नुवाकोट । भोटेकोशी बाढीपछि बेपत्ता एक वृद्वाको सशस्त्र प्रहरीले जिवित उद्धार गरेको छ । उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्डिका श्रेष्ठ रहेकी छन् ।
उनलाई बेत्रावती बजारको एक घरबाट उद्धार गरिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० की श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका प्रहरी निरीक्षक सुमन बिकको कमान्डमा खटिएको टोलीले उद्धार गरेको हो।
उद्धारका क्रममा श्रेष्ठ अचेत अवस्थामा भेटिएकी थिइन्। उद्धारपश्चात् उनलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेक ल्याइँदैछ। प्रारम्भिक उपचार गरेपछि आवश्यकता अनुसार थप उपचारका लागि उनलाई मैबल ब्यारेकबाट काठमाडौँ लगिनेछ।
