Author: Editor

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाको लागी भर्ना गरिएका निर्वाचन प्रहरीहरूले आफ्नो कार्यअवधि पूरा गरेका छन् । ४० दिनसम्म निर्वाचनको सुरक्षामा परिचालन गर्नेगरी नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्रले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो । फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । मतगणना पनि सार्वजनिक भैसकेको अवस्थामा निर्वाचन प्रहरीलाई बिदाइ गर्ने तयारी गरिएको छ । उनीहरूलाई ‘धन्यवाद पत्र’ सहित  बिदाइ गरिने नेपाल प्रहरीका प्रवक्ता ९डीआईजी० अवि नारायण काफ्लेले रातोपाटीलाई बताए । प्रहरीले फागुन २८ मा देशभर निर्वाचन प्रहरीलाई बिदाइ गर्दै छ । काफ्लेले भने, ‘फागुन २८ गते…

Read More

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी ९रातो पासपोर्ट० फिर्ता गरेका छन् । अर्थमन्त्रीको हैसियतमा प्रयोगका लागि प्राप्त कूटनीतिक पासपोर्ट मन्त्री खनालले कार्यकाल सकिनै लाग्दा बुझाएका हुन् । उनले आज अर्थ मन्त्रालयको प्रशासनमा DA 0002710 नम्बरको राहदानी फिर्ता गरेका छन्। उनले आफू अर्थ मन्त्रीको हैसियत‌मा प्रयोग गर्न उपलब्ध गराइएको कुटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिन प्रशासनलाई अनुरोध गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, “प्रस्थानको तयारीका क्रममा सार्वजनिक पदमा रहँदा प्रयोगका लागि उपलब्ध गराइएको एक मात्र सरकारी सम्पत्ति समर्पण गरियो।” सरकारी पदमा रहेका व्यक्तिलाई कार्यकालको अवधिमा कूटनीतिक वा सेवा राहदानी उपलब्ध…

Read More

धनुषा । निर्वाचन आयोगको निर्णय र अदालतमा परेको निवेदनले अन्यौलग्रस्त अवस्थामा गुज्रिरहेको धनुषा १ को प्रतिनिधि सभा सदस्यमा नेकपाका मातृका यादव विजयी भएको घोषणा गरेको छ। अन्ततः निर्वाचन आयोगले सोमबार बेलुका विवादकैबीच यादवलाई विजयी घोषणा गरेको हो। निर्वाचन अधिकृतको कार्यालयले सोमबार साँझ यादवलाई निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरेको छ। नेकपाका कार्यकर्ता तथा समर्थकहरुको व्यापक दबाबपछि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ। निर्वाचन आयोगले रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेजपछि दुईरदुई पटक फरक फरक निर्णय गरेपछि विवादमा परेको थियो। पहिलो पटक साहको मतपत्रको छुट्टै लगत राखि मतपरिणाम सार्वजनिक गर्न भनेको थियो। रास्वपा पार्टीबाट आइतवार दबाव परेपछि…

Read More

काठमाडौँ । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार तथा नेपाली जनतालाई बधाई दिएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो राति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई फोन गरेर बधाई दिएका थिए । त्यसपछि प्रधानमन्त्री रहमानले पनि शुभकामना सन्देश जारी गरेर नेपालको लोकतान्त्रिक अभ्यासको प्रशंसा गरेका थिए । निर्वाचनले नेपाली जनताको आकांक्षा, धैर्यता र लोकतान्त्रिक संस्थाहरूको मजबुती झल्काएको उनले उल्लेख गरेका छन् । उनले नेपालमा सम्पन्न निर्वाचनलाई “महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यास”को संज्ञा दिँदै नेपाली जनताले लोकतन्त्रप्रति देखाएको प्रतिबद्धताको खुलेर प्रशंसा गरेका छन्। सन्देशमा उनले बङ्गलादेश र नेपालबिचको दीर्घकालीन मित्रता…

Read More

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणतर्फ पुगेसँगै नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण तथा संसद् अधिवेशनको तयारी सुरु भएको छ । संवैधानिक व्यवस्थाअनुसार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ । तर आगामी संसद्का लागि बैठक तथा शपथ ग्रहण कार्यक्रम सञ्चालन गर्ने स्थायी हल भने अझै पूर्ण रूपमा तयार भइसकेको छैन । अधिवेशनअघि सांसदहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिनेछ । यसक्रममा सबैभन्दा जेष्ठ सदस्यले सबैभन्दा पहिले सम्माननीय राष्ट्रपतिबाट शपथ लिनेछन् र त्यसपछि उहाँले अन्य सांसदहरूलाई शपथ गराउने व्यवस्था छ । हाल संसद् बैठक बस्ने स्थायी भवन उपलब्ध छैन । ‘जेन्जी’ आन्दोलनक्रममा संसद् भवनमा आगलागी भएपछि…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगन थापालाई राजीनामा दिने भन्दा महाधिवेशनमा चाँडो जाने विषयमा निर्णय गर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन । त्यसैले गगनकुमार थापाज्यूले नैतिकताका नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो ।’ उनले यो अवस्थामा कांग्रेस बचाउनु आफैँमा नैतिक दायित्व भएकाले युवाले कांग्रेसलाई छोड्दै गएको समयमा पार्टीलाई औषधि खुवाउनुपर्ने भएको बताएका छन् । यस्तोबेला कांग्रेस छाडेर हिँड्न नहुने उनको तर्क छ । उनले भनेका छन्, ‘नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच,…

Read More

रौतहट । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले ५७ सिट जितेको थियो । समानुपातिकसहित मत जोड्दा कांग्रेस संसद्‌मा ठूलो दल बनेको थियो । तर फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले नराम्रो पराजय व्यहोरेको छ । सबैभन्दा धेरै मत पाउँदै आएको मधेशबाटै कांग्रेसले यसपटक ठूलो पराजय भोग्यो । मधेशका ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन् । यहाँ कांग्रेसले जम्मा १ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । कांग्रेसका उम्मेदवार फिरदोश आलमले रौतहट क्षेत्र नम्बर २ मा जित हासिल गरेका हुन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापादेखि केही पूर्वपदाधिकारी तथा शीर्ष नेताहरू चुनाव लडेको मधेशमा फिरदोशले मात्रै जित निकाले…

Read More

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० सँग टेलिफोन वार्ता गर्दै उनीहरूलाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका छन्। प्रधानमन्त्री मोदीले रास्वपाको चुनावी सफलतालाई उल्लेख गर्दै उक्त विजयलाई महत्वपूर्ण उपलब्धि बताएका छन्। साथै, उनले वार्ताका क्रममा लामिछाने र शाहलाई आगामी सरकार गठनका लागि शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले भारत सरकार नेपालको नयाँ नेतृत्वसँग सहकार्य गर्दै दुवै देशको समृद्धि, प्रगति र जनताको हितका लागि काम गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्। यस्तै, उनले नेपालसँगको ऐतिहासिक, सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउँदै अघि बढ्ने भारतको चाहना रहेको पनि व्यक्त गरेका छन्।…

Read More

संखुवासभा । संखुवासभामा नेकपा एमालेका अर्जुनकुमार कार्की निर्वाचित भएका छन् । सोमबार साँझ सम्पन्न मतगणनामा १५ हजार ६३६ मत प्राप्त गरेर कार्की निर्वाचित भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का मिङमा शेर्पा १५ हजार मतसहित दोस्रो भए । नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेर तेस्रो स्थानमा कायम रहे । यस्तै श्रम संस्कृति पार्टीकी उमा कुमारी राईले ९ हजार ८५७ मत र नेपाली कम्युनिस्ट पार्टीकी सरिता थापाले २ हजार ८१२ मत प्राप्त गरिन् । नवनिर्वाचित कार्की अमेरिकाका लागि नेपाली राजदूत बनेका बनिसकेका नेता हुन् । कूटनीति, विकास र नागरिक समाजको क्षेत्रमा लामो समय काम गरेको अनुभवका कारण उनलाई…

Read More

काठमाडौँ । यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र पार्टीबाट धेरै छन् । गत २०७९ सालमा भएको निर्वाचनको तुलनामा समग्रमा हेर्दा यस पटक महिलाको राम्रो जित प्रत्यक्षमा देखए पनि नेकपा ( एमाले )  र नेकपा लगायतका दलबाट महिला उम्मेदवारको जित शून्य रह्यो । जसले भावी प्रतिनिधि सभामा उक्त दलबाट प्रतिनिधित्व गर्ने महिलाको सङ्ख्या अति न्यून हुने सम्भावना बढेको छ । त्योबेला नौ जना मात्र महिला उम्मेदवारले प्रत्यक्षतर्फ जितेका थिए । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिलाको सङ्ख्या मात्र १४ जना पुगेका छन् । जसले प्रत्यक्षतर्फबट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने महिलाको उपस्थिति कम हुने…

Read More