Author: Editor

म्याग्दी । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको गृहजिल्ला म्याग्दीको सदरमुकाम बेनीमा आज स्तम्भ अनावरण गरिएको छ। रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा जन्मिएकी शाहीले खेलकुदको माध्ययमबाट राष्ट्रिय तथा अन्ताराष्ट्रियस्तरमा जिल्लाको गरिमा बढाउन भूमिका निर्वाह गरेकामा जिल्ला खेलकुद विकास समिति म्याग्दीले उनको प्रतिमा निर्माण गरेको हो। दुई हातमा भलिबल रहेको पाँच फिट आठ इन्च उचाइको फाइबरबाट निर्मित प्रतिमा निर्माण गरिएको हो। उक्त प्रतिमा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले अनावरण गरे। करिब रु। आठ लाख अनुमान गरिएको प्रतिमा सहयोगदाताबाट आर्थिक सहयोग संकलन गरी निर्माण गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए। करिब १५ वर्षदेखि भलिबल खेल्दै आएकी शाहीले एनएसजेएफ पल्सर…

Read More

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरुको आज बिदाई गरिँदैछ। ४० कार्यदिनका लागि भर्ना गरिएको समय आज सकिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेले जानकारी दिए। उनीहरुलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि विदाई गरिनेछ। काफ्लेले निर्वाचन प्रहरीको प्रभावकारी कार्यसम्पादनबाटै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न सम्भव भएको बताए।। यस वर्ष नेपाल प्रहरी मातहत रहनेगरी एक लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार १ सय १० सहित एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो। सशस्त्र…

Read More

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि दीर्घकालीन रणनीतिसहित अघि बढ्ने पहल थालेको छ । वैदेशिक रोजगारका सिलसिलामा पश्चिम एसिया, मध्यएसियालगायत विभिन्न मुलुकमा पुगेका नेपाली नागरिक युद्ध, अनलाइन ठगी, भिजिट भिसामा समस्या परेर अलपत्र पर्ने जस्ता विविध कारणले बर्सेनि उद्धार गर्नुपर्ने अवस्था आएपछि दीर्घकालीन रणनीतिका साथ सरकार अघि बढ्ने भएको हो । विदेशमा रहेका नेपालीको सुरक्षा र उद्धारमा विगतदेखि नै नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको परराष्ट्र मन्त्रालयले बारम्बार अनेक कठिनाइ उद्धारका क्रममा भोग्नु परेकाले पनि अब दीर्घकालीन रणनीति अवलम्बन गर्ने मार्ग रोजेको हो । परराष्ट्रमन्त्री बालानन्द शर्माले बुधबार पत्रकारसँगको अन्तर्क्रियाका क्रममा नागरिकको जीवनरक्षा गर्नुपर्ने दायित्व सरकारको भएकाले विविध समस्यालाई एकीकृत ढङ्गले…

Read More

कर्णाली । गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कारबाही गर्न माग गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा बस्दै आएकी १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटना अमानवीय र निन्दनीय भएकाले यस घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको उक्त विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति भनिएको छ, “महिला तथा बालिकामाथि हुने यौन हिंसा कुनै पनि बहानामा सह्य हुन सक्दैन । सुरक्षित, सभ्य र न्यायपूर्ण समाज…

Read More

काठमाडौँ, । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र– भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । गृहसचिव राजकुमार श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरू, प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा भर्चुअल माध्यमबाट आज भएको बैठकमा निर्वाचनको समीक्षा गर्दै केन्द्रीय सुरक्षा समिति, प्रदेशको प्रमुख सचिव संयोजक रहने सातै प्रदेशका प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा प्रमुख जिल्ला अधिकारी संयोजक रहने ७७ वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई मन्त्री अर्यालले रक्तपातविहीन ऐतिहासिक निर्वाचन सम्पन्न गर्न आ–आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गरेकामा सबैलाई धन्यवाद ज्ञापन…

Read More

काठमाडौँ । अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व लगायतका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका लाखौँ नेपाली नागरिकको सम्भावित उद्धारका लागि सरकारले पूर्वतयारी सुरु गरिसकेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले युद्धको समयमा मात्र नभई पूर्वयोजनाका साथ काम गर्न मन्त्रालयको अगुवाइमा ‘सिचुएसन सेन्टर’ स्थापना गरिएको जानकारी दिनुभयो । मध्यपूर्वमा युद्ध भड्किँदा नेपाली नागरिकलाई किन तत्काल स्वदेश फर्काइँदैन भन्ने जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री शर्माले यसमा श्रमिकहरूको मनोविज्ञान र बाध्यता जोडिएको बताउनुभयो । मन्त्री शर्माका अनुसार हाल औपचारिक रूपमा करिब १९–२० लाख र अनौपचारिक रूपमा समेत गरी २५ देखि ३० लाख नेपाली नागरिक विदेशमा छन् । ूयति ठूलो सङ्ख्यामा रहेका…

Read More

काठमाण्डौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ( पहिलो हुने निर्वाचित हुने प्रणाली )  प्रतिस्पर्धा गरेका हजारौं उम्मेदवारहरूको धरौटी ९जमानत० जफत भएको छ। निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनमा २ हजार ८ सय ९० जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेनन्। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले दिएको जानकारी अनुसार निर्वाचनमा भाग लिन चाहने उम्मेदवारले कानून बमोजिम निश्चित धरौटी रकम राख्नुपर्ने व्यवस्था छ।  उनले भने, ‘यो जमानत राखिएका उमेदवारहरूमध्ये जसले सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुहुन्छ, उहाँहरूको जमानत फिर्ता हुन्छ पछि। तर १० प्रतिशत सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारहरूको जमानत जफत भन्ने…

Read More

काठमाण्डौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी गर्न थालिएको संघीय संसद् सचिवालयले जनाएको छ। नेपालको संविधानको धारा ९३ मा संसद् अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था उल्लेख छ। उक्त प्रावधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ। संविधानमा ३० दिनभित्र भनिए पनि सचिवालयले भने बैठक आह्वानका लागि विगतदेखि एक वा दुई हप्ताभन्दा ढिला नगरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। सचिवालयले नवनिर्वाचित सांसदहरूलाई काठमाडौँ आउनका लागि करिब १० दिनको समय…

Read More

काठमाण्डौं । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक मत गणना सम्पन्न छ। निर्वाचन आयोगका अनुसार बुधबार १ करोड ७ लाख ३९ हजार ३१ मत गनिसकिएको छ। यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ कुल १ करोड ९ लाख ७७ हजार ७११ मत खसेका थिए। हालसम्म भएको गणनाअनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३९,१८९ मत ल्याएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५६४ भोट पाएको छ।  यसपछि नेकपा एमालेले १४ लाख ४८ हजार ८४७, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ५ हजार ७६५, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले…

Read More

धरान । सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ। आगलागीबाट ३ वटा बस पूर्णरूपमा क्षति भएको छ। अन्य ३ वटामा आंशिक क्षति भएको प्रहरीले जनाएको छ। गएराति धरान उपमहानगरपालिका( ८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले विद्युत ‘सट’ भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए। उनका अनुसार को। १ ख ६२७४ नम्बरको कृष्ण बसबाट आगलागी भएको थियो। यही बसबाट अन्यमा पनि आगो फैलिएको पाइएको छ। प्र. १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात, बा. ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस पनि पूर्णरूपमा जलेको छ। को…

Read More