुक्रबारदेखि सुरु भएको यो द्वन्द्वमा दुवै देशले एकअर्कामाथि मिसाइल र हवाई आक्रमण गरिरहेका छन्। द्वन्द्वले सैन्य र गैरसैन्य क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। दाबी अनुसार अहिलेसम्म दुवै देशमा दुई सय ३८ जनाको मृत्यु भएको छ। त्यस्तै १६ सय भन्दा धेरै जना घाइते भएका छन्। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारदेखि हालसम्म कम्तीमा दुई २४ जनाको मृत्यु भएको छ भने एक हजार दुई सय ७७ जना घाइते भएका छन्। मृतक र घाइतेमध्ये ९० प्रतिशत भन्दा बढी सर्वसाधारण भएको दाबी गरिएको छ। मानवअधिकार समूह ह्युमन राइट्स एक्टिभिस्ट्सले भने यो…

Read More

इलाम । इलाम जिल्लाको सुर्योदय नगरपालिका–२ चारमाइलबाट असार १ गते सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार ५ सय ५७ रुपैयाँको चाँदी र सुनको जलप लगाएको गहनासहित दुई जना नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुमा भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षिय अभिनास बोध र ३५ को रवि कुमार छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले विशेष सूचनाको आधारमा आईतबार दिउसो नियन्त्रणमा लिएको हो । नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुले बोकेको झोलाबाट १७ किलो ४ सय ग्राम चाँदी र ५ किलो सुनको जलप लगाएको गहना र विभिन्न किसिमका…

Read More

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, अर्थमन्त्री पौडेलले आव २०८२/ ८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिनेछन्। यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् ( काम कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी ( पहिलो संशोधन )  विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।

Read More