Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो । ‘शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो । दुई दिन आउजाउमा समय गयो । परीक्षण ढिला सुरु भयो । अब नतिजा तेस्रो साताभन्दा अगाडि सम्भव छैन’, परीक्षा नियन्त्रक डा। गणेशप्रसाद भट्टराईले भने । अहिले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको उनले बताए । बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर काम गरिरहेका छौं।…

Read More

काठमाण्डौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो पार्टीले सत्तापक्ष र प्रतिपक्ष दुवैको भूमिका खेल्नुपर्ने अवस्था रहेको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले संख्याले माओवादी प्रतिपक्ष भए पनि अहिलेको परिस्थितिमा सत्तापक्षको पनि भूमिका खेल्नुपर्ने अवस्था रहेको बताएका हुन्। संख्याले त हामी प्रतिपक्ष नै हो। तर इतिहासको विरासत र जिम्मेवारीको दृष्टिकोणले हामीले एकैसाथ सत्तापक्ष र प्रतिपक्षको पनि भूमिका खेल्नुपर्ने विचित्रको स्थिति नेपालको राजनीतिमा छ, उनले भने। भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले त्यही दायित्वबोध गरेर दुई बुँदे सहमति गरेको प्रचण्डले बताए। यो रूपले हेरियो भने प्रचण्डले अहिले चालेको कदम गम्भीर र जिम्मेवारपूर्ण रहेछ र देशलाई दुर्घटनाबाट…

Read More

काठमाण्डौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन्। मंगलबार बिहान उनी अदालतमा हाजिर भएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार मिश्रको आजै सुनुवाइ हुनेछ। उनको न्यायाधीश तारादेवी महर्जनको इजलासमा बयान र थुनछेक हुनेछ। उहाँ हाजिर भएर अहिले बयान र थुनछेक हुँदैछ,’ सूचना अधिकारी श्रेष्ठले भने। चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलनमा मिश्रविरूद्ध जेठ ११ गते सरकारी वकिलको कार्यालय काठमाडौंले राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो। सरकारी वकिलले उनीसहित ६१ जनाविरूद्ध मुद्दा दायर गरेको थियो। ११ जनाविरूद्ध आपराधिक उपद्रव र बाँकी ५० जनाविरूद्ध राज्यविरूद्धको कसुरमा मुद्दा दायर…

Read More

म्याग्दी । बेनी नगरपालिका(२ खबराको हंशबाहिनी आधारभूत विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थीको सङ्ख्या बराबर छ। दुई जना दरबन्दीका शिक्षक, एकरएक बालविकास सहयोगी र कार्यालय सहयोगी रहेको विद्यालयमा विद्यार्थी सङ्ख्या चार छ। कक्षा तीनसम्म पठनपाठनको अनुमति पाएको विद्यालयको कक्षा २ मा एक जना पनि विद्यार्थी छैनन्। बाल कक्षामा दुई, कक्षा १ र ३ मा एकरएक जना विद्यार्थी रहेका प्रधानाध्यापक सरस्वती नेपालीले बताइन्। उनका अनुसार गत शैक्षिकसत्रको सुरुमा २२ जना विद्यार्थी रहेकामा बर्खे बिदापछि ११ जनाले विद्यालय परिवर्तन गरेका हुन्। कक्षा ५ का एक जना उत्तीर्ण भएपछि अर्को विद्यालयमा गएका छन्। विद्यार्थीका अभिभावकले पनि विद्यालय परिवर्तन गराएपछि सङ्ख्या घट्दै गएको हो, उनले…

Read More

काठमाण्डौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशका पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। ती प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भागका हिमपातको सम्भावना छ। महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने…

Read More

सिन्धुपाल्चोक। खानेपानी मन्त्री प्रदीप यादवले यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौँवासीका घरघरमा वितरण हुने बताएका छन् । सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी ट्याङ्कीको स्थलगत अनुगमनपश्चात् उनले वर्षात्को समयमा पनि काठमाडौँवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताए । उनले भने, “काठमाडौँमा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी ट्याङ्कीको सफल परीक्षण भएको छ । वर्षायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै वैकल्पिक उपाय स्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौँमा आपूर्ति गर्ने व्यवस्था गरेका छौँ ।” वर्षायाममा रिबर्माको पानी मेलम्चीको सुरुङमार्गबाट पठाइने भएपछि अब निर्वाध रूपमा मेलम्चीको पानी बाह्रैमास उपत्यकावासीलाई उपलब्ध गराइने मन्त्री…

Read More

काठमाडौं। स्कटल्यान्ड टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल तेस्रो सुपर ओभरमा २ विकेटले पराजित भएको छ। योसँगै नेदरल्यान्ड्सले २ अंक जोडेको छ। नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनाएको थियो। योसँगै खेल पहिलो सुपर ओभरमा प्रवेश गर्‍यो। पहिलो सुपर ओभरमा कुशल भुर्तेलले २ छक्का र १ चौकासहित १८ र कप्तान रोहिकुमार पौडेलले १ रन थप्दा नेदरल्यान्ड्सले २० रनको लक्ष्य पाएको थियो। तर, करण केसी महंगो साबित हुँदा नेदरल्यान्ड्सले ६ बलमा १९ रन बनाउँदा खेल दोस्रो सुपर ओभरमा धकेलियो।दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले १८ रनको लक्ष्य दिएको थियो। दीपेन्द्रसिंह ऐरीले १ छक्का र १…

Read More

काठमाण्डौं । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः०० बजे प्रतिनिधि सभाको बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो । सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ । लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची…

Read More

कावासोती । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । चुरे संरक्षण दिवस २०८२ का अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । राष्ट्रपति पौडेलले राष्ट्रपति चुरे–तराईरमधेश संरक्षण विकास समिति गठनको उद्देश्य अनुरूपका उपलब्धि हासिल भएरनभएको समीक्षा गरी यसतर्फ सम्बन्धित सबै पक्ष गम्भीर हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत गल्छी, पहिरो तथा खहरे रोकथाम, तालतलैया तथा सिमसार व्यवस्थापन, पोखरी निर्माण, नदी उकास जग्गा संरक्षण तथा वृक्षरोपण, कृषि वन कार्यक्रम, संवेदनशील क्षेत्र संरक्षणलगायतमा केही काम भए पनि राष्ट्रपति चुरे–तराईरमधेश संरक्षण विकास समिति जुन उद्देश्य अनुसार गठन भएको…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् । विश्वविद्यालयका पदाधिकारीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी गराएका हुन् । विश्वविद्यालयका निमित्त उपकुुलपति प्रा. डा.खड्ग केसीले कुलपति ओलीलाई विश्वविद्यालयमा सुरक्षा व्यवस्था सुदृढ गरी शान्तिपूर्ण वातावरण बनाउनुुपर्ने लिखितपत्र प्रस्तुत गर्दै आफूहरुले तोडफोडमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेका दोषीहरु रिहा गरिएकोमा चिन्ता व्यक्त गरे । असुरक्षाका कारण हाल विश्वविद्यालयका पदाधिकारीले कीर्तिपुर बाहिरबाटै सेवा सञ्चालन गरिरहेको अवगत गराए…

Read More