काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आव्हानमा संसद बैठकअघि विपक्षी दल छलफलमा जुटेका हुन् । संसद दिउँसो १ बजेटबाट बस्दैछ ।
बैठक भोटेकोशी बाढी पछिको राहत, उद्धार, अस्थायी आवास र पुनर्निर्माण तथा जलवायु न्याय लगायतका विषयमा केन्द्रित रहेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताए । बैठकले भाटेकोशी बाढीबारे राष्ट्रिय तथा कूटनैतिक पहलका लागि रास्वपा सभापति रवि लामिछानेले हिजो संसद्मा प्रस्ताव गरेको विशेष सर्वदलीय संसदीय समिति निर्माणको विषयमा पनि छलफल हुने बताए ।
बैठकले बढ्दो महँगी, ग्यासको अभाव र अन्य जनजीविकाका सवाल लगायतका विषयमा पनि निर्णय लिने उनको भनाइ छ।
