Author: Editor
काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन ९आरडिएनए० प्रतिवेदनअनुसार विपद्बाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद् पुनरुत्थान आवश्यकताको ७५ प्रतिशत हिस्सा हो। पूर्वाधार क्षेत्रमध्ये पनि ऊर्जा र सडकमा व्यापक क्षति पुगेको छ। जहाँ ७५९ मेगावाट क्षमताका १३ वटा…
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन त्यसतर्फ जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गरेका थिए। शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा उनले नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरे। बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले अन्तरराष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्नु आफैँमा गौरवको विषय भएको बताउँदै खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रन आग्रह गरे। उनले व्यक्तिगत प्रदर्शनसँगै राष्ट्रको प्रतिष्ठा र गौरवलाई ध्यानमा राखेर खेल्न खेलाडीलाई सुझाव दिए। “देशको प्रतिनिधित्व गरेर जान लाग्नुभएको छ। सीमित स्रोतसाधनका बाबजुद मेहनत गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु”, मन्त्री पोखरेलले भने, “प्रतियोगितामा सहभागी हुनु जित्नकै लागि हो।तर जिते पनि नजिते पनि…
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त भएलगत्तै उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपतिसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिए। आज मात्रै गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी थिइन्। उनको राजीनामासँगै रिक्त उद्योगमन्त्री पदमा साह नियुक्त भएका हुन्। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति रहेको थियो। सुनसरी क्षेत्र नम्बर(४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद साहलाई प्रधानमन्त्री शाहले आजै मन्त्री पदमा नियुक्तिका लागि सिफारिस गरेका थिए। यसअघि उद्योगमन्त्री रहेका गौरीकुमारी यादवले आजै पदबाट राजीनामा…
मुस्ताङ । भदौ २३ गते राति मुस्ताङको लोमान्थाङ केन्द्रविन्दु भएर गएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण मुस्ताङको लोमान्थाङ गाउँपालिकामा ढुङ्गा र माटोले बनेका ३० भन्दा बढी घर पूर्ण रूपमा भत्किएका छन्। वडा नम्बर(५ बाहेक अन्य सबै वडाका अधिकांश घरमा चिरा परेर भत्किने खतरा बढेको छ। नेपाल(चीन उत्तरी कोरलानाकासँग जोडिएको यस क्षेत्रमा घरबारविहीन बनेका नागरिकलाई तत्कालका लागि गाउँकै समाजघर र पाल टाँगेर सुरक्षित रूपमा राखिएको गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए। भूकम्पबाट सबैभन्दा बढी क्षति लोमान्थाङ–३ फुवा र त्यस आसपासका बस्तीमा पुगेको छ। बुधबारदेखि सुरु गरिएको स्थलगत लगत संकलनका क्रममा हालसम्म वडा नम्बर(३ का नाम्ग्याल, फुवा र ठिङ्गर, वडा नम्बर ४…
स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन् । कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ४५ दिनको पूण्यतिथिमा आज आयोजित शोक सभालाई सम्बोधन गर्दै उनले पार्टीलाई मजबुत बनाउनका लागि सभापतिको हैसियतले जिम्मेवारपूर्वक अगाडि बढ्ने बताए । “पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु”, उनले भने, “नरम पनि छु र पार्टीभित्र भएका कमी कमजोरीहरूलाई हटाएर निर्मम पनि भएर अगाडि बढ्नुपर्ने छ, त्यो सजिलो छैन र पनि पार्टी हितका सन्दर्भमा निर्मम भएर लाग्छु ।” पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने जिम्मेवारीलाई बुझेर सोहीअनुसार अगाडि बढ्नकालागि लागि पर्ने उनले बताए। देशमा…
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक साह नियुक्त हुने भएका छन् । गौरीकुमारी यादवको राजीनामासँगै रिक्त मन्त्रालयमा प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी(४ का सांसद साहलाई नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्रीको सचिवालय स्रोतले दीपकलाई नियुक्तिको तयारी भएको बताएको छ । उनको शपथ साढे ५ बजेलाई तयसमेत भइसकेको छ ।
काठमाडौं । रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकार संविधानअनुसार नचलेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारलाई चर्को आक्रोश पोखे। उनले भने, संविधान अनुसार सरकार चलिरहेको छैन। हामीले अहिले अर्को संविधानको कल्पना पनि गरेका छैनौँ। चुनावी मैदानमा जाँदा र हामी संविधान बदल्छौँ त्यो भनेका थिएनौँ। सरकारले गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतामाथि प्रहार गरिरहेको छ। उनले प्रधानमन्त्री सांसदप्रति उत्तरदायी हुनुपर्ने बताए। उनले भने, हाम्रो संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था छ। तर प्रधानमन्त्रीय शासन व्यवस्था सल्लाहकारको व्यवस्थामा चेन्ज भएको छ। यो संविधानको कुन दफामा छ, कुन ऐनमा छ मैले बुझ्न सकेको छैन। उनले प्रधानमन्त्री सल्लाहकारमा केन्द्रित भएको भन्दै आक्रोश पोखे। उनले थपे, ‘उहाँको…
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारबाट उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । बालेन सरकारबाट बाहिरिने उनी महोत्तरीकी दोस्रो मन्त्री हुन् । यसअघि महोत्तरी २ बाट निर्वाचित दिपक साह श्रममन्त्री नियुक्त भएको छोटो समयमै पदमुक्त भएका थिए । स्वास्थ्य बीमा बोर्डमा निलम्बित अवस्थामा रहेकी आफ्नी पत्नीलाई पुनर्बहाली गर्न भूमिका खेलेको विषयमा विवाद उत्पन्न भएपछि प्रधानमन्त्री बालेनले उनलाई हटाएका थिए । शाह १४ दिनमात्रै मन्त्री पदमा रहे । महोत्तरीकै क्षेत्र नम्बर ४ बाट निर्वाचित भएको गौरी यादवलाई प्रधानमन्त्री शाहले २०८२ चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरेका थिए । यो मन्त्रालयमा सुरुमा अमरेश यादवको नाम आए पनि उनले…
काठमाडौं । बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न सरकारले प्रभावकारी पहल नगरेको भन्दै विद्यार्थीहरूले सांकेतिक विरोधस्वरूप रत्न राज्यलक्ष्मी ( आरआर ) क्याम्पसको गेटमै दाउरामा खाना पकाएका छन्। अखिल ९क्रान्तिकारी०मा आबद्ध विद्यार्थीहरूले बिहीबार क्याम्पस गेटमा दाउराको चुलो बालेर भात, गुन्द्रुक र आलु पकाएका हुन्। उनीहरूले गेटमै पकाएको खाना बसेर खाएका थिए। बजारमा ग्यासको अभाव हुँदा जनजीवन प्रभावित भएको भन्दै विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराउन यस्तो विरोध गरेको बताएका छन्। ग्यासको अभावका कारण कतिपय विद्यार्थी पढाइ छाडेर ग्यासको लाइनमा बस्न बाध्य भएका छन् भने कतिपयको डेरामा खाना पकाउन समेत समस्या भएको छ। ग्यास नपाउँदा आफूहरू चाउचाउ र बिस्कुटको भरमा बस्नुपरेको विद्यार्थीहरूको गुनासो…
काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आव्हानमा संसद बैठकअघि विपक्षी दल छलफलमा जुटेका हुन् । संसद दिउँसो १ बजेटबाट बस्दैछ । बैठक भोटेकोशी बाढी पछिको राहत, उद्धार, अस्थायी आवास र पुनर्निर्माण तथा जलवायु न्याय लगायतका विषयमा केन्द्रित रहेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताए । बैठकले भाटेकोशी बाढीबारे राष्ट्रिय तथा कूटनैतिक पहलका लागि रास्वपा सभापति रवि लामिछानेले हिजो संसद्मा प्रस्ताव गरेको विशेष सर्वदलीय संसदीय समिति निर्माणको विषयमा पनि छलफल हुने बताए । बैठकले बढ्दो महँगी, ग्यासको अभाव र अन्य जनजीविकाका सवाल लगायतका विषयमा पनि निर्णय लिने उनको भनाइ छ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क