Author: ट्रान्सपेरेन्टखबर
रसुवा । छिमेकी मुलुक चीनबाट रसुवा भन्सार नाका हुँदै आयात भएका वस्तुको भन्सार शुल्कबापत प्राप्त राजस्व सार्वजनिक भएको छ। चालु आर्थिक वर्षको साउनदेखि गत जेठ मसान्तसम्म आयातित सामग्रीको शुल्कबाट २८ अर्ब ७१ करोड राजस्व प्राप्त भई राज्यकोषमा दाखिला भइसकेको हो। प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले राजस्व वृद्वि भएको हो । गत आवको ११ महिनामा १८ अर्ब ९८ करोड २१ लाख राजस्व सङ्कलन भएको थियो । चालु आवमा विद्युतीय सवारीसाधन र अन्य गरी करिब ८० अर्ब बराबरको सामग्री आयात भएको जनाउँदै उनले तीन अर्ब बराबरका सामग्री निर्यात भएका बताए। उनका अनुसार गत…
कैलाली । धनगढी स्थित कारागारमा रहेका डडेल्धुराका व्यवसायी हरिसिंह पालीको शंकास्पद मृत्यु भएको छ । प्रहरीले नै कुटपिट गरेर पालीको हत्या गरिएको आफन्तको आरोप छ । डडेल्धुरामा उद्योग वाणिज्य सङ्घ लगायत विभिन्न सङ्घसंस्था र स्थानीयले पालीको कुटपिट गरेर हत्या गरिएको भन्दै विरोध प्रदर्शन गरेका छन् । डडेल्धुरा भागेश्वर गाउँपालिका ५ निवासी २८ वर्षीय पालीलाई प्रहरीले बैङ्किङ कसुरमा डडेल्धुराको तुफानडाँडा बाट पक्राउ गरेर सिधै कारागार नल्याई ४ दिनसम्म नियन्त्रणमा राखेर मानसिक, शारीरिक यातना र कुटपिट गरेको आफन्तले बताएका छन् । कुनै पनि बिरामी नभएका स्वस्थ रहेका पालीको कुटपिट गरेर हत्या गरिएको आफन्तको भनाई छ । ‘कुनै रोग बिराम नभएको स्वस्थ मेरो…
काठमाण्र्डाैं । टिकटकर रमा बस्नेतलाई थप तीन दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। बस्नेत सामाजिक सञ्जाल टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पुर्याउने, प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्ष्यित गर्दै तथ्यहीन तथा भ्रामक सामग्री प्रकाशित–प्रसारित गरेको आरोपमा आइतबार पक्राउ परेकी थिइन्। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुरमा बसोबास गर्ने ३१ वर्षकी बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो उनले पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली र एमालेलाई लक्षित गर्दै टिकटक सामाग्री पोष्ट गरेकी थिइन्। उनले कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ती गरेको विषयमा पनि विरोध गरेकी थिइन्। यस्तै उनले काठमाडौँ महानगरपालिकाका मेयर…
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । बिहीबार उच्चका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न भनेको हो । प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले मङ्गलबार उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए । ’महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार विपक्षी प्रमुख प्रशासकीय अधिकृतलाई रहेको र सो बमोजिमको आदेश र निर्देशन पालना गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य…
काठमाण्डौं । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिव २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ। असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। उनकाअनुसार सरकारले दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख रूपियाँ अनुदान सहायता स्वीकार गरेको छ। त्यस्तै विश्व…
काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति दीपक सिंहको संयोजकत्वमा आज ललितपुरको ग्वार्कोस्थित ओभर पासको स्थलगत अनुगमन गरिएको छ। पटक पटक म्याद थप र निर्माणको डिजाइन नै परिवर्तन गरी पछिल्लो समय निर्माण सम्पन्न गरिएको उक्त ओभर पास यही ६ गते शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको छ।
काठमाडौँ । प्रतिनिधिसभामा असार ६ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सङ्घीय संसद् सचिवालयले आज असार १४ गतेसम्मका लागि सार्वजनिक गरेको सदनको क्यालेण्डरमा ६ गते शुक्रवार प्रधानमन्त्रीको सांसदसँग प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गरिँदै आएको छ ।
गण्डकी । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२र८३ को बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु हुने भएको छ । विनियोजन विधेयक र बजेटमा मन्त्रालयगत छलफलका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिए । बजेटमाथि यही असार १२ गतेसम्म प्रदेशसभामा छलफल भएपछि १३ गतेको बैठकमा निर्णयार्थ पेस हुने उनले बताए । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले गत आइतबार प्रदेशसभा बैठकमा आगामी आव २०८२र०८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट प्रस्तुत गरेका थिए । रासस
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नाममा स्थापित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२’ वितरण समारोहमा उनले अग्रज नेताको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेकाले गणतन्त्रको अभिष्ट जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको उल्लेख गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले राजनीति तर्फको सम्मान शान्त मानवी, इतिहासतर्फका सम्मान डा मेदिनीप्रसाद सेडाईं र साहित्यतर्फ राममणि पोखरेललाई सम्मान गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारको राशि १…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे छलफल भएको थियो । आयोगमा राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिको मनोनयन यथाशीघ्र गर्नेगरी अर्को साता दोस्रो पूर्ण बैठक बस्ने भएको छ । गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री राजकुमार गुप्तालगायत सहभागी छन् । रासस
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क