Author: Editor
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको २७ औँ बैठक सोमबार बस्दैछ। संसद् सचिवालयले अपराह्न १२स्१५ बजे बस्ने उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको हो। सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा विभिन्न नौ मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ। आजको व्यवस्थापन कार्यअन्तर्गत ‘विनियोजन विधेयक, २०८३’ का विभिन्न शीर्षकमाथि भएको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्। यसअन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयको विनियोजन शीर्षकमा सांसदले उठाएका प्रश्नको जवाफ दिइनेछ। यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा…
काठमाण्डौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुनहरु निर्माण गर्ने बताएका छन्। काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित कङ्काली माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले कानुन निर्माणको मुख्य स्थानमा आफू रहेको उल्लेख गर्दै मुलुक र जनताको आवश्यकतालाई सम्बोधन हुने गरी कानुन निर्माण गरिने बताए। बयालिस वर्ष अघि चार जना विद्यार्थीबाट सुरु भएको सो विद्यालयमा भएको पूर्वाधार र शैक्षिक विकासको प्रशंसा गर्दै काठमाडौं क्षेन नम्बर ९ बाट निर्वाचित अर्यालले विद्यालयको उन्नयनका लागि शुभकामना व्यक्त गरे। नेकपा ९एमाले०का प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठले आगामी दिनमा विद्यालयको थप प्रगतिको शुभकामना दिँदै आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।…
काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सिध्याउने सामर्थ्य प्रधानमन्त्री बालेन्द्र शाहसँग नरहेको दाबी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको तुलनामा प्रधानमन्त्री शाहको स्तर निकै कमजोर रहेको जिकिर गरेका हुन्। आफूलाई कमजोर पार्न ओलीले सम्पूर्ण तागत प्रयोग गरेको स्मरण गर्दै उनले प्रधानमन्त्री शाहबाट त्यस्तो जोखिम नरहेको बताए। ‘ओलीले हामीहरूलाई कमजोर पार्न सबै सामर्थ्य लगाएका थिए,’ उनले भने। आफूहरूबाट कुनै गल्ती भएको भए ओलीले पहिल्यै जेलमा हाल्नेसम्मको षड्यन्त्र बुनेको आरोपसमेत उनले लगाए। यसैगरी, संयोजक दाहालले आफू र आफ्नो पार्टीमाथि नियोजित रूपमा प्रहार भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। अघिल्लो…
काठमाण्डौं । ‘राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)का सांसद पारश मणि गेलालले मेयर सरूवा गर्नुपर्छु भनेर दिएको अभिव्यक्ति भाइरल भएको छ। भाइरल भिडिओमा उनले टेलिफोनमा कुनै व्यक्तिसँग कुराकानी गरिरहेको देखिन्छ। सार्वजनिक भएको भिडिओ क्लिपमा उदयपुर–१ का सांसद गेलाल भन्छन् अधिकृत भनेका कर्मचारी हुन्। कर्मचारी सुध्रन सक्छन्। अब मेयर नै सरूवा गर्नुपर्छ। मेयर सरूवा गर्ने तयारी गर्नुस् भनेको छु। तपाईंको विषय मैले बुझेँ। म त्यहाँ आएको बेला यो स्कुललाई । भिडिओको अगाडि र पछाडिको भाग छैन। भिडिओमा उनले कोसँग के विषयमा कुराकानी गर्दै थिए भन्ने खुल्दैन। भिडिओ रास्वपाकै उदयपुर क्षेत्र नंम्बर २ का सांसद सूर्यबहादुर तामाङले फेसबुकमा राखेका छन्। तर गेलालले भने…
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहको सय दिने कार्यकालको कार्यशैली सकारात्मक रहेको टिप्पणी गरेका छन्। बालुवाटारको राजनीतिक व्यवस्थापनभन्दा सिंहदरबारमा बसेर शासकीय जिम्मेवारी पूरा गर्न बढी ध्यान दिनु सुखद् पक्ष भएको थापाको भनाइ छ। आइतबार पार्टी कार्यालय सानेपामा आयोजित सरकारको सय दिने कार्यकालको समीक्षा कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहको पछिल्लो कार्यशैलीको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन शुभेच्छासमेत प्रकट गरे। कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहको कार्यशैलीको प्रशंसा मात्र गरेनन्, विगतमा आफ्नै पार्टी संलग्न भएका सरकारहरूको कमजोरीसमेत खुलारूपमा स्वीकार गरे। विगतका प्रधानमन्त्रीहरू देशको कार्यकारी प्रमुखभन्दा दल वा गठबन्धनको नेताका रूपमा बढी खुम्चिएको उनको भनाइ…
काठमाडौँ । आन्तरिक लोकतन्त्र र गुटगत राजनीतिको रोचक केन्द्र बन्दै आएको देशकै सबैभन्दा पुरानो दल नेपाली कांग्रेसले आफ्नो आगामी १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री र ऐतिहासिक बनाउने संकेत गरेको छ। पुरानो ढर्रा र खर्चिलो कागजी मतपत्रको युगलाई विश्राम दिँदै कांग्रेसले यसपटक निर्वाचन प्रक्रियामा डिजिटल प्रणाली तथा ईभीएम ९इलेक्ट्रोनिक भोटिङ मेसिन० प्रविधिलाई प्राथमिकताका साथ अघि बढाउने महत्त्वपूर्ण निर्णय गरेको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनलाई पेपरलेस र पारदर्शी बनाउने ऐतिहासिक निर्णय गरेको हो। मतपरिणाम आउन समय लाग्ने र अनेकौँ विवाद सिर्जना हुने पुरानो निर्वाचन प्रणालीलाई विस्थापन गर्न कांग्रेसले यसपटक प्रविधिको सहारा लिने भएको हो। निर्वाचन प्रक्रियालाई…
चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको कुख्यात जङ्गली हात्ती ‘ध्रुवे’ले शनिबार राति भरतपुर महानगरपालिका–२३ जगतपुरमा घरमै पसेर आक्रमण गर्दा आमा–छोराको मृत्यु भएको छ । वर्षौँदेखि स्थानीय बस्तीमा आतंक मच्चाउँदै आएको ध्रुवेलाई समयमै नियन्त्रणमा लिन नसक्दा दुई निर्दोष नागरिकको ज्यान गएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । भरतपुर महानगरपालिका–२३, बेलहट्टामा शनिबार ११ बजे जंगली हात्तीले पूर्ण बोटेको घरमा आक्रमण गरेको थियो । वडा अध्यक्ष दीपक दवाडीका अनुसार सुतिरहेकै अवस्थामा जङ्गली हात्ती ‘ध्रुवे’ले आक्रमण गर्दा पूर्ण बोटेको श्रीमती २५ वर्षकी आशिका र उनको छोरा ४ वर्षका भरतको मृत्यु भएको हो । पूर्णले हात्ती धपाउन आगो बाल्ने क्रममा कच्ची घरमा समेत आगलागी…
बाँके । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। उनले आयोजनाको सफल कार्यान्वयनले बाँके जिल्लाको कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। आयोजनाको स्थलगत निरीक्षणपछि कर्मचारी तथा लाभान्वित किसानहरूसँग भएको अन्तरक्रियामा मन्त्री श्रेष्ठले सरकारले आयोजनाका लागि आवश्यक बजेटको सुनिश्चित गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै निर्माण कार्यलाई तीव्रता दिन सुझाव दिए। उनले राष्ट्रिय गौरवको यस आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक ऐन–कानुन तथा प्रशासनिक प्रक्रियामा देखिएका जटिलता समाधानका लागि आफूले आवश्यक पहल गर्ने बताए। बहुवर्षीय ठेक्का तथा सहमतिसम्बन्धी…
काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विभिन्न चार विधेयकहरू स्वीकृत गरेको छ । शनिबार बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री सोबिता गौतमले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद ९दोस्रो संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो । त्यस्तै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण ( मनी लाउण्डरिङ निवारण ( तेस्रो संशोधन ) विधेयक,२०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सहकारी ( पहिलो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि…
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गरेका हुन् । मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको पहिलो बुँदामा सङ्घीय मन्त्रालयको सङ्ख्या कटौतीको विषय समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को चुनावी बाचापत्र उल्लेख भएबमोजिम मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको प्रवक्ता पोखरेलले बताए । उनले मन्त्रालयको सङ्ख्या घटाएसँगै वार्षिक करिब रु २० अर्ब राज्य कोषमा बचत हुने अनुमान गरिएको बताए । यसैगरी उनले अन्य संरचनाहरु खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढाउने जनाउँदै…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क