काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त भएलगत्तै उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपतिसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिए।
आज मात्रै गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी थिइन्। उनको राजीनामासँगै रिक्त उद्योगमन्त्री पदमा साह नियुक्त भएका हुन्। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति रहेको थियो। सुनसरी क्षेत्र नम्बर(४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद साहलाई प्रधानमन्त्री शाहले आजै मन्त्री पदमा नियुक्तिका लागि सिफारिस गरेका थिए।
यसअघि उद्योगमन्त्री रहेका गौरीकुमारी यादवले आजै पदबाट राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी सम्हाल्न सांसद साहलाई नियुक्त गरिएको हो। साह पेसाले इन्जिनियर हुन्।
