काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र कांग्रेस नेता डा. शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ । भेटघाटका क्रममा दुई नेता बिच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको थियो ।
डा. शेखर कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एक ढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रष्ट पारे ।
जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताए । साथै उनीहरूबीच यहि २०८३ भाद्र १० गते बुधवारका दिन नेपाल(चीन सिमाना रसुवामा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको थियो ।
