Author: Editor
काठमाण्डौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ( पहिलो हुने निर्वाचित हुने प्रणाली ) प्रतिस्पर्धा गरेका हजारौं उम्मेदवारहरूको धरौटी ९जमानत० जफत भएको छ। निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनमा २ हजार ८ सय ९० जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेनन्। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले दिएको जानकारी अनुसार निर्वाचनमा भाग लिन चाहने उम्मेदवारले कानून बमोजिम निश्चित धरौटी रकम राख्नुपर्ने व्यवस्था छ। उनले भने, ‘यो जमानत राखिएका उमेदवारहरूमध्ये जसले सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुहुन्छ, उहाँहरूको जमानत फिर्ता हुन्छ पछि। तर १० प्रतिशत सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारहरूको जमानत जफत भन्ने…
काठमाण्डौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी गर्न थालिएको संघीय संसद् सचिवालयले जनाएको छ। नेपालको संविधानको धारा ९३ मा संसद् अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था उल्लेख छ। उक्त प्रावधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ। संविधानमा ३० दिनभित्र भनिए पनि सचिवालयले भने बैठक आह्वानका लागि विगतदेखि एक वा दुई हप्ताभन्दा ढिला नगरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। सचिवालयले नवनिर्वाचित सांसदहरूलाई काठमाडौँ आउनका लागि करिब १० दिनको समय…
काठमाण्डौं । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक मत गणना सम्पन्न छ। निर्वाचन आयोगका अनुसार बुधबार १ करोड ७ लाख ३९ हजार ३१ मत गनिसकिएको छ। यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ कुल १ करोड ९ लाख ७७ हजार ७११ मत खसेका थिए। हालसम्म भएको गणनाअनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३९,१८९ मत ल्याएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५६४ भोट पाएको छ। यसपछि नेकपा एमालेले १४ लाख ४८ हजार ८४७, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ५ हजार ७६५, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले…
धरान । सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ। आगलागीबाट ३ वटा बस पूर्णरूपमा क्षति भएको छ। अन्य ३ वटामा आंशिक क्षति भएको प्रहरीले जनाएको छ। गएराति धरान उपमहानगरपालिका( ८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले विद्युत ‘सट’ भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए। उनका अनुसार को। १ ख ६२७४ नम्बरको कृष्ण बसबाट आगलागी भएको थियो। यही बसबाट अन्यमा पनि आगो फैलिएको पाइएको छ। प्र. १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात, बा. ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस पनि पूर्णरूपमा जलेको छ। को…
काठमाडौं । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति ७ अर्ब ७ करोड २० लाख ऋण अनुमोदन गरेको छ। वायु प्रदूषणको जोखिम उच्च जोखिम भएका काठमाडौं उपत्यकाका साथै तराइका केही भागमा ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट’ सञ्चालन गर्न उक्त रकम अनुमोदन गरिएको वाशिङ्टनडिसीस्थित विश्व बैंकको प्रधान कार्यालयले जनाएको छ । परियोजना अन्तर्गत करिब ४०० औद्योगिक र व्यावसायिक उद्यमलाई धुँवारहित बनाइने छ । विज्ञहरूले सर्वसाधारणलाई मास्कको प्रयोग गर्न, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र बिहानको समयमा घर बाहिर गरिने व्यायामहरू कम गर्न सुझाव दिएका छन्। यस प्रदूषणको मुख्य कारणका रूपमा लामो समयदेखि वर्षा नहुनु, सवारी साधनको धुवाँ,…
काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ। पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको उनले बताए। समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ । उनका अनुसार फारम प्रविष्ट गर्ने र अन्तिम मत समावेश गरेको नतिजा आयोगको वेबसाइटमा अपडेट गरिनेछ । त्यसपछि समानुपातिक मतका आधारमा राजनीतिक दलहरूले पाउने सिट…
काठमाडौं । जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस हुने भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्र्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले प्रतिवेदन प्रधानमन्त्री कार्कीसमक्ष बुझाइसकेको छ । सोही प्रतिवेदन मन्त्रिपरिषद् बैठकमा पेस गर्न लागिएको हो । बैठकमा प्रतिवेदन पेस भएपछि आवश्यक कार्यान्वयनको प्रक्रिया अघि बढ्ने छ । आवश्यक कार्यान्वयनका लागि न्त्रिपरिषद् बैठकले निर्णय गर्ने छ । मन्त्रिपरिषद् बैठक बुधबार या बिहीबार बस्ने तयारी रहेको छ । नयाँ सरकार गठनअघि नै प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने…
काठमाण्डौं । पालिकाको मेयर पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्य चुनाव लडेका १० जना मध्ये दुई जना मात्रै विजयी भएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाभनमा नगर प्रमुखको जिम्मेजारीमा रहेका मध्ये दुई जना उम्मेदवार संघीय संसदमा भित्रिएपनि १० जना भने न जनप्रतिनिधि रहेका छन न त निर्वाचित नै भएका छन् । यसपटकको निर्वाचनमा काठमाण्डौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनाव लडेका बालेन्द्र शाह र धरान उपमहानगरपालिका मेयर हर्कराज राई मात्रै निर्वाचित भएका छन् । आयोगका अनुसार भरतपुर चितवनको महानगरपालिकाकी मेयर रेणु दाहाल र काभ्रेको धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जू श्रेष्ठ, मोरङको रङ्गेली नगरपालिकाका मेयर दीलिप अग्रवाल, इलामको…
काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एक करोड सात लाख २० हजार ५ सय ६७ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ६ बजे सम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६ सय १९ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९ सय ५४, नेकपा एमालेले १४ लाख ४७ हजार ६ सय ६४, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख दुई हजार ७ सय ४३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ४ सय ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार १ सय ९७ मत प्राप्त गरेको छ…
काठमाडौं । एन्फा राष्ट्रिय लिगमा आज दुई खेल हुँदैछन्। बिहान १२ः१५ बजे हुने पहिलो खेलमा न्युरोड टिम ९एनआरटी०ले लालिगुराँस एसोसिएसनसँग खेल्नेछ। त्यसपछि दिउँसो ४ बजे जावलाखेल युवा क्लब र सातदोबाटो युवा क्लब आमने–सामने हुनेछन् । दुबै खेल सातदोबाटोमै हुनेछन्। मंगलबार भएको खेलमा तालिकाको पुछारको नव जन जागृति क्लबमाथि ४–० को जित हासिल गर्दै मछिन्द्र एफसी शीर्ष स्थानमा उक्लिएको छ। मछिन्द्रलाई जित दिलाउन जोनाथन क्यान्टिलानाले ह्याट्रिक गरे। त्यस्तै एक गोल रेजिन सुब्बाको नाममा रह्यो। जितसँगै मछिन्द्र ९ खेलमा २१ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो। समान खेलमा जन जागृतिले अंकको खाता खोल्न सकेको छैन।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क