Author: Editor
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । उनी झापाबाट काठमाडौँ आएका हुन्। उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको भीड लागेको छ। उनलाई स्वागत गर्न दुर्गा प्रसाईं, राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का नेता कमल थापालगायतका समर्थकहरू विमानस्थलमा भेला भएका छन्। प्रशासनले विमानस्थलमा निषेधाज्ञा जारी गरेको भएपनि समर्थकहरुको भीड लागेको छ। विमानस्थल वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ।
रुपन्देही । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गाउँ–सहरमा चुनावी प्रचार तीव्र बन्दै गएको छ । राजनीतिक दल र उम्मेदवारहरू मत माग्न गाउँ गाउँमा पुगेका छन् । गाउँ–गाउँमा राजनितिक दल तिनका उम्मेदवार निर्वाचन प्रचारको लागि गाउँ गाउँ व्यस्त छन् । तर युवा मतदाता गाउँमा कम नै छन् । रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं ८ का स्थानीय युवा पवन ज्ञवालीले युवा अहिले गाउँमा निकै नै कम भएको बताए । युवा उद्यमी समेत रहेका ज्ञवालीले यहाँका युवाहरु १२ कक्षा पास भईसकेपछि युरोप, अमेरीका, जापान, क्यानडा, अष्ट्रेलिया जाने भएकाले पनि युवाहरु गाउँबस्तीमा निकै कम भएको ज्ञवालीले बताए । उनले भने,…
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै जनयुद्धका स्मृति ताजा भएको बताए। “यसवर्षको जनयुद्ध दिवस मेरो लागि विशेष छ । रुकुम पूर्वमा आएर जनयुद्ध मनाउँदै गर्दा जनयुद्धका ती सबै स्मरण ताजा भएर आएका छन्,” उनले भने, “जनयुद्धमा यहाँका जनताको उत्प्रेरणाबाट नै हामीले ऊर्जा पाएका थियौँ ।” उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला तथा आदिवासी जनजातिको योगदान निर्णायक रहेको उल्लेख गरे । “यहाँका गरिब, महिला, आदिवासी जनजातिले रगत नबगाएको भए हामी आज समावेशी र समानुपातिक गणतन्त्रमा हुने थिएनौँ,” उनले भावुक हुँदै भने, “म यहाँ आउँदा अलिकति भावुक र उल्लेखित भएको छु…
काठमाडौं । नेकपा ९एमाले० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं फर्किएलगत्तै चुनावी घोषणापत्रलाई अन्तिम रूप दिन व्यस्त भएका छन् । चुनावी अभियानमा एक साता झापा बसेर हिजोमात्रै फर्किएका ओली आज विहानैबाट घोषणापत्रलाई अन्तिम रुप दिन सक्रिय भएका हुन् । एमालेले यसअघि नै घोषणापत्रमा समेट्नुपर्ने विषयबारे पार्टीका नेता तथा कार्यकर्ताहरुसँग सुझाव मागेको थियो । सोहीअनुसार घोषणापत्र तयार पारिएको जनाईएको छ । तर, अध्यक्ष ओलीले उक्त घोषणापत्रको अध्ययन गरिरहेकोले सोहीअनुसार सम्पादन गरिने जनाईएको छ । निर्वाचन आयोगले भने यही फागुन ३ गतेभित्रै घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा बुझाउन भनेको छ । नेपाली कम्युनिष्ट पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको…
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०ले रुकुमपूर्वमा आज ३०औँ जनयुद्ध दिवस मनाउँदै छ । जनयुद्धको सुरुआत भएको रुकुमपूर्वमा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र रुकुमेलीसँग जनयुद्ध दिवस मनाउन पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ रुकुमपूर्व पुगेका छन् । विसं २०५२ फागुन १ गते तत्कालीन माओवादीले सुरु गरेको जनयुद्ध दश वर्षसम्म चलेको थियो । जनयुद्धका प्रमुख नेता प्रचण्ड पहिलोपटक रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउन आएका हुन् । रुकुमपूर्व जनयुद्धको उपलब्धि सङ्घीयतापछि बनेको कान्छो जिल्ला हो । सङ्घीयताले जन्माएको रुकुमपूर्वबाट उनी प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । भूमे गाउँपालिका–२ खाबाङ बगरमा आज आयोजना हुने जनयुद्ध दिवसमा नेकपाका संयोजक प्रचण्डले सहिद परिवारलाई सम्मान…
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बिहीबारदेखि पाँचौ संस्करणका न्यायिक सहजकर्ताहरुलाई परिचालन गर्दैछ । यसका लागि सार्वजनिक सूचना प्रकाशन गरेर कानुन विषयमा स्नातक तह तेस्रो वर्ष पूरा गरिसकेका इच्छुक विद्यार्थीहरुलाई सहजकर्ताका रुपमा छनोट गरिएको छ । यस चरणका लागि ११४ जना आवेदकले निवेदन पेश गरेका थिए । जसमध्ये ११० जनाको आवेदन प्रमाणीकरण भएको थियो । कागजात प्रमाणीकरण भएकामध्ये ९४ जना अन्तर्वार्तामा आएका थिए । अन्तर्वार्ता प्रक्रियाबाट ३५ जनालाई छानिएको हो । यी सहजकर्ताहरुलाई सबै वडा र केन्द्रमा खटाइनेछ । उहाँहरुलाई महानगरपालिकाले मासिक १५ हजार रुपियाँ सुविधा उपलब्ध गराउनेछ । पाँचौँ संस्करणसम्म आइ पुग्दा ७५ हजार १९९ जना सेवाग्राहीले निःशुल्क कानुनी तथा प्रशासनिक…
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन’ पेस गर्नुहुने भएको छ ।मध्याह्न १२ः१५ बजे हुने बैठकमा प्रधानमन्त्रीले उक्त प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दहालले ‘सङ्घीय एकाइहरुबीच विधायिकी अन्तरः सम्बन्ध अध्ययन प्रतिवेदत, २०८२’ र ‘बालबालिकासम्बन्धी ऐन, २०७५ मा रहेका बालसहभागितासम्बन्धी प्रावधानहरुको कार्यान्वयन मापन प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची छ । बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल…
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी अन्तिम अवस्थामा पुगेको जनाएको छ । कोषले बिहीबार पत्रकार सम्मेलन गर्दै व्यवस्थापन र तयारीबारे यस्तो जानकारी दिएको हो । कोषका अनुसार शिवरात्रिका दिन ट्राफिक व्यवस्थापन, दर्शनार्थीका लागि चार वटा लाइनबाट दर्शन गर्ने तथा सुरक्षा लगायतको व्यवस्था मिलाइएको छ । फागुन २ गते महाशिवरात्रि पर्व परेको छ । महाशिवरात्रि पर्व– २०८२ व्यवस्थापन तयारीबारे बिहीबार कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यो वर्ष शिवरात्रिका दिन ८ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्न सक्ने र चार हजार साधुसन्तहरु सहभागी हुनेछन् ।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन आउन तीन सातामात्र बाँकी हुँदा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका नाममा राजावादीहरूले एकाएक सक्रियता बढाएका छन् । हाल झापामा रहेका पूर्वराजा शाह शुक्रबार काठमाडौँ फर्किने तय भएसँगै राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागतको तयारी गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आउने कार्यक्रम सार्वजनिक भएपछि राजावादी समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको तयारी थालेका छन्। शुक्रबार दिउँसो १२ बजे विमानस्थलमा भेला भएर स्वागत गर्न आह्वान गरिएको छ। राजावादीको उक्त तयारीलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सम्भावित सुरक्षा चुनौतीको मूल्याङ्कन र विश्लेषण सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटभित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरेको…
काठमाडौं। मित्रराष्ट्र भारतले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई थप गाडी उपलब्ध गराएको छ । आज सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारलाई ती गाडी हस्तान्तरण गरेका हुन् । आज भारतले २३२ गाडी नेपाललाई दिएको हो। भारतले दिने ५३८ मध्ये ३०० वटा गाडी प्रहरीलाई दिनेछ। बाँकी २३८ वटा भने विभिन्न सरकारी निकायलाई दिन लागेको जनाईएको छ । यस्तै, ५० वटा ट्रक भने नेपाली सेनालाई दिने भनिएको छ । ती ५० वटा ट्रक नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई प्रदान गरिएको नेपालस्थित् भारतीय दूतावासले जनाएको छ । सो अवसरमा गृहमन्त्री अर्यालले भारत सरकारलाई यो सहयोगको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क