Author: ट्रान्सपेरेन्टखबर

काठमाडौँ । काठमाडौँस्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन आग्रह गरेको हो । यसैगरी, प्युठान जिल्लाको हंसपुर वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा पछिल्लो १ घण्टामा भारी वर्षा मापन भएको छ । सो क्षेत्रका साना नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

Read More

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री, प्रधानमन्त्री र राष्ट्रपति नै जोडिए पनि कारबाही गरिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद शाहीले भिजिट भिसा प्रकरण आजको विषय मात्रै नभएको उल्लेख गर्दै जरोदेखि टुप्पोसम्म सबैको छानबिन गर्नुपर्ने बताएका हुन् । उनले यस मुद्दालाई कुनै दल विशेषको एजेन्डा नबनाएर सबैले साझा एजेन्डाको रूपमा अगाडि लैजानुपर्ने समेत बताए । अहिले गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ । संसद्मा त एक अर्काप्रति आरोप प्रत्यारोप गरौँला तर नेपाली जनताले चाहिँ के भन्छन्रु,’ उनले भने, ’आज दुबई, कतारतिर जानुस् त त्यहाँ नेपाली दिदीबहिनीहरूलाई बन्धक बनाइएको छ । ७५…

Read More

काठमाडौँ । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ गरेको छ । सिंहदरबारमा आइतबार बसको समिति बैठकले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेल र श्रीकान्त पौडेलको संसदीय सुनुवाइ गरेको हो । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्यायपरिषद् सदस्यमा सिफारिस महेश कुमार नेपालको संसदीय सुनुवाई सोमबार हुने समिति सभापति ईश्वरी देवी न्यौपानेले जानकारी दिइन् । त्यसअघि संसदीय सुनुवाइका क्रममा समिति सदस्यहरुले प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई निष्पक्ष कार्यसम्पादनको आधारका बारेमा प्रश्न राखेका थिए । समिति सदस्य महेश बर्तौलाले पोखरेलको पृष्टभूमि सक्रिय राजनीति रहेकाले यसबाट मुक्त हुने आधारका बारेमा सोधेका थिए । साथै उनले व्यावसायिक घरानाको प्रभावमा परेर…

Read More

काठमाडौँ । संघीय निजामती सेवा विधेयक आइतबारको प्रतिनिधि सभा बैठकबाट पारित भएको छ । विधेयक पारित हुनु अगाडि सभामा उठेका प्रश्नहरूमाथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जवाफ दिएका थिए । उनले नेपालको संविधान २०७२ अनुसार विधेयक आएको बताए । यो विधेयक ऐनमा रूपान्तरित भएसँगै प्रशासनिक संघीयता कार्यान्वयन गर्न सहज हुने मन्त्री गुप्ताको विश्वास रहेको छ । राज्य व्यवस्था समितिबाट पास भएर अगाडि विधेयक जस्ताको तस्तै पास भए संघीय निजामती सेवाबाट अवकाश भएकाहरूले संवैधानिक नियुक्ति लिन दुई वर्ष पर्खनुपर्ने हुन्छ । आइतबार प्रतिनिधिसभाबाट पारित यो विधेयक अब राष्ट्रिय सभामा जान्छ ।

Read More

काठमा(ण्डौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री बस्नेत आइतबार आफैं विशेष अदालतमा उपस्थित भएका हुन् । विशेष अदालतमा उनको बयानको तयारी भएको छ । अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान हुँदैछ । यो बयान सकिएपछि थुनछेक बहस हुनेछ । सोपछि विशेषले उनलाई थुनामा राखेर थप अनुसन्धान गर्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने भन्ने आदेश गर्नेछ । पूर्वमन्त्री बस्नेतले आफैं विशेष अदालतमा उपस्थित हुन पाँउ भनी निवेदन दिएका हुन् । निलम्बित सांसद बस्नेत सञ्चार…

Read More

लुम्बिनी । नेकपा ९एकीकृत समाजवादी०की नेता रामकुमारी झाक्रीले पार्टीको नेतृत्व फेर्नुपर्ने बताएकी छन्। शनिबार पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले नेतृत्वमा संवैधानिक संकट आएकाले फेर्नुपर्ने बताएकी हुन्। ‘पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो। अब के गर्नेरु अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौं। कसरी गर्ने ? ,’ उनले भनिन्। झाक्रीले अर्ली महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न सकिने तर काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने बताइन्। कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर…

Read More

काठमाडौं । नेपालका युवा क्रिकेटरले एसीसी मेन्स यू–१६ इन्टर जोन कपमा ४ सय २० रनको विशाल स्कोर खडा गरेका छन् । मलेसियामा जारी प्रतियोगिताको तेस्रो खेलमा नेपालको युवा क्रिकेटर टिमले इन्डोनेसियाविरुद्ध ४ सय २० रनको स्कोर खडा गरेको हो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २० रनको स्कोर खडा गर्यो । प्रशिद्ध जैसीले १ सय ३२ रनको शानदार ईनिङ्स खेले । उनले १ सय १४ बलको सामाना गर्दै १५ चौका र १ छक्काको मदतले सो रन खडा गरेका थिए । यस्तै, रौनक श्रीवास्तवले ८८ र परिमार्जन यादवले ७१ रन बनाए । जोए थापाले…

Read More

काठमाण्डौं । विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली यहाँ आइपुगेका छन्। प्रधानमन्त्री ओलीलाई यहाँस्थित अडोल्फो सौरेज बराजाज अन्तर्राष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ सम्मेलनस्थल सेभिल्ला पुग्ने कार्यक्रम छ।

Read More

काठमाडौँ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी थिए । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यावसायिक बनाउनुपर्ने बताए । कृषिलगायत सबै खाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रूपमा रोपाइँमा सहभागी भएको बताए । उनले कृषि पेसामा निर्भर भई कृषिलाई रोजगारीको आधारस्तम्भको रूपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने बताए । रोपाइँपछि दही चिउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।

Read More

काठमाण्डौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइदै छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्। हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ। शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मिसाएर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही…

Read More