Author: Editor

काठमाडौँ । कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरूले सरकारले घोषणा गरेको राहत रकम अस्वीकार गरेका छन्। नेपाल सरकार र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार २२ गतेभित्र राहतका लागि निवेदन दिन गरेको आह्वानलाई चुनौती दिँदै उनीहरूले निवेदन नदिने निर्णय गरेका हुन्। वैकल्पिक व्यवस्थाविना उठिबास लगाइएका प्रभावित परिवारहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारसँग राहत रकमभन्दा पनि सम्मानजनक पुनर्स्थापनाको माग गरेका छन्। होल्डिङ सेन्टरमा बसोबास गरिरहेका झन्डै आधा परिवारले राहतका लागि निवेदन नदिने अडान लिएका छन्। आफूहरूको मुख्य आवश्यकता केही थान रुपैयाँ नभई राज्यले भत्काएको बासको दीर्घकालीन र न्यायोचित व्यवस्थापन भएको उनीहरूको भनाइ…

Read More

काठमाडौँ । ‘संविधान संशोधन बहसपत्र कार्यदल–२०८२’ को कार्यक्षेत्र र वैधतामाथि प्रश्न उठाउँदै चार राजनीतिक दल बाहिरिएका छन् । कार्यदलको औचित्य स्पष्ट नभएको भन्दै उनीहरूले बहसपत्र लेखनको अन्तिम चरणमा प्रक्रियाबाट अलग हुने निर्णय गरेका हुन् । यसरी बाहिरिने दलहरूमा नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) , जनता समाजवादी पार्टी ( जसपा) , लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) र राष्ट्रिय जनमोर्चा ( राजमो )  छन् । सरकारले कुन विषयमा संविधान संशोधन गर्न खोजेको हो भन्ने स्पष्ट नभएकाले कार्यदलमा बसिरहनुको औचित्य नदेखिएको लोसपाका तर्फबाट कार्यदल सदस्य रहेका लक्ष्मणलाल कर्णले बताए । ‘संविधानको प्रस्तावना, संघीयता र समावेशिताको मूल मर्ममा असर पर्ने गरी संशोधन…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३र८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । त्यस्तै मुद्रास्फीति दर ५।५ प्रतिशत भित्र राख्ने लक्ष्य लिएको छ । मौद्रिक नीतिको लचिलो कार्यदिशालाई आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिएको गभर्नर प्रा।डा। विश्वनाथ पौडेलले बताए ।पश्चिम एसियामा बढेको राजनीतिक तनावका कारण इन्धनको मूल्य बढेर मुद्रास्फीती चाप बढेपनि युद्धविरामले हाल अवस्था सहज हुँदै गएको उनले बताएका छन् । सरकारले यस आधारमा सो प्रक्षेपण गरेको हो । त्यस्तै, नयाँ मौद्रिक नीतिमा यसअघि अवलम्बन गरिएको लचिलो नीतिलाई पनि निरन्तरता दिएको…

Read More

काठमाडौँ । संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३१ औं बैठक सोमबार बस्दैछ। संसद् सचिवालयले बिहान ११ बजे बस्ने उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा विभिन्न मन्त्रालयका विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफलका प्रस्तावहरू पेस हुनेछन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ। मन्त्री गौतमले सुरुमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछिन् भने त्यसलगत्तै संसद्‌मा विधेयक प्रस्तुत गर्ने कार्यक्रम छ। यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल…

Read More

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको २७ औँ बैठक सोमबार बस्दैछ। संसद् सचिवालयले अपराह्न १२स्१५ बजे बस्ने उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको हो। सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा विभिन्न नौ मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ। आजको व्यवस्थापन कार्यअन्तर्गत ‘विनियोजन विधेयक, २०८३’ का विभिन्न शीर्षकमाथि भएको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्। यसअन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयको विनियोजन शीर्षकमा सांसदले उठाएका प्रश्नको जवाफ दिइनेछ। यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा…

Read More

काठमाण्डौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुनहरु निर्माण गर्ने बताएका छन्। काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित कङ्काली माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले कानुन निर्माणको मुख्य स्थानमा आफू रहेको उल्लेख गर्दै मुलुक र जनताको आवश्यकतालाई सम्बोधन हुने गरी कानुन निर्माण गरिने बताए। बयालिस वर्ष अघि चार जना विद्यार्थीबाट सुरु भएको सो विद्यालयमा भएको पूर्वाधार र शैक्षिक विकासको प्रशंसा गर्दै काठमाडौं क्षेन नम्बर ९ बाट निर्वाचित अर्यालले विद्यालयको उन्नयनका लागि शुभकामना व्यक्त गरे। नेकपा ९एमाले०का प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठले आगामी दिनमा विद्यालयको थप प्रगतिको शुभकामना दिँदै आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।…

Read More

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सिध्याउने सामर्थ्य प्रधानमन्त्री बालेन्द्र शाहसँग नरहेको दाबी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको तुलनामा प्रधानमन्त्री शाहको स्तर निकै कमजोर रहेको जिकिर गरेका हुन्। आफूलाई कमजोर पार्न ओलीले सम्पूर्ण तागत प्रयोग गरेको स्मरण गर्दै उनले प्रधानमन्त्री शाहबाट त्यस्तो जोखिम नरहेको बताए। ‘ओलीले हामीहरूलाई कमजोर पार्न सबै सामर्थ्य लगाएका थिए,’ उनले भने। आफूहरूबाट कुनै गल्ती भएको भए ओलीले पहिल्यै जेलमा हाल्नेसम्मको षड्यन्त्र बुनेको आरोपसमेत उनले लगाए। यसैगरी, संयोजक दाहालले आफू र आफ्नो पार्टीमाथि नियोजित रूपमा प्रहार भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। अघिल्लो…

Read More

काठमाण्डौं । ‘राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)का सांसद पारश मणि गेलालले मेयर सरूवा गर्नुपर्छु भनेर दिएको अभिव्यक्ति भाइरल भएको छ।  भाइरल भिडिओमा उनले टेलिफोनमा कुनै व्यक्तिसँग कुराकानी गरिरहेको देखिन्छ।  सार्वजनिक भएको भिडिओ क्लिपमा उदयपुर–१ का सांसद गेलाल भन्छन् अधिकृत भनेका कर्मचारी हुन्। कर्मचारी सुध्रन सक्छन्। अब मेयर नै सरूवा गर्नुपर्छ। मेयर सरूवा गर्ने तयारी गर्नुस् भनेको छु। तपाईंको विषय मैले बुझेँ। म त्यहाँ आएको बेला यो स्कुललाई । भिडिओको अगाडि र पछाडिको भाग छैन। भिडिओमा उनले कोसँग के विषयमा कुराकानी गर्दै थिए भन्ने खुल्दैन।  भिडिओ रास्वपाकै उदयपुर क्षेत्र नंम्बर २ का सांसद सूर्यबहादुर तामाङले फेसबुकमा राखेका छन्।  तर गेलालले भने…

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहको सय दिने कार्यकालको कार्यशैली सकारात्मक रहेको टिप्पणी गरेका छन्। बालुवाटारको राजनीतिक व्यवस्थापनभन्दा सिंहदरबारमा बसेर शासकीय जिम्मेवारी पूरा गर्न बढी ध्यान दिनु सुखद् पक्ष भएको थापाको भनाइ छ। आइतबार पार्टी कार्यालय सानेपामा आयोजित सरकारको सय दिने कार्यकालको समीक्षा कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहको पछिल्लो कार्यशैलीको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन शुभेच्छासमेत प्रकट गरे। कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहको कार्यशैलीको प्रशंसा मात्र गरेनन्, विगतमा आफ्नै पार्टी संलग्न भएका सरकारहरूको कमजोरीसमेत खुलारूपमा स्वीकार गरे। विगतका प्रधानमन्त्रीहरू देशको कार्यकारी प्रमुखभन्दा दल वा गठबन्धनको नेताका रूपमा बढी खुम्चिएको उनको भनाइ…

Read More

काठमाडौँ । आन्तरिक लोकतन्त्र र गुटगत राजनीतिको रोचक केन्द्र बन्दै आएको देशकै सबैभन्दा पुरानो दल नेपाली कांग्रेसले आफ्नो आगामी १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री र ऐतिहासिक बनाउने संकेत गरेको छ। पुरानो ढर्रा र खर्चिलो कागजी मतपत्रको युगलाई विश्राम दिँदै कांग्रेसले यसपटक निर्वाचन प्रक्रियामा डिजिटल प्रणाली तथा ईभीएम ९इलेक्ट्रोनिक भोटिङ मेसिन० प्रविधिलाई प्राथमिकताका साथ अघि बढाउने महत्त्वपूर्ण निर्णय गरेको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनलाई पेपरलेस र पारदर्शी बनाउने ऐतिहासिक निर्णय गरेको हो। मतपरिणाम आउन समय लाग्ने र अनेकौँ विवाद सिर्जना हुने पुरानो निर्वाचन प्रणालीलाई विस्थापन गर्न कांग्रेसले यसपटक प्रविधिको सहारा लिने भएको हो। निर्वाचन प्रक्रियालाई…

Read More