Author: Editor
काठमाण्डौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की ( मोरङ ) लाई नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्तमा डा राजीव सुब्बा ९काठमाडौं० र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले ९ओखलढुङ्गा०लाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य एवं प्रतिनिधि सभाका उपसभामुख रुवीकुमारी कर्णले जानकारी दिए। संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ।
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले पार्टीको महाधिवेशनले राजनीतिक वैधतालाई थप सुदृढ बनाउने काम भएको बताएका छन्। उनले पार्टीका विचार, नीति, दस्तावेज, योजना र समाजलाई कुन दिशामा लैजान खोजिएको छ भन्ने विषय नै सबैभन्दा महत्वपूर्ण रहेको बताए । जनताले रास्वपाको राजनीतिक दृष्टिकोण बुझिसकेको भन्दै उनले अब महाधिवेशनबाट पार्टीले संस्थागत राजनीतिक वैधता प्राप्त गरेको बताएका छन्। लामिछानेले रास्वपाको मूल मिसन, भिजन, अवधारणा र लक्ष्य पहिलेकै रहेको भन्दै ती विषयलाई अझ परिपक्व, व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाइने बताए। उनले पार्टीको आधारभूत सोचमा कुनै परिवर्तन नभएको, बरु त्यसलाई थप मजबुत बनाउँदै कार्यान्वयनमा लैजाने तयारी भइरहेको बताए।…
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले विभिन्न ७ वटा विश्वविद्यालयहरूमा उपकुलपति नियुक्त गरेका छन् । त्रिभुवन विश्वविद्यालयमा प्रा।डा। भोला थापालाई नियुक्त गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसानदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभले नियुक्ति पाएका छन् । यस्तै पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त भएका हुन् । उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनेको थियो । समितिको सिफारिसका आधारमा कुलपति समेत रहेका प्रधानमन्त्री शाहले शुक्रवार नियुक्त गरेका हुन् ।
ललितपुर । नेपाली जनताले गरेको सात दशक लामो सङ्घर्ष र २०६२र६३ को जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकबाट नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो । त्यसपश्चात् २०६५ साउन ६ गते डा रामवरण यादव गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भए । गणतन्त्रको घोषणा र राष्ट्रपति संस्थाको स्थापित भएसँगै सङ्घीय प्रणालीको शासन व्यवस्था कार्यान्वयन हुँदै गयो, प्रथम राष्ट्रपति डा यादवकै हातबाट २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएपछि सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली संस्थागत भयो । गणतन्त्रको घोषणा भएको दिनको स्मरणमा आज १९ औँ गणतन्त्र दिवस मनाइँदैछ । प्रस्तुत छ, गणतन्त्र प्राप्तिको १८ वर्ष पूरा भएर…
कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/ ८४ को बजेट सर्वसहमतिले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको आज बसेको २०औँ बैठकमा सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहलाई कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १४१ को उपनियम १२ बमोजिम कर्णाली प्रदेश विनियोजन विधेयक २०८३ र सोही नियमवालीको १४८ बमोजिम कर्णाली प्रदेश आर्थिक विधेयक २०८३ सहित आगामी आव २०८३/ ८४ को समग्र बजेट पारित गरियोस् भनी सभामा प्रस्ताव गर्न समय दिए । मन्त्री शाहले कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १४१ को उपनियम १२ बमोजिम विनियोजन तथा आर्थिक विधेयकसहित आव २०८३र८४ को समग्र…
काठमाडौँ । प्रखर राजावादी नेता धवलशमशेर जबराले नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी सरकारले कुनै पनि कानुन ल्याए आफूहरू देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता जबराले गणतन्त्र र संघीयताको शान्तिपूर्ण विरोध गर्न पाउनु प्रत्येक नागरिकको संवैधानिक अधिकार भएको जिकिर गरे । संवैधानिक दायराभित्रै रहेर गरिने विरोधलाई राज्यले बल प्रयोग वा कानुनमार्फत रोक्न खोजे लाखौँको सङ्ख्यामा जेल जान तयार रहेको उनले उद्घोष गरे । नेता जबराले वर्तमान राजनीतिक व्यवस्था र यसका कमी–कमजोरीमाथि प्रश्न उठाउन पाउने अधिकारमाथि अंकुश लगाउन खोजिए प्रत्युत्पादक हुने बताए । सम्बोधनका क्रममा उनले भने, “यदि राज्यले नागरिकको संवैधानिक अधिकार…
काभ्रे । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालभित्रै गुणस्तरीय शिक्षा उपलब्ध गराउने स्पष्ट लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय ९केयू० को ३१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् । समारोहमा मन्त्री पोखरेलले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गरे । ‘नयाँ पिँढीले सोचेजस्तो समुन्नत समाज निर्माणका लागि हामी प्रयासरत छौँ,’ मन्त्री पोखरेलले युवाहरूलाई ढाडस दिँदै भने, ‘देशभित्रै अवसरहरू सिर्जना भइरहेकाले दीक्षित युवाहरू विचलित हुनु पर्दैन । यहाँ हासिल गरेको ज्ञान र सीपलाई देशकै हितमा सदुपयोग गर्नुहोस् ।’ सो अवसरमा मन्त्री पोखरेलले विभिन्न विधाका…
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो २ बजेका लागि प्रधानमन्त्री वालेन्द्र शाह ( बालेन ) ले बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वले रणनीतिक लक्ष्यबाट विचलित हुँदै पद, पैसा र सत्तामुखी राजनीतिमा अल्झिएको स्वीकारेका छन्। पोखरामा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै शान्ति प्रक्रिया र संविधान निर्माणलाई ऐतिहासिक उपलब्धि भए पनि त्यसअघि रणनीतिक सोच छाडेर तत्कालीन कार्यनीतिमै सीमित भएको उनको भनाइ छ। उनले भने, ‘शान्ति सम्झौता र संविधान निर्माण गरेर गल्ती भएन। तर, हामीले रणनीति छोड्यौँ, कार्यनीतिलाई नै रणनीति मान्न थाल्यौँ। चुनाव जित्ने, सरकारमा जाने, मन्त्री हुने र प्रधानमन्त्री हुने कुरामै सीमित भयौँ।’ संविधान जारी भएपछि पार्टी नेतृत्व तात्कालिक स्वार्थमा केन्द्रित भएको बताए। उनले थपे, ‘हिजो हामी जनताको अधिकारका लागि तँछाडमछाड गर्थ्यौं…
काठमाडौँ। एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता ९एआई० मा आधारित ट्रयाकिङ तथा मूल्याङ्कन प्रणालीको माध्यमबाट पदयात्रा तथा पर्वतीय पर्यटनलाई पूर्वानुमान योग्य, जोखिम मुक्त र थप सुरक्षित बनाउने उद्देश्यले टे«किङ एजेन्सिज् एशोसिएशन अफ नेपाल ९टान० र दक्षिण कोरियाको प्रविधिसम्बन्धी कम्पनी आइबिएल कम्पनी लिमिटेडका बीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा सङ्घका तर्फबाट महासचिव सोनाम ग्याल्जेन शेर्पा र कोरियाली प्रतिनिधिमण्डलका तर्फबाट आइबिएलका प्रमुख कार्यकारी अधिकृत सु डो किमले हस्ताक्षर गरेका थिए । समझदारीपत्र बमोजिम टानले आइबिजेड तथा सम्बद्ध कोरियन संस्थाहरुसँगको सहकार्यमा स्मार्ट सफ्टवेयर प्रविधिको प्रयोगका माध्यमबाट पदयात्रामा जाने पदयात्री, पथपर्दशक तथा सहयोगी श्रमिकहरुको जोखिम पूर्वानुमान, ‘रिएल टाइम लोकेशन’ पहिचान…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क