Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा ९एमाले० को सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरेकी छन् । आज ७४औं मदन स्मृति दिवसको सन्दर्भमा आयोजित ‘जबजका तीन दशक’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले एमालेको पार्टी सदस्यता नवीकरण गरिसकेको बताएकी हुन् । ‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा ९एमाले० मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यको साथ मैले पार्टी सदस्यता नविकरण गरेको छु । अब म नेकपा ९एमाले० परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु,’– उनले भनिन् । उनले आफ्नो कुनै विशिष्ट आकांक्षा नरहेको, देश र जनताको हित आफ्नो लक्ष्य रहेको बताईन्…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभिया सहरमा आयोजना हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन शनिबार स्पेन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली २९ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन गएका हुन्। त्यसअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, पर्यटन मन्त्री बद्री पाण्डे लगायतले बिदाइ गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेको थियो । संयुक्त राष्ट्रसंघको संयोजनमा असार १६ देखि १९ गतेसम्म हुने सम्मेलनमा विकासशील मुलुकका आर्थिक तथा वित्तीय चुनौती, लगानीको सम्भावना, दिगो विकास लक्ष्यका लागि स्रोत व्यवस्थापनजस्ता विषयमा छलफल हुनेछ।…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ । उक्त बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमण लगायत समसामयिक वियमा सम्बोधन गर्ने कार्यसूची रहेको मुख्य सचेतक बर्तौलाले जानकारी दिए । उनी आज साँझ स्पेन भ्रमणमा जाँदैछन् ।
काठमाण्डौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्। बैठक आज बिहान साढे १० बजे नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको हो। सभामुख घिमिरेले नेकपा ( एमाले )का महेश बर्तौला, नेपाली कांग्रेसका श्याम घिमिरे र नेकपा ( माओवादी केन्द्र ) का हितराज पाण्डेसँग छलफल गर्न लागेका हुन्। रास्वपाको संसदीय दलको बैठक भएका कारण रास्वापका प्रमुख सचेतक सन्तोष परियारसँग बैठक सकिएपछि सभामुखले छलफल गर्ने सभामुखको सचिवालयले जनाएको छ। आज प्रतिनिधिसभा बैठक ११ बजे बोलाइएको छ।
काठमाण्डौं ।आज तत्कालीन नेकपा ९एमाले०का महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ। एमाले र मदन भण्डारी फाउण्डेशनले आज विविध कार्यक्रम गरी जननेता भण्डारीको जन्मजयन्ती मनाउन थालेको हो। एमाले सम्पर्क समन्वय कमिटीले आज जयन्तीकै अवसरमा पदयात्रा गरेको छ। कमिटीको आयोजनामा आज ७ः३० देखि ८ः३० बजेसम्म त्रिपुरेश्वरदेखि दशरथरङ्गशालादेखि तीनकुनेसम्म पदयात्रा गरिएको कमिटीका सचिव आरसी लामिछानेले जानकारी दिए। पदयात्रामा पार्टी महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य लालबाबु पण्डित सहभागी थिए। यस्तै आज दिवस फाउण्डेशनका आयोजनामा राष्ट्रियसभा गृहमा ‘जबजका तीन दशक’ विषयक अन्तर्क्रिया कार्यक्रम राखेको छ। अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने…
भक्तपुर । माध्यमिक परीक्षा ( एसइई) –२०८१ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठकले शुक्रबार साँझ नतिजा सार्वजनिक गरेको हो। नियमित परीक्षामा ४ लाख ३८ हजार ८ सय ९६ जना विद्यार्थीमध्ये ४८ हजार १ सय ७७ ले ३.६ देखि ४ जिपिए ल्याएका छन्। ३.२ देखि ३.६ जिपिए ल्याउने परीक्षार्थीको संख्या ८१ हजार ३ सय ८५ जना रहेको परीक्षा बोर्डले जनाएको छ। यस्तै, ८९ हजार १ सय २४ जनाले २.८ देखि ३.२ जिपिए ल्याएका छन् भने २.४ देखि २.८ जिपिए ल्याउने परीक्षार्थीको संख्या ४८ हजार ४ सय ७९ रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका हुन्। २…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज शनिबार युरोपेली मुलुक स्पेन प्रस्थान गर्दै छन् । संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन प्रस्थान गर्न लागेका हुन् । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् ( एफएफडि–४०’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीको भ्रमण हुन लागेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । विकासका लागि वित्तसम्बन्धी यो सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त…
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले शनिबार बस्ने बैठकको सम्भावित कार्यसूची निकालेको छ । कार्यसूचीमा गृहमन्त्री रमेश लेखकले ‘राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता ( दोस्रो संशोधन ) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ । त्यस्तै गृहमन्त्री लेखकले छलफल सकेर ‘नेपाल नागरिकता ( दोस्रो संशोधन ) विधेयक, २०८२’लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पनि पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । त्यो बाहेक बैठकमा ‘आर्थिक विधेयक, २०८२’ माथिका संशोधनहरूमाथि छलफल गर्ने र निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि राखिएको छ ।
बुटवल । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ( जसपा ) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सरकार असफल भएको, बजेटमा सुशासन र समावेशिता पनि नभएको कारणले समर्थन दिइराख्नुको औचित्य सकिएपछि समर्थन फिर्ता दिइएको पार्टीको तर्फबाट प्रदेश सभा सदस्य रहेकी अम्बिका काफ्लेले बताइन् । नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भएबमोजिम मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराएको काफ्ले बताइन् । ८७ सदस्यीय प्रदेश सभामा जसपा नेपालबाट काफ्ले एकजना मात्रै सांसद थिइन् । पार्टी विभाजनपछि अरू सांसद अशोक राई नेतृत्वको…
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा ११ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको छ। प्रहरीले बलात्कार र हत्यामा संलग्न रहेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई शुक्रबार सिन्धुपाल्चोक प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ। भोटेकोसी गाउँपालिका ५ छ्याङ्दीस्थित जंगलमा बालिकाको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बालिकाको हत्या असार १० गते राति साढे १० बजेतिर भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी रामेश्वर कार्कीले बताए। बालिकालाई आफ्नै घरभन्दा चारसय मिटर टाढा लगेर हत्या गरिएको अवस्थामा फेला पारेका थिए। प्रहरीले घटनाको जानकारी पाएपछि तालिमप्राप्त कुकुर समेत झिकाएर अनुसन्धान गरेको थियो। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँ पठाइएको पनि एसपी…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क