Author: ट्रान्सपेरेन्टखबर
लुम्बिनी । नेकपा ९एकीकृत समाजवादी०की नेता रामकुमारी झाक्रीले पार्टीको नेतृत्व फेर्नुपर्ने बताएकी छन्। शनिबार पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले नेतृत्वमा संवैधानिक संकट आएकाले फेर्नुपर्ने बताएकी हुन्। ‘पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो। अब के गर्नेरु अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौं। कसरी गर्ने ? ,’ उनले भनिन्। झाक्रीले अर्ली महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न सकिने तर काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने बताइन्। कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर…
काठमाडौं । नेपालका युवा क्रिकेटरले एसीसी मेन्स यू–१६ इन्टर जोन कपमा ४ सय २० रनको विशाल स्कोर खडा गरेका छन् । मलेसियामा जारी प्रतियोगिताको तेस्रो खेलमा नेपालको युवा क्रिकेटर टिमले इन्डोनेसियाविरुद्ध ४ सय २० रनको स्कोर खडा गरेको हो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २० रनको स्कोर खडा गर्यो । प्रशिद्ध जैसीले १ सय ३२ रनको शानदार ईनिङ्स खेले । उनले १ सय १४ बलको सामाना गर्दै १५ चौका र १ छक्काको मदतले सो रन खडा गरेका थिए । यस्तै, रौनक श्रीवास्तवले ८८ र परिमार्जन यादवले ७१ रन बनाए । जोए थापाले…
काठमाण्डौं । विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली यहाँ आइपुगेका छन्। प्रधानमन्त्री ओलीलाई यहाँस्थित अडोल्फो सौरेज बराजाज अन्तर्राष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ सम्मेलनस्थल सेभिल्ला पुग्ने कार्यक्रम छ।
काठमाडौँ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी थिए । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यावसायिक बनाउनुपर्ने बताए । कृषिलगायत सबै खाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रूपमा रोपाइँमा सहभागी भएको बताए । उनले कृषि पेसामा निर्भर भई कृषिलाई रोजगारीको आधारस्तम्भको रूपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने बताए । रोपाइँपछि दही चिउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।
काठमाण्डौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइदै छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्। हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ। शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मिसाएर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही…
काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । मुलुक सङ्घीय संरचनामा गए पनि प्रशासनिक सङ्घीयता कार्यान्वयनमा जटिलता पैदा हुँदै आएको गुनासो थियो । प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्नेगरी कार्यसूची तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो । आजका लागि निर्धारित कार्यसूची अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । सो विधेयकमाथि…
दोहा । प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त ( फाइनान्सिङ फर डेभलपमेन्ट ) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उनीहरूबीच कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए ।
काठमाडौँ । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा नेपालमा मनाइँदै आएको छ । जस अनुसार देशभर उत्सवका रूपमा धान रोपाइँ हुँदै छ । प्रमुख खाद्यान्न बाली धान नेपालको खाद्य सुरक्षाको प्रमुख आधार मानिन्छ । धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धतिमा अभिन्न रहँदै आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक रूपमा पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले पनि हरेक वर्ष उल्लासपूर्ण उत्सवका रूपमा धान रोपाइँ गरिने कृषि विभागका महानिर्देशक तथा धान दिवस मूल समारोह समितिका अध्यक्ष प्रकाशकुमार सञ्जेल बताउनुहुन्छ । यो वर्ष प्रिमनसुनदेखि नै वर्षा राम्रो भएकाले धान राम्रो उत्पादन हुने अनुमान…
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले पूर्वमन्त्री, राजनीतिक दलका नेता र व्यापारीहरूको सुरक्षामा खटाएको सुरक्षाकर्मी तत्काल फिर्ता गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू पनि मन्त्री भएको, तर मन्त्रीबाट बिदा भएलगत्तै सुरक्षाकर्मी फिर्ता पठाएको बताए । उनले भने, ‘यतिबेला सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सुरक्षाकर्मीलाई भूतपूर्व मन्त्रीहरू, कतिपय राजनीतिक दलका नेताहरू, कतिपय व्यापारीहरूको सुरक्षामा खटाएको छ । ऐन, कानूनविपरीत त्यसरी सुरक्षाकर्मीहरूलाई खटाउने कुरा निश्चित रूपमा गम्भीर छ, बेठीक छ, गलत छ ।’ गैरकानुनी रूपमा सुरक्षाकर्मीहरू कुन कुन व्यक्तिका लागि खटाइएको छ, त्यो गृहमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने उनले बताए ।सांसद ज्वालाले थपे, ‘तुरुन्तै…
काठमाडौँ । एकल आमाका सन्तानलाई आमाको नामबाटै नागरिकता दिने प्रावधानसहित प्रस्तुत भएको नागरिकता विधेयक सामाजिक न्याय र लैङ्गिक समानताको हिसाबले ऐतिहासिक कदम भएको सांसदहरूले बताएका छन् । प्रतिनिधि सभाको शनिवारको बैठकमा नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१ माथिको छलफलमा भाग लिँदै सांसदहरूले यस्तो धारणा राखेमा हुन् । एकल आमाले हुर्काएका सन्तानलाई आमाको नामबाट नागरिकता दिने विधेयकमा गरिएको व्यवस्था सकारात्मक रहेको उनीहरूको भनाइ छ । केही सांसदहरूले विदेशी श्रीमानसँग विवाह गरेका नेपाली महिलाका सन्तानलाई पनि नागरिकता दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । नागरिकता नभएकै कारण राज्यबाट वञ्चित नागरिकहरूको समस्याहरू प्रस्तावित विधेयकले हल गर्नेमा उनीहरूको विश्वास छ । कपा ९एकीकृत समाजवादी०का सांसद प्रकाश…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क