Author: Editor
काठमाण्डौं । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ्ग र लोला खेली मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ। केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम लगभग बन्द भएको छ। फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन। विशेषगरी युवतीहरूलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि छ्यापेर मनोवैज्ञानिक रूपमा बाहिर निस्कन…
झापा । नेकपा ९एमाले० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चुनावी अभियानमा झापामा छन् । उनी झापा–५ का उम्मेदवार हुन् । योपटकको निर्वाचनमा उनलाई ३५ वर्षीया बालेन शाहले चुनौति पेश गरेका छन् । बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । एमालेले पनि अध्यक्ष ओलीलाई नै भावी प्रधानमन्त्री घोषणा गरेको छ । झापा–४ मा यसपटक ओलीले आक्रामक चुनावी अभियान थालेका छन् । उनी सबै मतदाताहरुको कुरा सुन्नेगरि आफ्नो क्षेत्रमा व्यस्त छन् । आज भने उनले ‘विद्यार्थीसँग बा’ भन्ने कार्यक्रममा भाग लिएका छन् । जहाँ उनले विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका थिए ।
चितवन । रास्वपाका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले यसपटकको निर्वाचनमा अन्य पार्टीले एक सिट पनि जित्न नहुने भन्दै रास्वपालाई मत दिन आग्रह गरेका छन् । आज चितवनमा आयोजित पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समय लामिछानेले प्रतिपक्षीविहीन संसद् हुने भन्दै रास्वपालाई मात्रै जिताउन अपिल गरेका छन् । आजपनि उनले यही कुरा दोहोर्याए । उनले आफूलाई अन्तिम इच्छा सोध्नेलाई फागुन २१ गते मतबाट देखाइदिन पनि आम जनतालाई आग्रह गरे । उनले भने,‘मविरुद्ध प्रमाण छ भनेको ६५८ दिन भएछ । अन्तिम इच्छा सोधिएको पनि धेरै दिन भएछ । तेरो अन्तिम इच्छा के हो भनेर बेडरुपमा सोधेको…
काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । आज ( शुक्रबार 0 सिंहदरबारमा पुगेर चिनियाँ राजदूत माओमिङले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका हुन् । राजदूत माओमिङसँग भेट गर्न पाउँदा खुसी लागेको प्रधानमन्त्री कार्कीको प्रतिक्रिया छ । सो अवसरमा प्रधानमन्त्री कार्कीले चिनियाँ राजदूतलाई सफल कार्यकालका लागि शुभकामना दिएकी छिन् । साथै, उनको कार्यकालमा नेपाल–चीन मित्रवत् सम्बन्ध, सहकार्य र साझेदारी नयाँ उचाइमा पुग्ने पनि प्रधानमन्त्री कार्कीको विश्वास छ ।
काठमाडौं । चुनावको मुखैमा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा सिंगापुर गएका छन्। उनी हिजो राति १२ बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत सिंगापुर प्रस्थान गरेको त्रिभूवन अर्न्तराष्ट्रिय विमानस्थल प्रहरी स्रोतले पुष्टि गरेको छ। देउवा स्वस्थ्योपचारका लागि सिंगापुर गएका हुन्। पत्नी डाक्टर आरजु राणा देउवा भने तीन दिन अघि नै सिंगापुर गइसकेको स्रोतले बताएको छ। विशेष महाधिवेशनमार्फत कांग्रेस गगन थापाको नेतृत्वमा गएपछि देउवा अलमलमा थिए। गृहजिल्ला डडेल्धुराका कांग्रेस समर्थकहरुले देउवा मतदान गर्न भए पनि आउने अपेक्षा गरे पनि अब त्यो सम्भावना समेत सकिएको छ। सभापति थापाले टिकट नदिएपछि निर्वाचनका सबै प्रक्रियाबाट बाहिर रहेका देउवा पार्टीको आधिकारिकतासम्बन्धि विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले थप अन्योलमा…
सुदूरपश्चिम। “चुनावका बेला आकर्षक नारा दिएर जनतालाई फकाउँछन्, चुनाव जितेपछि वाचा बिर्सन्छन्, यसपालि समस्या समाधान गर्नसक्ने उम्मेदवारलाई मत दिन्छु”, कैलाली निर्वाचन क्षेत्र–५ का मतदाता जागुराम चौधरीले आसन्न चुनावका बारेमा प्रतिक्रिया दिँदै भने, “खेतीको समयमा मल पाइँदैन, उत्पादित कृषिउपजको उचित मूल्य पाइँदैन, जोसुकैले चुनाव जिते पनि हाम्रो पीडा बुझिदिने कोही छैन ।” सोही वडाका स्थानीय रामदिन चौधरीले तीन दशकदेखि बसेको दुई कट्ठा ऐलानी जग्गाको लालपुर्जा दिलाउनेलाई मत दिने बताए । चुनावको समयमा उठाइने विकासका मुद्दा सम्बोधन हुन नसकिरहेको गुनासो यस क्षेत्रका मतदाताको छ । मुद्दा सम्बोधन नहुँदा आसन्न निर्वाचनका प्रत्यासीले हाल उठाइरहेका मुद्दाका बारेमा मतदाता विश्वस्त हुन सकिरहेका छैनन् । चुनावी…
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ । आयोगले विज्ञप्ति जारी गरी यही फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिन र जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम विशेष गरेका कार्य…
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले आज बिहीबारबाट माध्यमिक शिक्षा परीक्षा ( एसईई ) को प्रश्नपत्र छपाइ सुरु गरेको छ । आगामी विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छापेर प्रत्येक जिल्लामा पुगेसँग केन्द्रले प्रश्नपत्र छपाइ सुरु गरेको हो । प्रश्नपत्र छपाइ गर्न एसईईका परीक्षा नियन्त्रक टुकराज अधिकारीसहित चार जनाको टोली जनक शिक्षा सामग्रीको सुरक्षण मुद्रणालयमा प्रवेश गरेका छन् । उक्त टोली प्रश्नपत्र छपाइ र ढुवानी नसकिन्जेल करिब १ महिना केन्द्रको आवासमा बस्नेछन् । केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले हिजो बुधबारबाट परीक्षा नियन्त्रकसहित तीनवटै सुरक्षा निकाय केन्द्र प्रवेश गरेको जानकारी दिए । यो वर्ष ५ लाख २० हजार हजार…
काठमाण्डौं ।नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्न सभापति गगन कुमार थापा आज सुर्खेत आउने भएका छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको घण्टाघर डबलीमा कांग्रेसले आज सभा गर्दैछ। कांग्रेस निर्वाचन प्रचारप्रसार समिति सुर्खेतका अनुसार बिहीबार दिउँसो १२ बजेबाट सुरु हुने सभालाई पार्टी सभापति थापा र उपसभापति पुष्पा भुसालले सम्बोधन गर्ने कार्यक्रम छ। चुनावी सभालाई सफल पार्न १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रका उम्मेदवार तथा जिल्लाका नेता–कार्यकर्ताहरु वीरेन्द्रनगर सुर्खेत पुगिसेकेका निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ। कांग्रेस सभापति थापा सर्लाही ४ मा उम्मेदवार छन्। उनी आफ्नो क्षेत्रको चुनाव प्रचार छाडेर आफ्नो पार्टीको पक्षमा मत माग्दै देशका विभिन्न ठाउँमा पुगिरहेका छन्।
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलमा मतदान गर्न पाउनेछन् । मतदाता सूचीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा जान नसक्नेहरुलाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारका थुनुवा र कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम स्थायी मतदाता नामावलीमा समावेश छ । ती अस्थायी मतदाताका लागि १४३ मतदानस्थल निर्धारण गरिएको निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क