Author: ट्रान्सपेरेन्टखबर

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताएका छन् । मन्त्रायले सोमबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को समीक्षा तथा प्रशंसा–पत्र वितरण कार्यक्रममा मन्त्री गुरुङले सूचना प्रविधिको विकास स्थानीय तहसम्मै व्यापक हुनुपर्नेमा जोड दिए । उनका अनुसार आइटी दिवसलाई सरकारले उत्सवका रुपमा मनाउनुपर्ने र युवा पुस्तालाई जति सक्दो प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । यो दिवस देशभर उत्सवका रुपमा मनाउनुपर्छ, नयाँ जनशक्तिको हौसला बढाउनका लागि थप गतिविधिहरु बढाउन आवश्यक छु, मन्त्री गुरुङले भने । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकारले डिजिटल…

Read More

काठमाडौं। काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणालाई धरौटीमा छाड्ने आदेश गरेको छ । न्यायाधीश शिवप्रसाद खनालको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो । गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनपछि पक्राउ परेका धवल उचारका लागि साधारण तारेखमा रिहा भएका थिए । नेता शमशेर आज बयानका लागि अदालतमा हाजिर भएका थिए । बन्दीप्रत्यक्षीकरणको टिममार्फत रिहा भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने हाल फरार छन् ।

Read More

काठमाण्डौं । पत्रकार दिलभुषण पाठकलाई कानून बमोजिमबाहेक पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन आदेश दिएको छ । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो । विद्युतीय कारोबार ९साइबर अपराध० मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो । आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठक उच्च अदालत पाटन पुगेका थिए । प्रारम्भिक सुनुवाइपछि नै उच्च अदालतले उनलाई पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार, तत्कालका लागि पत्रकार पाठकको पक्राउ रोकिएको छ । अदालत स्रोतका अनुसार यो आदेशअनुसार ५ गतेसम्म प्रहरीले पक्राउ…

Read More

सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतबहादुर थापालाई धरौटीमा छाड्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ । अवैध रूपमा ढुंगा, गिटी र बालुवा उत्खनन गरी वन पैदावारमा क्षति पुर्‍याएको तथा वन ऐनको उल्लंघन गरेको मुद्दामा न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले थापालाई ५० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिए । सूचना अधिकारी कापरका अनुसार थापा आइतबार नै अदालतमा हाजिर भएका थिए । थापाविरुद्ध ४७ लाख घनमिटर भन्दा बढी वन पैदावारमा क्षति पुर्‍याएको भन्दै एक अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो माग दाबी गर्दै मुद्दा दायर भएको थियो ।…

Read More

काठमाडौँ । सांसद प्रकाश ज्वालाले आगामी वर्षको बजेट मन्त्रीले कब्जा गरेको देखिएको बताएका छन् । उनले सोमबार प्रतिनिधिसभामा भएको बजेटको सैद्धान्तिक छलफलमा बोल्दै सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखिएको उनले बताएका हुन् । ‘यो बजेट मन्त्रीमुखी आएको छ । यसमा पनि सहरी विकासको बजेट मन्त्रीहरूले एकलौटी कब्जा गरेको देखिएको छ । मन्त्रीका बाउ आमा र पाटीका कार्यालय बनाउन पार्टीका नामका आयोजनामा बजेट समावेश छ,’ उनले भने, ‘मन्त्रीमुखी बजेटलाई कसरी समर्थन गर्न सकिन्छ यसमा हाम्रो घोर आपत्ति छ ।’ बजेट अर्थ राजनीतिको दस्ताबेज तथा जनतालाई डेलिभरी दिने अन्तिम औजार भएको र बजेटले पोलिसी डिपार्चर गर्ने आशा गरिएको थियो । तर…

Read More

काठमाडौँ । प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।सोमबार सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् । आजको बैठक पनि विपक्षी दलहरुको अवरोधकाबिच सञ्चालन भएको थियो । भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० ले नाराबाजी गरेको थियो । जेठ १३ गतेदेखि संसद्‌मा अवरोध हुँदै आएको छ ।

Read More

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो भएको औँल्याएका छन् । धुलाबारी खानेपानी उपभोक्ता समितिको थप नयाँ ओभरहेड ट्याङ्की निर्माणको आज शिलान्यस गर्दै महामन्त्री शर्माले मुलुकमा सबै समस्याको समाधान गर्ने नेतृत्वको जरुरी भएको बताए । उनले प्रत्येक चुनावले नयाँ सरकार बनाउने तर प्रधानमन्त्री चाहिँ पुरानै व्यक्ति हुने परिपाटीले नागरिकमा गुनासो र असन्तुष्टि बढिरहेको बताए । “यो दल, ऊ दल, यो गुट र ऊ गुटको होइन सिङ्गो राष्ट्रको अभिभावकको जरुरी छ,” उनले भने, “अब त्यसको हल हामी गर्छौं ।”महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८३ सालपछि अभिभावकीय…

Read More

रौतहट । आम जनता पार्टी ( आजपा )  का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई मलखाद्य नदिएर सरकारले आपराध गरिरहेको बताएका छन् । रौतहटको कटहरियामा आज ९सोमबार० बसेको आजपाको रौतहट जिल्ला कमिटीको विशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिले धानबाली लगाउने समयमा मल नदिएर सरकारले किसानलाई जिउँदै मारिरहेको बताए । ‘अहिले धानवाली लगाउँने महत्वपूर्ण समय छ । यो कुरा सरकारमा बस्नेहरुलाई पनि थाहा छ । किसान अहिले मलखाद्य, विउबिजनको जोहो गरिरहेका छन् । तर यो अन्धो सरकारले किसानको पिडा देखिरहेको छैन् । किसानमारा सरकारलाई किसानको आशुले पोल्छ,’ आजपा अध्यक्ष साहले भने, ‘किसानलाई मलखाद्य, बिउविजन उपलब्ध गराउँने जिम्मेवारी केन्द्रीय सरकारको हो,…

Read More

काठमाण्डौं । प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को अवरोधबीच आज पनि प्रतिनिधि सभा बैठक कार्यसूचीमा अघि बढेको छ। सरकारले जेठ १५ गते बजेट ल्याएको भए पनि आइतबारदेखि मात्रै संसदमा त्यसमाथिको सामान्य छलफल सुरू भएको थियो। यसबीचमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउन माग गर्दै सबै प्रतिपक्षीले बैठक अवरूद्ध गरेको थियो। शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा ( माओवादी केन्द्र ) ले भने सत्तापक्षसँग दुई बुँदे सहमति गरी बैठक सञ्चालन गर्ने सहमति गरेपछि आइतबारदेखि संसदमा रास्वपा र राप्रपामात्रै विरोधमा छन्। विरोधकाबीच सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गरेपछि राप्रपाले बहिष्कार गरेको छ।…

Read More

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  ले आज पनि प्रतिनिधि सभामा नाराबाजी गरेको छ। सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाको सांसदहरूले उठेर विरोध गरेका थिए। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसाको आवरणमा राज्य संयन्त्रले नीति बनाएर मानव बेचबिखन गरिरहेको भन्दै छानबिन हुनुपर्ने अडान दोहोर्‍याएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्य जनताको लागि हो कि शासकहरूको लागि रु भन्दै प्रश्न गरे । उनले आफ्नो नागरिकलाई तस्कर गर्ने राज्यलाई जवाफदेहिता कसले बनाउने भन्दै प्रश्न दोहोर्‍याए । सङ्ख्याको दम्भ नदेखाउन भन्दै परियारले यो विषयमा आफूहरू गम्भीर भएर लागेको बताए । गृह प्रशासनकै मिलेमतोमा मानव तस्करी…

Read More