Author: ट्रान्सपेरेन्टखबर
काठमाडौँ । नेपाल खबर र बिजमाण्डु अनलाइनमा प्रकाशित समाचार मेट्न जिल्ला अदालत काठमाडौँले गरेको आदेशविरुद्ध आज दर्जन बढी अधिवक्ताहरूले बहस गर्दैछन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै गत जेठ २७ गते न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले दुई अनलाइनमा प्रकाशित समाचार मेट्न आदेश दिएको थियो । सोही दिन अन्तरिम आदेशका लागि असार ४ गते पेसी तोकी दुवै पक्षलाई बोलाइएको थियो । अनलाइनहरूले जलविद्युत् कम्पनीका आईपीओ स्वीकृतिका लागि श्रेष्ठले प्रतिशत नै तोकेर कमिसन मागेको समाचार प्रकाशित गरेका थिए । अदालतले विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेकोमा अनलाइनहरूले समाचार लेख्ने अधिकारको प्रतिरक्षा गर्दै जवाफ पेस गरिसकेका…
काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु मेघ आले र दिनकर नेपालमाथि रड प्रहार गरेका छन् । हिजो ( मंगलबार) आँधिखोला उत्खननको विषयलाई लिएर वडाअध्यक्ष खनालले रास्वपाका नेताद्वयमाथि प्रहार गरेको बताइएको छ । ‘वडा नं। १० का वडाअध्यक्ष सुनिल खनालले मलाई र मेघ आलेलाई बाइक रोकेर, हामी भर्खरै विरोध कार्यक्रममा थियौं । विरोध कार्यक्रमबाट आउँदै गर्दा बाइकमा रोकेर हामीमाथि फलामको रडले टाउकोमा हान्यो । सुनिल खनाल र अर्को एक जना मान्छे थियो । मैले हेलमेट लगाएको कारण मेरो ज्यान जोगियो । आँधिखोला दोहनको विरुद्धमा बोल्दैगर्दा हामीलाई थुप्रै मान्छेको अगाडि धम्क्याएर उनीहरु निस्किएका थिए ।…
काठमाण्डौं । नेकपा ( एमाले ) जनसंगठन संयन्त्रको बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलले सम्बोधन गर्ने कार्यसूची छ। बैठकमा हालसालै महाधिवशेन सम्पन्न भएका १६ वटा जनसंगठनका इन्चार्ज अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिव सहभागीको रूपमा छन्। पार्टी स्थायी कमिटीका सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार महाधिवेशनपछि आएको नेतृत्वलाई प्रधानमन्त्री ओलीले विशेष निर्देशन दिने कायूसी छ। नयाँ नेतृत्वलाई संगठन विस्तार, पार्टी र सरकारले गरेका राम्रा कामहरू जनता समक्ष पुर्याउने, मिसन २०८४ लाई लक्षित गरेर पार्टीले अघि सारेका अभियानको प्रभावकारी कार्यन्वयन आदिका बारेमा प्रधानमन्त्रीले बताउने…
काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्दैछ। बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पौडेलले मंगलबार विज्ञप्ती जारी गरेर बुधबार बस्नेगरी कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्ने तय भएको जानकारी दिएका थिए।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थित हुन भनिएको छ। कांग्रेसले पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधनको शोक प्रस्ताव पारित गर्न र अरू समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो। शास्त्री २०४८ र २०५१ सालमा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे को रिटमाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ। आफूलाई पदबाट निलम्बन गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंको निर्णयविरुद्ध गुरागाईंले गएको जेठ २५ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। पाण्डेको रिटमाथि बुधबार सुनुवाइ हुने अदालतले जनाएको छ। पाण्डेले काठमाडौँ महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगर प्रहरी बल निमित्त प्रमुख विष्णु जोशी, नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा पाण्डेकै नेतृत्वमा रहेको नगर प्रहरीको टोलीले अवरोध गरेको आरोपमा उनीमाथि गुरागाइँले कारबाही अघि बढाएका हुन्। महानगरले उक्त…
खोटाङ । खोटेहाङ गाउँपालिकाले उत्कृष्ट चार कृषकसहित विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्ति र संस्थालाई पुरस्कृत गरेको छ। अन्नबाली, फलफूल, नगदेबाली र पशुपंक्षी पालनमा उत्कृष्ट कृषक, सबैभन्दा बढी अंक ल्याउने विद्यार्थी, उत्कृष्ट निर्माण उपभोक्ता समिति, उत्कृष्ट शिक्षक, विद्यालय र कर्मचारीलाई गाउँपालिकाले बिहीबार पुरस्कृत गरेको हो। गाउँपालिकामा सबैभन्दा बढी अन्नबाली उत्पादन गर्ने वडा नं ७ खोटाङबजारका बमबहादुर नेपाली, फलफूल उत्पादन गर्ने वडा नं १ लिकुवा पोखरीका मणिकुमार राई, नगदेबाली उत्पादन गर्ने वडा नं ३ सावाकटहरेका बलजित राई र पशुपंक्षी पालनमा उत्कृष्ट हुने वडा नं ८ सिम्पानीका रामकुमार पोखरेललाई पुरस्कृत गरिएको छ। उत्कृष्ट कृषकलाई जनही नगद रु १५(१५ हजार र सम्मानपत्र प्रदान…
काठमाण्डौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी छन्। मंगलबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न पूर्व राष्ट्रपति भण्डारी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी थिइन्। पूर्व राष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्कने संकेत गरिरहेका बेला एमाले अध्यक्ष समेत रहेका ओलीसँग भेटघाट गरेकी हुन्। उनीहरूबिच लामो समयदेखि भेटघाट भएको थिएन। पूर्व राष्ट्रपति भण्डारीले मुलुकको पछिल्लो राजनीतिबारे छलफल गरेको बुझिएको छ। पार्टी राजनीतिमा सक्रिय हुने चाहना राखेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई बिस्तारै चुनौती दिन थालेकी छन्। एमालेका पादधिकारीहरुले पनि भण्डारीलाई पार्टीमा ल्याउन चाहिरहेका छन्। चीन भ्रमणबाट फर्केपछि कोसी प्रदेश पुगेकी भण्डारीले एमाले नेता–कार्यकर्ताहरूसँग भेट गरेकी थिइन्। एमाले नेताको हैसियतमा…
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको छ । जितका लागि पाएको ९८ रनको लक्ष्य नेपालले १९।५ बलमा ८ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए । दिपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन बनाए । अन्यबाट दोहोरो अंकमा रन बन्न सकेन । लोकेश बमले ९, रोहित पौडेलले ७ तथा अनिल साह, रुपेश सिंह र करण केसीले समान ३ रन बनाए । नेपाल ३८,३ को अवस्थामा हुँदा कुशल र दिपेन्द्रले २२ रनको साझेदारी गरे । त्यसपछि नेपालले ६० रनमा चौथो,…
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभूण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष सुमनमान ताम्राकारसहितको टोलीले विलासिता कर लागु गर्दा आफूहरुको व्यवसाय धराशयी हुने भएकाले पुनः विचार गर्न माग गरेको हो। ती संस्थाहरुले कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले उक्त व्यवस्था कायम रहेमा आफूहरु आन्दोलनमा जान बाध्य हुने बताएका…
काठमाडौं । सत्तारुढ दल कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ४ गते बुधबारका दिन बैठक बोलाइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई डाकिएको छ । यसअघि कांग्रेसले असार १५ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ८ः३० बजे बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । पूर्वउद्योगमन्त्री तथा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री ९पौडेल०को निधनको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क