Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं । भ्रष्टाचार मुद्दा लागेपछि माधव नेपाल विशेष अदालतमा बयानको लागि उपस्थित भएका छन् । आफ्ना कानून व्यवसायीहरुको साथमा माधव नेपाल आज विशेष अदालतमा उपस्थित भएका हुन् । काभ्रेको पतञ्जली जग्गा प्रकरणमा नेपालमाथि अख्तिया र दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । नेपालनिकट एक नेताकाअनुसार अहिले उनको बयान सुरु भैसकेको छ । विशेष अदालतको इजलास नम्बर २ मा न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाले उनको बयान लिन सुरु गरेका छन । नेपालको बयान सकिएपछि थुनछेक बहस सुरु हुने भनिएको छ । नेपाल प्रधानमन्त्री हुँदा पतञ्जलिलाई अवैध तरिकाले जग्गा बिक्रीको अनुमति दिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको…
काठमाण्डौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टीको संसदीय दललाई निर्देशन दिएको हो। ‘हाम्रो पार्टीको कार्यकारिणी बैठकले सरकारलाई दिएको समर्थन पुनर्विचार गर्न संसदीय दललाई निर्देशन दिएको छ,’ पार्टी अध्यक्ष उपेन्द्र यादवलेभने, ‘सरकारको एक वर्षको कामको डेलिभरी र मूल्याङ्कनका आधारमा निर्णय गरेका हौँ।’ अध्यक्ष यादवले संसदीय दलको बैठक बसेर केही दिन भित्रै निर्णय लिइने बताए। ‘पार्टीले सरकारको कामबारे असन्तुष्टि व्यक्त गरेको छ,’ यादवले भने, ‘सरकारले आफूले गरेको प्रतिबद्धता पूरा गर्न सकेन। त्यसैले पुनर्विचार गर्ने निर्णय भयो।’ जसपा…
काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक विधेयकमार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले दिएको निवेदन उपर छलफल र आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरूका सम्बन्धमा समसामयिक छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगति सम्बन्धमा छलफल हुनेछ । त्यसैगरी, दिउँसो १…
काठमाण्डौं । मिस नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ। आयोजक संस्था हिडन ट्रेजरले यो वर्षबाट ‘मिस कोस्मो’को उपाधि समेत थप गरिएको जानकारी गराएको छ। सहभागी हुन चाहनेले असार २६ गतेसम्म आवेदन दिन सक्नेछ्न्। मिस नेपालको फिनाले भदौ १४ मा गोदावरीस्थित सनराइज हलमा सम्पन्न हुनेछ। यो वर्ष प्रतियोगिताबाट ४ विजेता घोषणा गरिनेछन्। मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेस्नल, मिस नेपाल अर्थ र थप गरिएको मिस नेपाल कोस्मो रहेको छ। ‘मिस नेपाल कोस्मो’को उपाधि जित्नेले भियतनाममा हुने ‘मिस कस्मो’मा सहभागी हुन पाउनेछन्। आयोजक संस्था मिस नेपाल २०२५ को खोजीका लागि देशका विभिन्न शहरमा पुग्नेछ। त्यसैगरी, अन्तिम अडिसन २८ गते काठमाडौँमा…
काठमाण्डौं । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेकाे छ। उत्पादन घटेपटि माग बढेर मूल्यवृद्धि भएको छ। विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ। पच्चीस प्रतिशत हाराहारी उत्पादन घटेको छ। यो मौसममा रोग देखिने गर्दछ, पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीको तनाव झन् बढ्छ। जसले उत्पादन घटाउँछ। नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार उत्पादन घटेपछि माग धान्न कठिन भएको छ। सङ्घले आजबाट लागू हुनेगरी समर्थन मूल्य तोकेको छ । बढेको समर्थन मूल्यअनुसार…
काठमाडौं । प्रत्येक वर्षको असार १० गते स्थानीय तहले अनिवार्य रूपमा बजेट ल्याउनु पर्ने कानूनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार मंगलबारसम्म ४४५ गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघका अनुसार देशभर ४६० गाउँपालिका रहेका छन् । जसमध्ये ४४५ वटा गाउँपालिकाले असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट पेश गरेका छन् । जुन ९७ प्रतिशत हो । अन्य १५ गाउँपालिकाको बजेट सार्वजनिक हुन बाँकी रहेको छ । महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले दुई प्रदेशका सबै गाउँपालिकाले आगामी आवका लागि बजेट ल्याएका छन् । जुन कोशी र सुदूरपश्चिम प्रदेशका सबै गाउँपालिका हुन् । आगामी आवको…
काठमाडौँ। सधैँ जसो खेतबारीमा माटो खेलाउने किसान मङ्गलबार भने सुटबुटमा चिटिक्क परेर राष्ट्रपति कार्यालय शीतलनिवासमा आए । लामो समयदेखि व्यावसायिक रूपमा कृषिकर्म गरेका किसानले राष्ट्रपति रामचन्द्र पौडेलबाट उत्कृष्ट कृषक पुरस्कार ग्रहण गरे । पहिलो पटक राष्ट्रपतिको हातबाट नगद दुई लाखसहित प्रमाणपत्र पाउँदा किसान उत्साही देखिने नै भए । प्रत्येक प्रदेशबाट दुई जना कृषकका दरले कृषि व्यवसायमा उत्कृष्ट काम गरी छनोटमा परेका १४ किसान पुरस्कृत भए । कृषिकर्म गरी आफ्नो ठाउँमा नमुना कृषक बनेका उनीहरू कर्मको फलस्वरूप राष्ट्रपतिबाटै पुरस्कृत हुँदा हर्षित मात्र होइन, थप उत्साही देखिए । शिक्षण पेसा त्यागेर तीन दशकअघिदेखि कृषि पेसामा संलग्न सल्यानका भरतनाथ योगी पुरस्कार पाउँदा ठुलो…
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट यथार्थपरक रहेको र बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने दाबी गरेका छन् । प्रतिनिधि सभाको मंलगबारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले शिथिलतामा रहेको अर्थतन्त्रलाई वर्तमान सरकारले चलायमान बनाएको दाबी गरे । उनले बजेटमा स्रोत व्यवस्थापन र खर्चको बाँडफाँड यथार्थपरक गरिएको बताउँदै संविधानको अधिकारको सूची, कार्य विस्तृतिकरण प्रतिवेदन तथा आयोजना वर्गीकरण मापदण्डअनुरुप अपवादबाहेक तीन करोडको सीमालाई पालना गर्ने दृढता व्यक्त गरेको स्पष्ट पारे । ‘केही अपवादबाहेक यसपटक सरकारले स्पष्टसँग संविधानको अधिकारको सूची, कार्यविस्तृतिकरण प्रतिवेदन र आयोजना वर्गीकरण मापदण्डको आधारमा तीन करोडको सीमालाई पालना गर्ने दृढता व्यक्त गरेको हो…
काठमाडौँ । सर्वोच्च अदालतले टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण माग गरेको छ । रमाका बुवा बलदेव बस्नेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्वलाई गाली गरेको र मधेसी समुदायलाई होच्याउने गरी बोलेर साम्प्रदायिक खलल पुर्याएको आरोपमा उनी गत असार १ गते पक्राउ परेकी थिइन् । खोटाङ स्थायी घर भएर भक्तपुर बस्दै आएकी रमालाई विद्युतीय कसुर गरेको आरोपमा पक्राउ गरिएको थियो । रमालाई पक्राउ गरी गैरकानुनी थुनामा राखिएको भन्दै सोमबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो ।
काठमाडौँ । सत्तापक्षीय दलले आगामी आर्थिक वर्षको बजेट पारित गर्ने विषयमा छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको सत्तापक्षीय दलहरूको बैठकले बजेटबारे छलफल गर्दै संसदबाट आजै पास गर्ने निर्णय गरेको जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले जानकारी दिए । ‘संसदबाट बजेट पास गर्नुपर्ने छ । त्यसैबारे छलफल भयो । आजै बजेट पास गर्नेगरी कुराकानीहरू भएका छन्’, राउतले रातोपाटीसँग भने,‘बजेट पास गर्न सत्तापक्ष एकमत भएका छौ ।’ बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्ण सिटौला, लोसपाका महन्थ ठाकुर, जसपाका अशोक राई, जनमतका सिके राउत,…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क