Author: Editor

काठमाण्डौं । निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाउन अनुरोध गरेको छ।आयोगले एक विज्ञप्ति जारी गरी निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले आफ्नो जिल्लामा रहेको प्रदेशरजिल्ला निर्वाचन कार्यालयमा निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण तथा सो विवरण सार्वजनिक गरेको जानकारी गराउन अनुरोध गरेको हो। आफ्नो जिल्लामा रहेको प्रदेशरजिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाउँपालिका वा नगरपालिका वा वडा कार्यालयको सूचना पाटी, राजनीतिक दलको जुनसुकै तहको कार्यालय वा वेवसाइट ९राजनीतिक दलको तर्फबाट उम्मेदवार भएका उम्मेदवारको हकमा०, आमसञ्चार माध्यम ९पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि० वा सामाजिक सञ्जाल ९फेसबुक, ट्विटर, ईन्स्टाग्राम आदि० मा आफ्नो निर्वाचन विवरण…

Read More

काठमाण्डौं । निर्वाचन आयोगले समानुपातिकतर्फ दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गरी सार्वजनिक गरेको छ।आयोगले बिहीबार विज्ञप्ति जारी गरी समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०९२० अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कुल सदर मत सङ्ख्याका आधारमा प्रचलित निर्वाचन कानुनबमोजिम तोकिएको थ्रेसहोल्ड ९तीन प्रतिशत० पार गर्ने देहायका ६ दलबाट निम्नानुसारको सङ्ख्यामा उम्मेदवार निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण भएको जनाएको छ। जसअनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट पाएको छ। योसँगै रास्वपालाई दुईतिहाइ बहुमतका लागि २ सिट नपुग्ने भएको छ। प्रत्यक्षतर्फ १२५ क्षेत्रमा विजयी उसको कुल सिटको संख्या १८२…

Read More

काठमाडौं । धनुषा–१ मा रास्व्पाबाट उम्मेदवार रहेका किशोरी साह कमलको रिटमा सुनुवाइ सकिएको छ । साहले आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा आज सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाई भएको हो । यही मुद्दामा फागुन २५ गते न्यायाधीश नृपध्वज निरौलाको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । निर्वाचन आयोगले भने यो क्षेत्रमा नेकपाका मात्रिका प्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र प्रदान गरेको छ । आज आउने फैसलाले मात्रिकाको सांसद पद रहने वा नरहने तय गर्नेछ ।

Read More

काठमाडौं । नेकपा ( एमाले )  का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ओलीले मुखाग्नि दिएका छन् । मोहनप्रसादको आज भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको हो । अन्त्येष्टिअघि मोहनप्रसदको शव अस्पतालमा नै श्रद्धाञ्जलीको लागि राखिएको थियो । सो अवसरमा विभिन्न दलका शीर्ष नेता, कार्यकर्ता, परिवारका सदस्य र आफन्तहरु अस्पताल पुगेका थिए । पशुपति आर्यघाटमा अन्त्येष्टिको क्रममा पनि विभिन्न दलका शीर्ष नेताहरु पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Read More

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको पोस्टर्माटम रिपोर्टले देखाएको छ। जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी उपरीक्षक ९एसपी० सुधिरराज शाहीले इनिशाको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको बताए। ‘बलात्कारपछि मृत्यु भएको हो भन्ने रिर्पोट आएको छ’, एसपी शाहीले नेपालखबरसँग भने, ‘सामूहिक बलात्कार हो वा होइन भन्ने विषयमा थप अनुसन्धानका लागि प्रक्रिया अघि बढेको छ।’ सुर्खेतको गुर्भाकोट नगरपालिका–६, बडाखोलीकी इनिशा अध्ययनका लागि वीरेन्द्रनगर(१ मा बस्दै आएकी थिइन्। उनी फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–४ को सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। तर, अस्पताल पुगेको केही समयमै…

Read More

काठमाण्डौं । विदेशमा बसेका नागरिकका लागि ग्लोबल आईएमईले २४ सै घण्टा सेवा प्रवाह दिने भएको छ। बिहीबारदेखि विदेशमा बस्ने नेपालीहरूलाई लक्षित गरेर सो बैंकले विशेष कस्टमर सर्भिस एरिया शुभारम्भ गरेको हो। शुभारम्भ कार्यक्रममा ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा बसेका नेपाललाई लक्षित गरेर बैंकले २४ सै घण्टा सेवा प्रवाह आजैदेखि थाल्न निर्देशन दिए। ढकालले ग्लोबल आईएमई बैंक लिमिटेड सबै पक्षबाट नम्बर १ बैंक भएकाले विदेशमा बस्ने नेपालीका लागि सेवा सुविधाका लागि छुट्टै डिभिजन स्थापना गरेर सेवा प्रवाह बैंकिङ इतिहासमै पहिलोपटक थालिएको बताए। अध्यक्ष ढकालले भने, ‘नेपालीहरू अष्टेलिया, युरोप, अमेरिका, मध्यपूर्वीदेशदेखि कोरिया, जापान लगायत विभिन्न देशमा नेपालीहरु रहेका कारण…

Read More

पोखरा । नेकपा ( एमाले )  कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ। उनी बिहीबार एमाले कास्की जिल्ला कमिटीको बैठकमा बोल्दाबोल्दै ढलेका थिए। उनलाई उपचारका लागि तत्कालै मणिपाल शिक्षण अस्पताल लगिएको थियो। थापाको उपचारका क्रममा निधन भएको हो। उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ। बिहीबार एमाले पार्टी कार्यालयमा कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक राखिएको थियो। बैठकमा उनले करिब १० मिनेट बोलेको एमाले नेताहरूले बताएका छन्। मलाई पार्टीले टिकट दिएको हो । पछि खोसिएको पनि हो । तर पार्टीले सर्मनाक हार व्यहोर्यो । म उठेका सबै कुराको जवाफ दिन तयार छु,’ थापाको सम्बोधनलाई उद्धृत गर्दै टिकाराम पंगेनीले…

Read More

काठमाण्डौं । यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ दलले भाग लिएकोमा मधेसकेन्द्रित दलसहित ५१ दलले न्यूनतम मत सीमा ( थ्रेसहोल्ड )  प्राप्त गर्न सकेनन्। समानुपातिकअन्तर्गत कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गर्ने दलले सिट पाउने व्यवस्था छ। थ्रेसहोल्ड नकटाएका कारण ५१ दलले समानुपातिकतर्फ सिट नपाउने भएका हुन्। समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत सदर भएको छ। सदर मतमा रास्वपाले ५१ लाख ८१ हजार ३३०, नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३, नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ले १४ लाख ५५ हजार ६६९, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ले आठ लाख ११ हजार ३९३, श्रम संस्कृति पार्टीले तीन लाख ८५…

Read More

काठमाडौं। सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विक घटनाको थप अनुसन्धानमा सीआईबीको टोली पनि खटिएको छ । सुर्खेत प्रहरीले अनुसन्धानको लागि सिआईबीसँग सहयोग मागेको थियो । सोहीअनुसार सीआईबीको टोली खटिएको बताईन्छ । परिवारले घटना रहस्यमयी भन्दै शव बुझ्ेको छैन । अधिकारकर्मीहरुले पनि इनिसाको न्यायको लागि आन्दोलन सुरु गरेका छन् । रास्वपाका नेता तथा नवनिर्वाचित सांसद खगेन्द्र सुनार पनि घट्नास्थलमा पुगेका छन् । परिवारलाई भेटेर न्यायिक छानबिन समिति बनाउनको लागि आवाज उठाएका छन् ।

Read More

काठमाडौं । सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा विकको हत्या प्रकरणमा न्याय माग्नको लागि सडकमा ऋषि धमलापनि उत्रिएका छन् । अभियन्ताहरुले माइतीघरमा सुरु गरेको र्यालीमा धमलापनि सहभागी भएका छन् । धमलाले नेपालमा छोरीरचेलीहरु असुरक्षित भएको भन्दै बलात्कारीहरुलाई अब कडाभन्दा कडा कारबाही गरिनुपर्ने बताए । नेपालमा बलात्कारीलाई जसरी कारबाही हुनुपर्ने हो त्यसरी कारबाही नभएको कुरा धमलाले आलोचना गरे । महिलाथि भएको अत्याचार, हिंसा, बलात्कारको घट्नामा संलग्न दोषीहरुलाई राजनीतिक संरक्षण हुने गरेको भन्दै धमलाले अब बलात्कारीलाई कारबाही हुने विश्वास दिलाए । उनले भने,‘अब बलात्कारीलाई कारबाही हुन्छ, हुन्छ, हुन्छ । बलात्कारपछि जसरी इनिसाको हत्या भएको छ, ती अपराधीलाई खोजेर ल्याईन्छ । हाम्रो देशमा बलात्कारीलाई…

Read More