Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेबीच असमझदारी देखिनु सामान्य रहेको बताएका छन् । आज ( शुक्रबार )  भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले दल नै फरक भएपनि केही विषयवस्तुमा असमझदारी देखिनु स्वभाविक रहेको बताएका हुन् । बजेटमा उल्लेख रहेको ‘टेक एण्ड पे’ मा विमती रहेको कुरा उल्लेख गर्दै सभापति देउवाले भने, ‘केरे त्यो, टेक एण्ड पे । ठूलो कुरा नै थिएन नि । मानिहाले नि । दुईवटा पार्टी अलग–अलग पार्टी हो नि ।’ केही विषयवस्तुहरुमो असमझदारी रहे पनि सहमतिअनुसार नै सरकार सञ्चालन भइरहेको सभापति देउवाले बताए । उनले सरकारले गरेका केही निर्णयमा भने कांग्रेसको बुझाइ…

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केही बेरअघिबाट बैठक बसिरहेको छ। बैठकमा मेटमणि चौधरी र राजेन्द्र राई सहभागी छैनन् । अरु सबै नेताहरु बैठकमा छन् । बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयनलगायतको विषयमा छलफल चलिरहेको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए । यस्तै बैठकमा पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले ३५ लाख धरौटीमा छाडेकोबारे पनि छलफल हुनेछ। भ्रष्टाचारको मुद्दा दर्ता भएपछि उनीमाथि पार्टीको कार्यवाहक सभापति र संसदीय दलको नेता तोक्न दबाब छ। त्यसबारे पनि छलफल र निर्णय हुनसक्ने जनाइएको छ।

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ । प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदैछन् । त्यसअघि उनले आज मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । स्पेनमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा प्रधानमन्त्रीले भाग लिने कार्यक्रम छ । त्यसक्रममा स्पेनका प्रधानमन्त्रीसँग भेटवार्ताको कार्यक्रम समेत तय भएको छ ।

Read More

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा इटाली प्रस्थान गरेकी छन्। यही जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन ९एफएओ० कन्फ्रेन्सको ४४ औँ सत्रमा सहभागी हुन मन्त्री राणा आज त्यसतर्फ प्रस्थान गरेकी हुन्। उनलाई आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले विदाइ गरेका थिए। कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ। उनले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरू सहभागी छन्। उक्त सम्मेलनपछि परराष्ट्रमन्त्री राणा इटालीको मिलान…

Read More

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । आज बस्ने बोर्ड बैठकले नतिजा कहिले सार्वजनिक गर्ने भन्ने निर्णय गर्नेछ । बैठक कति बजे बस्ने भन्ने तय नभएपनि आजै बसेर निर्णय हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनले भने, ‘नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा बोर्ड छ । तर बाहिर आएजस्तो आज ५ बजे नै भनेर फिक्स भएको छैन् । बैठकले निर्णय गर्छ ।’ यो वर्ष शिक्षकहरुको आन्दोलनले उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएको थियो । पछि सरकारले आन्दोलनरत शिक्षकहरुका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि परीक्षण सुरु भएको थियो । यसवर्षको एसइईमा पाँच…

Read More

नुवाकोट । नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण पानीको वहाव बढ्न गई बेपत्ता भएकी ३२ वर्षिया कमला बलामीको खोजीकार्यको लागि सशस्त्र प्रहरीको टोली खटिएको छ । साथै सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा घाईते भएका अशोक बलामीलाई उद्वार गरी उपचारको लागि काठमाडौतर्फ पठाएको छ । सो घटना बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट गरि ६५ जना सुरक्षा फौज उद्दारको लागि खटिएको छ । सो खोललो पशुचौपाय लगायत अन्य सामान बगाएको छ । यसैगरी डोल्पा जिल्लाके काईके गाउँपालिका–४ रिवामा अविरल वर्षाको कारण…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार शनिबार बिहान ९ बजे बस्नेगरी दलको बैठक बोलाइएको हो । बैठक सङ्घीय संसद् भवनस्थित संसदीय दल नेताको कार्यकक्षमा बस्नेछ । शनिबार प्रतिनिधि सभा बैठक अघि रास्वपाले बैठक बोलाएर रणनीति बनाउन लागेको हो । सो पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध र बहिस्कार गर्दै आएको छ ।

Read More

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर अन्तर्राष्ट्रिय स्तरमा पाउने सफलताले देशको गौरव बढाउने भएकाले प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन्। जनकपुरधाममा मधेस सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिताको उदघाटन गर्दै मुख्यमन्त्री सिंहले पछिल्लो केही समय यता मधेशका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त गरिरहेको सफलताले प्रदेशको गौरव बढाउने काम गरेकाले खेलाडीको सम्मानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। मधेशको लोकप्रिय खेलको रुपमा रहेको कबड्डी, क्रिकेटसहित अन्य खेलकुदको विकासका लागि पूर्वाधारको निर्माणका साथै खेलाडीलाई प्रशिक्षणसहितको सुविधा प्रदान गर्न बजेट विनियोजन गरिएको बताए। मधेश प्रदेश सरकारको आयोजनामा आजदेखि जनकपुरधाममा मुख्यमन्त्री…

Read More

काठमाडौँ। सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशको असार १५ गते संसदीय सुनुवाइ हुने भएको छ । संसदीय सुनुवाइ समितिले उजुरीको समयसीमा सकिएपछि सुनुवाइको मिति तय गरेको हो । समितिले शुक्रबार उजुरीकर्तासँग छलफलको कार्यतालिका बनाएको छ । असार १५ गते सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद् सदस्यमा प्रस्तावित सदस्यको सुनुवाइ हुने समिति सदस्य सुनिता बरालले जानकारी दिनुभयो । न्याय परिषद्ले सर्वोच्चका लागि वरिष्ठ अधिवक्ता मेघराज पोखरेल र उच्च अदालतका मुख्य न्यायाधीशद्वय श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सिफारिस गरेको थियो । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाललाई सिफारिस गर्नुभएको थियो । चारै जनाको असार १५ मा…

Read More

काठमाण्डौं। गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित बरिस्ठ अधिकृत सम्मेलन २०८२ को समापन गर्नु भएको छ । समारोहमा बोल्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको परिचालनलाई अझ प्रभाबकारी बनाउन सम्मेलन महत्त्वपूर्ण रहेको चर्चा गर्नुहंदै रास्ट्रको सेवाका लागि महत्वपूर्ण जिम्मेवारी प्राप्त संगठनले सीमा सुरक्षा जस्तो संबेदनसिल कार्यमा उत्कृष्ट योगदान पुर्याएको बताउनुभयो । राजश्व चुहावट नियन्त्रण , बिपद् ब्यबस्थापन जस्ता कार्यमा सशस्त्र प्रहरी वलको महत्वपूर्ण भुमिका र उत्कृष्ट कार्यसम्पादन रहेको उहाँले बताउनुभयो । धेरै ठाउँमा सशस्त्र प्रहरिका युनिट स्थापना गर्न आम नागरिक बाट माग आएको बताउनुहुंदै उहाँले यो नागरिकको बिश्वास बढेको उदाहरण भएको चर्चा गर्नुहुँदै उहाँले सिमित श्रोत साधनले…

Read More