Author: Editor

काठमाडौं । जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस हुने भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्र्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले प्रतिवेदन प्रधानमन्त्री कार्कीसमक्ष बुझाइसकेको छ । सोही प्रतिवेदन मन्त्रिपरिषद् बैठकमा पेस गर्न लागिएको हो । बैठकमा प्रतिवेदन पेस भएपछि आवश्यक कार्यान्वयनको प्रक्रिया अघि बढ्ने छ । आवश्यक कार्यान्वयनका लागि न्त्रिपरिषद् बैठकले निर्णय गर्ने छ । मन्त्रिपरिषद् बैठक बुधबार या बिहीबार बस्ने तयारी रहेको छ । नयाँ सरकार गठनअघि नै प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने…

Read More

काठमाण्डौं । पालिकाको मेयर पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्य चुनाव लडेका १० जना मध्ये दुई जना मात्रै विजयी भएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाभनमा नगर प्रमुखको जिम्मेजारीमा रहेका मध्ये दुई जना उम्मेदवार संघीय संसदमा भित्रिएपनि १० जना भने न जनप्रतिनिधि रहेका छन न त निर्वाचित नै भएका छन् । यसपटकको निर्वाचनमा काठमाण्डौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनाव लडेका बालेन्द्र शाह र धरान उपमहानगरपालिका मेयर हर्कराज राई मात्रै निर्वाचित भएका छन् । आयोगका अनुसार भरतपुर चितवनको महानगरपालिकाकी मेयर रेणु दाहाल र काभ्रेको धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जू श्रेष्ठ, मोरङको रङ्गेली नगरपालिकाका मेयर दीलिप अग्रवाल, इलामको…

Read More

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एक करोड सात लाख २० हजार ५ सय ६७ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ६ बजे सम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६ सय १९ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९ सय ५४, नेकपा एमालेले १४ लाख ४७ हजार ६ सय ६४, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख दुई हजार ७ सय ४३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ४ सय ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार १ सय ९७ मत प्राप्त गरेको छ…

Read More

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा आज दुई खेल हुँदैछन्। बिहान १२ः१५ बजे हुने पहिलो खेलमा न्युरोड टिम ९एनआरटी०ले लालिगुराँस एसोसिएसनसँग खेल्नेछ। त्यसपछि दिउँसो ४ बजे जावलाखेल युवा क्लब र सातदोबाटो युवा क्लब आमने–सामने हुनेछन् । दुबै खेल सातदोबाटोमै हुनेछन्। मंगलबार भएको खेलमा तालिकाको पुछारको नव जन जागृति क्लबमाथि ४–० को जित हासिल गर्दै मछिन्द्र एफसी शीर्ष स्थानमा उक्लिएको छ। मछिन्द्रलाई जित दिलाउन जोनाथन क्यान्टिलानाले ह्याट्रिक गरे। त्यस्तै एक गोल रेजिन सुब्बाको नाममा रह्यो। जितसँगै मछिन्द्र ९ खेलमा २१ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो। समान खेलमा जन जागृतिले अंकको खाता खोल्न सकेको छैन।

Read More

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले आफ्ना राष्ट्रिय सभाका बहालवाला तथा नवनिर्वाचित सदस्यहरूबिच परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संसदीय दलका प्रमुख सचेतक र अन्य नेतृत्वले नवनिर्वाचित सदस्यहरूलाई स्वागत गर्दै पार्टीको संसदीय रणनीति, राष्ट्रिय सभाको भूमिका र आगामी दिनमा गर्नुपर्ने सामूहिक प्रयासबारे छलफल गर्ने बताइएको छ । दिउँसो २ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा हुने कार्यक्रममा बहालवाला सदस्यहरूले आफ्ना अनुभव साटासाट गर्ने र नवनिर्वाचित सदस्यहरूलाई संसदीय प्रक्रिया, विधेयक निर्माण तथा राष्ट्रिय महत्वका विषयमा सहयोग गर्ने बताइएको छ ।

Read More

काठमाण्डौं । न्यायपरिषद्ले भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको छ। न्यायपरिषद्ले योग्यता पुगेका न्यायाधीशहरूको सूची तयार गरी संवैधानिक परिषद्मा सिफारिस गरेको हो। सिफारिसमध्येबाट एकजना प्रधानन्यायाधीश हुनेछन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले चैत १८ गते ६५ वर्षे उमेरहदका कारण सेवाबाट अवकाश पाउँदैछन्। यसैकारण नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको हो। न्यायपरिषद्ले वरिष्ठताका आधारमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम संवैधानिक परिषद्मा पठाएको हो। नेपालको संविधानको धारा १२९ मा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति र योग्यतासम्बन्धी व्यवस्था गरिएको छ। उक्त धाराको उपधारा…

Read More

काठमाण्डौं । संयुक्त राष्ट्र संघले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ। महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो। अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५ मा यो दिवस मनाइने छ। संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएको छ। राजदूत थापाका अनुसार उक्त प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ। उक्त प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग…

Read More

नवलपुर, । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा भारतीय नम्बर प्लेटको कन्टेनर दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिकै सुनौलीबाट नारायणघाटतर्फ जाँदै गरेको युपी २१ बीटी २७९१ नम्बरको भारतीय कन्टेनर ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई तीनवटा बस र एउटा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। कन्टेनरले काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–००१ ख ११९२ नम्बरको बसलाई ठक्कर दिएको थियो। उक्त बसले काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०८२२ नम्बरको बस, भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख २४७५ नम्बरको बस र बुटवलबाट चितवनतर्फ जाँदै…

Read More

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम २०८२ चैत पहिलो साता राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयारी गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रत्यक्षतर्फ ( पहिलो निर्वाचित हुने )  प्रणालीको मतपरिणाम आइसकेको र समानुपातिकतर्फ मतगणना पनि सम्पन्न भएपछि प्रतिवेदन पेस गर्ने तयारीमा निर्वाचन आयोग जुटेको हो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, “समानुपातिकतर्फको मतगणना कार्य पनि अन्तिम चरणमा पुगेको छ । आयोगले सम्पूर्ण तयारी पूरा गरेपछि चैत ५ देखि ७ गतेभित्र राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन पेस गर्ने तयारीमा जुटेको छ ।” प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।…

Read More

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को परिणामबमोजिम सरकार गठन प्रक्रिया करिब दुई सातापछि मात्रै सुरु हुने छ । पहिलो हुने निर्वाचित हुने प्रणालीको अन्तिम परिणाम सार्वजनिक भए पनि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने ११० जना उम्मेदवार टुङ्गो लाग्ने प्रक्रिया लम्बिने भएकाले सरकार गठनका लागि समय लाग्ने छ । नेपालको संविधान, २०७२ को धारा ( ३ ( १) मा राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने उल्लेख छ । अधिवेशन आह्वान भएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । हाल निर्वाचनको अन्तिम परिणामसमेत घोषणा भएको छैन…

Read More