Author: Editor

काठमाडौँ ।नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी घोषणापत्रमा आधारित बहस ‘देश पहिला’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै लक्ष्य निर्धारणहित प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो । एमालेले ‘समृद्ध नेपाल, सुखी नेपालीः राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’ को नारासहित त्यसलाई पूरा गर्न आफ्नो पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिएको छ ।विगतमा आफ्नो पार्टी सरकारमा हुँदा थालिएका र पूरा गर्न नपाएका सुशासन, विकास, रोजगारी र सामाजिक न्यायका क्षेत्रलाई एमालेले मुख्य प्राथमिकता दिएको छ । घोषणापत्रमा तत्काल गर्ने ११ काम, पाँच आधारभूत काम र २५ सङ्कल्प सार्वजनिक…

Read More

काठमाडौं । निर्वाचन आयोगले अखिल नेपाल फुटबल संघ ( एन्फा ) लाई निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ। आयोगले पत्रमार्फत एन्फाको आसन्न निर्वाचनसम्बन्धी गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। पत्रमा एन्फाले निर्वाचनसम्बन्धी कार्यक्रम अघि बढाएको विषयमा आयोगको ध्यानाकर्षण भएको जनाएको छ। आयोगका अनुसार यसअघि भएको पत्राचार तथा निर्देशनको सन्दर्भमा सम्बन्धित निकायबाट निर्वाचन गतिविधि स्थगित गरिएको जानकारी प्राप्त भए पनि पुनः कार्यक्रम अघि बढाइएको पाइएको उल्लेख छ। आयोगले प्रचलित निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न तथा अर्को सूचना प्रकाशित नभएसम्म सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगित गर्न स्पष्ट निर्देशन दिएको छ। आयोगले आचारसंहिता उल्लंघन भएमा कानुनी कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ। सोमबार…

Read More

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेस प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिकीकरण सभा भएको हो । प्रतिज्ञापत्र सार्वजनिक भएको सन्दर्भमा नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उल्लेखित भिजन १० का बुँदाका बारेमा जानकारी गराएको छ । कांग्रेसले आमनिर्वाचनबाट बहुमत सहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको जनाएको छ । कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र संकल्पको आत्मवोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्न…

Read More

चितवन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न उज्यालो नेपाल पार्टी जन्मेको बताएका छन्। भरतपुरको चौविसकोठीमा मंगलबार चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले पुराना दलले देशमा काम नगरेका कारण नयाँ दलहरूको उदय भएको बताए। ‘हिजो लोडसेडिङको अन्त्य भयो। यो देशमा अझै धेरै क्षेत्रको लोडसेडिङ छ। सबैभन्दा ठुलो राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न उज्यालो नेपाल पार्टी जन्मेको हो,’ कार्यकर्तालाई सम्बोधन गर्दै घिसिङले भने, ‘राजनीतिक क्षेत्रको बेतिथि र अँध्यारोलाई हटाएर उज्यालो बनाउनुछ।’ उनले अहिलेको लडाइ पुराना र नयाँ पार्टी बिचको भएको बताउँदै जेनजी आन्दोलनबाट उज्यालो पार्टी जन्मिएको बताए। उनले उज्यालो पार्टीले धेरै सिट जित्ने समेत दाबी गरे।…

Read More

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ रिहा गर्न राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ। उपाध्यक्ष रोशन कार्की नेतृत्वको राप्रपाको टोलीले आज गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटेर प्रसाईँको रिहाइको माग गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए। प्रसाईँलाई बिना कारण पटक पटक पक्राउ गरिएको राप्रपाको बुझाइ छ।प्रसाईँलाई हिजो साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको थियो।

Read More

हुम्ला । हुम्लामा निर्वाचन प्रहरीले विरोध प्रदर्शन गरेका छन् ।मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर निर्वाचन प्रहरीले सेवा सुविधा कम भयो भन्दै प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दका अनुसार निर्वाचन प्रहरीले तोकेको कार्यविधि भन्दा सेवा सुविधा कम भयो भन्दै विरोध प्रदर्शन गरेको हुन् । सेवा सुविधाबारे गलत बुझाइका कारण समस्या देखिएको सूचना अधिकारी चन्दले बताएका छन्। गलत बुझाइले गर्दा तोडफोड र टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।छलफलमार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको सूचना अधिकारी चन्दले जानकारी दिएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा ५ सय ९५ जना निर्वाचन प्रहरी…

Read More

काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेटको समूह चरणबाट बाहिरिएको नेपालले समूह चरणको अन्तिम खेल आज स्कटल्यान्डसँग खेल्दैछ ।मुम्बईस्थित वनखेडे मैदानमा साँझ ७स्१५ बजे सुरु हुने खेल नेपालका लागि प्रतिष्ठाको लडाईं हुनेछ । समूह ‘सी’अन्तर्गत अघिल्ला तीन खेलका लगातार हार खेपेको नेपाल आज सान्त्वना जितको खोजीमा छ । यस खेल जितेमा नेपालले विश्वकपमा १२ वर्षपछि जित निकाल्ने छ । तेस्रो पटक विश्वकप खेलिरहेको नेपालले यसअघि सन् २०१४ मा समूह चरणको खेलमा अफगानिस्तानलाई हराएको थियो । त्यसयता नेपाल विश्वकपमा जितबिहीन छ । यस्तै समूह चरणबाट बाहिरिएको स्कटल्यान्ड पनि नेपाललाई हराएर विश्वकपको सुखद अन्त्य गर्ने दाउमा छ । यस समूहबाट ६र६ अङ्क बनाएको…

Read More

काठमाडौँ। महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ। साधुसन्तलाई मङ्गलबार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेका हुन्। साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले नै गरेको थियो। कोषले साधुसन्तको वर्गीकरण गर्दै त्यही अनुसार दक्षिणा दिँदै आएको छ। नागबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सयासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको छ। गुठी संस्थानको पशुपति शाखा कार्यालयकी प्रमुख सुशीला शर्माले साधुसन्तको मुखियाले भनेअनुसार बाबाको वर्गीकरण गरेर दक्षिणा दिइएको बताउनुभयो। उहाँका अनुसार महाशिवरात्रिका लागि विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन कृष्ण औंसीका दिन दक्षिणासहित बिदाइ गर्ने प्राचीन परम्परा…

Read More

बङ्गलादेश, ढाका । बङ्गलादेशमा हालै सम्पन्न निर्वाचनपछि निर्वाचित सांसदहरू र भावी प्रधानमन्त्री तारिक रहमानले आज मङ्गलबार संसदको शपथ ग्रहण गर्नुभएको छ । सन् २०२४ को घातक जनविद्रोह र त्यसपछिको १८ महिना लामो अन्तरिम सरकारको शासनपछि यो देशमा पहिलो पटक निर्वाचित प्रतिनिधिहरूले कार्यभार सम्हालेका हुन्। मङ्गलबार बिहान १०ः४३ बजे ढाकास्थित संसद भवन ९जातीय संसद० को शपथ कक्षमा मुख्य निर्वाचन आयुक्त एएमएम नासिर उद्दीनले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउनुभएको हो। शेख हसिनाको १५ वर्षे शासनकाल र त्यसपछिको सङ्क्रमणकालपछि बङ्गलादेश नेसनलिस्ट पार्टी ९बिएनपी० का ६० वर्षीय नेता तारिक रहमानले देशको नेतृत्व सम्हाल्दै हुनुहुन्छ। उहाँ झण्डै १७ वर्षको निर्वासनपछि गत डिसेम्बरमा मात्र स्वदेश फर्किनुभएको थियो।…

Read More

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ प्रतिनिधि सभा सदस्य निर्वाचनपछि मात्रै हुने भएको छ । प्रतिनिधि सभा सदस्य पदको निर्वाचन फागुन २१ गते हुँदै छ । सोही मितिदेखि राष्ट्रिय सभाका नवनिर्वाचित १८ सदस्यको कार्यकालसमेत सुरु हुने छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नवनिर्वाचित सदस्यको शपथ प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि मात्रै हुने जानकारी दिए । उनले भने, “१९ जना सदस्यको कार्यकाल फागुन २० गते सकिने छ । नवनिर्वाचित सदस्यको कार्यकाल फागुन २१ गतेदेखि सुरु हुने छ तर सोही दिन निर्वाचनको मिति जुधेकाले निर्वाचनपछि मात्रै शपथग्रहण हुने तयारी छ ।” नवनिर्वाचित सदस्यको शपथ फागुन २१ गतेपछि हुने भए पनि…

Read More