Author: ट्रान्सपेरेन्टखबर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने भएका छन् । उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिनेछन् । प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र स्वागतका लागि स्पेनस्थित नेपाली समुदाय आतुर र उत्साहित रहेको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले जानकारी दिए। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबिच सहमतिपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्रीले भ्रमणकै दौरान…

Read More

कञ्चनपुर ।  आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पुर्‍याएर बन्धक बनाइएका ५८ नेपाली युवाको आज उद्धार गरी ल्याइएको छ। भारतको उत्तराखण्ड राज्य उधमसिंह नगर जिल्लाको रुद्रपुरमा ३२ जना र कासिपुरमा ३५ जना गरी ५८ जना बन्ध बनाइएका युवाहरूको उद्धार गरी ल्याइएको हो। नागरिक संस्था किन नेपाल/किन इण्डिया, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा युवाको उद्धार गरी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए। रुद्रपुर र कासिपुरमा रोजगारी दिने भनेर लगिएका युवालाई घर घरमा राखेर बन्धक बनाइएको थाहा पाएपछि भारतस्थित नेपाली दूतावासको सहयोगमा विभिन्न सङ्घ संस्था र प्रहरीले उद्धार गरेको…

Read More

काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो । विशेष अदालतको आदेशपछि उनी धरौटी बुझाएर बुधबार नै घर जान पाउनेछन् । पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषदकै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो । भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा…

Read More

काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले सेयरबजारमा मात्रै १४ करोडमाथिको लगानी गरेको राष्ट्र बैंकमा पेस गरेको सम्पत्ति विवरणले देखाएको छ। सार्वजनिक विवरणअनुसार सानिमा बैंकमा २ करोड ४४ लाखबराबरको सेयर लगानी हुँदा सानिमा मिडल तमोर हाइड्रोमा १ करोड ८८ लाख, संयुक्त ऊर्जा हाइड्रोपावरमा ५ करोड, चितवनको इनर्जी लिमिटेडमा २ करोड ५० लाख, सानिमा माई हाइड्रोमा ९२ लाख रुपैयाँको सेयर लगानी देखिएको छ। पौडेलले पत्नी प्रतिभा शर्माको नाममा पनि ग्लोबेको प्रालिमा ३७ लाख ५० हजार बराबरको सेयर लगानी गरेका छन्। यस्तै पौडेलको ३ वटा बैंक खाता र श्रीमतीको ३ वटा बैंक खातामा…

Read More

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा थुनछेक बहस सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले सुरुवातीमा बहस गरिरहेका छन् । नेपालले आज विशेष अदालतमा गएर बयान दिएपश्चात थुनछेक बहस प्रारम्भ भएको हो । बहसपश्चात नेपाललाई थुनामा पठाउने कि नपठाउने भन्ने न्यायाधीशले निर्णय लिने छन् । नेपालका तर्फबाट बहस गर्न डेढ सय जति कानून व्यवसायीले वकालतनामा लेखाएका छन् । तर, समयको पावन्दीले गर्दा थोरैले मात्रै बहसको अवसर पाउने सम्भावना छ । आज बहस नसकिएमा न्यायाधीशले नेपाललाई थुनामा पठाउन सक्ने भएकाले बहस छोट्याउने तयारी उनका वकिलहरुको छ । केही वरिष्ठ अधिवक्ताहरुले मात्रै उनको पक्षबाट बहस…

Read More

काठमाडौं । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएको छ । असार ९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का विभिन्न १५ निर्णयहरु सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद् बैठकले असार १५ देखि १९ गतेसम्म स्पेनको सेभिल्लामा आयोजना हुने कार्यक्रममा भाग लिन खानेपानीमन्त्री प्रदीप यादवलाई स्वीकृति प्रदान गरेको छ । त्यसैगरी असार १३ देखि १९ सम्म इटालीको रोममा आयोजना हुने कार्यक्रममा सहभागी हुन परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र असार १४ देखि जमर्नीको बोनमा आयोजना हुने ३६औंं ‘नेपाल डे’ मा सहभागी हुन महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीलाई स्वीकृपत…

Read More

काठमाडौँ । कोशीटप्पु वन्यजन्तु आरक्ष पीडितले जग्गा सट्टापट्टा मिलाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् । आरक्ष विस्तार हुँदा विस्थापित परिवारका प्रतिनिधिले जग्गा सट्टापट्टाका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् ।प्रधानमन्त्री निवास, बालुवाटारमा विस्थापित परिवारका तर्फबाट सट्टापट्टा पाउन बाँकीमध्येका ९५ वर्षीय कमलकुमारी पोखरेलसहित प्रतिनिधिले ४८ वर्षअघि आरक्ष विस्तारका क्रममा घर बसोबास अधिग्रहण गर्दा जग्गाको सट्टापट्टा दिने राज्यसँग भएको भद्र सहमति स्मरण गराएका हुन् । सो समस्याका सम्बन्धमा नेपाल सरकारबाट २०८० फागुन ६ गते रकम चेम्जोङ नेतृत्वको कोशीटप्पु वन्यजन्तु आरक्षका विस्थापितहरूको समस्या समाधान गर्ने अधिकार सम्पन्न उच्चस्तरीय आयोगले सट्टापट्टा पाउन छुट भएका ७५ परिवारलाई मोरङको लेटाङ नगरपालिकामा जग्गा…

Read More

काठमाण्डौं । नेकपा ( माओवादी केन्द्र)  का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेस हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उक्त टिप्पणी गरेका हुन्। समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभामा कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै प्रचण्डले त्यसो नगर्न गर्दै सरकारलाई चेतावनी दिए। उनले भने, ‘हामीले धेरै मेहनत गरेर सदनमा ल्याएका र समितिबाट सर्वसम्मत पारित गराएका…

Read More

काठमाडौ‌ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा सहभागी भएका छन् । अहिले जारी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रचण्ड सहभागी भएका हुन् । शीर्ष नेताहरु संसद र समितिको बैठकमा कमैमात्र सहभागी हुने गरेका छन् । बैठकमा प्रचण्डसँगै गृहमन्त्री रमेश लेखक र रक्षामन्त्री मानवीर राई पनि सहभागी छन् । संसद बैठकमै सहभागी नहुने शिर्ष नेताहरु समितिको बैठकमा सहभागी हुनुलाई अर्थपूर्ण रुपमा हेरीएको छ ।

Read More

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए। आजको बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयवस्तुहरू मा छलफल गरिनेछ। एमालेले यसअघि नै आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिसकेको छ। विधान महाधिवेशनको तयारीमा थालेको छ। भदौमा हुने विधान महाधिवेशन विधान संशोधनको मुख्य प्रस्तावका रूपमा प्रस्तुत हुने छ। यसका साथै एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। एमालेको यो विधान…

Read More