काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय समिति बनाएर छानबिन गर्न माग गरेका छन्। संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थ मन्त्रालयले नयाँ रूपमा विधेयक अगाडि ल्याएको भन्दै उनले अर्थमन्त्रीले राज्यद्रोह गरेको आरोप लगाएका हुन्। उनले संसदीय समिति बनाएर उनीमाथि छानबिन गर्न माग गरे।
मन्त्रालयबाट सूचना चुहावट भएर ७५३ वटा गाडी केरला नाकाबाट भित्रिएको भन्दै उनले अर्थमन्त्री वाग्लेको कडा आलोचना गरे। करका दर हेरफेरको विषय कसलाई थाहा हुन्छ । सीमित अर्थमन्त्री र अर्थमन्त्रीज्यूले स्वीकृत गरेका व्यक्तिबाहेक अरुलाई थाहा हुँदैन,’ उनले भने, ‘तर सूचना लिक भएर ७५३ वटा गाडी केरला नाकाबाट भित्रिन्छ। १४ गते भन्सार पास गरिन्छ।
२० गते गाडी आउँछ। अनि चुवावट चाहिँ कसले गर्योरु’ यसअघि बोलेकी नेकपा एमालेकी सांसद पद्मा अर्यालले पनि आर्थिक विधेयकको १६ पृष्ट गायब पारेको र करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्रीको आलोचना गरेकी थिइन्।
