Author: Editor

काठमाडौँ । जेनजी विद्रोहपछि हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाइ बुहमतनजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  सरकार गठनको प्रारम्भिक आन्तरिक तयारीमा लागेको छ। मन्त्री कसकसलाई बनाउने, मन्त्रिपरिषद् कति आकारको हुने र मन्त्री सांसदलाई नै बनाउने कि विज्ञलाई स्थान दिने लगायतका विषयमा आन्तरिक छलफल सुरु भएको नेताहरू बताउँछन्। प्रधानमन्त्रीको विषयमा भने विवाद र शंकाउपशंका व्यक्त गरिराख्नै नपर्ने नेताहरूको भनाइ छ। चुनावअघि नै भावी प्रधानमन्त्रीका रूपमा बालेन्द्र साह ( बालेन ) लाई अघि सारिएकाले उनकै नेतृत्वमा नयाँ सरकार बन्ने रास्वपा महामन्त्रीसमेत रहेका दाङ २ बाट निर्वाचित सांसद विपिनकुमार आचार्यले बताए। ‘बालेन प्रधानमन्त्री बन्ने कुरा त पार्टीले औपचारिक रूपमा पहिल्यै सहमति गरेर…

Read More

काठमाडौं । नेपाल आयल निगमले आजदेखि आधा सिलिण्डर ग्यास वितरण गर्न सुरु गरेको छ । आपूर्ति असहज बनेपछि आयल निगमले आधा सिलिण्डर ग्यास वितरण सुरु गरेको हो। निगमले टेकुस्थित कार्यालयबाट आधा सिलिन्डर ग्यास वितरण गर्न थालेपछि त्यहाँ उपभोक्ताहरूको भिड र लामो लाइन देखिएको छ। मध्यपूर्वी देशहरूमा भइरहेको युद्धका कारण ग्यास आपूर्तिमा समस्या हुन सक्ने डरले पछिल्लो केही दिनदेखि बजारमा ग्यासको कृत्रिम अभाव देखिएको छ। नेपाल आयल निगमले ग्यास आपूर्तिमा कुनै समस्या नभएको बताइरहे पनि उपभोक्ताहरू भने ग्यास नपाएर भौतारिरहेका छन्। युद्धको कारण भारतबाट ग्यास आउन नसक्ने हल्ला फैलिएको बीचमा मूल्य बढाउने उद्देश्यले ग्यास विक्रेताहरूले ग्यास लुकाइरहेको उपभोक्ताहरूको गुनासो छ। पछिल्ला…

Read More

अफगानिस्तान । अफगानिस्तानको तालिबान सरकारले शुक्रबार बिहान पाकिस्तानी सेनाले राजधानी काबुलसहित धेरै स्थानमा हवाई आक्रमण गरेको दाबी गरेको छ। तालिबान सरकारका प्रवक्ता जबिउल्लाह मुजाहिदले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा लेखेका छन्, ‘पाकिस्तानी सेनाले कान्दहार विमानस्थलनजिकै रहेको निजी एयरलाइन्स काम एयरुको इन्धन भण्डारलाई निसाना बनाएको छ।’ उनका अनुसार उक्त कम्पनीले घरेलु एयरलाइन्सका साथै संयुक्त राष्ट्रसंघको विमानलाई इन्धन आपूर्ति गर्छ। तालिबान सरकारका प्रवक्ता मुजाहिद अगाडि लेखेका छन्, ‘हाजी खान जादा नामका व्यापारीको इन्धन भण्डारलाई पनि पहिले निसाना बनाइएको थियो।’ उनले आक्रमण र अपराधलाई निरन्तरता दिँदै पाकिस्तानी सेनाले फेरि काबुल, कान्दहार, पक्तिया, पक्तिका र अन्य क्षेत्रमा बमबारी गरेको आरोप लगाएका छन्।उनले लेखेका छन्, ‘केही…

Read More

काठमाण्डौं । संघीय संसदका  प्रतिनिधि सभा २७५ र राष्ट्रिय सभा ५९० ३३४ सदस्यमा ११० जना महिला हुनुपर्ने बाध्यकारी व्यवस्था छ। राष्ट्रियसभामा कांग्रेसका ५, एमालेका ७, नेकपाका ८, जसपाका १ र मनोनीत एक गरी २२ जना महिला सांसद छन्।  फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक गरी कम्तीमा ८८ जना महिला सांसद संघीय संसदमा पुग्दै छन्। २०७२ असोज ३ गते बनेको नयाँ संविधानले संघीय संसदमा ३३ प्रतिशत महिला सहभागिता हुनैपर्ने व्यवस्था गरेका छ। नयाँ संविधान बनेपछि पहिलो पटक प्रत्यक्षमा १४ जना सांसद निर्वाचित भएका छन्। २०७४ को निर्वाचनमा प्रत्यक्ष निर्वाचित ६ जना र समानुपातिक प्रणालीबाट ८४ महिला सांसद भए। प्रतिनिधि…

Read More

काठमाण्डौं । निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाउन अनुरोध गरेको छ।आयोगले एक विज्ञप्ति जारी गरी निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले आफ्नो जिल्लामा रहेको प्रदेशरजिल्ला निर्वाचन कार्यालयमा निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण तथा सो विवरण सार्वजनिक गरेको जानकारी गराउन अनुरोध गरेको हो। आफ्नो जिल्लामा रहेको प्रदेशरजिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाउँपालिका वा नगरपालिका वा वडा कार्यालयको सूचना पाटी, राजनीतिक दलको जुनसुकै तहको कार्यालय वा वेवसाइट ९राजनीतिक दलको तर्फबाट उम्मेदवार भएका उम्मेदवारको हकमा०, आमसञ्चार माध्यम ९पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि० वा सामाजिक सञ्जाल ९फेसबुक, ट्विटर, ईन्स्टाग्राम आदि० मा आफ्नो निर्वाचन विवरण…

Read More

काठमाण्डौं । निर्वाचन आयोगले समानुपातिकतर्फ दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गरी सार्वजनिक गरेको छ।आयोगले बिहीबार विज्ञप्ति जारी गरी समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०९२० अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कुल सदर मत सङ्ख्याका आधारमा प्रचलित निर्वाचन कानुनबमोजिम तोकिएको थ्रेसहोल्ड ९तीन प्रतिशत० पार गर्ने देहायका ६ दलबाट निम्नानुसारको सङ्ख्यामा उम्मेदवार निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण भएको जनाएको छ। जसअनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट पाएको छ। योसँगै रास्वपालाई दुईतिहाइ बहुमतका लागि २ सिट नपुग्ने भएको छ। प्रत्यक्षतर्फ १२५ क्षेत्रमा विजयी उसको कुल सिटको संख्या १८२…

Read More

काठमाडौं । धनुषा–१ मा रास्व्पाबाट उम्मेदवार रहेका किशोरी साह कमलको रिटमा सुनुवाइ सकिएको छ । साहले आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा आज सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाई भएको हो । यही मुद्दामा फागुन २५ गते न्यायाधीश नृपध्वज निरौलाको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । निर्वाचन आयोगले भने यो क्षेत्रमा नेकपाका मात्रिका प्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र प्रदान गरेको छ । आज आउने फैसलाले मात्रिकाको सांसद पद रहने वा नरहने तय गर्नेछ ।

Read More

काठमाडौं । नेकपा ( एमाले )  का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ओलीले मुखाग्नि दिएका छन् । मोहनप्रसादको आज भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको हो । अन्त्येष्टिअघि मोहनप्रसदको शव अस्पतालमा नै श्रद्धाञ्जलीको लागि राखिएको थियो । सो अवसरमा विभिन्न दलका शीर्ष नेता, कार्यकर्ता, परिवारका सदस्य र आफन्तहरु अस्पताल पुगेका थिए । पशुपति आर्यघाटमा अन्त्येष्टिको क्रममा पनि विभिन्न दलका शीर्ष नेताहरु पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Read More

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको पोस्टर्माटम रिपोर्टले देखाएको छ। जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी उपरीक्षक ९एसपी० सुधिरराज शाहीले इनिशाको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको बताए। ‘बलात्कारपछि मृत्यु भएको हो भन्ने रिर्पोट आएको छ’, एसपी शाहीले नेपालखबरसँग भने, ‘सामूहिक बलात्कार हो वा होइन भन्ने विषयमा थप अनुसन्धानका लागि प्रक्रिया अघि बढेको छ।’ सुर्खेतको गुर्भाकोट नगरपालिका–६, बडाखोलीकी इनिशा अध्ययनका लागि वीरेन्द्रनगर(१ मा बस्दै आएकी थिइन्। उनी फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–४ को सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। तर, अस्पताल पुगेको केही समयमै…

Read More

काठमाण्डौं । विदेशमा बसेका नागरिकका लागि ग्लोबल आईएमईले २४ सै घण्टा सेवा प्रवाह दिने भएको छ। बिहीबारदेखि विदेशमा बस्ने नेपालीहरूलाई लक्षित गरेर सो बैंकले विशेष कस्टमर सर्भिस एरिया शुभारम्भ गरेको हो। शुभारम्भ कार्यक्रममा ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा बसेका नेपाललाई लक्षित गरेर बैंकले २४ सै घण्टा सेवा प्रवाह आजैदेखि थाल्न निर्देशन दिए। ढकालले ग्लोबल आईएमई बैंक लिमिटेड सबै पक्षबाट नम्बर १ बैंक भएकाले विदेशमा बस्ने नेपालीका लागि सेवा सुविधाका लागि छुट्टै डिभिजन स्थापना गरेर सेवा प्रवाह बैंकिङ इतिहासमै पहिलोपटक थालिएको बताए। अध्यक्ष ढकालले भने, ‘नेपालीहरू अष्टेलिया, युरोप, अमेरिका, मध्यपूर्वीदेशदेखि कोरिया, जापान लगायत विभिन्न देशमा नेपालीहरु रहेका कारण…

Read More