Author: Editor
पोखरा । नेकपा ( एमाले ) कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ। उनी बिहीबार एमाले कास्की जिल्ला कमिटीको बैठकमा बोल्दाबोल्दै ढलेका थिए। उनलाई उपचारका लागि तत्कालै मणिपाल शिक्षण अस्पताल लगिएको थियो। थापाको उपचारका क्रममा निधन भएको हो। उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ। बिहीबार एमाले पार्टी कार्यालयमा कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक राखिएको थियो। बैठकमा उनले करिब १० मिनेट बोलेको एमाले नेताहरूले बताएका छन्। मलाई पार्टीले टिकट दिएको हो । पछि खोसिएको पनि हो । तर पार्टीले सर्मनाक हार व्यहोर्यो । म उठेका सबै कुराको जवाफ दिन तयार छु,’ थापाको सम्बोधनलाई उद्धृत गर्दै टिकाराम पंगेनीले…
काठमाण्डौं । यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ दलले भाग लिएकोमा मधेसकेन्द्रित दलसहित ५१ दलले न्यूनतम मत सीमा ( थ्रेसहोल्ड ) प्राप्त गर्न सकेनन्। समानुपातिकअन्तर्गत कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गर्ने दलले सिट पाउने व्यवस्था छ। थ्रेसहोल्ड नकटाएका कारण ५१ दलले समानुपातिकतर्फ सिट नपाउने भएका हुन्। समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत सदर भएको छ। सदर मतमा रास्वपाले ५१ लाख ८१ हजार ३३०, नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३, नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ले १४ लाख ५५ हजार ६६९, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ले आठ लाख ११ हजार ३९३, श्रम संस्कृति पार्टीले तीन लाख ८५…
काठमाडौं। सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विक घटनाको थप अनुसन्धानमा सीआईबीको टोली पनि खटिएको छ । सुर्खेत प्रहरीले अनुसन्धानको लागि सिआईबीसँग सहयोग मागेको थियो । सोहीअनुसार सीआईबीको टोली खटिएको बताईन्छ । परिवारले घटना रहस्यमयी भन्दै शव बुझ्ेको छैन । अधिकारकर्मीहरुले पनि इनिसाको न्यायको लागि आन्दोलन सुरु गरेका छन् । रास्वपाका नेता तथा नवनिर्वाचित सांसद खगेन्द्र सुनार पनि घट्नास्थलमा पुगेका छन् । परिवारलाई भेटेर न्यायिक छानबिन समिति बनाउनको लागि आवाज उठाएका छन् ।
काठमाडौं । सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा विकको हत्या प्रकरणमा न्याय माग्नको लागि सडकमा ऋषि धमलापनि उत्रिएका छन् । अभियन्ताहरुले माइतीघरमा सुरु गरेको र्यालीमा धमलापनि सहभागी भएका छन् । धमलाले नेपालमा छोरीरचेलीहरु असुरक्षित भएको भन्दै बलात्कारीहरुलाई अब कडाभन्दा कडा कारबाही गरिनुपर्ने बताए । नेपालमा बलात्कारीलाई जसरी कारबाही हुनुपर्ने हो त्यसरी कारबाही नभएको कुरा धमलाले आलोचना गरे । महिलाथि भएको अत्याचार, हिंसा, बलात्कारको घट्नामा संलग्न दोषीहरुलाई राजनीतिक संरक्षण हुने गरेको भन्दै धमलाले अब बलात्कारीलाई कारबाही हुने विश्वास दिलाए । उनले भने,‘अब बलात्कारीलाई कारबाही हुन्छ, हुन्छ, हुन्छ । बलात्कारपछि जसरी इनिसाको हत्या भएको छ, ती अपराधीलाई खोजेर ल्याईन्छ । हाम्रो देशमा बलात्कारीलाई…
म्याग्दी । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको गृहजिल्ला म्याग्दीको सदरमुकाम बेनीमा आज स्तम्भ अनावरण गरिएको छ। रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा जन्मिएकी शाहीले खेलकुदको माध्ययमबाट राष्ट्रिय तथा अन्ताराष्ट्रियस्तरमा जिल्लाको गरिमा बढाउन भूमिका निर्वाह गरेकामा जिल्ला खेलकुद विकास समिति म्याग्दीले उनको प्रतिमा निर्माण गरेको हो। दुई हातमा भलिबल रहेको पाँच फिट आठ इन्च उचाइको फाइबरबाट निर्मित प्रतिमा निर्माण गरिएको हो। उक्त प्रतिमा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले अनावरण गरे। करिब रु। आठ लाख अनुमान गरिएको प्रतिमा सहयोगदाताबाट आर्थिक सहयोग संकलन गरी निर्माण गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए। करिब १५ वर्षदेखि भलिबल खेल्दै आएकी शाहीले एनएसजेएफ पल्सर…
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरुको आज बिदाई गरिँदैछ। ४० कार्यदिनका लागि भर्ना गरिएको समय आज सकिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेले जानकारी दिए। उनीहरुलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि विदाई गरिनेछ। काफ्लेले निर्वाचन प्रहरीको प्रभावकारी कार्यसम्पादनबाटै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न सम्भव भएको बताए।। यस वर्ष नेपाल प्रहरी मातहत रहनेगरी एक लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार १ सय १० सहित एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो। सशस्त्र…
काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि दीर्घकालीन रणनीतिसहित अघि बढ्ने पहल थालेको छ । वैदेशिक रोजगारका सिलसिलामा पश्चिम एसिया, मध्यएसियालगायत विभिन्न मुलुकमा पुगेका नेपाली नागरिक युद्ध, अनलाइन ठगी, भिजिट भिसामा समस्या परेर अलपत्र पर्ने जस्ता विविध कारणले बर्सेनि उद्धार गर्नुपर्ने अवस्था आएपछि दीर्घकालीन रणनीतिका साथ सरकार अघि बढ्ने भएको हो । विदेशमा रहेका नेपालीको सुरक्षा र उद्धारमा विगतदेखि नै नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको परराष्ट्र मन्त्रालयले बारम्बार अनेक कठिनाइ उद्धारका क्रममा भोग्नु परेकाले पनि अब दीर्घकालीन रणनीति अवलम्बन गर्ने मार्ग रोजेको हो । परराष्ट्रमन्त्री बालानन्द शर्माले बुधबार पत्रकारसँगको अन्तर्क्रियाका क्रममा नागरिकको जीवनरक्षा गर्नुपर्ने दायित्व सरकारको भएकाले विविध समस्यालाई एकीकृत ढङ्गले…
कर्णाली । गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कारबाही गर्न माग गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा बस्दै आएकी १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटना अमानवीय र निन्दनीय भएकाले यस घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको उक्त विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति भनिएको छ, “महिला तथा बालिकामाथि हुने यौन हिंसा कुनै पनि बहानामा सह्य हुन सक्दैन । सुरक्षित, सभ्य र न्यायपूर्ण समाज…
काठमाडौँ, । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र– भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । गृहसचिव राजकुमार श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरू, प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा भर्चुअल माध्यमबाट आज भएको बैठकमा निर्वाचनको समीक्षा गर्दै केन्द्रीय सुरक्षा समिति, प्रदेशको प्रमुख सचिव संयोजक रहने सातै प्रदेशका प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा प्रमुख जिल्ला अधिकारी संयोजक रहने ७७ वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई मन्त्री अर्यालले रक्तपातविहीन ऐतिहासिक निर्वाचन सम्पन्न गर्न आ–आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गरेकामा सबैलाई धन्यवाद ज्ञापन…
काठमाडौँ । अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व लगायतका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका लाखौँ नेपाली नागरिकको सम्भावित उद्धारका लागि सरकारले पूर्वतयारी सुरु गरिसकेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले युद्धको समयमा मात्र नभई पूर्वयोजनाका साथ काम गर्न मन्त्रालयको अगुवाइमा ‘सिचुएसन सेन्टर’ स्थापना गरिएको जानकारी दिनुभयो । मध्यपूर्वमा युद्ध भड्किँदा नेपाली नागरिकलाई किन तत्काल स्वदेश फर्काइँदैन भन्ने जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री शर्माले यसमा श्रमिकहरूको मनोविज्ञान र बाध्यता जोडिएको बताउनुभयो । मन्त्री शर्माका अनुसार हाल औपचारिक रूपमा करिब १९–२० लाख र अनौपचारिक रूपमा समेत गरी २५ देखि ३० लाख नेपाली नागरिक विदेशमा छन् । ूयति ठूलो सङ्ख्यामा रहेका…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क