Author: Editor
पोखरा । प्रधानमन्त्री कार्कीले लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि निकट भविष्यमा हुन गइरहेको निर्वाचन अत्यन्त महत्त्वपूर्ण अवसर भएको बताएकी छन्। आज पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन्। उनले यस लोकतान्त्रिक प्रक्रियामा सक्रिय र जिम्मेवार सहभागिताका लागि सबैलाई आह्वान गरिन्। यस्तै, उनले आजको युगमा युवा नै राजनेता, प्रशासक, नीति–निर्माता र समाज रूपान्तरणका अभियन्ता रहेको भन्दै त्यसको जग आजैबाट मजबुत बनाउनुपर्ने धारणा राखिन्। उनले भदौ २३ र २४ गते जेनजी युवाले उठाएका आवाजहरू पनि धेरै गहन र आधारभूत सवालसँग जोडिएका बताइन्। प्रधानमन्त्री कार्कीले भनिन्, ुयस्ता विषयमा हामी कहाँ र…
काठमाडौँ । नेपाली कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति गगन थापा, उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मासहितका पदाधिकारीले त्यो सभामा सम्बोधन गर्ने जानकारी दिए । त्यो सभाको तयारीका लागि शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता चालिसेसहित उपत्यकाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू र जिल्लाको नेतृत्व गर्ने नेताहरूले छलफल गरेका थिए । फागुन ६ गते जनकपुरको तिरहुतियामा मधेस सभा गर्दै चुनावी सभाको सुरुवात गरेको कांग्रेसले फागुन ७ गते काठमाडौँको राष्ट्रियसभामा सभापति थापासँग ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ विषयक अन्तर्क्रिया गरेको थियो । अन्य प्रदेशमा पनि ठुला चुनावी कार्यक्रम गर्ने तयारी भइरहेको…
काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन शुक्रबार आदेश दिएको छ । बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अदालतमा उपस्थित गराउन आदेश दिएको हो । साथै प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी भएको छ । दुर्गा प्रसाईको हकमा उमा प्रसाईले बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् । प्रकाउ पर्नुअघि प्रसाईंले आफूलाई प्रहरीले धरपकड गरेको र गिरफ्तार गर्न खोजेको भन्दै प्रहरी परिसर काठमाडौँलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका थिए । प्रसाईंले दिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सोमबार उनी पक्राउ परेका थिए । यसअघि…
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयका चालु कार्यक्रमबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेर आर्थिक संकटमा परेको स्वास्थ्य बीमा कार्यक्रम बचाउने प्रयास सुरु गरेको छ । स्वास्थ्य बीमा बोर्डलाई जोगाउन २२ शीर्षकबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । ‘स्वास्थ्य विमा कार्यक्रम आर्थिक संकटमा पर्यो । विमा बोर्डलाई जोगाउनु पर्ने आवश्यकता देखियो । त्यसैले मन्त्रालयका चालु अवस्थामा रहेका २२ शीर्षकबाट ७५ करोड, ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेका छौँ,’ प्रवक्ता डा. बुढाथोकीले भने, ‘अन्य मन्त्रालयका महाशाखा र विभागलाई पनि रकमान्तर गर्न मिल्ने बजेट हेर्न भनेका…
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्म पार्टीले सरकार चलाएको समयलाई कांग्रेसले स्वर्णिम युगका रूपमा लिने बताएका छन् । पार्टीको प्रतिज्ञापत्रका सन्दर्भमा आज भएको खुला प्रश्नोत्तर कार्यक्रममा सभापति थापाले त्यसैबलाको जगमा अहिलेसम्म मुलुकको आर्थिक विकास टिकेको बताए । तर समयानुकूल परिवर्तन हुँदै मुलुकको समृद्धिको यात्रा तय गर्नुपर्ने उनको भनाइ छ । “विसं २०४६ सालपछि ०५१ सालसम्मको कांग्रेसले चलाएको सरकारकैबेला आर्थिक सुधारका दह्रो पाइला टेकिएको थियो”, उनले भने, “कांग्रेसले त्यसैका कारण लामो समयसम्म कम्युनिष्ट पार्टीका साथीहरूबाट निरन्तर लखेटिनुप¥र्यो । हामी निरन्तर लखेटियौँ । हाम्रा सार्वजनिक नीतिहरूका बारेमा नागरिकलाई बुझाउन सकेनौँ त्यो हाम्रो कमजोरी रह्यो । तर आज…
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाताहरु मतदान गर्ने दिनको व्यग्र प्रतिक्षामा रहेको बताएका छन्। १०औँ निर्वाचन दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मतदान हुने बताए। उनले आसन्न निर्वाचनमा सबैभन्दा बढी मतदान हुने र मत बदरको संख्या पनि सबैभन्दा कम हुने दावी गरे। खसेको मतमध्ये लगभग सबै सदर हुने आयोगको अपेक्षा रहे पनि केही प्रतिशत बदर हुनसक्ने उनको भनाइ छ। अघिल्ला निर्वाचनको तुलनामा निकै कम मत बदर हुने उनले बताए। आयोगले सञ्चालन गरिरहेको मतदाता शिक्षा कार्यक्रमले पनि मत बदर नहुने गरी मतदान गर्ने तरिका सिकाइएको उनको भनाइ छ।…
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली युवाहरूका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सृजना गर्ने गरी योजना बनाएको बताएका छन् ।कांग्रेसको चुनावी प्रतिज्ञामा सवाल–जवाफ कार्यक्रममा बोल्दै पार्टीले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानमा लेखिएको मौलिक हक अन्तर्गतको रोजगारी सृजना गर्ने गरी संकल्पपत्र तयार गरेको बताए । उनले पाँच हजार रोजगारी नभई कृषि, पर्यटन, भौतिक पूर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रगत विधामा योजना बनाएर रोजगारी सृजना गर्ने सङ्कल्प लिएको बताए ।उनले भने, ‘५ हजार युवाहरूका लागि कार्यक्रम बनाउने छौँ, चाहे त्यो संसद्मा होस् या सरकारमा होस् । यस बारेमा कार्यक्रम नै बनाएका छौँ ।’ उनले युवाहरूलाई डिजिटल स्वतन्त्रता…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी वाचापत्र सार्वजनिक गरेको छ। फागुन २१ गतेको चुनावका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट वाचा पत्र सार्वजनिक गरेको हो। सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डिपी अर्याल, स्वणिम वाग्लेलगायत नेताहरूले सार्वजनिक गरेका हुन्। रास्वपाले यसअघि आफ्नो पार्टीको प्राथमिकता, अहिलेको अवस्था र लक्ष्यसहितका बुँदा पेश गर्दै करार पत्र सार्वजनिक गरेको थियो। करार पत्रमा दलीयकरणको अन्त्य, २०४६ देखिकै सम्पत्ति छानबिन गर्न उच्च आयोग गठनलगायतका विषय समेटिएको छ।
काठमाडौँ। सरकारले जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचना निर्माण गर्न दातृ निकायबाट सहयोग लिने तयारी गरेको छ । अर्थ मन्त्रालयका अनुसार स्रोतको चाप परेका कारण विकास साझेदारहरूसँग पुनस्निर्माण गर्न स्रोत लिने तयारी गरिएको हो । विकास साझेदार तथा गैर–आवासीय नेपाली समुदायबाट पुनस्निर्माणमा योगदान जुटाउन कुटनीतिक पहल गर्ने योजना अर्थ मन्त्रालयले बनाएको हो । जेनजी आन्दोलनबाट क्षति पुगेका संरचना बनाउन सङ्घीय सरकारले मात्रै चालु आर्थिक वर्षमा ४ अर्ब ३४ करोड खर्च गर्दैछ । आगामी दुई वर्षमा वार्षिक १० अर्ब १८ करोड खर्च गर्नुपर्ने स्थीति रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, प्रदेश सरकारबाट चालु आ।व।मा ८१ करोड २५ लाख, आगामी दुई वर्षमा वार्षिक १…
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताउनुभएको छ । ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले वि।सं। २०१५ फागुन ७ गतेदेखि सुरु भएको नेपालको निर्वाचन इतिहासको स्मरण गर्दै वर्तमान सरकारले निर्वाचनमार्फत मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले तोकिएकै मितिमा भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको दाबी समेत गर्नुभयो । ूनिर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क