Author: Editor
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज कोसी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखहरुसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएकी छिन् । सोलुखुम्बु र भोजपुरको भ्रमण सकेर सुनसरीको इटहरी पुगेपछि प्रधानमन्त्री कार्कीले समग्र कोसी प्रदेशको अवस्थाका बारेमा छलफल गरेकी छन्। कोसी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाल प्रहरीका नायब महानिरीक्षक विनोद घिमिरेका साथै विभिन्न जिल्लका मुख्य निर्वाचन अधिकृतहरु, नेपाली सेना, सशस्त्र प्रहरीका, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु, प्रमुख जिल्ला अधिकारीहरुको पनि उपस्थिति थियो। कार्यक्रममा नेपाली सेनाका पूर्वी पृतना मुख्यालयका पृतनापति उपरथी गौरवकुमार केसीले कोसी प्रदेशको सुरक्षा अवस्था र निर्वाचनलक्षित योजनाका विषयमा प्रस्तुतीकरण दिएका थिए। प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि भएको तयारीको प्रशंसा…
काठमाण्डौं । स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ। बिमा गरेबापतको रु एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए। उनले बिमा कार्यक्रमअन्तर्गत रु तीन हजार ५०० बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने वार्षिक कुल रु एक लाख बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको बताए। बोर्डले रु २५ हजार ओपिडी सेवा र रु ७५ हजार अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको सूचना अधिकारी मल्लले बताए। स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानका आधारमा…
काठमाण्डौं । जारी आईसीसी पुरुष टी–२० विश्वकपमा पहिलो खेलमा सानदार प्रदर्शन गरे पनि इंग्ल्यान्डसँग हार बेहोरेको नेपाल आज ( बिहीबार ) दोस्रो खेल इटालीसँग खेल्दै छ। इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्न चाहन्छ। भारतस्थित मुम्बइको वानखेडे क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुने खेलमा पहिलोपटक विश्वकप क्रिकेट खेलिरहेको इटाली टोली पनि अनुभवी टोली नेपाललाई हराउने रणनीतिमा हुनेछ। नेपाल भने तेस्रोपटक विश्वकप क्रिकेटमा सहभागी भएको हो। यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप क्रिकेट खेलिसकेको छ। नेपालले पहिलोपटक विश्वकप खेल्दा हङकङलाई ८० रन र दोस्रो खेलमा अफगानिस्तानलाई ९ रनले…
काठमाण्डौं । सन् २०२४ मा भएको विद्रोहका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत भागेपछि बंगलादेश पहिलोपटक आज निर्वाचन हुँदै छ। बंगलादेशी सञ्चारमाध्यमका अनुसार देशभर मतदान सुरु भइसकेको छ र यो स्थानीय समयअनुसार अपराह्न ४स्३० बजेसम्म जारी रहनेछ। जारी मतदानमा नयाँ सरकार चयन गर्न बंगलादेशका १२ करोडभन्दा बढी मतदाता सहभागी भइरहेका छन्। सरकारी कर्मचारीका सन्तानलाई आरक्षण दिने नीतिविरुद्ध विद्यार्थीको आन्दोलन चर्किएपछि सन् २०२४ अगस्ट ५ का दिन तत्कालीन प्रधानमन्त्री हेलिकप्टर चढेर भारत भागेकी थिइन्। अहिले पनि उनी भारतकै अज्ञात स्थलमा छिन्। हसिनाले देश छाडेपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा गठन गरिएको अन्तरिम सरकारले चुनाव गराएको हो। १४ सय जनाको…
पश्चिम नवलपरासी । अतिक्रमणमा परेको नवलपरासीको सुस्तामा कुनै सीमास्तम्भ छैन्, सीमास्तम्भ नभएकै कारण भारतले सुस्ताको कुल भुभागको एक तिहाइ भूमि अतिक्रमण गरिसकेको छ । बाँकी भूमिलाई विवादित जमिन भन्दै वर्षौदेखि जोतभोग गर्न दिएको छैन । जसले गर्दा सुस्ताबासीको अधीनमा चार भाग भूमिको एक भाग मात्र रहेको छ । सिमास्तम्भ नहुँदा सिमलको रुखलाई सिमास्तम्भ मानेर भारत र नेपालतर्फको भूभाग छुट्याइएको छ । २०६० सालमा सिमासम्बन्धी विवाद भारतले उठाएपछि झन्डै पाँच वर्षपछि २०६५ सालमा नवलपरासीको तत्कालीन प्रमुख जिल्ला अधिकारी गोविन्द खनाल नेतृत्वको टोली र भारतीय अधिकारीबिच सहमतिमै सिमलको रुखलाई आधार मानेर नेपाल–भारत सिमा छुट्याइएको हो । सुस्ताको थारुटोल उत्तरपूर्व पर्ने ठुलो सिमलको…
काठमाडौं, । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनाको जग्गामा अवैध उत्खनन गरी ५८ करोड ६२ लाख रुपियाँभन्दा बढी राजस्व चुहावट गरेको अभियोगमा बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापासहित १२ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । परियोजनाको व्यवस्थापनमा रहेको जग्गामा माछा पोखरी निर्माण गर्ने बहानामा ४७,००,२८५।१७ घनमिटर वन पैदावार ९ढुङ्गा, गिट्टी, बालुवा० उत्खनन गर्दा प्रचलित वन नियमावली बमोजिमको रोयल्टी असुल नगरी भ्रष्टाचार गरेको आयोगको ठहर छ । तत्कालीन श्री ५ को सरकारद्वारा जारी गठन आदेश र राजपत्रमा प्रकाशित सूचना बमोजिम उक्त वन क्षेत्र संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने भए पनि बागमती नगरपालिकाले क्षेत्राधिकार मिचेर निर्णय गरेको अनुसन्धानबाट खुलेको…
दोलखा । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि अरूको भन्दा कर्णप्रिय, जमिन र आकाशभेदी विकासे सङ्कल्पसहित घोषणापत्र बनाउन व्यस्त राजनीतिक दललाई माटो खेलाएर जीविका चलाउनुपर्ने मतदाताले यस पटक फरक सर्त अघि सारेका छन् । विभिन्न जिल्लामा बाँदर आतङ्ककै कारण बस्ती उठीवास र खेतीपाती बन्द गर्नु परिरहेको अवस्थामा दोलखाको तामाकोशी नदीतटीय क्षेत्रका मतदाताले बाँदर धपाइदिने दल र उम्मेदवारलाई मात्र भोट दिने बताएका छन् । बिगु, गौरीशङ्कर, कालिञ्चोक, वैतेश्वर, तामाकोशी, मेलुङ, शैलुङ गाउँपालिका र भीमेश्वर नगरपालिकाको तल्लो भेगमा खेतबारीमा बाँदरले खेती सखाप पार्दा किसान आतङ्कित छन् । न बाँदर मार्न पाइन्छ न त नियन्त्रण गर्ने उपाय नै काम लागेको छ । यो अवस्थामा किसानले बाँदर धपाइदिने प्रतिबद्धता…
काठमाण्डौं । नेपाल कानुन आयोगले संविधान पुनरावलोकनका लागि भइरहेको अध्ययनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ। आयोगका उपाध्यक्ष लक्ष्मीप्रसाद मैनाली र सचिव इन्दिरा दाहाल ( भट्टराई ) सहितको टोलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीलाई भेटेर आयोगले संविधान पुनरावलोकनका विषयमा गरिरहेको अध्ययनबारे जानकारी गराएको हो। नेपालको संविधानमा हरेक १० वर्षमा पुनरावलोकन गरिने व्यवस्थाबमोजिम आयोगले त्यससम्बन्धी अध्ययन थालेको सचिव दाहालले जानकारी दिइन्। यसका लागि उपाध्यक्ष मैनालीको नेतृत्वमा अध्ययन समिति पनि गठन गरिएको थियो। आयोगको टोलीले प्रधानमन्त्री कार्कीसमक्ष कानुनी शब्दकोश पुस्तक पनि अर्पण गरेको छ। विसं २००९ को बुच कमिसनको सिफारिसअनुसार २०१० सालमा स्थापना भएको यो संस्था नेपालका पुराना सार्वजनिक निकायमा…
म्याग्दी । पशुलाई महामारीजन्य रोगबाट जोगाउनका लागि जिल्लामा पशुमा पूर्णखोप अभियान सञ्चालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका छवटै स्थानीय तहका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको हो । चालु आर्थिक वर्ष २०८२र८३ मा पशुमा पूर्ण खोप कार्यक्रममार्फत करिब ९० हजार गाई, भैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोगविरुद्ध पाँच प्रकारका खोप लगाउने लक्ष्य रहेको केन्द्रका प्रमुख गोपाल गिरीले जानकारी दिए । करिब ११ हजार घरपरिवार किसानले पालेका १४ हजार १५९ गाई, २३ हजार ३२६ भैँसी, ४७ हजार १८६ बाख्रा, १४ हजार ७९१ भेडा, एक…
नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) ले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेको कार्यक्रममा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको छ। रास्वपाले आज जिल्लामा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रमु आयोजना गर्ने सूचना प्राप्त भएको भन्दै प्रशासनले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषन राज भण्डारीद्वारा हस्ताक्षरित पत्रमा प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगद्वारा २०८२ माघ १४ गतेदेखि नै निर्वाचन आचारसंहिता लागु भइसकेको स्मरण गराइएको छ। प्रशासनले जारी गरेको सूचनामा भनिएको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क