Author: Editor

काठमाडौं । सरकारले नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य मानिएका पूर्वी युरोपेली मुलुकसँग द्विपक्षीय श्रम सम्झौताको प्रक्रिया तीव्र पारेको छ । राम्रो कमाइ र मानवअधिकारको सुनिश्चितता हुने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले क्रोएसिया, माल्टा लगायत १६ वटा देशसँग सम्झौताका लागि औपचारिक प्रस्ताव पठाएको हो । श्रम मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेका अनुसार रोजगारीको राम्रो वातावरण भएका ती देशहरूमा संस्थागत रूपमै नेपाली पठाउने उद्देश्यले गृहकार्य भइरहेको छ । परराष्ट्र मन्त्रालय र सम्बन्धित देशमा रहेका नेपाली दूतावासमार्फत छलफल तथा पहल अघि बढाइएको घिमिरेले जानकारी दिए । उनले सम्झौताको खाका र अनुरोधसहितको प्रस्ताव सम्बन्धित मुलुकहरूमा पठाइसकिएको भन्दै छिट्टै परिणामुखी सम्झौता हुने विश्वास व्यक्त…

Read More

काठमाण्डौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत आज ( आइतबार ) समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल दुईपटक विश्वकप जितेको वेस्ट इन्डिजसँग भिड्दै छ। भारतको मुम्बईस्थित वानखेडे रगंशालामा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। यसअघिका २ खेलमा लगातार पराजित नेपाली क्रिकेट टोली आज बलियो टोली वेस्ट इन्डिजलाई हराउँदै पहिलो जित दर्ता गराउने दाउमा हुनेछ। पहिलो खेलमा इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भए पनि नेपालको प्रदर्शनको प्रशंसा भएको थियो। तर दोस्रो खेलमा नेपालले इटालीसँग १० विकेटको फराकिलो हार बेहोर्‍यो। जसलाई लज्जास्पद अवस्था मानियो। आजको खेल पनि हारेमा नेपाल सुपर ८ पुग्ने सम्भावना सकिनेछ। उता वेस्ट इन्डिज भने आज नेपाललाई जिते…

Read More

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको आयोगले जनाएको छ । आजदेखि सुरु भएको सो कार्यक्रम यही फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा सञ्चालन हुनेछ । त्यसका लागि एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुनेछन् । आयोगका अनुसार…

Read More

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन विशेष निर्देशन दिएका छन् । महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा आज सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाका सकल दर्तालाई शुभकामनासहित सम्बोधन गर्दै उनले नेपाली सेनाले विभिन्न क्षेत्रहरुमा निर्वाह गर्दै आइरहेको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गर्ने क्रममा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन समेत विशेष निर्देशन दिए । उनले नेपालको गौरवमय गाथा, परम्परा, सस्कृति, चिन्न, गौरव गर्न तथा इतिहासका पाठहरुबाट सिक्न सबै सैनिक तालिममा नेपाल र नेपालीको इतिहास अध्ययन र अध्यापन गराउन समेत निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । आजै आयोजित एक फरक…

Read More

काठमाडौँ । सार्वभौम सत्ताको रक्षा, राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारी । आगलागी होस् या बाढी, हुरी चलोस् वा खडेरी, विपत्ति, सङ्कट वा जुनसुकै दुर्घटना सुखदुःखको साथी नेपाली सेना । विक्रम संवत् १८१९ मा स्थापना भएको नेपाली सेना अनेकौँ गौरवपूर्ण गाथा र सुनौला इतिहास अक्षुण्ण राख्दै २६३ औँ वर्षमा प्रवेश गरेको छ । महाशिवरात्रि पर्व तथा सेना दिवसको विशेष अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा २६३ औँ स्थापना दिवस आयोजना गरिएको छ । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले स्थापना गरेको नेपाली सेनाले आफूलाई एक सुरक्षा सङ्गठनका रूपमा मात्र नभई राष्ट्रिय एकता कायम राख्दै आमनागरिकको सबैभन्दा विश्वास र भरोसायोग्य…

Read More

काठमाडौँ । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका सदस्य प्रा। डा। देवमणि…

Read More

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने साधुसन्तलाई प्रदान गरिने सामग्रीको सङ्कल्प गरेका छन्। प्रत्येक वर्ष फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिमा विश्वका विभिन्न स्थानबाट पशुपतिनाथ आउने साधुको बिदाइमा दिइने सामग्री एकादशीका दिन बिहान सङ्कल्प गर्ने परम्परा छ। सङ्कल्पमा लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणासहित २१ प्रकारका सामग्री समावेश गरिएको गुठी संस्थानका प्रवक्ता एवं कानुन अधिकृत जनक पोखरेलले राससलाई जानकारी दिए। सङ्कल्प गरिएको सामग्री मूल साधुलाई दिने गरिएको छ। संस्थानको स्थापना भएदेखि नै महाशिवरात्रिका अवसरमा पशुपतिमा आउने साधुसन्तको धुनी, खाना र बिदाइस्वरुप दक्षिणाको व्यवस्थाको जिम्मेवारी पूरा गर्दै आएको छ। पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि फागुन…

Read More

काठमाडौँ । मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब काठमाडौँ उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइको काम भइरहेको छ । आयोगका अनुसार, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १ सय ३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न भएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए । डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ( पश्चिम भाग ) , सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ,…

Read More

ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री कार्कीले मुख्य निर्वाचन अधिकृतसहित स्थानीय सुरक्षा प्रमुखलाई निर्देशन दिनुहुँदै प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । निर्वाचनको तयारी तथा वातावरण र सुरक्षा अवस्थाबारे जानकारी लिन शुक्रबार ताप्लेजुङको भ्रमणमा आउनुभएकी प्रधानमन्त्री कार्कीले देशभर निर्वाचनको माहोल बनिसकेको बताउनुभयो । जिल्लास्थित निर्वाचनसम्बद्ध पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री कार्कीले सम्भावित चुनौतीलाई दृष्टिगत गरी निर्वाचन सुरक्षा र यसको व्यवस्थापनमा ध्यान केन्द्रित गर्न सुझाउनुभयो । छिमेकी देश भारतको सिक्किम र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ताप्लेजुङमा रहेका संवेदनशील…

Read More

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको र आइतबारसम्म सबै छपाइ सम्पन्न हुने जानकारी दिए। उनले भने, “आज बिहानसम्ममा छ प्रदेशको मतपत्र छपाइ सम्पन्न गरेर बागमती प्रदेशका लागि आवश्यक मतपत्र छपाइ सुरु गरेका छौँ । कुल दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा एक करोड ७३ लाख मतपत्र छपाइ सम्पन्न भएको छ । आइतबारसम्म बाँकी ३० लाख मतपत्र छपाइ गरेसँगै सबै मतपत्र छपाइ सम्पन्न हुनेछ…

Read More