काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र ( बालेन शाह ) ले सीमा सम्बन्धी बोलेको अभिव्यक्ति राष्ट्रको हितमा छ भने रेकर्डबाट नहटाइयोस् भन्दै सभामुखमाथि कटाक्ष गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले आफूहरूले प्रमको उक्त अभिव्यक्ति विरोधका लागि विरोध मात्र नगरेको बताए ।
उनले भने,‘के प्रमले बोलेको उक्त अभिव्यक्ति राष्ट्रको हितमा थियो रु थियो भने रेकर्डबाट नहटाइयोस् र राष्ट्रघाती भए तुरुन्त हटाइयोस् ।’
उनले पार्टी भन्दा ठुलो देश भएको भन्दै संसदमा जवाफ मागिरहेका बेला प्रधानमन्त्रीले चितवनतिर गएर स्पष्टीकरण दिनु उचित नभएको उल्लेख गरे ।
