Author: Editor
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई इसाई समाजले ९ बुँदे मागसहित ध्यानाकर्षण गराएको छ। आफ्नो गृह निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा रहेका ओलीलाई समाजका अगुवाहरूले भेट गरी धर्मनिरपेक्ष मुलुकमा सबै धर्म र आस्थाहरूलाई समान व्यवहार गर्ने व्यवस्था मिलाइदिन आग्रह गर्दै माग पत्र बुझाएका हुन्। समाजका नगर अध्यक्ष हेमन्त सुब्बा, सल्लाहकार आकाश थुलुङसहितका अगुवाहरूले ओलीलाई भेट गरी मृत्युपछिको संस्कारका लागि समाधीस्थलको व्यवस्था, इसाईका मुख्य पर्वलाई राष्ट्रिय पर्व तथा बिदामा समावेश गर्नेलगायतका विषयको माग पत्र बुझाएका हुन्। आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि झापा क्षेत्र नं। ५ का उम्मेदवार रहेका ओली हाल आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त रहेका छन्।
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले अहिले पनि फागुन २१ गते निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् । गोरखपत्र संस्थानले आज यहाँ आयोजना गरेको निर्वाचन प्रचारप्रसारसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा उनले केही कुण्ठित व्यक्तिहरूले अहिले पनि निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न आग्रह गरे । उनले तोकिएको मिति र समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आह्वान गरे । सञ्चारकर्मीले निष्ठापूर्वक भूमिका निर्वाह गरिरहेकाले निर्वाचन हुने वातावरण बनेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए । “सुशासनका लागि पनि निर्वाचन हुनुपर्छ, निर्वाचनले पाँच वर्षसम्म सुशासन कायम गर्ने…
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनको निर्वाचनलाई लिएर तीन दिन विदा दिन सरकारसमक्ष सिफारिश गरेको छ । आज ( आइतबार ) आयोगले गृह मन्त्रालयलाई चिठ्ठी लेखेर तीन दिन बिदा दिन सिफारिश गरेको हो । निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले यही फागुन २०,२१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयोगले सरकारसमक्ष पत्राचार गरेको छ । आयोगको सिफारिशबमोजिम सरकारले भोलिको मन्त्रिपरिषद् बैठकमार्फत नै निर्णय लिने बुझिएको छ ।
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समिति रौतहटको निर्णयअनुसार शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाको विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो । कर्फ्यु आदेश जारी भएका क्षेत्रमा कुनै व्यक्ति आवत–जावत गर्न, भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पूर्वमा मुडवलवा गेट, पश्चिमतर्फ ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालय गेटसम्म कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्यु आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने सिडियो दिनेश सागर भुसालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। गौर नगरपालिका–६ सवगढामा सहमतिविपरीत…
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी९नेकपा०का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका छन् । नेकपा दोलखा–काठमाडौँ सम्पर्क निर्वाचन परिचालन कमिटीले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले चुनाव हुने निश्चित भइसकेको अवस्था नेपाली जनक्रान्तिद्वारा इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् । शाहले वर्तमान समस्या समाधान नगरी चुनावमा जान नहुने केही दिनअघि बताएका थिए । उनले चुनाव नहुने हल्ला र प्रचारका पछाडि नलाग्न र दृढतापूर्वक निर्वाचनको तयारीमा जुट्न अपिल गरे । उनले निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिक्रियावादी र…
धनुषा । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री हटाइएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको जनाएको हो । प्रशासनका अनुसार सार्वजनिकस्थल, विद्युत्का पोल, सरकारी भवन तथा सडक छेउछाउमा आचारसंहिताविपरीत टाँसिएका सामग्री हटाइएको हो । निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन प्रशासनले बिहीबार उम्मेदवार तथा राजनीतिक दललाई एक दिनको समय दिएर नियमविपरीतका प्रचार सामग्री आफैँ हटाउन निर्देशन दिएको थियो । तोकिएको समयभित्र सामग्री नहटाइएपछि प्रशासन आफैँले शुक्रबार करिब २० हजार प्रचार सामग्री हटाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी…
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा पार्टीको तर्फबाट प्रधानमन्त्रीका भावी उम्मेदवार बालेन्द्र शाह झापा पुगेका छन् । उनी आफ्नो निर्वाचन अभियानको लागि झापा पुगेका हुन् । यसपटक शाह झापा–५ मा उम्मेदवार छन् । उनको प्रतिष्पर्धा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हुँदैछ । चुनावी अभियानको लागि ओली पनि आजै झापा पुगेका छन् । झापा पुगेका ओलीले रास्वपाले चुनाव हार्ने भएपछि जथाभावी गर्न थालेको टिप्पणी गरेका थिए । बालेनपनि झापा पुगेर घरदैलो सुरु गरेको बताईन्छ । झापा पुगेपछि उनले ‘सुन्दर पूर्वी तराई’ भनेर लेखेका छन् । उनी सुदूरपश्चिम र कर्णाली प्रदेशको भ्रमण सकेर काठमाडौं आएपछि एक दिन आराम गरेर आज झापा…
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र विभिन्न प्रदेशको वस्तुस्थिति बुझ्ने क्रममा लुम्बिनी पुगेकी छिन् । प्रधानमन्त्री कार्कीले आज भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको पनि दर्शन गरेकी छिन् । लुम्बिनीमा उनले मुलुकमा शान्तिपूर्ण निर्वाचन सफलताको कामना गरेकी छिन् । आज बिहान उनले बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा प्रमुखहरु तथा निर्वाचन सम्बद्ध अधिकारीसँग निर्वाचनको तयारीबारे ब्रिफिङ लिएकी थिईन् । त्यसलगत्तै उनी लुम्बिनी पुगेर गौतम बुद्धको जन्मस्थलको दर्शन गरेको उनको सचिवालयले जनाएको छ । त्यस क्रममा उनले अन्य दर्शनार्थी तथा स्थानीयसँग अन्तक्र्रिया पनि गरेकी थिईन् । प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति स्थापना गरी निर्वाचनमार्फत निकास दिन सफलता मिलोस् भनेर सर्वसाधारणले फूल दिएर…
काठमाडौं । नेकपा ९एमाले० को आम निर्वाचन–२०८२ को प्रेस संयोजक मीनबहादुर शाहीले दाङमा बिहीबार राति रास्वपाका कार्यकर्ताले एमालेको ‘सूर्य अंकित’ झण्डा जलाएको घट्नाप्रति गम्भीर ध्यानकार्षण गराएका छन् । आज ( शुक्रबार ) एक विज्ञप्ति जारी गर्दै शाहीले झण्डा जलाउने कार्यबाट निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएकोले तत्काल निर्वाचन आयोगले सम्बन्धित दललाई तत्कालै स्पष्टीकरण लिई उनीहरुको जवाफ सार्वजनकि गर्न माग गरेको छ । विज्ञप्तिमा भनिएको छ,‘यदि झण्डा जलाउने दल र त्यसका कार्यकर्ताहरुमाथि कानूनी कारबाही नगरिए त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थिति र घटनाको जिम्मेवार सरकार, निर्वाचन आयोग र झण्डा जलाउने दल रास्वपा हुने पनि यसै विज्ञप्तिमार्फत जानकारी गराईन्छ ।’
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले दाङमा एमालेको झन्डा जलाएको भनिएको घटना भ्रमपूर्ण भएको बताएको छ। दाङ जिल्ला समितिले एक विज्ञप्ति जारी गर्दै एमालेको झन्डा आफूहरूले नजलाएको बताएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्ला सभापति विनय घिमिरेले ुतुलसीपुरमा घण्टी पार्टीका कार्यकर्तीले जलाए एमालेको झन्डाु भन्नु भ्रामक र नियोजित रहेको दाबी गरे। विज्ञप्तिमा पार्टीका केन्द्रीय सभापति सुर्खेतको कार्यक्रम सकेर दाङ आउने क्रममा सडक किनारमा स्वागतमा जुटेका शुभेच्छुकहरूको भीड देखेर केही अवाञ्छित तत्वहरूले भ्रम सिर्जना गरेको ठहर गरिएको उल्लेख छ। रास्वपाले उक्त घटनामा पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पार्दै दोषीलाई पहिचान गरी कानुनी कारबाही गर्न सुरक्षा निकायसँग माग गरेको छ। पार्टीले आफ्ना…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क