Author: Editor
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा। सुनीलकुमार शर्माले यस वर्ष १ हजार गरिब, असहाय तथा उपचारको पहुँचबाट वञ्चित बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्। शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी सम्हालेपछि डा। शर्माले सामाजिक सञ्जालमार्फत केएमसी दुवाकोट र नोबेल मेडिकल कलेजमार्फत १ हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका हुन्। शर्माले फाउन्डेसनको जिम्मेवारीलाई आफूले केवल पदका रूपमा नभई ठूलो दायित्व र भावनात्मक जिम्मेवारीका रूपमा लिएको बताएका छन्। स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाम र आदर्शसँग जोडिएको संस्थालाई जनसेवा, लोकतन्त्र र सामाजिक उत्तरदायित्वको प्रभावकारी माध्यम बनाउने आफ्नो संकल्प रहेको उनले उल्लेख गरेका छन्। ‘सेवाप्रतिको यही प्रतिबद्धतालाई व्यवहारमा…
काठमाडौं । प्रधानमन्त्री बालेन शाह ‘बालेन्द्र’ ले २४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्ने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिएका हुन् । ‘संयुक्त राष्ट्रसंघको ८१ औं महासभाको ‘हाई लेभल जनरल डिबेट’ २२–२८ सेप्टेम्बरसम्म न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा हुनेछ,’ सचिव राईले भने, ‘महासभाको जनरल डिबेटमा सम्माननीय प्रधानमन्त्रीज्यूले २४ सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम रहको छ ।’
भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर जफत गरेर सर्वसाधारणलाई वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझ गरेको अनुगमनमा ती सिलिन्डर सर्वसाधारणलाई वितरण गरिएको हो। ब्याङ्क्वेट सञ्चालकले असोजमा पार्टी प्यालेसमा धेरै भोज हुने भएकाले आफूले चितवन पुगेर बिहीबार मात्र ग्यास ल्याएको जानकारी दिँदै स्थानीय प्रशासनको अनुरोधमा आवश्यक परेकालाई ग्यास वितरण गरिएको जानकारी दिए। यसैबीच, जिल्ला प्रहरीले ग्यास कालोबजारी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। भक्तपुर नगरपालिका–२ इटाछेबाट १४ वटा सगर ग्यास सिलिन्डरसहित ४१ वर्षीय राजेश कर्मचार्य र सूर्यविनायक नगरपालिका–३ ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साहलाई…
काठमाडौं । आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन । काठमाडौंको गोकर्णेश्वरस्थित महादेव मन्दिरमा बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ । भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वरमा श्राद्ध गरे २१ पुस्तासम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास छ । यसै दिन वर्षभरि धार्मिक कार्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशे औँसी भनिन्छ । धार्मिक मान्यताअनुसार कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । गोकर्णेश्वर मन्दिरका पुजारी जगदीश भट्टका अनुसार सत्ययुगमा ब्रह्माले स्थापना गरेको विश्वास रहेको यस तीर्थमा श्राद्ध तथा तर्पण गर्दा पितृले मुक्ति पाउने धर्मशास्त्रीय मान्यता छ ।
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष ९दशौँ संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग ९पहिलो संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
काठमाडौं । नेकपा ९एमाले०को पुनर्गठन कार्यदलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ । गएको जेठ १० गतेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा पुनर्गठनका लागि सुझाव र चुनावको समीक्षा गर्न कार्यदल बनाएको थियो । उक्त कार्यदलले तल्ला तहका सुझाव लिएर प्रतिवेदन तयार पारिसकेको छ । पार्टीका महासचिव शंकर पोखरेलले मस्यौदा तयार गरे पनि बैठक बस्न सकेको थिएन । यद्यपी बैठकमा अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने भएका छन् । एमाले केन्द्रीय सदस्य तथा ओलीको सचिवालय प्रमुख निरु पालले कार्यदलको बैठकमा अध्यक्ष जाने कार्यक्रम नभएको बताइन् ।
काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा स्थित चिलिमे जलविद्युत आयोजनामा फसेकाहरूको उद्धारका लागि सुरक्षाकर्मीहरूले तीव्र रुपमा काम गरिरहेका छन् । उद्धार समन्वयका लागी आयोजना स्थलमा पूर्व उर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत कम्पनीका पूर्व प्रबन्ध–निर्देशक कुलमान घिसिङ पनि लागि परेका छन् । उद्धार कार्यमा सहभागी हुँदै उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय तथा सहजीकरण गरिरहेको घिसिङले फेुसबुकमार्फत जानकारी दिएका छन्। घिसिङका अनुसार सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटरभित्रबाट आवाज पठाउँदा त्यसको इको सुनिएको छ। उक्त स्थानबाट चिसो हावा समेत आइरहेको भन्दै उनले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा बलियो भएको बताएका छन्। हाल उद्धार टोली विद्युतगृह…
काठमाडौ । बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा हराइरहेकाहरूको खोजी आज पनि जारी छ। आयोजनाको सुरुङ तथा हेडबक्स क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी भइरहेको आयोजनाले जनाएको छ। खोजी तथा उद्धार कार्यमा नेपाली सेना, नेपाल ड्रोन एशोसिएसन, कोरियाली टोली, शेर्पासहितको टोली परिचालन गरिएको छ। त्यसैगरी हराइरहेकाहरूको खोजीका लागि तालिमप्राप्त सर्च डगसमेत प्रयोग गरिएको छ। आयोजनाका अनुसार बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कर्मचारी कार्यरत थिए। तीमध्ये ८७८ जनाको उद्धार गरिएको छ भने ५४५ जना अझै हराइरहेका छन्। हराइरहेकामध्ये नौ जना कोरियाली, ३४ जना चिनियाँ र ५० जना भारतीय नागरिक रहेका छन्। बाँकी हराइरहेका व्यक्ति नेपाली नागरिक रहेको आयोजनाले जनाएको छ।…
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ र ५ को सिमाना भएर बग्ने हुङ्गा खोला पहिरोले थुनिएपछि दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । आज बिहान ७ः०० बजे खसेको पहिरोले खोला थुनिएर करिब १०० मिटर लामो र १६ मिटर अग्लो बाँधजस्तो संरचना बनेको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले बताउए । पहिरो खस्ने क्रम नरोकिएकाले खोलामा जम्मा भएको पानीको मात्रा बढिरहेको उनले जानकारी दिए । “खोलाको माथिल्लो भागबाट ठूलो पहिरो खसेर करिब १६ मिटर उचाइ र १०० मिटर फराकिलो ड्यामजस्तो अवस्था बनेको जानकारी प्राप्त भएको छ,” उनले भने, “पहिरो नरोकिएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र…
काठमाडौँ । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिनमात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ ।…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क