Author: Editor

काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्रमा बेलाबेला बल्झिरहने शैक्षिक असन्तुष्टि फेरि सडकमा पोखिएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले वर्तमान परीक्षा प्रणाली अव्यावहारिक भएको भन्दै मंगलबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । हातमा प्लेकार्ड र आक्रोशित मुद्रामा उपस्थित भएका सयौँ चिकित्साशास्त्रका विद्यार्थीहरूले हाम्रो अध्ययन, हाम्रो अधिकार, न्यायपूर्ण परीक्षा हाम्रो अधिकार, र अन्याय सहँदैनौं जस्ता नारा लगाउँदै वर्तमान प्रशासनिक र परीक्षा शैलीको चर्को विरोध गरे । विद्यार्थीहरूको मुख्य आक्रोश चिकित्सा शिक्षाको आधुनिकीकरण हुन नसक्नु र पुरानै ढर्राको मूल्यांकन प्रणाली कायम रहनुमा छ । उनीहरूले अघि सारेका प्रमुख मागहरू यसप्रकार छन्– पाठ्यक्रम र परीक्षा प्रणालीमा…

Read More

काठमाडौँ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउन सातवटै प्रदेशमा सर्कुलर गरेको छ । प्रदेश स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूलाई प्रहरी प्रधान कार्यालयले मंगलबार सर्कुलर गरेको हो । कार्य विभाग अन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन माहाशाखाले प्रदेश कार्यालयहरूलाई त्यस्तो सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रधान कार्यालयले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पनि सर्कुलर गरेको छ । असार १५ मा उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको गाडीमा राखिएको कालो सिसाको स्टिकर हटाएको थियो । गृहमन्त्री र सचिवको कालो सिसा हटाएसँगै…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताएका छन् । रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकार्य, सदभाव र सहिष्णुताले असल मार्गमा हिँड्न प्रेरित गर्ने बताए । उनले भने, “यसलाई हाम्रो काम, अभ्यास र आचरणद्वारा मूर्तरुप दिएर विश्व शान्ति, प्रगति र मानवकल्याणका लागि समर्पित गर्नु हामी सबैको साझा धर्म हो ।” राष्ट्रपति पौडेलले निःस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठूलो धर्म हो भन्ने आफूलाई लागेको भन्दै विश्व शान्ति, अन्तरराष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा 0  का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण बुधबार हुने भएको छ। बुधबार बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम रहेको रास्वपाले जनाएको छ। रास्वपाको पहिलो महाधिवेशन असार ७ गते भएर १२ गतेसम्म चलेको थियो। उक्त महाधिवेशनबाट ९९ सदस्य निर्वाचित भएका थिए। बाँकी ५१ जना भने सभापतिद्वारा मनोनित हुनेछन्।

Read More

काठमाडौ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो । उनीहरूले अस्थायी आवासीय अनुमतिपत्र, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा ९डिभी० लिएको पाइएको मन्त्रालयको सूचनामा उल्लेख छ । निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदनसमेत दिन नपाइने कानुनी प्रबन्ध छ । स्वीकृत बिदा समाप्त भएपछि ३० दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती…

Read More

काठमाण्डौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै व्यापारी दीपक भट्ट लगायतमाथि दायर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका कागजात झिकाउन आदेश दिएको छ। मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा दायर गरेका दीपक भट्ट र सुलभ अग्रवालविरुद्धका मुद्दाका सम्पूर्ण फाइल इजलाससमक्ष पेश गर्न निर्देशन दिएको हो। अदालतले ती कागजात हेरेपछि फिर्ता लैजान मिल्ने व्यवस्था गर्नसमेत आदेश दिएको छ। यस मुद्दाको आगामी सुनुवाइ शुक्रबारका लागि तोकिएको छ। यसअघि असार ११ गते सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै असार १६ गतेका लागि पेसी निर्धारण…

Read More

काठमाण्डौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाइएको पाइएको एक अनुसन्धानले देखाएको छ। सेन्टर फर मिडिया रिसर्च ९सिएमआर०ले गरेको अनुसन्धान प्रतिवेदनअनुसार निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत सबैभन्दा बढी मिथ्या सूचना प्रवाह भएको थियो। मंगलबार आयोजित कार्यक्रममा सिएमआरका कार्यकारी निर्देशक तिलक पाठकले निर्वाचनका समयमा गरिएको अनुसन्धानमा सबैभन्दा बढी अर्थात् ८७ प्रतिशत मिथ्या सूचना सामाजिक सञ्जालले फैलाएको पाइएको जानकारी दिए। सामाजिक सञ्जालमा पनि सबैभन्दा ठूलो मिथ्या सूचनाको बाहक फेसबुक रहेको पनि उक्त अनुसन्धानबाट खुलेको उनको भनाइ छ। त्यसपछि सबैभन्दा बढी मिथ्या सूचनाको बाहक आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई० निर्मित सामग्रीहरू पाइएको पनि सो अनुसन्धान प्रतिवेदनमा उल्लेख…

Read More

काठमाडौँ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ( कक्षा १२  नतिजाको पुनर्योगका लागि ३० हजार विद्यार्थीको आवेदन परेको छ। कक्षा(१२ नतिजामा चित्त नबुझेका विद्यार्थीहरुले पुनर्योगका लागि आवेदन दिएका हुन्। वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको कक्षा १२ नतिजा असार ५ गते प्रकाशित भएको थियो। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय ( कक्षा ११–१२ले उक्त नतिजामा चित्त नबुझेमा पुनर्योगका लागि निवेदन दिन चाहने परीक्षार्थीहरूले १२ गतेभित्र अनलाइन फाराम भर्न आग्रह गरेको थियो। प्रति विषय एक हजार रुपैयाँ तिरेर असार १२ गते साझ ५ बजेसम्म आवेदन भर्ने समय दिइएको थियो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार उक्त अवधिमा पुनर्योगका लागि ३० हजारभन्दा बढी विद्यार्थीको…

Read More

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूलाई संघीय संसद् सचिवालयले प्रशिक्षण दिएको छ । संसद भवनभित्रको सभा हलमा भोलिसम्म प्रशिक्षण चल्ने संसद सचिवालयले जनाएको छ । संसदीय प्रशिक्षण शाखाले दिइरहेको यस प्रशिक्षणमा संसदीय प्रक्रिया र अभ्यासबारे जानकारी गराइने छ । नवनिर्वाचित सांसदमा संसदीय प्रक्रिया, अभ्यास साथै नियमबारे जानकारीको अभावमा सदनमा परिपक्वता नदेखिएको भन्दै टिप्पणी भइरहेको बेला संसद सचिवालयले प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

Read More

चितवन । चितवनमा मेसिनबाट धान रोपेर धान दिवस मनाइएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ चितवनको आयोजना र महिला साना किसान सहकारी संस्था कठारको सहकार्यमा सोमबार मेसिनबाट धान रोपेर दिवस मनाइएको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले समेत मेसिनबाट धान रोपेका थिए। कार्यक्रममा महिलाहरूले गीत मार्फत मल नपाएको र किसानका समस्याहरू सरकारी निकायलाई समेत सुनाएका थिए। कार्यक्रममा जिल्ला समन्वय प्रमुख, खैरहनी नगरपालिकाका प्रमुख, कृषि मन्त्रालयका सचिव, कृषि विश्वविद्यालयका पदाधिकारी लगायत कृषकहरूको उपस्थिति रहेको थियो। चितवनमा मेसिनबाट धान रोप्ने क्रम तीव्र रूपमा बढिरहेको छ। साथै धान दिवसको अवसर पारेर उत्कृष्ट किसानलाई सम्मान समेत गरिएको छ।

Read More