Author: Editor

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा शेर्पा समुदायको उल्लेखनीय भूमिका रहेको बताएका छन् । नेपाल शेर्पा सङ्घद्वारा २१५३औँ ग्याल्पो लोसार ९नयाँ वर्ष० का अवसरमा आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । “नेपालको पर्यटन, पर्वतारोहणका क्षेत्रमा ख्याति कमाएका शेर्पा समुदाय इमान्दार, परिश्रमी र प्रकृतिप्रेमी जातिकारुपमा परिचित छन्, शताब्दीयौँदेखि नेपालको हिमाली क्षेत्रबाट फैलिएका यो जाति आज विश्वभर फैलिएर आफ्नो समुदायको मात्र नभएर नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नु खुशीको विषय हो”, राष्ट्रपति पौडेलले भने । हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संस्कृति रहेको नेपालका विभिन्न जातजातिमध्ये आफ्नै विशिष्ट परम्परा,…

Read More

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आसन्न निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र समावेशी तरिकाले सम्पन्न गर्न सरकार जिम्मेवार भएको लागि परेको बताएकी छिन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सो निर्वाचनका लागि आम मतदातालाई सूचित, सचेत र जिम्मेवार बनाउन मतदाता शिक्षा कार्यक्रम पनि शुरु गरिएकाले त्यसमा सहभागी पनि आम मतदातालाई आग्रह गरिन् । निर्वाचनको तयारीको कामलाई सरकार, निर्वाचन आयोग, नागरिक समाजलगायतका सबै पक्षले तिव्रताका साथ अघि बढाएको समेत स्पष्ट पारिन् । वर्तमान सरकारको मुख्य म्यान्डेट पनि यो फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई कसरी निष्पक्ष, स्वच्छ, स्वतन्त्र, समावेशी र लोकतान्त्रिक तरिकाले गराउने जिम्मेवारी हाम्रो रहेको छ…

Read More

काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई स्पष्टीकरण सोधेको हो । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरणलगायत कारबाहीका लागि लेखी पठाइएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले ट्रान्सपरेन्ट खबर डटकमलाई जानकारी दिए । घिमिरेले जिल्लास्तरमा समेत निर्वाचन आचारसंहिना उल्लङ्घनविरुद्ध उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको छ । निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार पटक प्रधानमन्त्री बन्नुपरेको बताएका छन्। चुनावी अभियानका क्रममा घरदैलोमा रहेका ओलीले मतदातासँगको संवादमा आफ्नो राम्रो काम थालेपछि सरकार ढालिएको जिकिर गरे। उनले भने, ‘विकास गर्नको लागि ठ्याक्क उभिएर हुँदैन। पाइला अगाडि सार्नुपर्छ। मैले रेल फेरि सुरु किन गर्न खोजेँ रु किन पानीजहाजको बाटोबाट सम्बन्ध जोड्ने भनेँ रु त्यसका निम्ति काम हुँदै थियो तर त्यो मैले सुरु गर्छु, फेरि सरकार भत्काउँछन्। फेरि सुरु गर्छु, फेरि भत्काउँछन्। एक कार्यकाल पूरा गर्न चार पल्ट प्रधानमन्त्री हुनुपर्‍यो।’ उनले विरोधीहरूले देशभक्ति र राम्रो काम गरेको नसहेको तर्क गरे। उनले थपे, ‘अलिकति काम…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आईटीको क्षेत्रमा नेपालमा लगानी भित्र्याउन सक्ने योजना सार्वजनिक गरेका छन्। आईटी क्षेत्रमा ग्लोबल पहुँच विस्तार गर्न सकिने र त्यही अनुसार रणनीति बनाएर पाँच वर्षमा सुधार गर्नुपर्ने उनको भनाइ छ। सामाजिक सञ्जालमा सक्रिय थापाले भिडियो सन्देश सार्वजनिक गर्दै आईसिटीको क्षेत्रमा स्थिर करको नीति परिवर्तन गर्नुपर्ने र जनशक्तिका लागि थप लगानी गर्नुपर्ने बताएका छन् । पढेकाले काम नपाएको बताउने र कम्पनीले कामदार नपाएको अवस्था देखिएकाले त्यसलाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ । स्वतन्त्र ढंगले जनशक्ति बढाउन लाग्नुपर्ने र डिजिटल उत्पादन व्यापक रुपमा बढाउनुपर्ने उनको भनाइ छ । राज्यले कृषिदेखि सम्पूर्ण क्षेत्रमा यसलाई विस्तार गर्नुपर्ने उनको…

Read More

बुटवल । रुपन्देही–३ मा जनता समाजवादी पार्टी ९जसपा० नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन् । उनले सोमबार ( आज )  प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा ( एमाले )  मा समाहित भएको घोषणा पनि गरेका हुन् । यादव जसपा नेपालका केन्द्रीय सदस्य समेत हुन् । प्रचलित कानुन अनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको उल्लेख गर्दै वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वाससहित एमालेलाई रोजेको उनले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् । आजका मितिदेखि जनता समाजवादी पार्टी ९जसपा०,…

Read More

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले ‘नागरिक करार’ सार्वजनिक गरेको छ। रास्वपाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विजयी भएको खण्डमा पाँच वर्षमा गर्ने कामहरू उल्लेख गरी नागरिक करार सार्वजनिक गरेको हो। ती कामहरू नभएको खण्डमा अर्को पटकको निर्वाचन सजाय दिई असुल उपर गर्नुहोला,ु करार पत्रमा भनिएको छ। रास्वपाले बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र, सुधारिएको प्रदेश संरचना तथा पारदर्शी शासनको प्रतिबद्धता जनाएको छ। करारमा भ्रष्टाचार नियन्त्रण र असल शासनलाई पहिलो प्राथमिकतामा राखिएको छ। पार्टीले ‘भ्रष्टाचार विरोधी महाअभियान’ सञ्चालन गर्दै नीतिगत, आचरणगत र संस्थागत सुधारमार्फत विश्वासयोग्य राज्य निर्माण गर्ने लक्ष्य लिएको छ। साथै सरकारी सेवाको…

Read More

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको जनाएको छ। केन्द्रले छपाइ बाँकी रहेको पाँच लाख मतपत्र आज दिनभरिमा सम्पन्न गर्ने जानकारी दिएको छ। केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार बागमती प्रदेशका लागि बाँकी पाँच लाख मतपत्र आज साँझसम्म छपाइ सकिनेछ। उनका अनुसार प्रत्यक्षतर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको पाँच लाख मतपत्र आजै सकिनेछ। ४२ दिनको कार्यतालिका लिएर सुरु गरिएको छपाइ कार्य ४० दिनमै सम्पन्न हुन लागेको उनले बताए। छपाइ सम्पन्न भएपछि भोलिसम्म सबै मतपत्र प्याकिङ गरी बाँकी जिल्लामा ढुवानी गरिनेछ। केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र…

Read More

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले औपचारिक रूपमा प्रचारप्रसारको कार्य सोमबारदेखि सुरु गर्दै छन् । निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन भए पनि निर्वाचन आचारसंहिताको व्यवस्थाले आमसभा, कोणसभा तथा जुलुस प्रतिबन्धित थिए । सामूहिक घरदैलोलगायतका कार्यलाई पनि निर्वाचन आचारसंहिताले बन्देज गरेको थियो । आचारसंहिताको व्यवस्थाका कारण राजनीतिक दलले ठुला सभालगायतका कार्य गरेका थिएनन् । आचारसंहिताको व्यवस्था अनुसार मतदान हुने दिनभन्दा १७ दिनभन्दा अघि मात्र सभा, जुलुस गर्न पाउने व्यवस्था गरेको छ तर मतदानको दिनभन्दा ४८ घण्टाको मौन अवधिमा पनि दलले प्रचारप्रसार गर्न पाउने छैनन् । फागुन १८ गते राति १२ बजेबाट मौन अवधि सुरु भएपछि प्रचारप्रसार बन्द हुने…

Read More

रौतहट । रौतहटको मौलापुर नगरपालिकास्थित पतौराधाममा आयोजना गरिएको मधानी महोत्सव २०८२ सम्पन्न भएको छ। नगरवासी तथा स्वदेश–विदेशबाट आएका श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिताले यस वर्षको महोत्सव उल्लासमय बनेको आयोजकले जनाएको छ। आसन्न आम निर्वाचन र जिल्ला सुरक्षा समन्वय समितिको आग्रहअनुसार यसपटक देशी–विदेशी कलाकारको सहभागिता राखिएको थिएन। कलाकारबिनै हजारौँ भक्तजनको उपस्थितिले पतौराधाम प्राचीन महादेवस्थलका रूपमा स्थापित भइसकेको सन्देश दिएको मौलापुरकी मेयर रिना कुमारी साहले बताइन्। महाशिवरात्रिको अवसरमा पतौराधामस्थित पुरातात्त्विक महादेव मन्दिरमा हरेक वर्षझैँ यस वर्ष पनि मधानी महायज्ञ आयोजना गरिएको हो। मौलापुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको तीनदिने महायज्ञ शिव–पार्वतीको विवाह उत्सवका रूपमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मनाइएको थियो। महायज्ञको पहिलो दिन…

Read More