Author: Editor
काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जानबुझ गर्न गठन भएको जाँचबुझ आयोगले आइतबार ( भोलि ) सम्ममा प्रतिवेदन बुझाउने भएको छ । प्रतिवेदनलाई अन्तिम रुप दिन आयोगका पदाधिकारीहरु सिंहदरबारस्थित कार्यालयमा बसिरहेका छन् । प्रतिवेदन लेखनका क्रममा केही त्रुटि वा कमजोरी छ कि भनेर रुजु गर्ने काम गरिरहेका छौं, आज अपराह्नसम्म त्यो काम सकिनेछ,’ आयोगका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘मिल्यो भने आज बेलुकी, नभए भोलिसम्ममा प्रधानमन्त्रीज्यूलाई प्रतिवेदन बुझाउनेछौं ।’ अनुसन्धानका क्रममा संकलन भएका प्रमाण र दस्तावेजहरूलाई वर्गीकरण गरेर आयोगको सचिवालयले शिलबन्दी गर्ने काम गरिरहेको छ । ती कागजात पनि आयोगले प्रधानमन्त्रीलाई बुझाउनेछ । गत २३ भदौमा जेनजी आन्दोलनमा…
सुर्खेत । कालिकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार शाहीले ११ हजार ३ सय ३८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का नगेन्द्र शाहीले १० हजार ३ सय ५२ मत प्राप्त गरेका छन्। त्यसै गरी नेपाली कांग्रेसका हर्षबहादुर बमले ७ हजार ९ सय ३३ मत, नेपाल कम्युनिस्ट पार्टी ९माओवादी०का खड्गबहादुर विश्वकर्माले ४ हजार ५ सय ९९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले २ हजार १ सय ३७ मत तथा नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५ सय ९७ मत प्राप्त गरेका छन्।
तेह्रथुम । तेह्रथुममा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी हुनुभएको छ । एमालेका उम्मेदवार भानुभक्त ढकाललाई आठ सय ७९ मतलेपछि पार्दै सुब्बाले जीत हासिल गर्नु भएको हो । सुब्बाले कुल ११ हजार ५६१ मत प्राप्त गर्दा ढकालले दस हजार ६८२ मत प्राप्त गर्नुभयो । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्की सात हजार ७३७ मत तथा श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बु पाँच हजार दुई सय मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत दिलकुमार बर्देवाले जानकारी दिनुभयो । ४८ वर्षीय सुब्बा म्याङलुङ नगरपालिकाका निवासी हुनुहुन्छ । यसअघि २०७९ सालको प्रदेशसभा निर्वाचनमा उहाँ एमालेका उम्मेदवार किशोरचन्द्र दुलालसँग पराजित हुनु भएको थियो…
नेपालगंज। बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राई फराकिलो मतान्तरसहित विजयी भएर लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्र र देशमै पहिलो विजयी दर्ता गरेका छन्। निर्वाचनकै मुखमा एमाले प्रवेश गरेका रास्वपा र नेपाली कांग्रेसका उम्मेदवारलाई पछाडि पार्दै जित दर्ता गराएका हुन् । राईले २४ हजार ६ सय २६ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका रास्वपाका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ५ सय ८१ मत ल्याएका थिए । यहाँ नेपाली कांग्रेस तेस्रो स्थानमा छ । कांग्रेसका उम्मेदवार सुधान्सु कोइरालाले १७ हजार ५ सय ९० मत प्राप्त गरेका छन् । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का उम्मेदवार ऋषिराज…
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमो मतगणना जारी रहँदा दुई तिहाई बहुमततर्फ अग्रसर भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले शनिवार बिहान ८ बजेसम्म २० सीट जितिसकेको छ । रास्वपा ९९ वटा क्षेत्रमा अग्रता लिइरहँदा अधिकांश क्षेत्रमा फराकिलो अग्रता भएकाले ती सबै सीट जित्ने सम्भावना छ । हिलेसम्मको रुझान हेर्दा रास्वपा प्रत्यक्षतर्फ नै १३० कटाउने अवस्थामा देखिन्छ भने यहि अनुपातमा समानुपातिक मत आउँदा उसको दुई तिहाई बहुमत पुग्ने आँकलन गर्न सकिन्छ ।
म्याग्दी । म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा। महावीर पुन १४ हजार नौ सय ३१ मतान्तरसहित निर्वाचित हुनुभएको छ । शनिबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनुभएका पुनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो । स्वतन्त्र उम्मेदवार पुनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार नौ सय १९ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी९केबी०ले ६ हजार ६ सय ७३ मत र नेकपाका अर्जुन थापाले ३ हजार पाँच सय ३० मत प्राप्त…
काठमाडौं । काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की उम्मेदवार रञ्जु दर्शना न्यौपाने निर्वाचित भएकी छन्। उनी १५ हजार ४५५ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्। औपचारिक घोषणा गर्न भने बाँकी छ। दोस्रो पटक प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी न्यौपानेले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका प्रबल थापालाई मतान्तरले पछि पारेकी हुन्। थापाले ६ हजार ३६४ मत ल्याए। यसअघिका निर्वाचनमा कडा टक्कर दिँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याए। चौथो स्थानमा रहेका नेकपा एमालेका मोहन रेग्मीले १ हजार ६१८ मत ल्याए। न्यौपाने २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर…
काठमाडौं । नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा भारतले बधाई दिएको छ । भारतीय विदेश मन्त्रालयले बिहीबार साँझ एक नोट जारी गरी निर्वाचनपछि आउने नयाँ सरकारसँग काम गर्न तयार रहेको बताएको हो । चुनाव गराउन सफल प्रधानमन्त्री सुशीला कार्की र चुनावमा सहभागी हुने मतदातालाई पनि भारतले बधाई दिएको छ । भारतले नेपालको शान्ति, प्रगति र स्थिरतालाई निरन्तर समर्थन गरेको छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ । दुई देश र जनताबीचको बलियो बहुआयामिक सम्बन्धलाई अझ बलियो बनाउन नेपालको नयाँ सरकारसँग काम गर्न तत्पर रहेको उसको भनाइ छ ।
झापा । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन साह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा दोब्बर बढी मतले अगाडि छन् । पछिल्लो मत परिणाम अनुसार साहले १ हजार ४ सय ७८ मत प्राप्त गर्दा ओलीले ३ सय ८४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङले १ सय ३९ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का रञ्जित तामाङले ५९, कांग्रेसकी मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेका छन् ।
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमध्ये ४६ वटा क्षेत्रको प्रारम्भिक मतगणना सार्वजनिक गरेको छ। आयोगको प्रारम्भिक तथ्यांङ्क अनुसार मत गणना भइरहेका ४६ वटा क्षेत्रमध्ये ३० वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ। त्यस्तै, नेपाली कांग्रेसले ५, नेकपा एमालेले ३ र नेपाली कम्युनिष्ट पार्टीले एउटा क्षेत्रमा अग्रता कायम गरेको छ। रास्वपाले काठमाडौँका दशैवटा क्षेत्रमा अग्रता कायम गरेको छ। भक्तपुरका पनि दुवै क्षेत्रमा रास्वपा नै अगाडि देखिएको छ। अधिकांश स्थानमा रास्वपाले अग्रता कायम गर्दा कांग्रेसले तेह्रथुम–१, ललितपुर–१, मुस्ताङ–१, कपिलवस्तु–३ र कैलाली–१ मा मात्रै अग्रता बनाएको छ। त्यस्तै, एमाले स्याङ्जा–१, रुपन्दही–४ र बाँके–२ मा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क