Author: Editor
काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीको विवरणअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। कोशी प्रदेशअन्तर्गत पाँचथरको फालेलुङ गाउँपालिका–४ आसपास फिदिम–फालेलुङ सडकखण्ड पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। बागमती प्रदेशमा सबैभन्दा बढी सडक प्रभावित छन्। काभ्रेको बीपी राजमार्गअन्तर्गत कुर्कोट–नेपालथोक–कटुन्जेबेसी सडकखण्डमा सम्भावित बाढीका कारण सवारी सञ्चालनमा समयगत प्रतिबन्ध लगाइएको छ। १० टनसम्मका मालवाहक सवारीलाई राति सञ्चालन गर्न दिइने र मिनी तथा साना सार्वजनिक यात्रुवाहक सवारीलाई तोकिएको समयमा सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध छ। त्यस्तै…
काठमाडौँ । नेकपा ( एमाले ) पुनर्गठन कार्यदलको बैठक काभ्रेको पनौतीमा बस्ने भएको छ । बैठकका लागि कार्यदलका सदस्यहरू आइतबार बिहान मात्र काभ्रेको पनौतीस्थित एक होटलमा पुगेका हुन् । यद्यपि उनीहरुले होटलको नाम भने गोप्य राखेका छन् । शनिबारबाटै आवासीय बैठक बस्ने भनेपनि नेताहरु आइतबारमात्रै पनौति पुगेपछि बैठकपनि आइतबारबाटै सुरु हुने एक नेताले जानकारी दिए । उनीहरूका अनुसार कार्यदल संयोजक रामबहादुर थापा ’बादल’ र सदस्य सचिव शंकर पोखरेलले अलग अलग प्रतिवेदन मस्यौदा पेस गरेपछि दुवैलाई एकीकृत गरी एउटै प्रतिवेदन तयार पार्ने तयारी छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको कार्यदलको बैठकमा बादल र शंकर दुवैको प्रस्ताव अध्ययनका नेताहरूलाई बाँडिएको थियो…
सिराहा । शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि मधेस प्रदेशमा भइरहेको सुझाव सङ्कलन कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताएका छन्। शनिबार सिराहाको औहरी गाविसमा भएको एक कार्यक्रममा होहल्ला भएपछि मन्त्री पोखरेल बोल्दाबोल्दै मञ्च बिचमै छाडेर हिँडेका थिए। कार्यक्रममा उनको भूमिकालाई लिएर आलोचना भएपछि उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्। उनले कुनै पनि भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई रोक्न नसक्ने बताएका छन्। मन्त्री पोखरेलका अनुसार शनिबार सिराहा र सप्तरीमा आयोजित अन्तरक्रियामा १०० भन्दाबढी विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको सहभागिता थियो। कार्यक्रममा दुई जना व्यक्तिले हल्लाखल्ला गरेपछि सहभागीको सहभागिता प्रभावित हुने अवस्था…
नयाँदिल्ली । भारतको नयाँ दिल्लीमा शनिबारदेखि जारी अठारौँ ब्रिक्स शिखर सम्मेलनको आज ९आइतबार० अन्तिम दिन हो। आज खुला बैठक ( ओपन मिटिङ ) आयोजना गरिनेछ, जसमा सदस्य देशका नेता र अन्य आमन्त्रित देशका प्रमुख सहभागी हुनेछन्। बैठकमा ब्रिक्ससँग सम्बन्धित महत्त्वपूर्ण विषयमा छलफल हुनेछ। यसपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चार देशका नेतासँग छुट्टाछुट्टै द्विपक्षीय बैठक गर्नेछन्। शिखर सम्मेलनको पहिलो दिन भारतले ब्रिक्स देशहरूले हाल साझा मुद्रा सिर्जना गर्ने कुनै प्रस्ताव नगरेको बतायो। यद्यपि विदेश मन्त्रालयले स्थानीय मुद्रामा पारस्परिक व्यापार र भुक्तानी प्रवर्द्धन गर्न ब्रिक्सभित्र छलफल भइरहेको बताएको छ। यसको उद्देश्य सदस्य देशहरूबिचको व्यापारलाई सहज बनाउनु र लेनदेन लागत घटाउनु रहेको उल्लेख…
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टीको १५औँ महाधिवेशनका बारेमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ ।
काठमाडौँ । सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली ९एफडब्लूसीएमएस० मा आबद्ध नेपाली इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कारबाही प्रक्रिया बढाएको छ । वैदेशिक रोजगार विभागले उक्त प्रणालीमा ‘मुख्य श्रमिक भर्ना संस्था’का रूपमा सूचीकृत २५ वटा इजाजतपत्रप्राप्त संस्थालाई प्रणालीसँगको आबद्धता निरन्तरता नदिन, आफू उक्त प्रणालीबाट बाहिर निस्किएको तथ्यगत जानकारी प्रमाणसहित पेस गर्न तथा नयाँ रूपमा आबद्ध नहुन शनिबार निर्देशन दिएको छ । ती संस्थाका ‘आबद्ध’ वा ‘सहयोगी संस्था’ का रूपमा सूचीकृत भएका भनिएका २५० संस्थाको मलेसियासम्बन्धी नयाँ पूर्वस्वीकृति प्रक्रिया पनि हाललाई रोक्का गरिएको विभागले जनाएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा २०८३ भदौ २६ गतेको…
भक्तपुर । भोटेकोशी बाढीपीडितका लागि स्थानीय तहले उपलब्ध गराउने जग्गामा वाग्मती सरकारले घर बनाइदिने भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बाढीपीडितको पुनर्वासको व्यवस्था प्रदेश सरकारले गर्ने बताएका हुन् । त्रिशूली नदीको दायाँ(बायाँ अब बस्ती बसाउन नहुने भन्दै उनले स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले घर बनाइदिने सहमति भएको दाबी गरे । ”वाग्मती प्रदेश सरकारले घरबार गुमाएका नागरिकका लागि दीर्घकालीन सोचका साथ बस्ती विकास गर्ने तयारी गरेको छ । त्यस्ता नागरिकका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको छ,” उनले भने । नुवाकोटका पीडितका लागि विदुर नगरपालिकामा जग्गा उपलब्ध गराउने सहमति…
काठमाडौं । हरितालिका ( तीज ) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने अनुभव धर्मशास्त्रविद् प्रा। तोयराज नेपालको छ । विगत वर्षमा नेपालमा मात्र मनाइने तीजपर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि मनाउन…
सिरहा । शिक्षामन्त्री सस्मित पोखरेल केही दिनदेखि मधेशमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप( २०७६ परिमार्जनका लागि आवश्यक सुझाव संकलन केन्द्रित कार्यक्रममा सहभागी भइरहेका छन्। शनिबार सिरहाको औरही गाउँपालिकामा कार्यक्रम थियो। उक्त कार्यक्रममा शिक्षामन्त्री पोखरेलले बोल्न थालेलगत्तै विवाद भएको थियो। पाठ्यक्रम विकास केन्द्रको आयोजना भएको कार्यक्रममा उनी प्रमुख अतिथिको वक्ताको रुपमा सम्बोधन गर्न थालेपछि विवाद सुरु भएको थियो। कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, अभिभावक र विद्यार्थीले लगायत सरोकारवालाहरूले आ(आफ्नो सुझाव राखिसकेपछि औरही नगरपालिका अध्यक्ष शिवजी यादवले बोलेका थिए। त्यसपछि बोल्ने वक्तामा जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश कुमार महतो नाम रहेको थियो। तर उनलाई बोल्न समय नदिई मन्त्रीलाई आग्रह गरिएपछि महतोले…
मुग्लिङ । त्रिशूली बाढीका कारण सडक भासिएपछि अवरूद्ध कृष्णभीर सडकखण्ड चाँडै सञ्चालनमा ल्याउने तयारी छ। नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले दुईरतीन भित्रै सडक खण्ड सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताइन्।उनका अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्रयाकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ। अधिकारीले सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी काम तीब्र गतिमा अघि बढाइएको जानकारी दिइन्। शनिबार कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका लागि दुईवटा बुलडोजर र दुईवटा एक्साभेटर प्रयोग भइरहेको उनले बताइन् । ग्रेडको काम सम्पन्न भएपछि रोलर थप…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क