Author: Editor
काठमाडौँ.। सुविधाजनक संसदीय अङ्कगणितसहित राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत हासिल गरेको छ । प्रत्यक्षतर्फ १२५ सिटमा जित हासिल गरिसकेको रास्वपा समानुपातिकको जारी गणनामा पनि निकै अघि छ । रास्वपाले समानुपातिकमा सदर मतको झन्डै आधा मत पाएको छ । सोमबार साँझसम्म रास्वपाले कुल सदर मतको ४८ प्रतिशतभन्दा बढी मत होल्ड गरेको छ । अघिल्लो संसद्का ठुला दल नेपाली कांग्रेस, नेकपा ९एमाले० लगायतका दलको उपस्थिति प्रतिनिधि सभामा यस पटक निकै कमजोर बनेको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष० बाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० सदस्य निर्वाचन हुने छन् । प्रत्यक्षमा रास्वपाले दुई तिहाइ…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना चलिरहेको छ । ९३ लाख ६० हजार ७६९ मत गणना हुँदा राप्रपाले तीन लाख १६० मत ल्याएको हो । यो संख्या गणना भइसकेको कूल सदर मतको ३।१९ प्रतिशत हो । प्रतिनिधिसभामा समानुपातिकबाट प्रतिनिधित्वका लागि कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।
इलाम । इलाम क्षेत्र १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन् । कांग्रेसलाई नै सबैभन्दा ठूलो क्षति गरेर बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको देशभर जितको लहर चलिरहेका बेला यो क्षेत्र भने कांग्रेसले २६ वर्षपछि आफ्नो पक्षमा फर्काउन सफल भएको हो । ३५ वर्षे राई १४ हजार ५ सय ४३ मतसहित विजयी भएका छन् । राईले यो मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बूले १३ हजार ६ सय ३२ मत ल्याएका छन् । नेकपा ९एमाले०का काजीमान कागते तेस्रो भए । उनले मत ११ हजार ९ सय ६६ ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९…
लुम्बिनी । लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस र नेकपाले दुई–दुई तथा नेकपा ९एमाले० ले एक क्षेत्रमा विजय हासिल गरेका छन् । रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् । रुपन्देही–१ मा सुनिल लम्साल, रुपन्देही–२ मा सुलभ खरेल, रुपन्देही–३ मा डा लेखजंग थापा, रुपन्देही–४ मा कन्हैया बनियाँ र रुपन्देही–५ मा तौफिक अहमद खान विजयी भएका छन् । त्यसैगरी पश्चिम नवलपरासी–१ मा पनि रास्वपाकै विक्रम खनाल तथा पश्चिम नवलपरासी–२ मा नरेन्द्रकुमार गुप्ता निर्वाचित भएका छन्। कपिलवस्तु–१ मा रास्वपाका…
काठमाडौं । गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३९८ मत ल्याएर दोस्रो भएका छन् । यस्तै, नेपाली कम्युनिष्ट पार्टी उम्मेदवार हरिराज अधिकारीले ११ हजार १२४ मत ल्याएका छन्। गोरखा–२ मा पनि रास्वपाका कविन्द्र बुर्लाकोटीले जितेका छन् । उनले १६ हजार ६६० मत ल्याएर जित हाँसिल गरेका छन् । उनले पनि यो क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीलाई पराजित गरेका हुन् । उनले ११ हजार ७०० मत ल्याए । तेस्रोमा नेकपाका लेखनाथ न्यौपाने भएका छन् । न्यौपानेले ११ हजार ७३ मत ल्याए ।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । अब मात्र ४ सिटको नतिजा आउन बाँकी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेले १–१ सिटमा अग्रता बनाइरहेका छन् । रास्वपाले गोरखा(१ मा, नेपाली कांग्रेसले इलाम–१ मा तथा नेकपा एमालेले सङ्खुवासभा–१ मा अग्रता बनाइरहेको छ । धनुषा–१ को भने मत परिणाम हाल सार्वजनिक नगर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । हालसम्म रास्वपाले सर्वाधिक १२४ सिट जितिसकेको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले १७ तथा एमालेले ८ सिट जितेको छ । नेपाली कम्युनिस्ट पार्टी ७ सिटसहित चौथो स्थानमा…
बागलुङ । बागलुङ नगरपालिका(३ गुठीमा जन्मेका सुशील खड्का १२ वर्षअघि अमेरिकाको बसाइ त्यागेर नेपाल फर्केका थिए। उनी त्यसपछि उद्यममा लागे। राष्ट्रिय राजनीतिमा युवाको आवश्यकता देखेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको बताउने खड्का हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ बाट २० हजार ९२७ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। खड्का फोहोर व्यवस्थापनदेखि समाजसेवामा सक्रिय रहँदै रास्वपामा प्रवेश गरेका थिए। आफ्ना प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गरेका खड्काले बागलुङको छविलाई सुधार्ने योजना रहेको बताए। उनले गुमेको बागलुङको साखलाई फिर्ता ल्याउँदै आर्थिक विकास, रोजगारी, हरित वातावरण र उद्यमशीलतामा जोड दिने बताएका छन्। खड्कासँग केमिकल इन्जिनियर, अर्थविद् तथा उद्यमीका रूपमा काम गरेको अनुभव छ।…
काठमाडौँ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको आईसीसी टी–२० विश्वकपको फाइनलमा भारतले न्यूजिल्यान्डलाई हराउँदै च्याम्पियन बनेको छ । यससँगै भारत टी–२० विश्वकप तीन पटक जित्ने पहिलो देश बनेको छ । भारतले सन् २००७, २०२४ र अब २०२६ मा टी–२० विश्वकप जितेको हो । भारतले न्यूजिल्यान्डलाई जितका लागि २ सय ५६ रनको लक्ष्य दिएको थियो । तर न्यूजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमै अलआउट भयो । यसरी भारतले न्यूजिल्यान्डलाई ९६ रनले हराउँदै लगातार दोस्रो पटक टी–२० विश्वकप जित्ने टोली पनि बन्यो । फाइनलमा भारतका ब्याट्सम्यान र बलर दुवैले उत्कृष्ट प्रदर्शन गरे । जसप्रीत बुमराहले चार ओभरमा मात्र १५ रन दिँदै…
काठमाण्डौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म तीन दलका सभापति र प्रमुख निर्वाचित हुँदा आधा दर्जन पार्टी सभापति र अध्यक्षको संसद् प्रवेशको बाटो तत्काललाई बन्द भएको छ । अहिलेसम्म रास्वपा सभापति रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० संयोजक पुष्पकमल दाहाल प्रचण्ड र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ निर्वाचित भइसकेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा वरिष्ठ नेता बालेन शाहसँग झापा ५ मा ४९ हजार ६ सय १४ मतको अन्तरले हारे । ६८ हजार ३ सय ४८ मतसहित बालेन निर्वाचित हुँदा ओलीले १८ हजार ७ सय ३४ मत…
सर्लाही । जेनजी विद्रोह लगतै केपी शर्मा ओलीको नेतृत्वको सरकार विस्थापित भयो । संसद् विघटन भयो । २१ फागुनका लागि नयॉ निर्वाचनको मिति तोकियो । त्यसबेलादेखि नै अमरेशकुमार सिंहको मनमा एकखालको हलचल पैदा भएको थियो । कांग्रेस भित्र नेतृत्व परिवर्तनको मुद्दा चल्दै थियो । तत्कालीन सभापति शेरबहादुर देउवा र हालका सभापति गगन थापासंग उनको राम्रो सम्वन्ध थिएन । नेता शेखर कोइरालाका निकट थिए । त्यतिनै बेलाको एक भेटमा सिंहले भनेका थिए,‘कांग्रेसको सभापति शेखर कोइराला भए भने म कांग्रेसबाटै टिकट लिन्छु । आएनन् भने घण्टीबाट लड्छु ।’ दोस्रो पटक पनि स्वतन्त्रबाटै चुनाव लडेर जितिने विश्वास उनमा थिएन । त्यसैले कित कांग्रेस…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क