Author: Editor

काठमाडौँ । सिंहदरबारस्थित संसद् भवनमा इन्टरनेट नहुँदा प्रतिनिधिसभाको लाइभ स्ट्रीमिङ प्रभावित भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार इन्टरनेट बिग्रिँदा अहिले प्रतिनिधिसभा बैठक लाइभ भइरहेको छैन । ‘बिहानैदेखि इन्टरनेट बिग्रिँको कारण अहिले प्राविधिकहरू बनाउन लागिरहेको उनले बताए ।

Read More

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा अहिले विशेष समय सञ्चालन भइरहेको छ भने सदस्यहरूले बोल्ने क्रम जारी रहेको छ । संसद् सचिवालयको इन्टरनेट सेवा प्राविधिक कारणले प्रभावित हुँदा बैठकको प्रत्यक्ष प्रसारण भने हाल अवरुद्ध रहेको छ । सचिवालयका सहसचिव दशरथ धमलाले मर्मत कार्य भइरहेकाले चाँडै प्रत्यक्ष प्रसारण सञ्चालन हुने जानकारी दिए । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ । यसैगरी प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक खरिद ९दोस्रो संशोधन० विधेयक, २०८३ माथि दफाबार…

Read More

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन् । बिना हेलमेट मोटरसाइकल चलाएको कसुरमा ट्राफिक अधिकारी मुख्यमन्त्री निवासमै पुगेर चीट काटेका छन् । शाहलाई थमाइएको चीटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख गरिएको छ । आफ्नो निवास परिसरमा शाहले हेलमेट नलगाइ बुलेट बाइक चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएको थियो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार मोटरसाइकल चालकले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने व्यवस्था छ । ऐनअनुसार हेलमेट नलगाई मोटरसाइकल चलाएको पाइए पहिलो पटक ५०० रुपैयाँ, दोस्रो पटक १,००० रुपैयाँ र त्यसपछि १,५०० रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ ।

Read More

काठमाण्डौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमा ९ वर्षसम्म उनको बेलायत(नेपालको आवतजावत गरेको अभिलेख मगाएको छ। सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले २०१५ देखि २०२४ सम्म उनी बेलायत र नेपालमा गरेको आवतजावतको अभिलेखको प्रमाणित प्रतिलिपि अध्यागमन विभागबाट मगाउन आदेश गरेको हो। साथै उनलाई नियुक्ति गर्ने निर्णय सहितको फाइल पेसीको दिन देखाएर फिर्ता लैजाने गरी मगाउन पनि आदेश गरेको छ। कँडेल महान्यायाधिवक्ता हुन योग्य नरहेको दाबी गर्दै सर्वोच्च अदालतमा तीन वटा रिट दायर भएका थिए। महान्यायाधिवक्ता कँडेलको नियुक्ति संविधानको धारा १५७ ९३० र १२९ ९५० ले निर्धारित योग्यता नपुगेको रिट निवेदकहरूको दाबी छ।…

Read More

काठमाडौँ । नेपाल वायुसेवा निगमको ६८औँ वार्षिकोत्सव बुधबार विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । न्युरोडस्थित निगमको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल ९गनेस० प्रमुख अतिथिका रूपमा सहभागी भए । कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला र सहसचिव जयनारायण आचार्य विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । औपचारिक कार्यक्रम सुरु हुनुअघि निगम परिसरबाट प्रभातफेरी निकालिएको थियो । प्रभातफेरी न्युरोडस्थित जुद्ध शालिक चोक हुँदै पुनः निगमको प्राङ्गणमा पुगेर टुङ्गिएको थियो । उक्त प्रभातफेरीमा निगमका कर्मचारीहरूको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निगमले गर्ने राम्रा काममा मन्त्रालयको पूर्ण सहयोग रहने बताए । उनले…

Read More

काठमाडौँ । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेर आज पनि सुनुवाइ हुँदैछ । विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला इजलासमा सुनुवाइ हुँदैछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनामाथि ३ खर्ब ५१ करोड रुपैयाँ बिगो मागदावी गरेको थियो । पूर्वमन्त्री मोहनबहादुर बस्नेतमाथि कुनै अध्ययनविना सोझै आफ्नो प्रस्तावमा टेरामक्स प्रविधि खरिदबारे निर्णय गरेको आरोप छ । स्वायत्त प्रकृतिको नेपाल दूरसञ्चार प्राधिकरणमाथि उनले बजेट तथा कार्यक्रम स्वीकृतिको क्रममा इन्टरनेशनल कल मोनिटरिङ र भीओआईपी नियन्त्रणका लागि उपयुक्त प्रणाली खरिद गर्ने भनी निर्णय गरेका थिए । प्राधिकरणका तत्कालीन अध्यक्ष…

Read More

काठमाडौँ । नेपालको राहदानी ( पासपोर्ट )  खरिद प्रक्रिया र त्यससँग जोडिएर न्यायालयमा विचाराधीन मुद्दाको विषयलाई लिएर सञ्चारमाध्यममा आएका समाचारप्रति काठमाडौँस्थित जर्मन दूतावासले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। दूतावासले एक वक्तव्य जारी गर्दै पछिल्ला दिनहरूमा यस कूटनीतिक मामिलालाई लिएर सञ्चारमाध्यममा सम्प्रेषण भएका कतिपय रिपोर्टहरू गलत, भ्रामक र तथ्यहीन रहेको दाबी गरेको छ। पछिल्लो समय नेपालको राहदानी खरिद प्रकरण र जर्मन कम्पनीको संलग्नतालाई जोडेर कूटनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहेका बेला जर्मनीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। सञ्चारमाध्यमहरूमा बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूतलाई जर्मनीको सङ्घीय परराष्ट्र मन्त्रालयमा बोलाएर सोधपुछ वा स्पष्टीकरण सोधिएको भनी आएका समाचारको दूतावासले खण्डन गरेको छ। जर्मनीले…

Read More

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । सवा एक बजे बस्ने बैठकमा राष्ट्रियसभाका सदस्य रेनु चन्दले महिला हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नेसम्बन्धी सङ्कल्प प्रस्ताव पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। आजकै बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ । त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ । त्यस्तै, संस्कृति, पर्यटन तथा…

Read More

काठमाडौँ । मानसुनको सक्रियतासँगै मुलुकभर धान रोपाइँको चटारो सुरु भएको छ । हरेक वर्ष मुख्य सिजनमै रासायनिक मलको हाहाकार खेप्दै आएका किसानका लागि यसपटक भने केही सुखद् संकेत देखिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्रै करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने अन्तिम तयारी गरेको छ । विगतका वर्षहरूमा मलकै अभावमा उत्पादन घट्ने र किसानहरू सीमावर्ती बजारमा भौंतारिनुपर्ने बाध्यतालाई दृष्टिगत गर्दै मन्त्रालयले यस वर्ष बेलैमा आपूर्ति सुनिश्चित गर्न विभिन्न माध्यमबाट आयात प्रक्रिया तीव्र बनाएको हो । मन्त्रालयका अनुसार जीटूजी सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल ल्याइँदै छ । उक्त मल…

Read More

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार बिहान १२–०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाएको हो । निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ घटाउने निर्णय गरेको छ । यसैगरी खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर एक सय रुपैयाँ घटाइएको छ । इन्डियन आयल कर्पोरेसन ( आईओसी )  बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ९ पैसा, डिजेलमा २९ रुपैयाँ ४६…

Read More