Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नं। ३ सहित देशभरको रिट पदमा उपनिर्वाचनको मिति तोकेको छ । आयोगको आज ( सोमबार ) बसेको बैठकले कात्तिक १७ गते उपनिर्वाचन गराउने निर्णय गरेको हो । रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसद दीपक बोहराको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । त्यसैगरी मनाङमा प्रदेश सभा सदस्य पद रिक्त रहेको छ । मनाङबाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ ( दिपक मनाङ्गे ) फौजदारी मुद्दामा दोषी ठहर भएपछि सो क्षेत्रमा जनप्रतिनिधिविहीन भएको थियो ।
कैलाली । सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लामा गएरातिदेखि परेको अविरल वर्षाका कारण अधिकांश क्षेत्र जलमग्न भएका छन्। वर्षापछि धनगढीको मुख्य सडक क्षेत्र, रातोपुल, हसनपुर, शिवनगर, विशालनगर लगायतका क्षेत्र डुबानमा परेका छन्। रातोपुल क्षेत्रमा रहेका दर्जन पसलमा पानी पसेपछि व्यापारीहरू समस्यामा परेका छन्। बिहानै पसलमा पुगेका व्यापारीहरू पानीको सतह बढिरहेको देखेर सामान जोगाउन प्रयासरत छन्। टोलका बासिन्दाहरू घरभित्र पानी पसेपछि बाहिर सडकमा आएका छन्। नालाको पानी टोलभित्र पसेको स्थानीयहरूले बताएका छन्। बिहानैदेखि घरभित्रका सामग्री जोगाउन समस्या भएको र पानीको निकास नहुँदा जनजीवन प्रभावित भएको उनीहरू बताउँछन्। अविरल वर्षाका कारण जनजीवन मात्र होइन, शैक्षिक गतिविधिमा पनि असर परेको छ। ऐश्वर्य विद्या निकेतन…
काठमाण्डौं । सर्वोच्च अदालतलमा प्रस्तावित तीन जना न्यायाधीश र न्यायपरिषदको प्रस्तावित सदस्यको संसदीय सुनुवाइ सकिएको छ। वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई न्याय परिषदले जेठ २७ गते सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो। त्यस्तै महेशकुमार नेपाल न्यायपरिषदको सदस्य सिफारिस भएका थिए। आइतबारदेखि उनीहरूको संसदीय सुनुवाइ सुरू भएको थियो। सोमबार उनीहरूको संसदीय सुनुवाइ सकिएको समितिका सदस्य समितिका सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सांसद डोलप्रसाद ९डिपी०अर्यालले जानकारी दिए। सुनुवाइ सकिए पनि समितिले अनुमोदन भने नगरेको अर्यालले बताए। उनका अनुसार सुनुवाइ भइरहेका व्यक्तिहरू माथिको उजुरीका सन्दर्भमा थप बुझ्नुपर्ने भएकाले तत्काल अनुमोदन…
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुटानको थिम्पूमा गत जुन ११ देखि १५ सम्म सम्पन्न १५औं दक्षिण एशीयाली शारिरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गरेका छन्। अध्यक्ष प्रचण्डले विशेष गरी महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक जितेकी उर्मिला श्रेष्ठको प्रशंसा गर्दै समग्र टिम नेपालको उत्कृष्ट प्रदर्शनप्रति खुशी व्यक्त गरे। उनले भने, ‘खेल त्यसमा पनि शारीरिक सुगठन खेल राज्यको नजरमा कम पर्ने गरेको छ। अब राज्यले यस क्षेत्रलाई प्राथमिकतामा राखी थप सहयोग गर्नुपर्छ। म मेरो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’ प्रतियोगितामा नेपालले उल्लेखनीय सफलता हात पारेको छ। ५५…
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्मा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गरेका छन् ।संसद् दिवस, २०८२ को अवसरमा भकामना व्यक्त गर्दै सभामुख घिमिरेले संसदलाई अझ प्रभावकारी, उत्तरदायी र जनउत्तरदायी बनाउनेतर्फ स्वतन्त्र प्रेस, नागरिक समाज र सचेत नागरिकको योगदानप्रति आभार प्रकट गरे । संसद दिवसको ऐतिहासिक अवसरमा संसदीय लोकतन्त्र प्राप्तिको आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले राजनीतिक योद्धाको योगदानको स्मरण पनि गर्नुभएको हो । नेपालमा पहिलो निर्वाचित प्रतिनिधिसभाको बैठक बसेको स्मरणमा प्रत्येक वर्ष असार १६ गते संसद दिवस मनाइन्छ ।…
काठमाडौं । नेपाल शिक्षक महासंघले फेरि आन्दोलनमा होमिने चेतावनी दिएको छन् । महासंघसँग सरकारले गरेको सहमति अनुसार प्रतिनिधिसभाबाट तत्काल शिक्षा विधेयक पारित नभएमा आन्दोलनमा जाने महासंघको चेतावनी रहेको छ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयक माथि चलिरहेको छलफल शीघ्रातिशीघ्र सम्पन्न गरी विगतका सहमतीहरु समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक अविलम्ब प्रतिनिधि सभामा पेश गरी पारित गराउन महासंघले सरकारको ध्यानाकार्षण गराएको हो । ‘यो कार्यमा विलम्व गर्ने सुविधा कसैलाई छैन । यस काममा कुनै पनि खालको विलम्व र षडयन्त्र भएमा ने। शि। महासङ्घ तुरुन्तै आन्दोलनमा जान बाध्य हुने कुरा उद्घोष गर्दछौं,’– महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर…
काठमाडौँ । करिब १ महिनाको बिचमा सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हवलदारसम्म २ हजार १ सय ९६ जनाको बढुवा गरेको छ । बढुवा हुनेमा सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकमा ११ जना, नायव निरीक्षकमा ३४ जना, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी नायव निरीक्षक ६ जना छन् । त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवलदारमा ६०३ जना, हवलदारमा ७५९ जना र सहायक हवलदारमा ७८३ जना बढुवा भएका हुन् । मुख्यालयले बढुवा हुनको लागि जेठ १९ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षक तथा सशस्त्र…
सुर्खेत । गए रातिदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्गको कालिकोट खण्ड अवरुद्ध भएको छ। राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा यातायात पूर्ण रूपमा ठप्प भएको हो, जसका कारण सयौँ यात्रुहरू बिच बाटोमै अलपत्र परेका हुन्। जिल्ला प्रहरी कार्यालय, कालिकोटका अनुसार आइतबार रातिदेखिको वर्षाले राजमार्ग अन्तर्गत कालिकोट जिल्लाको सिमानामा पर्ने दहीखोलादेखि हुल्म बजारसम्मका विभिन्न स्थानमा सडकमाथिबाट ढुङ्गा र पहिरो खसेको छ। पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा कालिकोट भित्रिने तथा बाहिरिने सवारी साधनहरू रोकिएका छन्। राजमार्ग अवरुद्ध भएको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट, हुल्मबाट प्रहरी सहायक निरीक्षक विनोद बुढाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरी टोलीले स्थानीयको सहयोगमा…
स्पेन । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुका लागि स्पेनका नरेश फिलिप द्वितीयले आइतबार आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन्। सेभियास्थित रोयल अल्काजरमा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य सहभागी भएका हुन् । प्रधानमन्त्री ओली र स्पेन सरकारका अध्यक्ष ९प्रधानमन्त्री० पेड्रो साञ्चेजबिच द्विपक्षीय भेटवार्ता भइसकेको छ । रासस
काठमाडौं । पार्टीको आगामी रणनीति र सङ्गठन सुदृढीकरणका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी एवम् पूर्वपधाधिकारी बैठकले आजदेखि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकको ‘एजेण्डा’ तय गरिसकेको छ । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ संस्थाको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरण, नवीकरण लगायतका विषयमा छलफल हुने जानकारी दिए । यस्तै, बैठकमा संघीय र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आ–आफ्नो क्षेत्रको काम कारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराउने बताइएको छ । गठबन्धन सरकारको प्रभावकारिता र भावी रणनीतिबारे पनि छलफल हुने प्रवक्ता…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क