Author: ट्रान्सपेरेन्टखबर
काठमाडौँ । प्रतिनिधि सभा बैठक यही असार ५ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ । मंगलबार सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । मंगलबार केही समय बसेको बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । पछि साढे चार बजे बस्ने गरी सूचना टाँस गरिएको थियो । तर, सो समयमा पनि बैठक नबसेपछि सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर असार ५ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो । दलहरूबिच भिजिट भिसा प्रकरणमा सहमति जुट्न सकेको छैन । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएका छन् । यसअघि…
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद् अवरोध जारी राखेका छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा दुवै पार्टीका सांसदहरूले उठेर विरोध जनाएका हुन्। सभामुखले सदनको कारबाही सुरु गरेसँगै उनीहरुले उठेर विरोध जनाए। सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्की भण्डारीलाई बोल्न समय दिएपछि उनले भिजिट भिसाको आवरणमा ट्राभल एजेन्सी, एयरलाइन्सहरु, अध्यागन विभाग र गृह मन्त्रालयसमेत संलग्न रहेको भन्दै मानव तस्करी भएको दाबी गरिन्। उनले यसले नेपालको इज्जत र गरिमा धुमिल बनाएको बताइन्। अपराधिक क्रियाकलापविरुद्ध रास्वपाले निरन्तर आवाज उठाइरहेको तर सरकारले गम्भीरतापूर्वक नलिएको उनको गुनासो छ।२०६४ सालदेखि यो समस्या रहेकाले यसको जालो अब च्यात्नुपर्ने बेला आएको पनि…
काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठक ३० मिनेटलाई स्थगित भएको छ। बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदले विरोध जनाएका थिए। लगत्तै सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद चन्दा कार्की भण्डारीलाई बोल्न दिएका थिए। उनले बोले लगत्तै कांग्रेस प्रमुख सचेतकले रास्वपाका सांसदहरूले आज निलो रिबन लगाएर जनाएको विरोधमा नियमापत्ति जनाए। त्यसपछि सभामुख घिमिरेले आजै ३० मिनेटपछि बस्ने गरी बैठक स्थगित भएको सूचना सुनाए। रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आइरहेका छन्।
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको रास्वपाका सांसदहरूले ‘निलो रिबन’ लगायत विरोध गरेका छन् । भिजिट भिसाको आवरणमा मानव तस्करी भएको आरोपको आरोप छ। यही विषयमा छानबिन र संलग्नलाई कारबाही हुनुपर्ने भन्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ । आज पनि प्रतिनिधि सभाको बैठकअघि रास्वपाका सांसदहरूले संसद् भवनअघि सामूहिक फोटो खिचाए । यही सामूहिक तस्बिर राखेर कार्यवाहक अध्यक्ष डिपी अर्यालले फेसबुकमा लेखेका छन्, ‘आन्दोलन जारी छ।’ मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउने भएकाले सबै सांसदले संघीय सदनमा निलो रिबन लगाएर ‘मानव तस्करी’ को विरोध गरेको प्रवक्ता…
गलकोट ( बागलुङ ) । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले दिगो आर्थिक रुपान्तरणका लागि योजनाबद्ध ढङ्गले काम गर्न आवश्यक रहेको बताएका छन् । वितरणमुखी बजेटले राज्यको समृद्धि नआउने भएकाले दीर्घकालीन रुपमा आम्दानी बढाउने क्षेत्रमा राज्यले लगानी गर्न आवश्यक रहेको उनले बताए । नेपाल प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले संसद् अकारणमा अवरुद्ध गर्ने परिपाटीको अन्त्य गर्न आवश्यक रहेकोमा जोड दिए । बजेटमाथि छलफल गर्दा पछि कार्यान्वयनमा सहज हुने उनको भनाइ छ । लोकप्रियताका लागि ल्याइएका योजना असफल बन्दा जनतामा निराशा छाउने भएकाले योजनाको दिगोपनामा ध्यान दिन आवश्यक रहेको उनले बताए । आर्थिक रुपान्तरणका…
काठमाडौँ । मन्त्रिपरिषद्ले गणेश बहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक ( एआईजी ) मा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एकजना मन्त्रीले बताए । जेठ १५ मा गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी नेतृत्वको बढुवा समितिले उनलाई डीआईजीबाट एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सशस्त्र प्रहरीमा वैशाख २ मा एआईजी चन्द्रप्रकाश ९सीपी० गौतम अवकाशमा गएसँगै उनको ठाउँ रिक्त थियो ।
ईलाम । सूर्योदय नगरपालिकाले सञ्चालन गरेको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिकसत्रका लागि ३२ जनासँग स्नातक तहको अध्ययनका लागि छात्रवृत्तिको सम्झौता गरेको छ। नगरपालिकाले गरिब, अध्ययनबाट टाढिएका तथा दीर्घरोगीका परिवारकी छोरीबुहारीलाई निःशुल्क उच्च शिक्षाको पहुँचमा ल्याउने उद्देश्यसहित करफोक बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययन गर्न सोमबार छात्रवृत्ति सम्झौता गरेको हो। सूर्योदय नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नवीन पौडेलका अनुसार वडाबाट सिफारिस भएका ३२ जना छोरीबुहारीसँग औपचारिक सम्झौता भइसकेको छ। प्रत्येक विद्यार्थीका लागि रु ३२ हजार ९०० का दरले रु १० लाख ५२ हजार ८०० क्याम्पसलाई प्रदान गरिने सम्झौता गरिएको हो। शाखा प्रमुख योगनिधि भट्टराईका अनुसार नयाँ तयार गरिएको…
काठमाण्डौं । इण्डोनेशियाको बानडङमा सन १९५५ मा बनेको असंलग्न परराष्ट्र नीतिको अवधारणामाथि काठमाडौंमा विज्ञहरुले चर्चा गरेकाछन । असंलग्न परराष्ट्र नीतिको अवधारणा बनेको ७० वर्षको उपलक्ष्यमा फ्रेण्ड्सन अन द क्लाउड नामक संस्थाले अन्तक्रिया आयोजना गरेको हो । कार्यक्रमका पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पररास्ट्र विद प्रा। डा। मोहन लोहनी, परराष्ट्र विद महेश भट्ट, पे्रmण्ड्सन अन द क्लाउका अध्यक्ष शोभित उप्रेती लगायतले वर्तमान बहुध्रुर्विय उन्मुख विश्व शक्ति, परिवर्तित भू–राजनीति र नेपालको अवस्थाबारे धारणा राखेका थिए । एमाले उपमहासचिव एवम पूर्व परराष्ट्र मन्त्री ज्ञवालीले असंलग्नता र पञ्चशील नेपालको विदेशी नीतिको मुल मन्त्र भएकाले शक्ति राष्ट्रको स्वार्थमा अल्झिन नहुने धारणा राखे । शक्ति राष्ट्रले…
काठमाडौँ । टिकटकमार्फत तथ्यहीन र भ्रामक सामग्री फैलाएको आरोपमा प्रहरीले ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार उनलाई जातीय तथा साम्प्रदायिक उत्तेजना फैलाउने आशंकामा पक्राउ गरेको जनाएको छ । ब्युरोका अनुसार बस्नेतले टिकटकमा नियोजित ढंगले तथ्यहीन र भ्रमपूर्ण सामग्री पोस्ट गर्दै प्रतिष्ठित व्यक्ति तथा संस्थामाथि लक्षित आक्षेप लगाएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले टिकटक लाइभमार्फत मधेशी समुदायलाई होच्याउने गरी बोलेको र उनका सामग्रीहरूबाट नकारात्मक धारणा फैलाउने तथा चरित्र हत्या गर्ने उद्देश्य देखिएको प्रहरीले जनाएको छ । उनले पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली र एमालेलाई लक्षित गर्दै टिकटक सामाग्री पोष्ट गरेकी थिइन्। उनले…
काठमाण्डौं । वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएको छ। यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा पहिरो खस्दा आज बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ। यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तीन ठाउँमा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका–२ कोदारी, वडा नं ३ लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो। यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलाको बाढीले डाइभर्सन नै बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क