Author: Editor

बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रतिवादी बनाइएकाहरुलाई बारा जिल्ला अदालतले रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले मुख्य प्रतिवादी जीतपुरसिमरा उपमहानगरपालिका–१ का प्रोग्रेश ९पुरग्रेश० चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । अन्य नौ जनालाई भने साधारण तारेखमा रिहा गरिएको जनाइएको छ । साधारण तारेखमा रिहा हुनेमा चौधरीका बुबा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममता तथा सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिन छन् । उनीहरूको घटनामा संलग्नता पुष्टि हुने पर्याप्त तथा ठोस प्रमाण नदेखिएको अदालतको आदेशमा उल्लेख छ । गरिमाका बुबा मनोज…

Read More

काठमाडौं । नेपालका लागि चिनियाँ राजदुत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपद्को सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित काष्ठमण्डप संवादमा बोल्दै राजदुत झाङले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताए । उनले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम कुनै देशको सीमाभित्र मात्र सिमित नरहने भन्दै विपद् व्यवस्थापनमा क्षेत्रीय तथा सीमापार सहकार्य आवश्यक रहेकोमा जोड दिए । चिनियाँ राष्ट्रपति सी चिनफिङको भनाइ उद्धृत गर्दै उहाँले कुनैपनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने…

Read More

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा भएको बोलेरो जिप दुर्घटना मृत्यु हुनेको संख्या तीन पुगेको छ । अरु तीन जना घाइते भएका छन् । शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका–५ सल्लेका करिब १८ वर्षीया विपना बुढाथोकी र ५० वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । रेशम र विपनाको सल्यानमै मृत्‍यु भएको हो भने डिल्लीबहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चालक त्रिवेणी गाउँपालिका–५ सिम्कका…

Read More

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले हिमाली क्षेत्रमा देखिँदै आएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्लाई नेपालको आन्तरिक समस्याका रूपमा मात्र हेर्न नहुने बताएका छन्। काठमाडौँमा शनिबार आयोजित काष्ठमण्डप संवादको तेस्रो शृङ्खलामा बोल्दै खनालले यस्ता विपद् विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिएकाले हिमाली जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको धारणा राखेका हुन् । नेपाल र चीनबिचको सम्बन्धमा चीनलाई समृद्धि र सङ्कट दुवै अवस्थामा विश्वासिलो मित्रका रूपमा चित्रण गर्दै उनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनले देखाउँदै आएको समर्थनको प्रशंसा गरे। नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता कायम राख्नुपर्ने र नेपाली भूमि चीनविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने…

Read More

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद् कुनै एक मुलुकको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताएका छन्। काठमाडौँमा शनिबार आयोजित काष्ठमण्डप संवादमा सम्बोधन गर्दै मन्त्री खनालले हालैको भोटेकोशी विपद्प्रति दुःख व्यक्त गर्दै मानवीय सहयोग र ऐक्यबद्धताका लागि चीन सरकार तथा चिनियाँ जनतालाई धन्यवाद दिएका हुन् । राजनीतिक सीमाले देशहरूलाई छुट्ट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा बाहिर परस्पर जोडिएको उनले उल्लेख गरे। त्यसैले वातावरणीय झटका तथा प्राकृतिक विपद्को सामना गर्न साझा जिम्मेवारी, समन्वित पूर्वतयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेको उनको भनाइ छ। नेपाल(चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्रमन्त्री खनालले भूगोल दुई…

Read More

मलेसिया । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल र युनाइटेड अरब इमिरेट्स ( युएई ) बीच प्रतिस्पर्धा भइरहेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा नेपालले युएईलाई ३१४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन जोड्यो । नेपालका लागि बलियो योगफल खडा गर्न ओपनर आसिफ शेखले शतकीय इनिङ्स खेले । १०६ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गर्दै १०२ रन जोडे । यस्तै, गुलशन झाले ५२ रनको अर्धशतकीय पारी खेले । अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८ रन जोडे ।…

Read More

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण गर्न समिति गठन गरेको छ । महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो। पार्टीको गत भदौ ५ गते बसेको केन्द्रीय कमिटीको निर्णय बमोजिम उक्त समिति गठन गरिएको प्रवक्ता जगदीश खरेलले बताए । रास्वपा सरकार बनीसकेपछि राइट टु रिकलको तिन मन्त्री सिकार भईसकेका छन् । समितिको सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने रहेका छन् ।

Read More

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औा ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार बेइजिङबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति सी सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । सीको प्रतिनिधिमण्डलमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्य तथा केन्द्रीय समितिको सामान्य कार्यालयका निर्देशक काई छी र राजनीतिक ब्युरो सदस्य तथा चिनियाँ विदेशमन्त्री वाङ यी पनि सहभागी छन् । १८औँ ब्रिक्स शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूबीच आर्थिक सहकार्य, विश्वव्यापी शासन, विकास तथा अन्तर्राष्ट्रिय मुद्दाबारे छलफल हुने अपेक्षा गरिएको छ । रासस / सिन्ह्वा

Read More

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी९नेकपा०का संयोजक पुष्पकमल दाहाल ( प्रचण्ड ) ले सरकारले समयमै विज्ञ र विदेशी प्राविधिकको सहयोग लिएर उद्धार कार्य अघि नबढाउँदा धेरैको ज्यान बचाउन नसकिएको बताएका छन् । जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विपद् सामान्य बाढी नभई ठूलो हिमाली प्रलयको स्वरूप भएको बताएका हुन् । दाहालले विपद्को प्रारम्भिक चार–पाँच दिनमै विज्ञहरूलाई परिचालन गरेर उद्धार कार्यलाई गम्भीर ढङ्गले अघि बढाएको भए थप मानिसको ज्यान बचाउन सकिने दाबी गरे । विदेशी विज्ञहरूले सहयोग गर्ने इच्छा देखाउँदा पनि सरकारले समयमै उनीहरूलाई ल्याउन पहल नगरी ‘हामी आफैं गर्छौं’ भन्ने अहंकार प्रदर्शन गरेको उनको आरोप छ…

Read More

काठमाडौ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले तयार पारेका छुट्टाछुट्टै प्रतिवेदनलाई एकीकृत गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको कार्यदलको बैठकले दुवै नेताले प्रस्तुत गरेका प्रतिवेदनको अध्ययन तथा छलफल गरी साझा निष्कर्षसहित एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो। बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले दुईवटा छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले एउटा महासचिव पोखरेलको तर्फबाट र अर्को आफूले तयार पारेको प्रतिवेदन रहेको जानकारी गराएका थिए। प्रतिवेदनमाथि छलफल गर्दै कार्यदलका सदस्यहरूले छुट्टाछुट्टै दस्तावेज पेस गर्नुभन्दा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसँग सम्बन्धित सबै विषयलाई समेटेर एउटै प्रतिवेदन…

Read More